< यर्मिया 23 >
1 यो परमप्रभुको घोषणा हो, “मेरो खर्कका भेडाहरूलाई नष्ट गर्ने र छरपष्ट पार्ने गोठालाहरूलाई धिक्कार!”
Горе пастырем, иже погубляют и расточают овцы паствы Моея, рече Господь.
2 त्यसकारण आफ्ना मानिसका रेखदेख गर्ने गोठालाहरूको विषयमा परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, “तिमीहरूले मेरो बगाललाई छरपष्ट पारेका छौ, र तिनीहरूलाई धपाइदिएका छौ । तिमीहरूले तिनीहरूको वास्ता गरेका छैनौ । त्यसैले तिमीहरूले गरेका दुष्ट्याइँको लागि मैले तिमीहरूलाई दण्ड दिनै लागेको छु, यो परमप्रभुको घोषणा हो ।
Сего ради сия рече Господь Бог Израилев к пасущым людий Моих: вы расточили есте овцы Моя, и отвергосте я, и не посетисте их, се, Аз посещу на вас по лукавству умышлений ваших, рече Господь:
3 मेरो बगालका वचेकाहरूलाई मैले तिनीहरूलाई धपाएका सबै देशबाट म आफै जम्मा गर्नेछु, र म तिनीहरूलाई एउटा खर्कमा फर्काउनेछु, जहाँ तिनीहरू फलवन्त हुनेछन् र बढ्नेछन् ।
и Аз соберу останки стада Моего от всех земель, в няже извергох их тамо, и возвращу их к селением их, и возрастут и умножатся.
4 त्यसपछि म तिनीहरूको रेखदेख गर्ने गोठालाहरू खडा गर्नेछु जसले तिनीहरूलाई गोठाला गर्नेछन्, यसरी तिनीहरू फेरि डराउने वा छरपष्ट हुनेछैनन् । तिनीहरूमध्ये कोही पनि हराउनेछैनन्, यो परमप्रभुको घोषणा हो ।
И возставлю над ними пастыри, и упасут их, и не убоятся ктому, ниже ужаснутся, и ни един погибнет от числа, рече Господь.
5 यो परमप्रभुको घोषणा हो, हेर्, यस्ता दिनहरू आउँदैछन्, जति बेला म दाऊदको लागि एउटा धार्मिक हाँगा खडा गर्नेछु । उसले राजाको रूपमा राज्य गर्नेछ । तिनले बुद्धिमानीपूर्वक काम गर्नेछ, र देशमा न्याय र धार्मिकता कायम राख्नेछ ।
Се, дние грядут, глаголет Господь, и возставлю Давиду Восток праведный, и царствовати будет Царь и премудр будет и сотворит суд и правду на земли:
6 उसको दिनमा यहूदा यहूदा बचाइनेछ, र इस्राएल सुरक्षितसाथ जिउनेछ । तब यो नाउँले उसलाई बोलाइनेछः परमप्रभु हाम्रो धार्मिकता हुनुहुन्छ ।
во днех Его спасется Иуда, и Израиль пребудет в надежди, и сие имя Ему, имже нарекут Его: Господь праведен наш.
7 यो परमप्रभुको घोषणा हो, यसकारण हेर्, यस्ता दिनहरू आउँदैछन्, जति बेला तिनीहरूले फेरि यसो भन्ने छैनन्, 'इस्राएलका मानिसहरूलाई मिश्रदेशबाट ल्याउनुहुने जीवित परमप्रभुको नाउँमा ।'
Сего ради, се, дние грядут, рече Господь, и не рекут ктому: живет Господь, иже изведе сыны Израилевы от земли Египетския:
8 त्यसको सटोमा, तिनीहरूले यसो भन्नेछन्, 'इस्राएलको घरानाका सन्तानहरूलाई उत्तर देश र जहाँ तिनीहरू धपाइए, ती सबै देशबाट निकालेर ल्याउनुहुने जीवित परमप्रभुको नाउँमा ।' तब तिनीहरूका आफ्नै देशमा तिनीहरू बस्नेछन् ।
но: живет Господь, иже изведе и преведе семя дому Израилева от земли северски и от всех земель, в няже изверже их тамо, и обитати имут в земли своей.
9 अगमवक्ताहरूको सम्बन्धमा मेरो हृदय टुटेको छ, र मेरा सबै हड्डी काम्दछन् । परमप्रभु र उहाँको पवित्र वचनको कारणले म एक जना मातेको मान्छेजस्तै भएको छु, जसलाई मदिराले नियन्त्रण गरेको हुन्छ ।
О пророцех сотрено есть сердце мое во мне, вострепеташа вся кости моя, бых яко муж пиян и яко человек, егоже одоле вино, от лица Господня и от лица благолепия славы Его.
