< यर्मिया 28 >

1 त्यही वर्ष अर्थात् यहूदाका राजा सिदकियाहले राज्‍य गरेको चौथो वर्षको पाँचौं महिनामा अज्‍जूरका छोरा, गिबोनमा बस्‍ने अगमवक्ता हनन्याहले परमप्रभुको मन्दिरमा पुजारीहरू र सबै मानिसको सामु मसित बोले । तिनले भने,
و در همان سال در ابتدای سلطنت صدقیا پادشاه یهودا در ماه پنجم ازسال چهارم واقع شد که حننیا ابن عزور نبی که ازجبعون بود مرا در خانه خداوند در حضور کاهنان و تمامی قوم خطاب کرده، گفت:۱
2 “सर्वशक्तिमान्, परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'बेबिलोनका राजाद्वारा लादिएको जुवा मैले भाँचेको छु ।
«یهوه صبایوت خدای اسرائیل بدین مضمون تکلم نموده و گفته است من یوغ پادشاه بابل را شکسته‌ام.۲
3 बेबिलोनका राजा नबूकदनेसरले यस ठाउँबाट लगेको र बेबिलोनमा ओसारेको परमप्रभुको मन्दिरका सबै सामान म दुई वर्षभित्रमा यही ठाउँमा फर्काएर ल्याउनेछु ।
بعد از انقضای دو سال من همه ظرف های خانه خداوند را که نبوکدنصر پادشاه بابل از این مکان گرفته، به بابل برد به اینجا بازخواهم آورد.۳
4 त्यसपछि बेबिलोनमा पठाइएका यहूदाका राजा यहोयाकीमका छोरा यहोयाकीन र यहूदाका सबै बन्दीलाई म फर्काएर ल्याउनेछु, यो परमप्रभुको घोषणा हो, किनकि बेबिलोनका राजाको जुवालाई म भाँच्‍नेछु' ।”
و خداوند می‌گوید من یکنیا ابن یهویاقیم پادشاه یهودا و جمیع اسیران یهودا را که به بابل رفته‌اند به اینجا باز خواهم آورد زیرا که یوغ پادشاه بابل را خواهم شکست.»۴
5 त्यसैले परमप्रभुको मन्दिरमा खडा भएका पुजारीहरू र सबै मानिसको सामु यर्मिया अगमवक्ताले हनन्याह अगमवक्तासित बोले ।
آنگاه ارمیا نبی به حننیا نبی در حضورکاهنان و تمامی قومی که در خانه خداوند حاضربودند گفت؛۵
6 यर्मिया अगमवक्ताले भने, “परमप्रभुले यसै गरून्! तिमीले अगमवाणी बोलेका वचनहरू परमप्रभुले पुरा गरून्, अनि परमप्रभुको मन्दिरका सबै सामान र सबै बन्दीलाई बेबिलोनबाट यस ठाउँमा फर्काएर ल्याऊन् ।
پس ارمیا نبی گفت: «آمین خداوندچنین بکند و خداوند سخنانت را که به آنها نبوت کردی استوار نماید و ظروف خانه خداوند وجمیع اسیران را از بابل به اینجا باز بیاورد.۶
7 तापनि तिमीले सुन्‍ने गरी अनि सबै मानिसले सुन्‍ने गरी मैले घोषणा गरेको वचनलाई सुन ।
لیکن این کلام را که من به گوش تو و به سمع تمامی قوم می‌گویم بشنو:۷
8 तिमी र मभन्दा धेरै पहिलेका अगमवक्ताहरूले पनि धेरै जातिहरू, महान् राज्यहरू, युद्ध, अनिकाल र विपत्तिको विषयमा अगमवाणी बोले ।
انبیایی که از زمان قدیم قبل ازمن و قبل از تو بوده‌اند درباره زمینهای بسیاروممالک عظیم به جنگ و بلا و وبا نبوت کرده‌اند.۸
9 त्यसैले शान्ति हुनेछ भनी अगमवाणी बोल्ने अगमवक्ताले भनेको वचन पुरा भयो भने, त्यो वास्तवमै परमप्रभुद्वारा पठाइएको अगमवक्ता रहेछ भनी थाहा हुनेछ ।”
