< यर्मिया 29 >
1 निर्वासितहरूका बिचमा बाँकी रहेका धर्म-गुरुहरू, पुजारीहरू, अगमवक्ताहरू र सबै मानिस जसलाई नबूकदनेसरले यरूशलेमबाट बेबिलोनमा निर्वासित गरेर लगेका थिए, तिनीहरूलाई यर्मिया अगमवक्ताले पठाएको मुट्ठोमा लिखित वचनहरू यी नै हुन् ।
Haya ni maneno katika waraka ambao Yeremia nabii alituma kutoka Yerusalemu kwa wazee waliosalia miongoni mwa mateka na makuhuni, manabii, na watu wote ambao Nebukadreza aliwapeleka utumwani kutoka Yerusalemu hadi Babeli.
2 राजा यहोयाकीन, राजमाता, उच्च अधिकारीहरू, यहूदाका र यरूशलेमका अगुवाहरू र कारीगरहरू यरूशलेमबाट निर्वासनमा लगिएपछि यो वचन लेखियो ।
Hii ilikuwa baada ya Yekonia mfalme, mama yake mfalme, na watumishi wakuu, viongozi wa Yuda na Yerusalemu, na wahunzi walikuwa wamepelekwa mbali na Yerusalemu.
3 तिनले यो मुट्ठो शापानका छोरा एलासा र हिल्कियाहका छोरा गमर्याहको हातबाट पठाएका थिए, जसलाई यहूदाका राजा सिदकियाहले बेबिलोनका राजा नबूकदनेसरकहाँ पठाएका थिए ।
Aliutuma waraka huu kwa mkono wa Elasa mwana wa Shafani, Gemaria, mwana wa Hilkia, ambaye Sedekia, mfalme wa Yuda, alikuwa amemtuma kwa Nebukadreza mfalme wa Babeli
4 मुट्ठामा यस्तो लेखियो, “मैले यरूशलेमबाट बेबिलोनमा निर्वासित गरेका सबै कैदीलाई, म, सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्छु,
Waraka ulisema, Yahwe wa majeshi, Mungu wa Israeli, anasema hivi kwa mateka ambao niliwasababisha kuwa mateka kutoka Yerusalemu hadi Babeli,
5 'घरहरू बनाओ र तिनमा बस । बारीहरूमा बीउ रोप र तिनको फल खाओ ।
'Jengeni nyumba na muishi ndani yake. Pandeni bustani na mle matunda yake.
6 बिहेबारी गर र छोराहरू र छोरीहरू जन्माओ । त्यसपछि आफ्ना छोराहरूका लागि पत्नीहरू ल्याओ, र आफ्ना छोरीहरू तिनीहरूका पतिहरूलाई देओ । तिनीहरूले छोराहरू र छोरीहरू जन्माऊन्, र त्यहाँ आफ्नो सङ्ख्या बढाओ, घटाउने होइन ।
Chukueni wake na mzae wana na mabinti. Kisha Kisha chukueni wake kwa ajili ya wana wenu, na wapatieni waume binti zenu. Wazae wana na mabinti na waongezeke ili msiwe wachache sana.
7 मैले तिमीहरूलाई जहाँ निर्वासित गरेको छु, त्यस सहरको शान्ति खोज, र यसको पक्षमा मलाई अन्तर-बिन्ती चढाओ, किनकि यो शान्तिमा रह्यो बने तिमीहरूलाई शान्ति हुनेछ ।'
Itafuteni amani ya mji ambako nimewafanya kuwa watumwa, na mkauombee kwangu kwa niaba yake kwa kuwa kutakuwa na amani kwenu kama mji uko katika amani.'
8 किनकि सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, 'तिमीहरूका बिचमा भएका अगमवक्ताहरू र जोखना हेर्नेहरूले तिमीहरूलाई धोका नदेऊन्, र तिमीहरू आफैले देखेका सपनाका कुराहरू नमान ।
Kwa maana Yahwe wa majeshi, Mungu wa Israeli, anasema hivi, 'Msiwaache manabii ambao wako katikati yenu na wabashiri wenu kuwadanganya, na msizisikilize ndoto ambazo ninyi wenyewe mnaota.