10 किनकि देश व्यभिचारीहरूले भरिएको छ । यी कारणले गर्दा देश सुक्खा भएको छ । उजाड-स्थानमा भएको खर्क सुकेको छ । यी अगमवक्ताहरूका मार्गहरू दुष्ट छन् । तिनीहरूको शक्ति ठिक तरिकाले प्रयोग गरिएको छैन ।
Яко прелюбодеяньми исполнена есть земля, яко от лица их плакася земля, изсхоша пажити пустынныя: и бысть течение их лукаво, и крепость их такожде.
11 “अगमवक्ता र पुजारीहरू दुवै दुषित भएका छन् । मेरै मन्दिरमा पनि मैले तिनीहरूको दुष्टता भेट्टाएको छु,” यो परमप्रभुको घोषणा हो—
Понеже пророк и священник осквернишася, и в дому Моем обретох лукавство их, рече Господь:
12 त्यसकारण तिनीहरूको मार्ग अन्धकारमा चिप्लने ठाउँजस्तै हुनेछ । तिनीहरू धकेलिनेछन्, र तिनीहरू त्यसमा लोट्नेछन् । किनकि तिनीहरूको दण्डको वर्षमा म तिनीहरूको विरुद्धमा विपत्ती पठाउनेछु,” यो परमप्रभुको घोषणा हो ।
того ради путь их будет им ползок во тме, и поткнутся и падут в нем: наведу бо на них злая в лето посещения их, рече Господь.
13 “किनकि सामरियामा भएका अगमवक्ताहरूले घृणित कार्य गरेका मैले देखेको छुः तिनीहरूले बाल देवताको नाउँमा अगमवाणी बोले, र मेरो मानिस इस्राएललाई कुमार्गतिर डोर्याए ।
И во пророцех Самарийских видех беззакония: пророчествоваху чрез Ваала и прельщаху люди Моя Израиля.
14 यरूशलेमका अगमवक्ताहरूका बिचमा मैले अति घिनलाग्दा कुराहरू देखेको छु । तिनीहरू व्यभिचार गर्छन्, र झूटो चालमा हिंड्छन् । खराब काम गर्नेहरूका हात तिनीहरूले बलियो पार्छन्, र कोही पनि आफ्नो खराबीबाट पछि हट्दैन । मेरो लागि तिनीहरू सबै सदोमझैं र यसका बासिन्दाहरू गमोराझैं भएका छन् ।”
И во пророцех Иерусалимских видех ужасная, прелюбодействующих и ходящих во лжи и скрепляющих руки строптивым, да не отвратится кийждо от пути своего лукаваго: быша Мне вси аки Содом, и обитающии в нем яко Гоморр.
15 त्यसकारण सर्वशक्तिमान् परमप्रभु अगमवक्ताहरूको विषयमा यसो भन्नुहुन्छ, “हेर, मैले तिनीहरूलाई ऐरेलु खुवानै लागेको छु, र विषालु पानी पियाउनै लागेको छु, किनकि यरूशलेमका अगमवक्ताहरूबाट प्रदुषण सबै देशमा फैलिएको छ ।”
Сего ради тако рече Господь Сил ко пророком: се, Аз напитаю их пелынем и напою их желчию, от пророков бо Иерусалимских изыде осквернение на всю землю.
16 सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “तिमीहरूलाई अगमवाणी बोल्ने अगमवक्ताहरूका वचनहरू नसुन । तिनीहरूले तिमीहरूलाई भ्रमित तुल्याएका छन् । तिनीहरूले परमप्रभुको मुखबाट नभई आफ्नै समझबाट दर्शनहरूको घोषणा गर्दै छन् ।
Сия глаголет Господь Сил: не слушайте словес пророков, иже пророчествуют вам и прельщают вас: видение от сердца своего глаголют, а не от уст Господних.
17 मेरो अनादर गर्नेहरूलाई तिनीहरूले निरन्तर यसो भनिरहेका छन्, 'तिमीहरूका निम्ति शान्ति हुने छ भनी परमप्रभु घोषणा गर्नुहुन्छ ।' आफ्नै हृदयको हठमा हिंड्ने हरेक व्यक्तिले भन्छ, 'तिमीहरूमाथि विपत्ति आउनेछैन ।'
Глаголют отвергающым Мя: глагола Господь, мир будет вам: и всем, иже ходят в похотех своих, и всякому, ходящему в строптивстве сердца своего, рекоша: не приидут на вас злая.
18 तापनि परमप्रभुको परिषद् सभामा को खडा भएको छ र? उहाँको वचनलाई कसले देख्ने र कसले सुन्ने गर्छ र? उहाँको वचनलाई कसले ध्यान दिने र सुन्ने गर्छ र?
Кто бо бысть в совете Господни, и виде и слыша словеса Его? Кто внят слово Его и слыша?
