< यर्मिया 3 >
1 “कुनै पुरुषले आफ्नी पत्नीसित सम्बन्ध-विच्छेद गर्यो, र उसको जीवनबाट त्यो गई अनि अर्को पुरुषकी पत्नी भई भने, ऊ फेरि फर्केर त्योकहाँ जान्छ र? के त्यो देश औधी दुषित हुँदैन र? तँ धेरै प्रेमी भएकी वेश्याजस्तै भएर बसेको छेस् । के तँ मकहाँ फर्कन्छेस्? यो परमप्रभुको घोषणा हो ।
Dis-leur: "S’Il arrive qu’un homme répudie sa femme, et que celle-ci, après l’avoir quitté, devienne l’épouse d’un autre, se peut-il qu’il la reprenne de nouveau? Un tel pays n’en serait-il pas tout à fait déshonoré? Or, toi, tu t’es prostituée à de nombreux amants et tu reviendrais à moi! dit l’Eternel.
2 नाङ्गा डाँडाहरूतर्फ आफ्ना आँखा उठा र हेर् । के कुनै त्यस्तो ठाउँ छ, जहाँ तेरो अवैध यौनधन्दा छैन? एक जना अरबी उजाड-स्थानमा बसेझैं तँ आफ्ना प्रेमीहरूको प्रतीक्षा गर्दै बाटोका किनारहरूमा बस्छेस् । तेरो वेश्यावृत्ति र दुष्टताले तैंले देशलाई दुषित पारेको छेस् ।
Lève les yeux vers les collines et regarde: où ne t’es-tu pas abandonnée? Pour eux, tu te postais sur les routes comme fait le Bédouin dans le désert, et ainsi tu as souillé le pays par tes débauches et ton inconduite.
3 त्यसैले वर्षा थामिएको छ, र वसन्त ऋतुको पानी परेको छैन । तरै पनि तँसित वेश्याको निधार छ । तँ लज्जित हुन इन्कार गर्छेस् ।
Dussent les ondées bienfaisantes te manquer, les pluies tardives faire défaut, tu avais le front d’une courtisane, tu refusais de rougir!
4 के भर्खरै मात्र तैंले मलाई पुकारिनस्, “हे मेरा पिता, मेरो युवावस्थादेखिको मेरो घनिष्ठ मित्र ।
Sans doute, à l’heure présente, tu t’écries en t’adressant à moi: "O mon père, tu es le guide de ma jeunesse;
5 के उहाँ सधैं रिसाउनुहुन्छ र? के उहाँले आफ्नो क्रोधलाई सधैं अन्त्यसम्म राख्नुहन्छ र?' हेर्! तैंले यसरी भनेको छेस्, तर तैंले त सके जति दुष्ट काम गर्छेस् ।”
me gardera-t-il éternellement rancune? Conservera-t-il toujours son ressentiment?" Voilà comme tu parles, et tu commets les pires fautes, et triomphes dans le mal!"
6 तब राजा योशियाहको शासनकालमा परमप्रभुले मलाई भन्नुभयो, “विश्वासहीन इस्राएलले के गरेको छ, तँ देख्छस्? त्यो हरेक अग्लो डाँडा र हरेक झ्याम्म परेको रुखमुनि गएकी छ, र त्यहाँ त्यसले वेश्याले झैं काम गरेकी छ ।
L’Eternel me dit au temps du roi Josias: "As-tu vu ce que faisait Israël, la nation renégate? Elle allait sur toute montagne élevée, sous tout bois verdoyant, et s’y livrait à la prostitution.
7 मैले भनें, “यी सबै कुरा गरेपछि त्यो म कहाँ फर्कन्छे', तर त्यो फर्किन । तब त्यसकी विश्वासहीन बहिनी यहूदाले यी सबै देखी ।
Je me disais: Plus tard, après avoir commis tous ces excès, c’est à moi qu’elle reviendra… Elle n’est pas revenue! Et sa perfide soeur, la nation de Juda, en a été témoin.
8 त्यसैले मैले देखेँ, त्यसरी नै त्यस विश्वासहीन इस्राएलले व्यभिचार गरेकी छे, र मैले त्यसलाई निकालेको छु, र त्यसको विरुद्धमा त्यागपत्र दिएको छु । त्यसकी विश्वासहीन बहिनी यहूदा डराइन । त्यो पनि गई र वेश्याले झैं काम गरी ।
Elle a vu que c’est bien à cause de son adultère que je l’avais répudiée, la nation renégate, Israël, et que je lui avais remis l’acte de divorce; mais sa soeur perfide, la nation de Juda, n’a pas pris peur; à son tour, elle alla se prostituer.
