< यर्मिया 27 >
1 यहूदाका राजा योशियाहका छोरा सिदकियाहको शासनकालको सुरुमा परमप्रभुको यो वचन यर्मियाकहाँ आयो ।
猶大王約史雅的兒子漆德克雅第四年,上主有這話傳給耶肋米亞說:「
2 परमप्रभुले मलाई यसो भन्नुभयो, “आफ्नो निम्ति डोरीहरू र एउटा जुवा बना । ती तेरो घाँटीमा बाँध् ।
上主對我這樣說:你要備製繩索和木軛,放在你頸上;
3 तब तिनलाई एदोमका राजा, मोआबका राजा, अम्मोनका मानिसहरूका राजा, टुरोसका राजा र सीदोनका राजाकहाँ पठा । यहूदाका राजा सिदकियाहकहाँ यरूशलेममा आउने ती राजाहरूका दूतहरूको हातद्वारा ती पठा ।
然後託那些來耶路撒冷覲見猶大王漆德克雅的使者,送給厄東王和摩阿布王,阿孟子民的王和提洛王以及漆冬王,
4 तिनीहरूका मालिकहरूका लागि तिनीहरूलाई आज्ञा दे र यसो भन्, 'सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छः तिमीहरूले आ-आफ्ना मालिकहरूलाई यसो भन्नुपर्छ,
吩咐他們對自己的主上說:萬軍的上主,以色列的天主這樣說:你們應如此對你們的主上說:
5 'मेरो महाशक्ति र पसारिएको पाखुराद्वारा म आफैले पृथ्वी बनाएँ । मैले पृथ्वीका मानिसहरू र जनावरहरू पनि बनाएँ, र मेरो दृष्टिमा ठिक लागेको जोकसैलाई म यो सुम्पिदिन्छु ।
是我以我的大能和我伸展的手臂,創造了大地、人類及地面上的走獸,我能把大地賜給我喜歡給的人。
6 त्यसैले अब म आफैले यी सबै देश मेरो दास, बेबिलोनका राजा नबूकदनेसरको हातमा दिंदैछु । साथै, त्यसको सेवा गर्नलाई जमिनका जीवित प्राणीहरू पनि म त्यसलाई दिंदैछु ।
現在我把這些土地交在我的僕人巴比倫王拿步高的手中,連田野的走獸我也賜給他,作他的奴隸;
7 किनकि उसको देशको निम्ति समय नआएसम्म सबै जातिले ऊ, उसको छोरो र उसको नातिको सेवा गर्नेछन् । त्यसपछि धेरै जातिहरू र महान् राजाहरूले त्यसलाई अधीन गर्नेछन् ।
列國要作他、他的兒子和孫子的奴隸,直到他國家的時運終於來到──他也不例外──那時必有強盛的民族和強大的君王來使他作奴隸。
8 त्यसैले बेबिलोनका राजा नबूकदनेसरको सेवा नगर्ने जाति वा राज्य र बेबिलोनका राजाको जुवामुनि आफ्नो काँध थाप्न नमान्ने जोकसैलाई उसको हातद्वारा त्यो नष्ट नहुञ्जेल म तरवार, अनिकाल र विपत्तिले दण्ड दिनेछु, यो परमप्रभुको घोषणा हो ।
若一個民族或國家,不願作巴比倫王拿步高的奴隸,或不願屈服在巴比倫王軛下,我必以戰爭、饑饉和瘟疫懲罰這民族──上主的斷語──直至將他們悉數交在他手中。
9 त्यसैले 'बेबिलोनका राजाको सेवा नगर्नू' भनेर तिमीहरूसँग बोलिरहने तिमीहरूका अगमवक्ताहरू, जोखना हेर्नेहरू, सपनाको अर्थ खोल्नेहरू, भूतप्रेत खेलाउनेहरू र जादुगरी गर्नेहरूको कुरा नसुन्नू ।
所以你們不要聽從常對你們說:「你們決不會作巴比倫王的奴隸」的先知、占卦師、卜夢者、巫士和術士的話,
10 तिमीहरूलाई आफ्नो देशबाट टाढा पठाउन भनेर तिनीहरूले तिमीहरूलाई झूटा कुराको अगमवाणी बोल्दैछन्, किनकि म तिमीहरूलाई धपाउनेछु, र तिमीहरू मर्नेछौ ।
因為他們給你們預言的只是謊話,致使你們遠故土,叫我驅逐你們,令你們趨於滅亡。
11 तर बेबिलोनका राजाको जुवामुनि आफ्नो काँध थाप्ने र उसको सेवा गर्ने जातिलाई चाहिं आफ्नै देशमा विश्राम गर्न म दिनेछु, यो परमप्रभुको घोषणा हो, र तिनीहरूले त्यसको खनजोत गर्नेछन्, र त्यहाँ आफ्ना घरहरू बनाउनेछन्' ।”
至於引領接受巴比倫王的軛,甘願作他奴隸的民族,我必使他們仍留在本土──上主的斷語──在那裏安居樂業。
12 त्यसैले यहूदाका राजा सिदकियाहसित मैले बोलें र तिनलाई यो सन्देश दिएँ, “आफ्नो काँधमा बेबिलोनका राजाको जुवा थाप र ऊ र उसका मानिसहरूको सेवा गर, अनि तिमी बाँच्नेछौ ।
我於是全依照這些話轉告猶大王漆德克雅說:「你應引頸接受巴比倫王的軛,服事他和他的人民,你們纔可生存。
13 तिमी किन मर्ने—तिमी र तिम्रा मानिसहरू तरवार, अनिकाल र विपत्तिले किन मर्ने, जसरी बेबिलोनका राजाको सेवा गर्न इन्कार गर्ने जातिको विषयमा मैले घोषणा गरेको छु?
