< यर्मिया 30 >
1 परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,
ヱホバよりヱレミヤにのぞめる言いふ
2 “परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, 'मैले तँलाई भनेका सबै वचन एउटा मुट्ठामा लेख् ।
イスラエルの神ヱホバかく告ていふ我汝に言し言をことごとく書に錄せ
3 किनकि यस्ता दिनहरू आउँदैछन्, जति बेला म आफ्ना जाति, इस्राएल र यहूदाको सुदिन पुनर्स्थापित गराउनेछु, यो परमप्रभुको घोषणा हो । म परमप्रभुले नै यो भनेको हुँ । किनकि मैले तिनीहरूका पुर्खाहरूलाई दिएको देशमा म तिनीहरूलाई फर्काएर ल्याउनेछु, र तिनीहरूले त्यसमा अधिकार गर्नेछन् ।”
ヱホバいふわれ我民イスラエルとユダの俘囚人を返す日きたらんヱホバこれをいふ我彼らをその先祖にあたへし地にかへらしめん彼らは之をたもたん
4 इस्राएल र यहूदाको विषयमा परमप्रभुले घोषणा गर्नुभएका वचनहरू यी नै हुन्,
ヱホバのイスラエルとユダにつきていひたまひし言は是なり
5 “किनकि परमप्रभु यसो भन्नुहुन्छ, 'हामीले त्रासको डरलाग्दो आवाज सुनेका छौं र शान्तिको होइन ।
ヱホバかくいふ我ら戰慄の聲をきく驚懼あり平安あらず
6 पुरुषले बच्चा जन्माउन सक्छ कि सक्दैन भनी सोध र हेर । किन हरेक जवान मानिस प्रसव-वेदनामा परेकी स्त्रीझैं आफ्नो हातले पेट समातेको म देख्छु त? किन तिनीहरू सबैका अनुहार पहेंला भएका छन् त?
汝ら子を產む男あるやを尋ね觀よ我男が皆子を產む婦のごとく手をその腰におき且その面色皆靑く變るをみるこは何故ぞや
7 हाय! त्यो दिन कस्तो डरलाग्दो दिन हुनेछ । त्यस्तो अरू कुनै दिन हुनेछैन । यो याकूबको निम्ति दुःखकष्टको समय हुनेछ, तर त्यसबाट ऊ बचाइनेछ ।
哀しいかなその日は大にして之に擬ふべき日なし此はヤコブの患難の時なり然ど彼はこれより救出されん
8 यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो, कि त्यस दिन म तिमीहरूका काँधको जुवा भाँच्नेछु, र म तिमीहरूका साङ्लाहरू छिनाउनेछु, यसैले विदेशीहरूले तिमीहरूलाई फेरि कहिल्यै दास बनाउनेछैनन् ।
萬軍のヱホバいふ其日我なんぢの項よりその軛をくだきはなし汝の繩目をとかん異邦人は復彼を使役はざるべし
9 तर तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरको आराधना गर्नेछन्, र तिनीहरूका राजा दाऊदको सेवा गर्नेछन् जसलाई म तिनीहरूमाथि राजा बनाउनेछु ।
彼らは其神ヱホバと我彼らの爲に立んところの其王ダビデにつかふべし
10 यो परमप्रभुको घोषणा हो, त्यसैले तँ, मेरो दास याकूब, नडरा, अनि इस्राएल, हताश नहो । किनकि हेर्, मैले तँलाई टाढा देशबाट र तेरा सन्तानलाई निर्वासनको देशबाट ल्याउनै लागेको छु । याकूब फर्कनेछ, र शान्तिमा रहनेछ । ऊ सुरक्षित हुनेछ, र त्यहाँ फेरि त्रास हुनेछैन ।
ヱホバいふ我僕ヤコブよ懼るる勿れイスラエルよ驚く勿れ我汝を遠方より救ひかへし汝の子孫を其とらへ移されし地より救ひかへさんヤコブは歸りて平穩と寧靜をえん彼を畏れしむる者なかるべし
11 किनकि तँलाई बचाउन म तँसितै छु, यो परमप्रभुको घोषणा हो । तब मैले तँलाई तितर-बितर पारेको सबै जतिका, सबैलाई म बिलकुलै खतम पार्नेछु । तर म निश्चय नै तँलाई खतम पार्ने छैनँ, यद्यपि म तँलाई न्यायपूर्वक अनुशासन गर्छु, र तँलाई दण्ड नदिई छोड्नेछैनँ ।'
ヱホバいふ我汝と偕にありて汝を救はん設令われ汝を散せし國々を悉く滅しつくすとも汝をば滅しつくさじされど我道をもて汝を懲さん汝を全たく罰せずにはおかざるべし
12 किनकि परमप्रभु यसो भन्नुहुन्छ, 'तेरो घाउलाई निको पार्न सकिंदैन । तेरो चोट सङ्क्रमित भएको छ ।