9 त्यसको वेश्यावृत्ति त्यसको लागि केहीजस्तो भएन । त्यसले देशलाई दुषित पारी, र त्यसले ढुङ्गा र रुखहरूसित व्यभिचार गरी ।
Ses scandaleux dérèglements déshonorèrent le pays, elle trahit sa foi avec des idoles de pierre et de bois.
10 यी सबै कुरापछि त्यसकी विश्वासहीन बहिनी यहूदा सारा हृदयले होइन तर झूट लिएर मकहाँ फर्की, यो परमप्रभुको घोषणा हो ।”
Et malgré tout, sa perfide soeur, la nation de Juda, n’est pas revenue à moi de tout son coeur, mais de façon hypocrite," dit l’Eternel.
11 तब परमप्रभुले मलाई भन्नुभयो, “विश्वासहीन इस्राएल विश्वासहीन यहूदाभन्दा बढी धर्मी भएको छ ।
L’Eternel me dit encore: "La nation renégate d’Israël peut se prétendre innocente en comparaison de Juda, la nation perfide.
12 जा र उत्तरलाई यी वचन घोषणा गर्, “'हे विश्वासहीन इस्राएल, फर्की' यो परमप्रभु घोषणा हो, 'म तँसित सधैं रिसाउनेछैनँ ।' परमप्रभु घोषणा गर्नुहुन्छ, 'म विश्वासयोग्य भएको हुनाले म सदासर्वदा रिसाउनेछैन ।'
Tu iras donc proclamer les paroles suivantes du côté du Nord, tu diras: Reviens, renégate, ô Israël! dit l’Eternel. Je ne ferai plus tomber mon courroux sur vous, car je suis clément, dit l’Eternel, mon ressentiment n’est pas durable.
13 तेरो अधर्मलाई स्वीकार गर्, किनकि परमप्रभु तेरा परमेश्वरको विरुद्धमा तैंले अपराध गरेको छस्, हरेक झ्याम्म परेको रुखमुनि तैंले परदेशीहरूसित तेरा मार्गहरू बाँडेको छस् । किनकि तैंले मेरो कुरा सुनेको छैनस्, यो परमप्रभुको घोषणा हो ।
Seulement, reconnais ta faute, que tu as péché contre l’Eternel, ton Dieu, que tu étais prodigue de démarches auprès des étrangers, sous tous les arbres verdoyants, et que tu n’écoutais pas ma voix", dit l’Eternel.
14 'ए विश्वासहीन जाति, फर्की' यो परमप्रभुको घोषणा हो, 'म तेरा पति हुँ ।' सहरबाट एक जना र एउटा परिवारबाट दुई जना गरी म तँलाई लिनेछु र म तँलाई सियोनमा ल्याउनेछु ।
Revenez, enfants rebelles, dit l’Eternel, car je veux, moi, contracter une union avec vous. Je vous prendrai un par ville; deux par famille, et je vous amènerai à Sion.
15 मेरै जस्तो हृदय भएका गोठालाहरू म तँलाई दिनेछु, र ज्ञान र अन्तर्दृष्टिले तिनीहरूले तेरो हेरचाह गर्नेछन् ।
Je vous donnerai des pasteurs selon mon coeur, qui vous conduiront avec sagesse et discernement.
16 तब ती दिनमा देशमा तेरो वृद्धि हुनेछ, र तैले फल फलाउनेछस् भनी परमप्रभु घोषणा गर्नुहुन्छ । तिनीहरूले फेरि यसो भन्नेछैनन्, 'परमप्रभुको करारको सन्दुक' । फेरि यो विषय तिनीहरूका हृदयमा आउनेछैन, वा सम्झना हुनेछैन । यो गुम्नेछैन र अर्को बनाइनेछैन ।’
Alors, quand vous serez devenus, à cette époque, nombreux et prospères dans le pays, déclare l’Eternel, on ne dira plus: Arche de l’Alliance du Seigneur! La pensée n’en reviendra plus à l’esprit, on n’en rappellera plus le souvenir ni on n’en remarquera l’absence: on n’en fera plus d’autre.
17 त्यस बेला तिनीहरूले यरूशलेमको बारेमा घोषणा गर्ने छन्, 'यो परमप्रभुको सिंहासन हो ।' अनि अरू सबै जाति परमप्रभुको नाउँमा यरूशलेममा जम्मा हुनेछन् । अब उसो तिनीहरू तिनीहरूका दुष्ट हृदयको हठमा हिंड्नेछैनन् ।
En ces temps on appellera Jérusalem: "Trône de l’Eternel. Tous les peuples s’assembleront là, à Jérusalem, en l’honneur de l’Eternel, et ils cesseront de suivre les mauvais penchants de leur coeur.