9 किनकि तिनीहरूले मेरो नाउँमा तिमीहरूलाई छलको अगमवाणी बोल्दैछन् । मैले तिनीहरूलाई पठाइनँ, यो परमप्रभुको घोषणा हो ।'
Kwa maana wanatabiri uongo kwenu katika jina langu. Mimi sikuwatuma—hili ni tangazo la Yahwe.'
10 किनकि परमप्रभु यसो भन्नुहुन्छ, 'बेबिलोनले तिमीहरूमाथि सत्तरी वर्षसम्म शासन गरिसकेपछि म तिमीहरूलाई मदत गर्नेछु, र तिमीहरूलाई यस ठाउँमा फर्काएर ल्याउछु भन्ने मेरो असल वचन पुरा गर्नेछु ।
Kwa maana Yahwe anasema hivi, 'Babeli atakapokuwa amewatawala kwa muda wa mika sabini, nitawasaidia ninyi na kulitimiza neno langu jema kwa ajili yenu ili kuwarudisha ninyi katika sehemu hii.
11 किनकि तिमीहरूका निम्ति मैले बनाएका योजनाहरू म जान्दछु, यो परमप्रभुको घोषणा हो, तिमीहरूलाई एउटा भविष्य र आशा दिनलाई ती शान्तिका योजनाहरू हुन्, विपत्तिका होइनन् ।
Kwa maana mimi mwenyewe naijua mipangao niliyonayo kwa ajili yenu—hili ni tangazo la Yahwe—mipango kwa ajili ya amani na siyo kwa ajili ya mabaya, ili kuwapa ninyi tumaini na siku zenu za mwisho.
12 तब तिमीहरूले मलाई पुकार्नेछौ, र जानेछौ र मलाई प्रार्थना चढाउनेछौ, र म तिमीहरूको प्रार्थना सुन्नेछु ।
Kisha mtaniita, na kwenda na kuniomba mimi, na nitawasikiliza.
13 किनकि तिमीहरूले मलाई खोज्नेछौ र भेट्टाउनेछौ, किनभने तिमीहरूले मलाई आफ्ना सारा हृदयले खोज्नेछौ ।
Kwa maana mtanitafuta na kunipata, kwa kuwa mtanitafuta kwa moyo wenu wote.
14 तब तिमीहरूले मलाई भेट्टाइनेछौ, यो परमप्रभुको घोषणा हो, र म तिमीहरूका सुदिन फर्काउनेछु । मैले तिमीहरूलाई छरपष्ट पारेका सबै जाति र ठाउँहरूबाट म तिमीहरूलाई जम्मा गर्नेछु, यो परमप्रभुको घोषणा हो, मैले तिमीहरूलाई जुन ठाउँबाट निर्वासित गरें, त्यहाँबाट म तिमीहरूलाई फर्काएर ल्याउनेछु ।'
Kisha nitapatikana kwenu—hili ni tangazo la Yahwe—na nitawarudisha watu wenu waliofungwa; nitawakusanya kutoka mataifa yote na sehehemu zote ambako nimewatawanya—hili ni tangazo la Yahwe—kwa maana nitawarudisha kutoka sehemu ambako niliwasababisha kuwa mateka.
15 परमेश्वरले हाम्रा निम्ति बेबिलोनमा नै अगमवक्ताहरू खडा गर्नुभएको छ भनी तिमीहरूले भनेकको हुनाले,
Tangu mliposema kwamba Yahwe ameinua manabii kwa ajili yetu katika Babeli,
16 दाऊदको सिंहासनमा बस्ने राजा र त्यस सहरमा बसोबास गरेका सबै मानिसलाई परमप्रभु यसो भन्नुहुन्छ, तिमीहरूका दाजुभाइ जो तिमीहरूसँग निर्वासनमा गएका छैनन्—
Yahwe anasema hivi kwa mfalme aliyeketi katika kiti cha enzi cha Daudi na watu wote wakaao katika mji huo, ndugu zenu ambao hawakwenda pamoja nanyi utumwani—
17 हेर, तिनीहरूकहाँ मैले तरवार, अनिकाल र विपत्ति ल्याउनै लागेको छु, सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ । किनकि म तिनीहरूलाई कुहेका अञ्जीरहरूजस्तै तुल्याउनेछु जुन खानलाई असाध्ये खराब हुन्छन् ।
Yahwe wa majeshi anasema hivi, ''Ona, niko karibu kutuma upanga, njaa, na ugonjwa juu yao. Kwa maana nitawafanya kuwa kama tini mbovu ambazo ni mbaya sana hazifai kuliwa.