ヱホバかくいふ汝の創は愈ず汝の傷は重し
13 तेरो विषयमा निम्ति बिन्ति गरिदिने कोही छैन । तेरो चोटलाई निको पार्नलाई तेरो निम्ति कुनै उपचार छैन ।
汝の訟を理す者なく汝の創を裹む膏藥あらず
14 तेरा सबै प्रेमीले तँलाई भुलेका छन् । तिनीहरूले तेरो खोजी गर्ने छैनन्, किनकि तेरा धेरै अधर्म र तेरा अनगिन्ती पापको कारणले, मैले तँलाई शत्रुको चोट र क्रुर मालिकको अनुशासनले चोट लगाएको छु ।
汝の愛する者は皆汝を忘れて汝を求めず是汝の愆の多きと罪の數多なるによりて我仇敵の撃がごとく汝を撃ち嚴く汝を懲せばなり
15 तेरो घाउको लागि किन मदतको माग्दैछस्? तेरो पीडालाई निको पार्न सकिंदैन । तेरा धेरै अधर्म र तेरा अनगिन्ती पापको कारणले मैले तँमाथि यी कुरा ल्याएको हुँ ।
何ぞ汝の創のために叫ぶや汝の患は愈ることなし汝の愆の多きと罪の數多なるによりて我これを汝になすなり
16 त्यसैले तँलाई निल्नेहरू सबै निलिनेछन्, र तेरा सबै वैरीहरू निर्वासनमा लगिनेछन् । किनकि जसले तँलाई लुटेका छन्, तिनीहरू लुटिनेछन्, र तँलाई लुट्नेहरू सबैको म बिगार गर्नेछु ।
然どすべて汝を食ふ者は食はれすべて汝を虐ぐる者は皆とらはれ汝を掠むる者は掠められん凡て汝の物を奪ふ者は我これをして奪はるる事にあはしむべし
17 किनकि म तँलाई स्वास्थ्य बनाउनेछु । म तेरा चोटहरू निको पार्नेछु, यो परमप्रभुको घोषणा हो, तिनीहरूले तँलाई 'बहिष्कृत' भनेको हुनाले म यसो गर्नेछु । यस सियोनको लागि कसैले वास्ता गर्दैन ।”
ヱホバいふ我汝に膏藥を貼り汝の傷を醫さんそは人汝を棄られし者とよび尋る者なきシオンといへばなり
18 परमप्रभु यसो भन्नुहुन्छ, “हेर, मैले याकूबका पालहरूको सूदिन फर्काउन लागेको छु र उसका घरहरूमा दया देखाउनै लागेको छु । त्यसपछि भग्नावशेषको थुप्रोमाथि सहर निर्माण हुनेछ, र पहिलेकै ठाउँमा किल्ला निर्माण हुनेछ ।
ヱホバかくいふ視よわれかの擄移されたるヤコブの天幕をかへし其住居をあはれまん斯邑はその故の丘垤に建られん城には宜き樣に人住はん
19 तब तिनीहरूले प्रशंसाको गीत गाउनेछन्, र आनन्दको सोर निकाल्नेछन्, किनकि म तिनीहरूलाई बढाउनेछु, र घटाउने होइन । तिनीहरू अपमानित नहोऊन् भनेर म तिनीहरूको आदर गर्नेछु ।
感謝と歡樂者の聲とその中よりいでん我かれらを增ん彼ら少からじ我彼らを崇せん彼ら藐められじ
20 त्यति बेला तिनीहरूका मानिसहरू पहिलेजस्तै हुनेछन्, र तिनीहरूको सभा मेरो सामु स्थापित हुनेछ, जति बेला तिनीहरूलाई अहिले यातना दिने सबैलाई मैले दण्ड दिन्छु ।
其子は疇昔のごとくあらん其集會は我前に固く立ん凡かれを虐ぐる者は我これを罰せん
21 तिनीहरूका बीचबाटै तिनीहरूका अगुवा आउनेछ । मैले उसलाई नजिक ल्याउँदा र त्यो मतिर आउँदा त्यो तिनीहरूकै बिचबाट ऊ आउनेछ । मैले यसो गरिनँ भने, मेरो नजिक आउने साहस कसले गर्ला र? यो परमप्रभुको घोषणा हो ।
其首領は本族よりいで其督者はその中よりいでん我彼をちかづけ彼に近かん誰かその生命を繋て我に近くものあらんやとヱホバいふ
22 तब तिमीहरू मेरा मानिसहरू हुनेछौ, र म तिमीहरूका परमेश्वर हुनेछु ।
汝等は我民となり我は汝らの神とならん
23 हेर, परमप्रभुको आँधी, उहाँको क्रोध बाहिर निस्केको छ । यो आइरहने आँधी हो । यसले दुष्ट मानिसहरूका शिरमा चक्कर लगाउनेछ ।
みよヱホバの暴風あり怒と旋轉風いでて惡人の首をうたん
24 आफ्नो मनका उद्धेश्यहरू पुरा नहुञ्जेल परमप्रभुको क्रोध शान्त हुनेछैन । आखिरी दिनमा तिमीहरूले यो कुरा बुझ्नेछौ ।”
ヱホバの烈き忿はかれがその心の思を行ひてこれを遂るまでは息じ末の日に汝ら明にこれを曉らん