18 ती दिनमा यहूदाको घराना इस्राएलको घरानासँगै हिंड्नेछ । तिनीहरू उत्तरको देशबाट मैले तिनीहरूका पुर्खाहरूलाई पैतृक-सम्पत्तिको रूपमा दिएको देशमा सँगसँगै आउनेछन् ।
A cette époque, la maison de Juda ira se joindre à la maison d’Israël, et ensemble elles reviendront du pays du Nord au pays que j’ai donné comme héritage à vos ancêtres.
19 मेरो बारेमा मैले भनें, 'मेरो छोरोको रूपमा म तिमीहरूलाई व्यवहार गर्न र तिमीहरूलाई मनमोहक देश दिन चाहन्छु । यो पैतृक-सम्पत्ति अन्य कुनै पनि जातिसित भएको भन्दा सुन्दर छ । मैले भन्ने थिएँ, ‘तिमीहरूले मलाई बोलाउनेछौ, 'हे मेरा पिता' । तिमीहरू मलाई पछ्याउनदेखि तर्कनेथिएनौ भनी मैले भन्ने थिएँ ।
Et je pensais en moi-même: "Comme je veux te faire une place parmi mes enfants et te donner un pays de délices, un patrimoine, magnifique entre tous, parmi les nations!" Et j’ajoutais: "Tu m’appelleras "mon Père" et tu ne t’éloigneras plus de moi."
20 तर आफ्नो पतिको लागि विश्वासहीन भएकी स्त्रीझैं, ए इस्राएलका घराना हो, तैंले मलाई धोका दिएको छस्, यो परमप्रभुको घोषणा हो ।
Cependant, comme une épouse qui trahit son compagnon, ainsi vous m’avez trahi, maison d’Israël, dit l’Eternel.
21 मैदानहरूमा इस्राएलका मानिसहरूको रुवाइ र चिच्च्याइको एउटा आवाज सुनिन्छ । किनकि तिनीहरूले आफ्ना मार्ग बद्लेका छन् । तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई बिर्सेका छन् ।
On entend du bruit sur les hauteurs: ce sont les sanglots, les supplications des enfants d’Israël! Car leur conduite a été dépravée, ils ont oublié l’Eternel, leur Dieu.
22 “हे विश्वासहीन मानिस हो, फर्क । तिमीहरूको विश्वासघातलाई म निको पार्नेछु ।” “हेर्नुहोस्! हामी तपाईंकहाँ फर्कनेछौं किनकि तपाईं परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ ।
Revenez, ô enfants rebelles! Je guérirai vos égarements. Nous voici, nous allons à toi, car tu es l’Eternel, notre Dieu.
23 निश्चय नै डाँडाहरूबाट झूट आउँछ र पर्वतहरूबाट अलमल पार्ने आवाज आउँछ । निश्चय नै परमप्रभु हाम्रा परमेश्वर इस्राएलको उद्धार हुनुहुन्छ ।
A coup sûr, ce n’était que mensonge ce qui venait des collines, ces attroupements dans les montagnes! à coup sûr, c’est en l’Eternel, notre Dieu, qu’est le salut d’Israël!
24 तरै पनि लाजलाग्दा मूर्तिहरूले हाम्रा पुर्खाहरूले परिश्रम गरेका तिनीहरूका बगाल, बथान, तिनीहरूका छोराछोरीलाई भस्म पारेका छन् ।
Et c’est ce culte honteux qui a dévoré, dès notre jeunesse, le fruit du labeur de nos pères, leurs brebis et leurs boeufs, leurs fils et leurs filles!
25 हामी लाजमा पल्टौं । हाम्रो लाजले हामीलाई ढाकोस्, किनकि हामीले परमप्रभु हाम्रा परमेश्वरको विरुद्धमा पाप गरेका छौं । हाम्रो युवावस्थादेखि आजको दिनसम्म हामी र हाम्रा पुर्खाहरूले परमप्रभु हाम्रा परमेश्वरको आवाजलाई सुनेका छैनौं ।”
Couchons-nous dans notre honte, enveloppons-nous de notre ignominie, puisque nous avons péché contre l’Eternel, notre Dieu, nous et nos ancêtres, dès notre jeune âge et jusqu’à ce jour, faute d’écouter la voix de l’Eternel, notre Dieu.