< यर्मिया 22 >
1 परमप्रभु यसो भन्नुहुन्छ, “यहूदाको राजाको घरमा तल जा र त्यहाँ यो वचन घोषणा गर्,
Bwana asema hivi, “Nenda kwenye nyumba ya mfalme wa Yuda, utangaze neno hili huko.
2 यसो भन, 'ए यहूदाका राजा, तँ जो दाऊदको सिंहासनमा बस्छस्, तँ र तेरा सेवकहरू र यी ढोकाहरूद्वारा आउने तेरा मानिसहरू हो, परमप्रभुको वचन सुन ।
Ukaseme, 'Ewe Mfalme wa Yuda, wewe aliyeketi kiti cha Daudi, usikilize neno la Bwana. Nisikilizeni, enyi watumishi wake, na ninyi, watu wake mnaokuja kwa malango haya.
3 परमप्रभु यसो भन्नुहुन्छः न्याय र धार्मिकता कायम राख, अनि लुटिएको कुनै व्यक्तिलाई थिचोमिचो गर्नेको हातबाट छुटकारा देओ । तिमीहरूको देशमा भएका कुनै पनि विदेशी वा अनाथ वा विधवालाई दुर्व्यवहार नगर । यस ठाउँमा हिंसा नगर वा निर्दोष रगत नबगाओ ।
Bwana asema hivi, “Fanya haki na uadilifu, na mtu yeyote ambaye ameibiwa-muokoeni kutoka mkononi mwa mshindani. Usimtendee mabaya mgeni yeyote katika nchi yako, au yatima au mjane. Usifanye vurugu au kumwaga damu isiyo na hatia mahali hapa.
4 तिमीहरूले साँच्चै यी कुरा गर्यौ भने, दाऊदको सिंहासनमा बस्ने राजाहरू, रथ र घोडाहरूमा सवार ऊ, उसका सेवकहरू र उसका मानिसहरू यी ढोकाहरूभित्र यो मन्दिरमा पस्नेछन् ।
Kwa kuwa mkifanya mambo hayo, basi wafalme wanaoketi kiti cha Daudi wataingia milango ya nyumba hii wakiendesha gari na farasi, yeye, watumishi wake, na watu wake!
5 तर मैले घोषणा गरेका यी वचन तिमीहरूले सुन्दैनौ भने—यो राजदरबार भग्नावशेष हुनेछ, यो परमप्रभुको घोषणा हो' ।”
Lakini ikiwa hamsikilizi maneno haya kutoka kwangu ambayo nimeyasema-hili ndilo tamko la Bwana-basi nyumba hii ya kifalme itaharibiwa.'”
6 किनकि यहूदाका राजाको घरानाको बारेमा परमप्रभु यसो भन्नुहुन्छ, 'तँ मेरो लागि गिलाद वा लेबनानको टाकुराजस्तै छस् । तापनि म तँलाई उजाड-स्थान, मानिसहरू नबस्ने सहरहरूजस्तै तुल्याउनेछु ।
Kwa maana Bwana asema hivi juu ya nyumba ya mfalme wa Yuda, “Wewe uko kama Gileadi, au kama kilele cha Lebanoni kwangu. Hata hivyo nitakugeuza kuwa jangwa, katika miji isiyo na wenyeji.
7 किनकि तेरो विरुद्धमा आउनलाई मैले विनाशकहरू तोकेको छु । मानिसहरूले आ-आफ्ना हतियारहरूले सबैभन्दा राम्रा-राम्रा देवदारुहरू काट्नेछन् र तिनलाई आगोमा जलाउने छन् ।
Kwa kuwa nimewaagiza waharibifu kuja juu yenu! Watu wenye silaha zao watakata mierezi yako iliyo bora na kuiacha kuanguka kwenye moto.
8 तब धेरै जातिहरू त्यस सहर भएर जानेछन् । एउटाले अर्कोलाई सोध्ने छ, 'यस महान् सहरप्रति परमप्रभुले किन यसरी व्यवहार गर्नुभएको होला?'
Kisha mataifa mengi yatapita kwenye mji huu. Kila mtu atamwambia yule anayefuata, “Mbona Bwana amefanya hivi kwa jiji hili kuu?”
9 तब अर्कोले जवाफ दिनेछ, 'किनकि तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरको करारलाई त्यागे र अरू देवताहरूको सामु निहुरे र तिनीहरूको पुजा गरे ।”
Na mwingine atajibu, “Kwa sababu waliiacha agano la Bwana, Mungu wao, wakainama kwa miungu mingine, wakaiabudu.”
10 मृत्यु भएको व्यक्तिको निम्ति नरोओ वा त्यसको निम्तो शोक गर, तर टाढा लगिन लागेको व्यक्तिप्रति धुरुधुरु रोओ, किनकि त्यो फेरि कहिल्यै फर्किने अनि आफ्नो जन्मभूमि देख्नेछैन ।'
Usilie kwa ajili ya aliyekufa. Usiomboleze kwa ajili yake. Lakini mlilie mtu yeyote anayeingia kifungoni, kwa maana hatarudi tena kuiona nchi aliyozaliwa.'
