< यर्मिया 21 >

1 परमप्रभुको यो वचन यर्मियाकहाँ त्‍यति बेला आयो, जति बेला सिदकियाह राजाले मल्कियाहका छोरा पशहूर र मासेयाहका छोरा पुजारी सपन्याहलाई तिनीकहाँ पठाए, र तिनीहरूले भने,
시드기야왕이 말기야의 아들 바스훌과 제사장 마아세야의 아들 스바냐를 보내어 예레미야에게 말하기를 바벨론 왕 느부갓네살이 우리를 치니 청컨대 너는 우리를 위하여 여호와께 간구하라 여호와께서 혹시 그 모든 기사로 우리를 도와 행하시면 그가 우리를 떠나리라하던 그때에 여호와께로부터 예레미야에게 말씀이 임하니라
2 “हाम्रो पक्षमा परमप्रभुबाट सल्लाह खोज, किनकि बेबिलोनका राजा नबूकदनेसरले हामीमाथि युद्ध गर्देछन् । सायद विगतको समयमा जस्तै परमप्रभुले हाम्रो लागि आश्‍चर्यकर्म गर्नुहुनेछ र उसलाई हामीबाट फिर्ता जाने बनाउनुहुनेछ ।”
(1절과 같음)
3 त्यसैले यर्मियाले तिनीहरूलाई भने, “तिमीहरूले सिदकियाहलाई यसो भन्‍नुपर्छ,
예레미야가 그들에게 대답하되 너희는 시드기야에게 이같이 말하라
4 'परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः हेर्, तेरो हातमा लडाइँका जुन हतियारहरू छन्, जसद्वारा तैंले बेबिलोनका राजा र तँलाई पर्खालबाहिर घेराबन्दी गर्ने कल्दीहरूको विरुद्धमा लड्दैछस्, ती हतियारहरू म तेरै विरुद्धमा चलाउन लागेकोछु । किनकि म तिनलाई यस सहरको बिचमा जम्मा गर्नेछु ।
이스라엘의 하나님 여호와께서 이같이 말씀하시되 보라, 너희가 성밖에서 바벨론 왕과 또 너희를 에운 갈대아인과 싸우는바 너희 손에 가진 병기를 내가 돌이킬 것이요 그들을 이 성중에 모아 들이리라
5 तब पसारिएको हात, शक्तिशाली पाखुरा, क्रोध, बदला र भयङ्कर रिसले म आफै तेरो विरुद्धमा लड्नेछु ।
내가 든 손과 강한 팔 곧 노와 분과 대노로 친히 너희를 칠 것이며
6 किनकि म यस सहरका बासिन्दाहरू, मानिस जनावरहरू दुवैलाई आक्रमण गर्नेछु । भयङ्‍कर रुढीले तिनीहरू मर्नेछन् ।
내가 또 이성에 거주하는 자를 사람이나 짐승이나 다 치리니 그들이 큰 염병에 죽으리라 하셨다 하라
7 यो परमप्रभुको घोषणा हो, यसपछि यहूदाका राजा सिदकियाह, त्यसका सेवकहरू, मानिसहरू अनि रुढी, तरवार र अनिकालको प्रहारद्वारा पछि यस सहरमा बाँकी रहेकाहरू सबैलाई बेबिलोनका राजा नबूकदनेसर, र तिनीहरूको जीवन लिन खोज्ने तिनीहरूका शत्रुहरूको हातमा म दिनेछु । त्‍यसपछि उसले तिनीहरूलाई तरवारले मार्नेछ । उसले तिनीहरूलाई दया देखाउने, छोडिदिने वा कृपा गर्नेछैन ।'
여호와께서 또 말씀하시되 그 후에 내가 유다 왕 시드기야와 그 신하들과 백성과 및 이 성읍에서 염병과 칼과 기근에서 남은 자를 바벨론 왕 느부갓네살의 손과 그 대적의 손과 그 생명을 찾는 자들의 손에 붙이리니 그가 칼날로 그들을 치되 아끼지 아니하며 긍휼히 여기지 아니하며 불쌍히 여기지 아니하리라 하셨느니라