18 त्यसपछि म तिनीहरूलाई तरवार, अनिकाल र विपत्तिले खेद्नेछु, अनि म तिनीहरूलाई पृथ्वीका सबै राज्यमा घृणाको दृश्य, मैले तिनीहरूलाई छरपष्ट पारेका सबै जातिका बिचमा तिनीहरूलाई त्रास, सराप र गिल्लाको पात्र र लाजका कुरा बनाउनेछु ।
Kisha nitawafuata kwa upanga, njaa, na tauni na kuwafanya kuwa kitu cha kushangaza kwa falme zote juu ya dunia—kitu cha kuogofya, kitu cha kulaaniwa na kuzomewa, na kitu cha aibu miongoni mwa mataifa yote ambako nilimtawanya.
19 तिनीहरूकहाँ मेरा दासहरू र अगमवक्ताहरूमार्फत मैले पठाएको मेरो वचन तिनीहरूले नसुनेको कारणले यसो हुनेछ, यो परमप्रभुको घोषणा हो । मैले तिनीहरूलाई पटक-पटक पठाएँ, तर तिमीहरूले सुनेनौ, यो परमप्रभुको घोषणा हो ।'
Hii ni kwa sababu hawakulisikiliza neno langu—hili ni tangazo la Yahwe—ambalo nililituma kwao kupitia watumishi wangu manabii. Niliwatuma tena na tena, lakini hamkusikiliza—hili ni tangazo la Yahwe. '
20 त्यसैले हे सबै निर्वासितहरू हो, जसलाई उहाँले यरूशलेमबाट बेबिलोनमा पठाउनुभएको छ, तिमीहरू आफूले भने परमप्रभुको वचन सुन ।
Kwa hiyo ninyi wenyewe sikilizeni neno la Yahwe, ninyi mateka wote ambao amewatuma kutoka Yerusalemu hadi Babeli,
21 'कोलायाहका छोरा आहाब र मासेयाहका छोरा सिदकियाह, जसले मेरो नाउँमा तिमीहरूलाई झूटा अगमवाणी बोल्छन्, हेर्, तिनीहरूको विषयमा सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छः मैले तिनीहरूलाई बेबिलोनका राजा नबूकदनेसरको हातमा दिनै लागेको छु । उसले तिनीहरूलाई तिमीहरूकै आँखाको सामु मार्नेछ ।
'Yahwe wa majeshi, Mungu wa Israeli, anasema hivi kuhusu Ahabu mwana wa Kolaya na Sedekia mwana wa Maaseya, watabirio uongo kwenu katika jina langu: Ona, niko karibu kuwaweka katika mkono wa Nebukadreza mfalme wa Babeli. Atawaua mbele ya macho yenu.
22 त्यसपछि बेबिलोनमा भएका यहूदाका सबै निर्वासितद्वारा यी व्यक्तिहरूको बारेमा सरापको वचन बोलिनेछ । सराप यस्तो हुनेछ, 'परमप्रभुले तिमीहरूलाई सिदकियाह र आहाबजस्तै बनाऊन्, जसलाई बेबिलोनका राजाले आगोमा पोलेका थिए ।
Kisha laana itatamkwa na wafungwa wote wa Yuda katika Babeli kuhusu watu hawa. Laana itasema: Yahwe awafanye kuwa kama Sedekia na Ahabu, ambao mfalme wa Babeli aliwaoka kwenye moto.
23 तिनीहरूले आफ्ना छिमेकीहरूका पत्नीहरूसित व्यभिचार गरेर अनि मैले तिनीहरूलाई भन्नलाई कहिल्यै आज्ञा नगरेका झूटा कुराहरू मेरो नाउँमा घोषणा गरेर, तिनीहरूले इस्राएलमा गरेका लज्जित कुराहरूका कारणले यस्तो हुनेछ । किनकि मलाई यो कुरा थाहा छ, र म साक्षी हुँ, यो परमप्रभुको घोषणा हो ।
Hili litatokea kwa sababu ya mambo ya aibu waliyofanya katika Israeli walipofanya uzinzi na wake za majarani zao na kutangaza maneno ya uongo katika jina langu, mambo ambayo sikuwaamuru wayaseme. Kwa maana mimi ndiye nijuaye; mimi ni shahidi—hili ni tangazo la Yahwe.”'
