< यर्मिया 31 >
1 यो परमप्रभुको घोषणा हो, “त्यस बेला म इस्राएलका सबै वंशको परमेश्वर हुनेछु, र तिनीहरू मेरा मानिसहरू हुनेछन् ।”
På den tiden, säger HERREN, skall jag vara alla Israels släkters Gud, och de skola vara mitt folk.
2 परमप्रभु यसो भन्नुहुन्छ, “तरवारबाट बाँचेका मानिसहरूले उजाड-स्थानमा निगाह प्राप्त गरेका छन् । इस्राएललाई विश्राम दिन म बाहिर निस्कनेछु ।”
Så säger HERREN: Det folk som undslipper svärdet finner nåd i öknen; Israel får draga åstad dit där det får ro.
3 विगतमा परमप्रभु मकहाँ देखा पर्नुभयो र भन्नुभयो, “ए इस्राएल, मैले तँलाई अनन्त प्रेमले प्रेम गरेको छु । त्यसैले मैले तँलाई करारको विश्वसनीयताले मतिर खिँचेको छु ।
Fjärran ifrån uppenbarade sig HERREN för mig: "Ja, med evig kärlek har jag älskat dig; därför låter jag min nåd förbliva över dig.
4 ए कन्या इस्राएल, म तँलाई फेरि निर्माण गर्नेछु, यसरी तँ निर्माण हुनेछस् । तैंले फेरि आफ्ना खैँजडीहरू लिनेछस् र खुसीको नाचसहित बाहर निस्कनेछस् ।
Ännu en gång skall jag upprätta dig, så att du varder upprättad, du jungfru Israel; ännu en gång skall du få utrusta dig med puka och draga ut i dans bland dem som göra sig glada.
5 सामरियाका पहाडहरूमा तैंले फेरि दाखबारीहरू लगाउनेछस् । किसानहरूले रोप्नेछन्, र फललाई असलको उद्धेश्यको लागि प्रयोग गर्नेछन् ।
Ännu en gång skall du få plantera vingårdar på Samariens berg, och planteringsmännen skola själva skörda frukten.
6 किनकि एक दिन आउनेछ, जुन बेला एफ्राइमका पहाडहरूका पहरेदारहरूले घोषणा गर्नेछन्, 'उठ, हामी परमप्रभु हाम्रा परमेश्वरकहाँ सियोनमा जाऔं' ।”
Ty en dag kommer, då vaktare skola ropa på Efraims berg: 'Upp, låt oss draga till Sion, upp till HERREN, vår Gud.'"
7 किनकि परमप्रभु यसो भन्नुहुन्छ, “याकूबको निम्ति आनन्दले कराओ । जातिहरूका मानिसहरूका प्रमुखको लागि खुसीले चिच्च्याओ । प्रशंसा सुनियोस् । यसो भन, 'परमप्रभुले आफ्ना जाति, इस्राएलका बाँकी रहेकाहरूलाई उद्धार गर्नुभएको छ ।'
Ty så säger HERREN: Jublen i glädje över Jakob, höjen fröjderop över honom som är huvudet bland folken, Låten lovsång ljuda och sägen: HERRE, giv frälsning åt ditt folk, åt kvarlevan av Israel."
8 हेर, मैले तिनीहरूलाई उत्तरी देशहरूबाट फर्काएर ल्याउनै लागेको छु । म तिनीहरूलाई पृथ्वीका पल्ला छेउहरूबाट जम्मा गर्नेछु । तिनीहरूका बिचमा दृष्टिविहीन र लङ्गडाहरू हुनेछन् । गर्भवती स्त्रीहरू र बच्चा जन्माउनै लागेकाहरू तिनीहरूसितै हुनेछन् । एउटा ठुलो समुदाय यहाँ फर्कनेछ ।
Ja, jag skall föra dem från nordlandet och församla dem från jordens yttersta ända -- bland dem både blinda och halta, både havande kvinnor och barnaföderskor; i en stor skara skola de komma hit tillbaka.
