< यर्मिया 20 >
1 यर्मियाले परमप्रभुको मन्दिरको सामु यी वचनहरू अगमवाणी गरिरहेका छन् भनेर इम्मेरका छोरा पुजारी पशहूर, एकजना मुख्य अधिकारीले सुने ।
Torej Pašhúr, Imêrjev sin, duhovnik, ki je bil tudi glavni voditelj v Gospodovi hiši, je slišal, da je Jeremija prerokoval te stvari.
2 त्यसैले पशहूरले यर्मिया अगमवक्तालाई कुटे र त्यसपछि तिनलाई परमप्रभुको मन्दिरस्थित बेन्यामीनको माथिल्लो ढोकामा भएको ठिंगुरोमा हाले ।
Potem je Pašhúr udaril preroka Jeremija in ga vtaknil v klade, ki so bile pri Benjaminovih visokih velikih vratih, ki so bila pri Gospodovi hiši.
3 अर्को दिन पशहूरले यर्मियालाई ठिंगुरोबाट निकालेर ल्याए । तब यर्मियाले तिनलाई भने, “परमप्रभुले तिम्रो नाउँ पशहूर नभई मागोर-मिस्साबीब राख्नुभएको छ ।
Naslednji dan se je pripetilo, da je Pašhúr privedel Jeremija iz klad. Potem mu je Jeremija rekel: » Gospod tvojega imena ne imenuje Pašhúr, temveč Magor misabib.
4 किनकि परमप्रभु यसो भन्नुहुन्छ, 'हेर्, म तँ र तेरा सबै प्रियलाई त्रासको वस्तु बनाउनेछु, किनकि तिनीहरू आफ्ना शत्रुहरूका तरवारले ढालिनेछन्, र तेरै आँखाले यो देख्नेछस् । सारा यहूदालाई बेबिलोनका राजाको हातमा म दिनेछु । त्यसले तिनीहरूलाई बेबिलोनमा कैद गरेर लानेछ वा तरवारले आक्रमण गर्नेछ ।
Kajti tako govori Gospod: ›Glej, naredil te bom sebi in vsem tvojim prijateljem za strahoto. Ti bodo padli pod mečem svojih sovražnikov in tvoje oči bodo to gledale in celotnega Juda bom izročil v roko babilonskega kralja in ta jih bo odvedel ujete v Babilon in jih umoril z mečem.
5 म त्यसलाई यस सहरका सबै धनसम्पत्ति, यसका सबै बहुमूल्य थोकहरू र यहूदाका राजाहरूका सबै खजाना दिनेछु । म यी थोकहरू तेरा शत्रुहरूका हातमा राखिदिनेछु, र तिनीहरूले ती समात्नेछन् । तिनीहरूले तिनलाई लानेछन् र बेबिलोनमा पुर्याउनेछन् ।
Poleg tega bom izročil vso moč tega mesta, vse njegove trude, vse njegove dragocene stvari in vse zaklade Judovih kraljev bom dal v roko njihovih sovražnikov, ki jih bodo oplenili, jih vzeli in jih odnesli v Babilon.
6 तर तँ पशहूर र तेरो घरानाका सबै बासिन्दा कैदमा लगिनेछन् । तँ बेबिलोनमा जानेछस् र त्यहीं मर्नेछस् । तँ र तेरा सबै प्रियहरू जसको निम्ति तैंले छली कुराहरूको अगमवाणी बोलेको छस्, त्यहीं गाडिनेछन्' ।”
Ti, Pašhúr in vsi, ki prebivate v tvoji hiši, boste šli v ujetništvo. Prišel boš v Babilon in tam boš umrl in tam boš pokopan, ti in vsi tvoji prijatelji, katerim si prerokoval laži.‹«
7 “हे परमप्रभु, तपाईंले मलाई धोका दिनुभयो, र म धोका दिइयो । मभन्दा तपाईं नै शक्तिशाली हुनुहुन्छ, र तपाईं ममाथि विजयी हुनुभयो । म दिनभरि नै हाँसोको वस्तु बनें । हरेकले मेरो गिल्ला गर्छ ।
Oh Gospod, zavedel si me in bil sem zaveden. Močnejši si kakor jaz in si prevladal. Vsak dan sem v posmeh, vsakdo me zasmehuje.
8 किनकि मैले जहिले बोले पनि मैले यसो भनेको र घोषणा गरेको छु, 'हिंसा र विनास ।' तब परमप्रभुको वचन मेरो लागि हरेक दिन निन्दा र ठट्टाको कारण भएको छ ।
Kajti odkar sem govoril, sem vpil, razglašal nasilje in plen, ker mi je bila Gospodova beseda vsak dan narejena [v] grajo in posmeh.