24 नेहेलामवासी शमायाह बारेमा यसो भन्,
Kuhusu Shemaya Mnehelami, sema hivi:
25 “सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, 'यरूशलेमका सबै मानिस, पुजारी मासेयाहका छोरा सपन्याह र सबै पुजारीलाई तेरो आफ्नै नाउँमा चिट्ठीहरू लेखेर यसो भनिस्,
'Yahwe wa majeshi, Mungu wa Israeli, anasema hivi: Kwa sababu ulituma barua kwa jina lako kwa watu wote katika Yerusalemu, kwa Sefania mwana wa Maaseya kuhani, na kwa makuhani wote, na ulisema,
26 'पुजारी यहोयादाको सट्टामा परमप्रभुले तिमीलाई परमप्रभुको मन्दिरको जिम्मा लिन पुजारी बनाउनुभएको छ । तिमी बरबराएर आफैलाई अगमवक्ताहरू बनाउने सबै मानिसको नियन्त्रणमा छौ । तिमीहरूले तिनीहरूलाई साङ्लाले बाँधेर ठिंगुरोमा हाल्नू ।
“Yahwe aliwafanya ninyi kuwa makuhani badala ya Yehoyada kuhani, ili muwe wasimamizi wa nyumba ya Yahwe. Ninyi ni viongozi wa watu wote wajitiao wazimu na kujifanya wenyewe manabii. Mtawaweka katika mkatale na minyororo.
27 त्यसैले अब, तिम्रो विरुद्धमा आफैलाई अगमवक्ता बनाउने अनातोतको यर्मियालाई किन हप्काएनौ?
Kwa hiyo sasa, kwa nini hamkumkemea Yeremia wa Anathothi, ambaye hujifanya mwenyewe nabii juu yenu?
28 किनकि बेबिलोनमा उसले हामीलाई यस्तो चिट्ठी पठाएको छ र भनेको छ, 'निर्वासन लामो समयसम्म हुनेछ । घरहरू बनाओ र तिनमा बस, र खेतबारीमा बीउ रोप र तिनको फल खाओ' ।”
Kwa maana ametutumia sisi katika Babeli, 'Itakuwa muda mrefu. Jengeni nyumba na muishi ndani yake, na pandeni busitani na mule matunda yake.””
29 यर्मिया अगमवक्ताले सुन्ने गरी पुजारी सपन्याहले यो पत्र पढे ।
Sefania kuhani akaisoma barua hii mbele ya Yeremia nabii.
30 तब परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,
Kisha neno la Yahwe likaja kwa Yeremia, likisema,
31 “सबै निर्वासितकहाँ यो खबर पठा र यसो भन्, 'नेहेलामवासी शमायाहको विषयमा परमप्रभु यसो भन्नुहुन्छः म आफैले शमायाहलाई नपठाउँदा पनि उसले तिमीहरूलाई अगमवाणी बोलेको र उसले तिमीहरूलाई झूटा कुराहरूमा विश्वास गर्न डोर्याएको छ,
“tuma neno kwa mateka wote na sema, 'Yahwe anasema hivi kuhusu Shemaya Mnehelami: Kwa sababu Shemaya amewatabiria ninyi wakati mimi sikumtuma, na amewaongoza kuamini uongo,
32 त्यसकारण परमप्रभु यसो भन्नुहुन्छः नेहेलामवासी शमायाह र त्यसका सन्तानहरूलाई मैले दण्ड दिनै लागेको छु । यस जातिको बिचमा बस्न त्यसको लागि कुनै मानिस हुनेछैन । मैले आफ्ना मानिसहरूलाई गर्ने भलाइ त्यसले देख्नेछैन, यो परमप्रभुको घोषणा हो, किनकि उसले परमप्रभुको विरुद्धमा विद्रोहको घोषणा गरेको छ' ।”
kwa hiyo Yahwe anasema hivi: Angalia, niko karibu kumwadhibu Shemaya Mnehelami na uzao wake. Hapatakuwa na mtu wa kukaa miongoni mwa watu hawa kwa ajili yake. Hataona mema nitakayofanya kwa ajili ya watu wangu—hili ni tangazo la Yahwe—kwa maana ametangaza uasi dhidi ya Yahwe.””