為什麼你和你的人民寧願死於刀劍、饑饉和瘟疫,如同上主對不願服事巴比倫王的民族所警告的呢﹖
14 ती अगमवक्ताहरूको वचन नसुन जसले तिमीसित बोल्छन् र यसो भन्छन्, 'बेबिलोनका राजाको सेवा नगर,' किनकि तिनीहरूले तिमीलाई झूटो कुराको अगमवाणी बोल्दैछन् ।
你們不要聽從對你們說:「不要服事巴比倫王」的先知的話,因為他們給你們預言的只是謊話;
15 ‘किनकि यो परमप्रभुको घोषणा हो, मैले तिनीहरूलाई पठाएको छैनँ, किनकि तिनीहरूले मेरो नाउँमा झूटा कुरो अगमवाणी बोल्दैछन् जसको कारणले म तँलाई धपाउनेछु, अनि तिमी र तिम्रो निम्ति अगमवाणी बोलिरहने अगमवक्ताहरू दुवै मर्नेछौ' ।”
我並沒有派遣他們──上主的斷語──他們竟奉我的名向你們預言,叫我驅逐你們,使你們和對你們說預言的先知同趨滅亡。」
16 मैले पुजारीहरू र सबै मानिसहरूलाई यो कुरा घोषणा गरें र यसो भनें, “परमप्रभु यसो भन्नुहुन्छः तिमीहरूका अगमवक्ताहरूको वचन नसुन जसले तिमीहरूका निम्ति अगमवाणी बोल्छन् र यसो भन्छन्, 'हेर, परमप्रभुको मन्दिरका सामानहरू अहिले बेबिलोनबाट फर्काइँदैछन् ।' तिनीहरूले तिमीहरूलाई झूटो कुरा अगमवाणी बोल्दै छन् ।
對司祭和這全體人民我也曾警告說:「上主這樣說:你們的先知們對你們說:看,上主殿宇的器皿,現在快要由巴比送回來了! 你們不要聽信,因為他們對你們預言的只是謊話。
17 तिनीहरूको कुरा नसुन्नू । तिमीहरूले बेबिलोनका राजाको सेवा गर्नुपर्छ र बाँच्नुपर्छ । यो सहर किन भग्नावशेष हुने?
你們不要聽信他們,只管服事巴比倫王,就必生存。為什麼要使這城變為荒野﹖
18 तिनीहरू अगमवक्ताहरू हुन्, र परमप्रभुको वचन तिनीहरूकहाँ साँच्चै आएको हो भने, यस मन्दिर, यहूदाका राजाको महल र यरूशलेमका सामानहरू बेबिलोनमा नलान भनेर तिनीहरूले सर्वशक्तिमान् परमप्रभुलाई बिन्ती चढाऊन् ।
假使他們是先知,真有上主的話,請他們祈求萬軍的上主,使尚留在上主殿宇,猶大王宮和耶路撒冷的器皿,不致運到巴比倫去。
19 स्तम्भहरू, 'खँड्कुलो' भनेर चिनिने विशाल बाटा र यसको आधार अनि यस सहरमा बाँकी रहेका सामानहरूका बबारेमा सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ—
因為萬軍的上主這樣論到銅柱、銅海和銅座,以及在這城剩下的殘餘器皿,
20 अर्थात् बेबिलोनका राजा नबूकदनेसरले यहूदाका राजा यहोयाकीमका छोरा यहोयाकीनका साथमा यहूदा र यरूशलेका सबै कुलीनहरूलाई यरूशलेमबाट कैद गरेर बेबिलोनमा लैजाँदा तिनले नलगेका समानहरू ।
即巴比倫王拿步高把猶大王約雅金的兒子耶苛尼雅,及猶大和耶路撒冷所有的貴族,從耶路撒冷擄到巴比倫時,沒有帶走的器皿,
21 परमप्रभुको मन्दिर, यहूदाका राजाको महल र यरूशलेममा बाँकी रहेका सामानहरूका विषयमा सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ,
萬軍的上主,以色列的天主論到這些尚存在上主殿宇、猶大王宮和耶路撒冷的器皿,這樣說:
22 'ती बेबिलोनमा लगिनेछन्, र ती फर्काइने दिन नआएसम्म ती त्यहीँ नै रहनेछन्, यो परमप्रभुको घोषणा हो । त्यसपछि म तिनलाई ल्याउनेछु, र तिनलाई यस ठाउँमा पुनर्स्थापित गराउनेछु' ।”
都要運到巴比倫去,留在那裏,直到我再來眷顧的一天──上主的斷語──那時,我必再取回來,放在原處。」