9 तिनीहरू रुँदै आउनेछन् । तिनीहरूले आ-आफ्ना बिन्ती बिसाउँदा म तिनीहरूलाई अगुवाइ गर्नेछु । म तिनीहरूलाई सिधा मार्गमा पानीका खोलाहरूबाट यात्रा गराउनेछु । तिनीहरू यसमा ठोकिनेछैनन्, किनकि म इस्राएलको पिता हुनेछु, र एफ्राइम मेरो जेठो छोरा हुनेछ ।”
Under gråt skola de komma, men jag skall leda dem, där de gå bedjande fram; Jag skall föra dem till vattenbäckar, på en jämn väg, där de ej skola stappla. Ty jag har blivit en fader för Israel, och Efraim är min förstfödde son.
10 “हे जातिहरू हो, परमप्रभुको वचन सुन । टाढाका समुद्रतटका देशहरूलाई घोषणा गर, जतिहरूले यसो भन्नुपर्छ, 'इस्राएललाई तितर-बितर पार्नुहुनेले तिनीहरूलाई जम्मा गर्दै हुनुहुन्छ र गोठालोलो आफ्ना भेडाहरूलाई रक्षा गरेझैं रक्षा गर्दै हुनुहुन्छ ।'
Hören HERRENS ord, I hednafolk, och förkunnen det i havsländerna i fjärran; sägen: Han som förskingrade Israel skall ock församla det och bevara det, såsom en herde sin hjord.
11 किनकि परमप्रभुले याकूबलाई मोल तिरेर छुटाउनुभएको छ, र उसको भन्दा धेरै शक्तिशाली हातबाट उसलाई छुटकारा दिनुभएको छ ।
Ty HERREN skall förlossa Jakob och lösköpa honom ur den övermäktiges hand.
12 तब तिनीहरू आउनेछन् र सियोनका पर्वतहरूमा रमाउनेछन् । मकै र नयाँ दाखमद्य, तेल र गाईवस्तुका बाछाहरू भेडा-बाख्राका पाठाहरूमाथि परमप्रभुको भलाइको कारणले, तिनीहरूका मुहार चम्कनेछन् । किनकि तिनीहरूको जीवन पानीले भिजेको बगैँचाजस्तै हुनेछ, र तिनीहरूले फेरि कहिल्यै दुःखको महसुस गर्नेछैनन् ।
Och de skola komma och jubla på Sions höjd och strömma dit där HERRENS goda är, dit där man får säd, vin och olja och unga hjordar av får och fä; deras själ skall vara lik en vattenrik trädgård, och de skola icke vidare försmäkta.
13 तब कन्याहरू नाच्दै रमाउनेछन्, र युवा अनि पाकाहरू एकै ठाउँमा आउनेछन् । किनकि तिनीहरूको शोकलाई म उत्सवमा परिणत गर्नेछु । म तिनीहरूमाथि दया देखाउनेछु, र शोक गर्नुको साटो आनन्द मनाउन लगाउनेछु ।
Då skola jungfrurna förlusta sig med dans; unga och gamla skola glädja sig tillsammans. Jag skall förvandla deras sorg i fröjd, trösta dem och glädja dem efter deras bedrövelse.
14 तब पुजारीहरूका जीवनलाई म प्रशस्त मात्रामा परिपूर्ण पार्नेछु । मेरा मानिसहरू मेरो भलाइले भरिनेछ, यो परमप्रभुको घोषणा हो ।”
Och prästerna skall jag vederkvicka med feta rätter; och mitt folk skall bliva mättat av mitt goda, säger HERREN.
15 परमप्रभु यसो भन्नुहुन्छ, “रामामा विलाप गरेको र धुरुधुरु रोएको एउटा सोर सुनिएको छ । राहेल आफ्ना सन्तानका लागि रुँदैछे । त्यसले सान्त्वना पाउनलाई इन्कार गरेकी छे, किनकि तिनीहरू अब फेरि जीवित छैनन् ।”
Så säger HERREN: Ett rop höres i Rama, klagan och bitter gråt; det är Rakel som begråter sina barn, hon vill icke låta trösta sig i sorgen över att hennes barn icke mer äro till.