19 हेर, परमप्रभुबाट आँधी-बेहरी आउँदैछ । उहाँको क्रोध बाहिर निस्केको छ, र तुफान वरिपरि चक्कर मार्दैछ । दुष्टहरूका शिरवरिपरि त्यसले चक्कर मार्दैछ ।
Се, буря от Господа и ярость исходит в сотрясение, устремившися приидет на нечестивыя.
20 परमप्रभुको क्रोध कार्यान्वयन हुने र उहाँको हृदयका मनसायहरू पुरा हुने नभएसम्म त्यो थामिने छैन । आखिरी दिनमा तिमीहरूले बुझ्नेछौ ।
И ктому не возвратится ярость Господня, дондеже сотворит сие и дондеже совершит помышление сердца Своего. В последния дни уразумеете совет Его.
21 यी अगमवक्ताहरूलाई मैले पठाइनँ । तिनीहरू आफै देखा परे । तिनीहरूलाई मैले कुनै कुरा पनि घोषणा गरिनँ, तर तिनीहरूले अझै पनि अगमवाणी गरेका छन् ।
Не посылах пророки, а они течаху: не глаголах к ним, и тии пророчествоваху.
22 किनकि तिनीहरू मेरो परिषद् सभामा खडा भए त तिनीहरूले मेरा मानिसहरूलाई मेरो वचन सुन्न लगाउनेथिए, तिनीहरूले उनीहरूका दुष्ट वचन र भ्रष्ट अभ्यासहरूबाट फर्कन लगाउनेथिए ।
И аще бы стали в совете Моем, слышана сотворили бы словеса Моя и отвратили бы людий Моих от пути их лукаваго и от начинаний их лукавых.
23 के म नजिक मात्र रहने तर टाढा नरहने परमेश्वर हुँ र? यो परमप्रभुको घोषणा हो ।
Бог приближаяйся Аз есмь, глаголет Господь, а не Бог издалеча.
24 के मैले देख्न नसक्ने गरी कोही गुप्त ठाउँमा लुक्न सक्छ र? यो परमप्रभुको घोषणा हो, र के स्वर्ग र पृथ्वीलाई म ढाक्दिनँ र? यो परमप्रभुको घोषणा हो ।
Аще утаится кто в сокровенных, и Аз не узрю ли его? Рече Господь. Еда небо и землю не Аз наполняю? Рече Господь.
25 मेरो नाउँमा छलको अगमवाणी बोलिरहेका अगमवक्ताहरूले के भनेका छन्, त्यो मैले सुनेको छु । तिनीहरूले भने, 'मैले एउटा सपना देखेँ! मैले एउटा सपना देखेँ!'
Слышах, яже глаголют пророцы, пророчествующе во имя Мое лжу и глаголюще: видех сон, (видех сон).
26 अगमवक्ताहरूले आफ्नै मनबाट झूटा कुराहरूको अगमवाणी बोल्ने, र तिनीहरूले आफ्ना हृदयबाट छली अगमवाणी बोल्ने कुरा कहिलेसम्म भइरहन्छ?
Доколе будет в сердцы пророков прорицающих лжу и пророчествующих льщения сердца своего,
27 जसरी बाल देवताको नाउँमा मेरा मानिसहरूका पुर्खाहरूले मेरो नाउँ बिर्से, त्यसरी नै तिनीहरू प्रत्येकले आफ्नो छिमेकीलाई बताएका सपनाहरूद्वारा उनीहरूलाई मेरो नाउँ बिर्साउने योजना तिनीहरूले बनाउँदैछन् ।
мыслящих, да забвен будет закон Мой в сониих их, яже вещают кийждо искреннему своему, якоже забыша отцы их имя Мое ради Ваала?
28 सपना देख्ने अगमवक्ताले, आफूले देखेको सपना बताओस् । तर जसलाई मैले कुनै कुराको घोषणा गरेको छु, त्यसले साँचो तवरले मेरो वचन घोषणा गरोस् । परालको अन्नसित के सरोकार छ? यो परमप्रभुको घोषणा हो ।
Пророк, иже имать сновидение, да вещает сновидение свое, а иже имать слово Мое, да глаголет слово Мое во истине. Что плевы ко пшенице? Тако слово Мое, рече Господь.
29 यो परमप्रभुको घोषणा हो, के मेरो वचन आगोजस्तै छैन र? चट्टानलाई टुक्रा-टुक्रा पार्ने घनजस्तै छैन र?
Еда словеса Моя не суть якоже огнь горящь, рече Господь, и яко млат сотрыющь камень?
30 त्यसैले, हेर, अर्को व्यक्तिबाट वचन चोर्ने र मबाट आएजस्तै गरी बोल्ने अगमवक्ताहरूको विरुद्धमा म हुन्छु, यो परमप्रभुको घोषणा हो ।
Сего ради, се, Аз ко пророком, рече Господь, иже крадут словеса Моя кийждо от искренняго своего.