اما آن نبی‌ای که بسلامتی نبوت کند اگر کلام آن نبی واقع گردد، آنگاه آن نبی معروف خواهد شدکه خداوند فی الحقیقه او را فرستاده است.»۹
10 तर हनन्याह अगमवक्ताले यर्मिया अगमवक्ताको काँधबाट जुवा निकाले र त्यसलाई भाँचिदिए ।
پس حننیا نبی یوغ را از گردن ارمیا نبی گرفته، آن را شکست.۱۰
11 तब हनन्याहले सबै मनिसका सामु बोले र यसो भने, “परमप्रभु यसो भन्‍नुहुन्छ, 'बेबिलोनका राजा नबूकदनेसरद्वारा लादिएको जुवा म हरेक जातिको काँधबाट दुई वर्षभित्रमा यसै गरी भाँचिदिनेछु' ।” तब यर्मिया अगमवक्ता आफ्नो बाटो लागे ।
و حننیا به حضور تمامی قوم خطاب کرده، گفت: «خداوند چنین می‌گوید: بهمین طور یوغ نبوکدنصر پادشاه بابل را بعد ازانقضای دو سال از گردن جمیع امت‌ها خواهم شکست.» و ارمیا نبی به راه خود رفت.۱۱
12 हनन्याह अगमवक्ताले यर्मिया अगमवक्ताको काँधबाट जुवा निकालेर भाँचेपछि परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,
و بعد از آنکه حننیا نبی یوغ را از گردن ارمیانبی شکسته بود کلام خداوند بر ارمیا نازل شده، گفت:۱۲
13 “जा र हनन्याहसित बोल र यसो भन्, 'परमप्रभु यसो भन्‍नुहुन्छः तैंले त काठको जुवा भाँचिस्, तर यसको साटो म फलामको जुवा बनाउनेछु ।'
«برو و حننیا نبی را بگو: خداوند چنین می‌گوید: یوغهای چوبی را شکستی اما بجای آنها یوغهای آهنین را خواهی ساخت.۱۳
14 किनकि सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः बेबिलोनका राजा नबूकदनेसरको सेवा गर्नलाई मैले यी सबै जातिको काँधमा फलामको जुवा राखेको छु, र तिनीहरूले उसको सेवा गर्नेछन् । शासन गर्नलाई मैले उसलाई जङ्गलका वन्यजन्तुहरू पनि दिएको छु' ।”
زیرا که یهوه صبایوت خدای اسرائیل چنین می‌گوید: من یوغی آهنین بر گردن جمیع این امت‌ها نهادم تانبوکدنصر پادشاه بابل را خدمت نمایند پس او راخدمت خواهند نمود و نیز حیوانات صحرا را به او دادم.»۱۴
15 अनि यर्मिया अगमवक्ताले हनन्याह अगमवक्तालाई भने, “हे हनन्याह, सुन, परमप्रभुले तिमीलाई पठाउनुभएको होइन, तर तिमी आफैले यी मानिसलाई झूटो कुरामा विश्‍वास गर्न लगाएका छौ ।
آنگاه ارمیا نبی به حننیا نبی گفت: «ای حننیا بشنو! خداوند تو را نفرستاده است بلکه تواین قوم را وامیداری که به دروغ توکل نمایند.۱۵
16 त्यसैले परमप्रभु यसो भन्‍नुहुन्छ, 'हेर्, तँलाई मैले पृथ्वीबाट हटाउनै लागेको छु । तैंले परमप्रभुको विरुद्धमा विद्रोही कुराको घोषणा गरेको हुनाले तँ यही वर्ष मर्नेछस्' ।”
بنابراین خداوند چنین می‌گوید: اینک من تو رااز روی این زمین دور می‌اندازم و تو امسال خواهی مرد زیرا که سخنان فتنه انگیز به ضدخداوند گفتی.»۱۶
17 त्यही वर्षको सातौँ महिनामा हनन्याह अगमवक्ता मरे ।
پس در ماه هفتم همانسال حننیا نبی مرد.۱۷

< यर्मिया 28 >