16 परमप्रभु यसो भन्नुहुन्छ, “रुनदेखि आफ्नो सोर रोक, र आँखाबाट आँसु नखसाल । तिमीहरूको कामको लागि एउटा इनमा छ, यो परमप्रभुको हो, तिमीहरूका छोराछोरी शत्रुको देशबाट फर्कनेछन् ।
Men så säger HERREN: Hör upp med din högljudda gråt, och låt dina ögon icke mer fälla tårar; ty ditt verk skall få sin lön, säger HERREN, och de skola vända tillbaka från sina fienders land.
17 तिमीहरूको भविष्यको लागि आशा छ, यो परमप्रभुको घोषणा हो, तिमीहरूका सन्तानहरू तिमीहरूका सिमानाहरूभित्र फर्कनेछन् ।”
Ja, det finnes ett hopp för din framtid, säger HERREN; dina barn skola vända tillbaka till sitt land.
18 “निश्चय नै मैले एफ्राइमको शोक गरेको सुनेको छु, 'तपाईंले मलाई दण्ड दिनुभयो, र एउटा नदाएको बाछालाई झैं मलाई दण्ड दिइएको छ । मलाई फर्काएर ल्याउनुहोस्, र म फर्काइनेछु, किनकि तपाईं परमप्रभु मेरा परमेश्वर हुनुहुन्छ ।
Jag har nogsamt hört huru Efraim klagar: "Du har tuktat mig, ja, jag har blivit tuktad såsom en otämd kalv; tag mig nu åter, så att jag får vända åter; du är ju HERREN, min Gud.
19 किनकि म तपाईंकहाँ फर्केपछि म दुःखित भएँ । मलाई तालिम दिइएपछि मैले आफ्नो तिघ्रामा हिर्काएँ । म लज्जित र अपमानित भएँ, किनकि मैले आफ्नो युवावस्थाको दोष बोकेको छु ।'
Ty sedan jag har vänt mitt sinne, ångrar jag mig, och sedan jag har kommit till besinning, slår jag mig på länden; jag både blyges och skämmes, då jag nu bär min ungdoms smälek."
20 के एफ्राइम मेरो बहुमूल्य बालक होइन र? के त्यो मेरो प्रिय, आनन्दित छोरो होइन र? किनकि मैले जहिलेसुकै त्यसको विरुद्धमा बोल्दा, म निश्चय नै त्यसलाई मेरो प्रेमिलो हृदयमा सम्झन्छु । यसरी मेरो हृदय त्यसको लागि लालायित हुन्छ । म निश्चय नै त्यसमाथि दया देखाउने छु, यो परमप्रभुको घोषणा हो ।”
Är då Efraim for mig en så dyrbar son, är han mitt älsklingsbarn, eftersom jag alltjämt tänker på honom, huru ofta jag än har måst hota honom? Ja, så mycket ömkar sig mitt hjärta över honom; jag måste förbarma mig över honom, säger HERREN.
21 “आफ्ना लागि बाटो देखाउने सङ्केतहरू राख् । आफ्ना लागि खम्बाहरू खडा गर् । तेरो मन तँ हिंड्नुपर्ने ठिक मार्गमा लगा । ए कन्या इस्राएल, फर्केर आइज । तेरा यी सहरहरूमा फर्केर आइज ।
Sätt upp vägmärken för dig, res åt dig vägvisare; giv akt på vägen, på stigen där du vandrade. Och vänd så tillbaka, du jungfru Israel, vänd tillbaka till dessa dina städer.
22 ए विश्वासघाती छोरी, तँ कहिलेसम्म यताउता गरिबस्छेस्? किनकि परमप्रभुले पृथ्वीमा केही नयाँ कुरो सृजनुभएको छ अर्थात् एक जना स्त्रीले एक जना बलियो पुरुषलाई घेर्छे ।”
Huru länge skall du göra bukter hit och dit, du avfälliga dotter? Se, HERREN vill skapa något nytt i landet: det bliver nu kvinnan som tager mannen i sitt beskärm.