31 हेर, म त्यस्ता अगमवक्ताहरूको विरुद्धमा हुन्छु, जसले, यो परमप्रभुको घोषणा हो, भनेर घोषणा गर्न आफ्नो जिब्रोलाई चलाउँछन् ।
Се, Аз на пророки, глаголет Господь, износящыя пророчествия языком и дремлющыя дремание свое.
32 हेर, यो परमप्रभुको घोषणा हो, भनेर छलपूर्ण सपनाहरू देख्ने र त्यसपछि ती घोषणा गर्ने र यसरी आफ्ना छल र अहङ्कारले मेरा मानिसहरूलाई भ्रममा पार्ने अगमवक्ताहरूका विरुद्धमा म छु । म तिनीहरूको विरुद्धमा छु, किनकि मैले तिनीहरूलाई पठाएको होइन, न त तिनीहरूलाई आज्ञा दिएको छु । त्यसैले तिनीहरूले निश्चय नै यी मानिसलाई मदत गर्नेछैन, यो परमप्रभुको घोषणा हो ।
Се, Аз на пророки, прорицающыя соние лживо, рече Господь, и провещаша та, и прельстиша люди Моя во лжах своих и во прелестех своих, Аз же не послах их, ни заповедах им, и пользою не упользуют людий сих, (рече Господь).
33 यी मानिसहरू, वा अगमवक्ता वा पुजारीले तँलाई 'परमप्रभुको बोझ के हो?' भनी सोधे भने तैंले तिनीहरूलाई भन्नेछस्, 'तिमीहरू नै बोझ हौ, र म तिमीहरूलाई निष्कासित गर्नेछु,' यो परमप्रभुको घोषणा हो ।
И аще вопросят людие сии, или пророк, или священник, рекуще: кое (есть) бремя Господне? И речеши к ним: вы есте бремя, и повергу вас, рече Господь.
34 ‘यो परमप्रभुको बोझ हो,’ भनिरहने अगमवक्ता, पुजारी र मानिसका सम्बन्धमा म त्यो मानिस र उसको घरानालाई दण्ड दिनेछु ।
И пророк, и священник, и людие, иже рекут: бремя Господне, посещу местию на мужа того и на дом его.
35 तिमीहरू हरेक व्यक्तिले आफ्नो छिमेकीलाई र हरेक मानिसले आफ्नो भाइलाई निरन्तर सोधिरहन्छौ, 'परमप्रभुले के जवाफ दिनुभयो?' र 'परमप्रभुले के घोषणा गर्नुभयो?' ।
Сице рцыте кийждо ко искреннему и ко брату своему: что отвеща Господь? И что глагола Господь?
36 तर तिमीहरू फेरि 'परमप्रभुको बोझ' को बारेमा कुरा गर्नेछैनौ, किनकि बोझचाहिं हरेक मानिसको आफ्नै वचन हो, र तिमीहरूले जीवित परमेश्वर, सर्वशक्तिमान् परमप्रभु, हाम्रा परमेश्वरका वचनलाई बङ्ग्याएका छौ ।
И бремя Господне не помянется ктому, ибо бремя будет комуждо слово его: и превратисте словеса Бога живаго, Господа Сил, Бога нашего.
37 अगमवक्तालाई तैंले यसो भनेर सोध्नेछस्, 'परमप्रभुले तिमीलाई के जवाफ दिनुभयो?' वा 'परमप्रभुले के भन्नुभयो?'
Сия рцы ко пророку: что отвеща тебе Господь? И что глагола Господь?
38 तर तिमीहरू भन्छौ, 'यो परमप्रभुको बोझ हो,' भने, परमप्रभु यसो भन्नुहुन्छः ‘यो परमप्रभुको बोझ हो,’ भनी तिमीहरूले भन्नेछैनौ भनेर मैले तिमीहरूलाई पठाउँदा पनि तिमीहरूले, ‘यो परमप्रभुको बोझ हो,’ भन्यौ,
Аще же речете: бремя Господне: сего ради тако рече Господь: понеже рекли есте глагол сей бремя Господне, и послах к вам, рекий: не глаголите бремя Господне:
39 यसकारण, हेर, तिमीहरू र तिमीहरूका पुर्खाहरूलाई मैले दिएको सहरसाँगै म तिमीहरूलाई समातेर मेरो उपस्थितिबाट टाढा फल्नै लागेको छु ।
сего ради, се, Аз возму и повергу вас и град, егоже дах вам и отцем вашым, от лица Моего,
40 तब म तिमीहरूमाथि अनन्त लाज र अपमान हालिदिनेछु, जुन कहिल्यै बिर्सिने छैन ।”
и дам вас в поношение вечное и в срамоту вечную, яже никогда забвением загладится.