8 “यी मानिसलाई तैंले यसो भन्‍नुपर्छ, 'परमप्रभु यसो भन्‍नुहुन्छः हेर, मैले तिमीहरूका सामु जीवनको मार्ग र मृत्यको मार्ग प्रस्‍तुत गर्न लागेको छु ।
여호와께서 가라사대 너는 또 백성에게 여호와께서 이같이 말씀하신다 하라 보라, 내가 너희 앞에 생명의 길과 사망의 길을 두었노니
9 यस सहरमा बस्‍ने कुनै पनि व्‍यक्ति तरवार, अनिकाल र विपत्तिले मर्नेछ, तर यहाँबाट बाहिर निस्‍केर जाने र तिमीहरूका विरुद्धमा घेराबन्दी गर्ने कल्दीहरूका सामु आफ्‍ना घुँडा टेक्‍ने कुनै पनि व्‍यक्ति बाँच्नेछ । उसले आफ्नो प्राण बचाउनेछ ।
이 성에 거주하는 자는 칼과 기근과 염병에 죽으려니와 너희를 에운 갈대아인에게 나가서 항복하는 자는 살리니 그의 생명은 노략한 것 같이 얻으리라
10 किनकि भलाइ होइन र विपत्ति ल्याउनलाई मैले यस सहरको विरुद्धमा आफ्‍नो अनुहार फर्काएको छु, यो परमप्रभुको घोषणा हो । यसलाई बेबिलोनका राजाको हातमा दिइएको छ, र उसले यसमा आगो लगाउनेछ ।'
나 여호와가 말하노라 내가 나의 얼굴을 이 성으로 향함은 복을 위함이 아니요 화를 위함이라 이 성이 바벨론 왕의 손에 붙임이 될 것이요 그는 그것을 불로 사르리라
11 “यहूदाका राजाको घरानाको विषयमा परमप्रभुको वचन सुन ।
유다 왕의 집에 대한 여호와의 말을 들으라
12 ए दाऊदका घराना हो, परमप्रभु भन्‍नुहुन्छ, 'बिहान न्याय कायम गर । अत्याचार गर्नेको हातबाट लुटिएको व्‍यक्‍तिलाई बचाओ, नत्रता मेरो क्रोध आगोझैं निस्केर जानेछ र जलाउनेछ, र तिमीहरूका दुष्‍ट कामहरूका कारणले यसलाई निभाउन सक्‍ने त्‍यहाँ कोही छैन ।
나 여호와가 이같이 말하노라 다윗의 집이여, 너는 아침마다 공평히 판결하여 탈취 당한 자를 압박자의 손에서 건지라 그리하지 아니하면 너희는 악행을 인하여 내 노가 불같이 일어나서 사르리니 능히 끌 자가 없으리라
13 ए बेँसीका बासिन्दा हो, मैदानका चट्टानमा बस्‍ने हो, म तिमीहरूको विरुद्धमा छु, यो परमप्रभुको घोषणा हो— यसो भन्‍ने कुनै पनि व्‍यक्‍तिको विरुद्धमा म छु, 'हामीलाई आक्रमण गर्नलाई को ओर्लेर आउनेछ र?' वा 'हाम्रा घरहरूमा को पस्‍नेछ र?'
나 여호와가 이르노라 골짜기와 평원 반석의 거민아 보라 너희가 말하기를 누가 내려와서 우리를 치리요 누가 우리의 거처에 들어오리요 하거니와 나는 네 대적이라
14 तिमीहरूका विरुद्धमा आउनलाई मैले तिमीहरूका अभ्यासको फल तोकेको छु, यो परमप्रभुको घोषणा हो— र झाडीहरूमा म आगो सल्काउनेछु, र त्‍यसले आफ्नो वरिपरि भएका हरेक कुरालाई भस्म पार्नेछ ।”
내가 너희 행위대로 벌할 것이요 내가 또 수풀에 불을 놓아 그 사경을 사르리라 여호와의 말이니라

< यर्मिया 21 >