23 सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, “मैले यस जातिलाई तिनीहरूको देशमा फर्काएर ल्याउँदा तिनीहरूले यहूदा र यसका सहरहरूमा यसो भन्नेछन्, 'उहाँ बस्नुहुने ए धर्मी बासस्थान्, ए पवित्र पर्वत, परमप्रभुले तँलाई आशिष् देऊन् ।'
Så säger HERREN Sebaot, Israels Gud: I Juda land med dess städer skall man ännu en gång, när jag åter har upprättat det, få säga det ordet: "HERREN välsigne dig, du rättfärdighetens boning, du heliga berg."
24 किनकि किसानहरू र आफ्ना बगालहरूसित घुम्ने गोठालाहरूझैं यहूदा र यसका सहरहरू सँगसँगै त्यहाँ बस्नेछन् ।
Och Juda folk med alla sina städer skall samlat bo däri, åkermän jämte vandrande herdar.
25 किनकि थाकेकाहरूलाई म पिउन लयाउनेछु, र मूर्छा खाएकाहरूलाई म सन्तुष्ट पार्नेछु ।”
Ty jag skall vederkvicka trötta själar, och alla försmäktande själar skall jag mätta.
26 यसपछि म ब्युँझेँ, र मेरा भेडाहरू ताजा हुँदै गरेको मैले थाहा पाएँ ।
(Härvid uppvaknade jag och såg mig om, och min sömn hade varit ljuvlig.)
27 यो परमप्रभुको घोषणा हो, “हेर्, यस्ता दिनहरू आउँदैछन्, जुन बेला इस्राएल र यहूदाका घरानाहरूलाई मान्छे र पशुका सन्तानहरूले म रोप्नेछु ।
Se, dagar skola komma, säger HERREN, då jag skall beså Israels land och Juda land med säd av människor och med säd av djur.
28 विगतमा मैले तिनीहरूलाई जरैदेखि उखेल्न, लछार्न, नष्ट पार्न र हानि गर्न तिनीहरूलाई मेरो निगरानीमा राखेँ । तर आउने दिनहरूमा, तिनीहरूलाई निर्माण गर्न र तिनीहरूलाई रोप्न, म तिनीहरूको रेखदेख गर्नेछु, यो परमप्रभुको घोषणा हो ।”
Och likasom jag har vakat över dem till att upprycka, nedbryta, fördärva, förgöra och plåga, så vill jag nu vaka över dem till att uppbygga och plantera, säger HERREN.
29 “ती दिनमा कसैले पनि यसो भन्नेछैन, 'अमिलो अङ्गुर खानेचाहिं बुबा, तर दाँत कुँडिनेचाहिं छोराछोरीको!'
På den tiden skall man icke mer säga: "Fäderna hava ätit sura druvor, och barnens tänder bliva ömma därav."
30 किनकि हरेक मानिस आफ्नै अधर्ममा मर्नेछ । जसले अमिलो अङ्गुर खान्छ, त्यसकै दाँत कुँडिनेछ ।
Nej, var och en skall dö genom sin egen missgärning; var man som äter sura druvor, hans tänder skola bliva ömma därav.
31 यो परमप्रभुको घोषणा हो, हेर्, यस्ता दिनहरू आउँदैछन्, जुना बेला म इस्राएल र यहूदाका घरानासित एउटा नयाँ करार स्थापित गर्नेछु ।
Se, dagar skola komma, säger HERREN, då jag skall sluta ett nytt förbund med Israels hus och med Juda hus;
32 मैले तिनीहरूका पुर्खाहरूसित बाँधेको करारजस्तो यो हुनेछैन, जब मैले तिनीहरूलाई तिनीहरूका हात समातेर मिश्रदेशबाट बाहिर ल्याएँ, किनकि तिनीहरूले मेरो करार भङ्ग गरे तापनि म तिनीहरूका पति भएँ, यो परमप्रभुको घोषणा हो ।
icke ett sådant förbund som det jag slöt med deras fäder på den dag då jag tog dem vid handen till att föra dem ut ur Egyptens land det förbund med mig, som de bröto, fastän jag var deras rätte herre, säger HERREN.