11 किनकि यहूदाका राजा योशियाहका छोरा यहोआहाज जसले आफ्ना पिता योशियाहको सट्टामा राजा भई सेवा गरे, तिनको बारेमा परमप्रभु भन्नुहुन्छ, 'ऊ यस ठाउँबाट गएको छ, र फर्केर आउनेछैन ।
Maana Bwana asema hivi juu ya Yehoahazi, mwana wa Yosia, mfalme wa Yuda, aliyekuwa mfalme badala ya Yosia babaye, 'ametoka mahali hapa, wala hatarudi.
12 जहाँ तिनीहरूले उसलाई कैद गरेर लगेका छन्, ऊ त्यहीं मर्नेछ, र उसले फेरि कहिल्यै यो देश देख्नेछैन ।'
Atakufa huko mahali ambapo walimchukua mateka, na hataiona tena nchi hii.'
13 जसले आफ्नो घर अधार्मिकता, आफ्ना माथिल्ला कोठाहरू अन्यायले बनाउँछ, जसले आफ्नो छिमेकीलाई सित्तैमा काम लगाउँछ, अनि जसले उसलाई ज्याला दिंदैन, त्यसलाई धिक्कार छ ।
Ole mtu yeyote anayejenga nyumba yake kwa uovu na vyumba vyake vya juu katika udhalimu; ambao wengine hufanya kazi, lakini hawalipwi.
14 उसले भन्छ, 'आफ्नो निम्ति माथिल्ला कोठाहरू फराकिलो भएको एउटा ठुलो महल म बनाउनेछु ।' त्यसले उसले त्यसको निम्ति ठुला-ठुला झ्यालहरू बनाउँछ र त्यसमा देवदारुका पल्लाहरू हाल्छ अनि उसले त्यसमा रातो रङ लगाऊँछ ।
Ole mtu yeyote atakayesema, 'Nitajenga nyumba ndefu na vyumba vya juu vipana, na hujenga madirisha mapana, na kuta zenye mwerezi, na huipaka rangi nyekundu.'
15 के यही कुराले तँलाई असल राजा बनाउँछन्, कि तैंले देवदारुका फल्याकहरू पाउने इच्छा गरिस्? तेरा बाबुले पनि खाए र पिए, तापनि न्याय र धार्मिकता कायम राखे, होइन र? त्यसको लागि असल कुराहरू नै भए ।
Je, hii ndiyo inakufanya uwe mfalme mzuri, kwamba unataka kuwa na mbao za mwerezi? Je baba yako hakula na kunywa, lakini lakini alifanya hukumu na haki? Kisha mambo yakawa mazuri kwa ajili yake.
16 उसले गरिबहरू र खाँचोमा परेकाहरूको पक्षमा न्याय गर्यो । त्यस बेला राम्रै भएको थियो । के मलाई चिन्नुको अर्थ यही होइन र? यो परमप्रभुको घोषणा हो ।
Alihukumu maneno ya masikini na mhitaji. Ilikuwa vizuri. Je, huku siko kunijua mimi? - hili ni tamko la Bwana.
17 तर तेरो दृष्टि र हृदयमा बेइमान नाफा कमाउनु, निर्दोषहरूको रगत बगाउनु, अरूहरूलाई थिचोमिचो र अत्याचार गरेर कमाउनुबाहेक अरू केही छैन ।
Lakini hakuna kitu machoni na moyoni mwako isipokuwa wasiwasi kwa faida yako isiyo ya haki na kwa kumwaga damu isiyo na hatia, kwa ukandamizaji kuwatendea jeuri wengine.
18 त्यसकारण यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको विषयमा परमप्रभु यसो भन्नुहुन्छः 'हाय, मेरा दाजु! हाय मेरी बहिनी!' भन्दै तिनीहरूले त्यसको लागि विलाप गर्नेछैनन् । 'हाय, मेरा मालिक! हाय, उहाँको गौरव!' भन्दै तिनीहरूले त्यसको लागि विलाप गर्नेछैनन् ।
Kwa hiyo Bwana asema hivi juu ya Yehoyakimu, mwana wa Yosia, mfalme wa Yuda. Hawatamwomboleza wakisema 'ole, ndugu yangu! au 'Ole, dada yangu!' Hawataomboleza kwa kusema 'Ole, bwana! ' au 'ole, utukufu!'
19 त्यसलाई एउटा गधालाई गाडेझैं घिसारेर टाढा लगिन्छ र यरूशलेमका ढोकाहरूको बाहिर फ्याँकिनेछ ।
Atazikwa maziko ya punda, ataburuzwa mbali na kutupwa nje ya milango ya Yerusalemu.
20 लेबनानका पहाडहरूमा उक्लेर जा र चर्को गरी करा । बाशानमा तेरो सोर निकाल् । अबारीम पहाडहरूबट चर्को गरी करा, किनकि तेरा सबै मित्रहरू नष्ट गरिनेछन् ।
Panda milima ya Lebanoni piga kelele. Paza sauti yako Bashani. Piga kelele kutoka kwenye milima ya Abarimu, kwa maana marafiki zako wote wataharibiwa.