9 यसो भन्छु भने, 'म परमप्रभुको बारेमा फेरि विचार गर्दिन, म फेरि उहाँको नाउँमा बोल्दिनँ ।' तब त्यो मेरा हड्डीहरू भित्र थुनिराखेको, मेरो हृदयमा आगोजस्तो हुन्छ । त्यसैले म यसलाई भित्रै थुनिराख्न सङ्घर्ष गर्छु, तर म सक्दिनँ ।
Potem sem rekel: »Ne bom ga omenjal niti ne bom več govoril v njegovem imenu.« Toda njegova beseda je bila v mojem srcu kakor goreč ogenj, zaprta v mojih kosteh, jaz pa sem bil izmučen od prizanašanja in nisem mogel ostati.
10 चारैतिर भएका धेरै जना मानिसबाट मैले त्रासको हल्ला सुनेको छु, 'खबर गर! हामीले यसबारे खबर गर्नुपर्छ!' मेरा नजिक हुनेहरू म पतन हुनेछु कि भनेर हेर्छन् । सायद त्यसलाई छल गर्न सकिन्छ । त्यसो भयो भने, हामीले त्यसलाई पराजित गर्न सक्छौं र त्यसमाथि हाम्रो बदला लिन सक्छौं ।'
Kajti slišal sem psovanje mnogih, strah na vsaki strani. »Ovadite, « so rekli »in ovadili bomo.« Vsi moji znanci so opazovali moje oklevanje, rekoč: »Morda bo premamljen in bomo prevladali zoper njega in svoje maščevanje bomo izvedli nad njim.«
11 तर शक्तिशाली योद्धाझैं परमप्रभु मसित हुनुहुन्छ । त्यसैले मेरो पिछा गर्नेहरू ठेस खाएर लड्नेछन् । तिनीहरूले मलाई पराजित गर्नेछैनन् । तिनीहरू अत्यन्तै लज्जित हुनेछन्, किनकि तिनीहरू सफल हुनेछैनन् । तिनीहरूको लाजको अन्त्य हुनेछैन, त्यो कहिल्यै बिर्सिनेछैन ।
Toda Gospod je z menoj kakor mogočen strahovitež. Zato se bodo moji preganjalci spotaknili in ne bodo prevladali. Silno bodo osramočeni, kajti ne bodo uspeli. Njihova večna zmeda ne bo nikoli pozabljena.
12 तर हे सर्वशक्तिमान् परमप्रभु, तपाईंले धर्मीहरूको जाँच गर्नुहुन्छ, अनि मन र हृदय देख्नुहुन्छ । मैले आफ्नो मामला तपाईंमा सुम्पेको हुनाले तिनीहरूमाथि तपाईंले लिनुहुने बदला मलाई देखाउनुहोस् ।
Toda, oh Gospod nad bojevniki, ki preizkušaš pravične in vidiš notranjosti in srce, naj vidim tvoje maščevanje na njih, kajti tebi sem odprl svojo pravdo.
13 परमप्रभुको निम्ति गाओ! परमप्रभुको प्रशंसा गर! किनकि उहाँले दुष्ट काम गर्नेहरूको हातबाट थिचोमिचोमा परेकाहरूको जीवनलाई बचाउनुभएको छ ।
Prepevajte Gospodu, hvalite Gospoda, kajti dušo ubogega je osvobodil pred roko hudodelcev.
14 त्यो दिन श्रापित होस् जति बेला म जन्मेको थिएँ । मेरी आमाले मलाई जन्म दिएकी दिन आशिषित नहोस् ।
Preklet bodi dan, na katerega sem bil rojen. Naj ne bo blagoslovljen dan, na katerega me je moja mati rodila.
15 मेरा बुबालाई यो खबर दिने मानिस श्रापित होस्, जसले यसो भनेर बडो आनन्द दियो, 'तपाईंको छोरो जन्मिएको छ' ।
Preklet bodi človek, ki je prinesel novice mojemu očetu, rekoč: »Fantek se ti je rodil, « in ga tako naredil zelo veselega.
16 त्यो मानिस परमप्रभुले नष्ट गर्नुभएका सहरहरूजस्तो होस् जसलाई उहाँले दया देखाउनुभएन । त्यसले बिहानै मदतको गुहार र मध्यदिनमा युद्धको रोदन सुन्न परोस् ।
Naj bo ta človek kakor mesta, ki jih je Gospod razdejal in se ni pokesal. Naj sliši jok zjutraj in vriskanje opoldan,
17 किनकि त्यसले मेरी आमालाई नै मेरो चिहान बनाएर मलाई गर्भमै मारेन । त्यो गर्भ सधैं गर्भवती नै रहनेथियो ।
ker me ni usmrtil od maternice; ali da bi bila moja mati moj grob in njena maternica vedno obilna z menoj.
18 सङ्कष्ट र वेदना हेर्न, यसरी मेरा दिनहरू लाजमा बिताउन म किन गर्भबाट बाहिर निस्केर आएँ?”
Zakaj sem prišel ven iz maternice, da vidim trud in bridkost, da bi bili moji dnevi použiti s sramoto?