33 इस्राएलको घरानासित मैले बाँध्ने करार यही हो, यो परमप्रभुको घोषणा हो । यी दिनपछि म आफ्नो व्यवस्था तिनीहरूभित्र हाल्नेछु, र तिनीहरूका हृदयमा यो लेख्नेछु, किनकि म तिनीहरूका परमेश्वर हुनेछु, र तिनीहरू मेरा मानिसहरू हुनेछन् ।
Nej, detta är det förbund som jag skall sluta med Israels hus i kommande dagar, säger HERREN: Jag skall lägga min lag i deras bröst och i deras hjärtan skall jag skriva den, och jag skall vara deras Gud, och de skola vara mitt folk.
34 तब हरेक मानिसले फेरि आफ्नो छिमेकी वा हरेक मानिसले आफ्नो भाइलाई यसो भनेर सिकाउने छैन, 'परमप्रभुलाई चिन ।' किनकि सानादेखि ठुलासम्म तिनीहरू सबैले मलाई चिन्नेछन्, यो यो परमप्रभुको घोषणा हो । किनकि म तिनीहरूको अधर्म क्षमा दिनेछु, र फेरि तिनीहरूका पाप सम्झनेछैनँ ।”
Då skola de icke mer behöva undervisa varandra, icke den ene brodern den andre, och säga: "Lär känna HERREN"; ty de skola alla känna mig, från den minste bland dem till den störste, säger HERREN. Ty jag skall förlåta deras missgärning, och deras synd skall jag icke mer komma ihåg.
35 परमप्रभु यसो भन्नुहुन्छ, “दिनमा प्रकाश दिन सूर्य र रातमा प्रकाश दिन चन्द्रमा र ताराहरूलाई उहाँले नै निधो गर्नुहुन्छ । समुद्रका छाल गर्जनलाई उहाँले नै यसलाई गतिवान् बनाउनुहुन्छ । सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो ।”
Så säger HERREN, han som har satt solen till att lysa om dagen och månen och stjärnorna till att lysa om natten, i ordnad gång, han som rör upp havet, så att dess böljor brusa, han vilkens namn är HERREN Sebaot:
36 यो परमप्रभुको घोषणा हो, “यी स्थायी थोकहरू मेरो दृष्टिबाट गायब भए भने मात्रै, इस्राएलका सन्तानहरू मेरो सामु सदा एउटा जाति हुनबाट खतम हुनेछ ।”
Först när denna ordning icke mer består inför mig, säger HERREN, först då skall Israels släkt upphöra att inför mig alltjämt vara ett folk.
37 परमप्रभु यसो भन्नुहुन्छ, “उच्चतम आकाशलाई नाप्न सकियो भने, अनि मुनि पृथ्वीको जगलाई पत्ता लगाउन सकियो भने मात्र, इस्राएलका सबै सन्तानले गरेका कुराको कारणले, म तिनीहरूलाई इन्कार गर्नेछु, यो परमप्रभुको घोषणा हो ।”
Ja, så säger HERREN: Först när himmelen varder uppmätt därovan och jordens grundvalar utrannsakade därnere, först då skall jag förkasta all Israels släkt, till straff för allt vad de hava gjort, säger HERREN.
38 यो परमप्रभुको घोषणा हो, “हेर्, यस्ता दिनहरू आउँदैछन्, जुन बेला यो सहर हननेलको धरहरादेखि कुने-ढोकसम्मै पुनर्निर्माण गरिनेछ ।
Se, dagar skola komma, säger HERREN, då staden åter skall varda uppbyggd till HERRENS ära, från Hananeltornet intill Hörnporten.
39 तब नाप्ने डोरी फेरि अझै टाढा गारेब डाँडासम्म अनि घुमेर गोआसम्म जानेछ ।
Och mätsnöret skall vidare dragas rätt fram mot Garebshöjden och skall sedan vändas mot Goa.
40 लाशहरू र खरानीको सारा उपत्यका अनि पूर्वतिर किद्रोन खोल्सासम्मका सबै खेत अश्व ढोकाको कुनासम्मको भाग परमप्रभुको निम्ति अलग गरिनेछ । त्यो सहर सदाको निम्ति फेरि कहिल्यै उखेलिने, वा भत्काइने छैन ।”
Och hela lik- och askdalen och alla fälten intill bäcken Kidron och intill hörnet vid Hästporten österut skola vara helgade åt HERREN. Aldrig mer skall där tima någon omstörtning eller någon förstöring.