21 तँ सुरक्षित हुँदा मैले तँसित बोलेँ, तर तैंले भनिस्, 'म सुन्ने छैनँ ।' तेरो युवावस्थादेखि यो तेरो चलन थियो, किनकि तैंले मेरो सोर सुनेको छैनस् ।
Nilinena nawe wakati ulioko salama, lakini ukasema, 'Sitasikia.' Hii ilikuwa desturi yako tangu ujana wako, kwani hukusikiliza sauti yangu.
22 बतासले तेरा सबै गोठालालाई उडाएर लैजानेछ, र तेरा मित्रहरू निर्वासनमा लगिनेछन् । तब तेरा सबै दुष्ट कामद्वारा तँ निश्चय नै लज्जित हुनेछस्, र अपमानित हुनेछस् ।
Upepo utawalisha wachungaji wako wote, na marafiki zako watakwenda kufungwa. Hakika wewe utakuwa na aibu na kufadhaika kwa matendo yako yote mabaya.
23 तँ जो 'लेबनान' मा बस्छस्, जुन देवदारुले बनेका घरहरू हुन्, प्रसव-वेदनमा भएकी स्त्रीलाई जस्तै तँमाथि पीडा आउँदा तँ कसरी तँमाथि दया गरिनेछ र ।”
Wewe mfalme, wewe ambaye huishi katika Nyumba ya Msitu wa Lebanoni, wewe aliyefanya kiota kati ya mierezi, utakuwa na hali ya kuhurumiwa utakapopata utungu kama wakati wa kuzaa.”
24 “यो परमप्रभुको घोषणा हो, जस्तो म जीवित छु, ए यहूदाका राजा यहोयाकीमको छोरो यहोयाकीन, तँ मेरो हातको छाप-औंठी होस्, म तँलाई धुजाधुजा पार्नेछु ।
“Kama mimi niishivyo-hili ndilo tamko la Bwana-hata kama wewe, Konia, mwana wa Yehoyakimu, mfalme wa Yuda, ulikuwa alama ya mkono wangu wa kulia, ningekuangusha.
25 किनकि मैले तँलाई तेरो ज्यान लिन खोज्नेहरूको हातमा र जससँग तँ डराउँछस् तिनीहरूकै हातमा, बेबिलोनका राजा नबूकदनेसर र कल्दीहरूको हातमा सुम्पिदिएको छु ।
Kwa kuwa nimewatia mikono ya wale wanaotaka uhai wenu na kwenye mkono wa wale ambao mnawaogopa, hata mkononi mwa Nebukadreza, mfalme wa Babeli na Wakaldayo.
26 तँलाई र तँलाई जन्म दिने तेरी आमालाई म आर्को देशमा फल्नेछु, जुन देशमा तँ जन्मेको थिइनस् र त्यहाँ तिमीहरू मर्नेछौ ।
Nitawatupa wewe na mama yako aliyekuzaa katika nchi nyingine, nchi ambayo hujazaliwa, na huko utakufa.
27 यस देशको बारेमा जहाँ तिनीहरू फर्केर आउन इच्छा गर्नेछन्, तिनीहरू यहाँ फर्केर आउनेछैनन् ।
Na kuhusu eneo hili ambalo watataka kurudi, hawatarudi hapa.
28 के यो तिरस्कृत र टुक्रटुक्रा भएको भाँडो हो? के यो मानिस यहोयाकीन एउटा त्यस्तो भाँडो हो जसले कसैलाई खुसी पार्दैन? ऊ र उसका सन्तानहरूलाई किन तिनीहरूले बाहिर फालेका छन् र तिनीहरूले नचिनेका देशमा तिनीहरूलाई पठाएका छन्?
Je! Hiki ni chombo kilichodharauliwa na kilichopasuka? Je, Konia ni chombo kilichodharauliwa? Kwa nini wamemtupa yeye na wazao wake, kumpeleka katika nchi wasiyoijua?
29 ए देश, ए देश, ए देश! परमप्रभुको वचन सुन् ।
Ee Ardhi, Ardhi, Ardhi! Sikieni neno la Bwana!
30 परमप्रभु यसो भन्नुहुन्छ, 'यो मानिस यहोयाकीनको बारेमा लेखः ऊ सन्तानहीन हुनेछ । उसको आफ्नो जीवनकालमा उसले उन्नति गर्नेछैन, र उसका सन्तानहरूमध्ये कसैले पनि सफलता हासिले गर्नेछैनन्, वा फेरि कहिल्यै दाऊदको सिंहासनमा बस्नेछन् र यहूदामाथि राज्य गर्नेछन् ।”
Bwana asema hivi, 'Andika juu ya mtu huyu Konia Yeye hatakuwa na mtoto. Hatafanikiwa wakati wa siku zake, wala hakuna hata mmoja kati ya uzao wake atakayefanikiwa au kuketi tena kwenye kiti cha Daudi na kutawala juu ya Yuda.'”