< यर्मिया 20 >

1 यर्मियाले परमप्रभुको मन्दिरको सामु यी वचनहरू अगमवाणी गरिरहेका छन् भनेर इम्मेरका छोरा पुजारी पशहूर, एकजना मुख्‍य अधिकारीले सुने ।
祭司インメルの子ヱホバの室の宰の長なるパシユル、ヱレミヤがこの言を預言するをきけり
2 त्यसैले पशहूरले यर्मिया अगमवक्तालाई कुटे र त्‍यसपछि तिनलाई परमप्रभुको मन्दिरस्थित बेन्यामीनको माथिल्लो ढोकामा भएको ठिंगुरोमा हाले ।
是に於てパシユル預言者ヱレミヤを打ちヱホバの室にある上のベニヤミンの門の桎梏に繋げり
3 अर्को दिन पशहूरले यर्मियालाई ठिंगुरोबाट निकालेर ल्याए । तब यर्मियाले तिनलाई भने, “परमप्रभुले तिम्रो नाउँ पशहूर नभई मागोर-मिस्साबीब राख्‍नुभएको छ ।
翌日パシユル、ヱレミヤを桎梏より釋はなちしにヱレミヤ彼にいひけるはヱホバ汝の名をパシユルと稱ずしてマゴルミッサビブ(驚懼周圍にあり)と稱び給ふ
4 किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, 'हेर्, म तँ र तेरा सबै प्रियलाई त्रासको वस्‍तु बनाउनेछु, किनकि तिनीहरू आफ्‍ना शत्रुहरूका तरवारले ढालिनेछन्, र तेरै आँखाले यो देख्‍नेछस् । सारा यहूदालाई बेबिलोनका राजाको हातमा म दिनेछु । त्यसले तिनीहरूलाई बेबिलोनमा कैद गरेर लानेछ वा तरवारले आक्रमण गर्नेछ ।
即ちヱホバかくいひたまふ視よわれ汝をして汝と汝のすべての友に恐怖をおこさしむる者となさん彼らはその敵の劍に仆れん汝の目はこれを見べし我またユダのすべての民をバビロン王の手に付さん彼は彼らをバビロンに移し劍をもて殺すべし
5 म त्यसलाई यस सहरका सबै धनसम्पत्ति, यसका सबै बहुमूल्य थोकहरू र यहूदाका राजाहरूका सबै खजाना दिनेछु । म यी थोकहरू तेरा शत्रुहरूका हातमा राखिदिनेछु, र तिनीहरूले ती समात्‍नेछन् । तिनीहरूले तिनलाई लानेछन् र बेबिलोनमा पुर्‍याउनेछन् ।
我またこの邑のすべての貨財とその得たる諸の物とその諸の珍寶とユダの王等のすべての儲蓄を其敵の手に付さん彼らはこれを掠めまた民を擄へてバビロンに移すべし
6 तर तँ पशहूर र तेरो घरानाका सबै बासिन्दा कैदमा लगिनेछन् । तँ बेबिलोनमा जानेछस् र त्यहीं मर्नेछस् । तँ र तेरा सबै प्रियहरू जसको निम्‍ति तैंले छली कुराहरूको अगमवाणी बोलेको छस्, त्यहीं गाडिनेछन्' ।”
パシユルよ汝と汝の家にすめる者は悉く擄へ移されん汝はバビロンにいたりて彼處に死にかしこに葬られん汝も汝が僞りて預言せし言を聽し友もみな然らん
7 “हे परमप्रभु, तपाईंले मलाई धोका दिनुभयो, र म धोका दिइयो । मभन्दा तपाईं नै शक्तिशाली हुनुहुन्छ, र तपाईं ममाथि विजयी हुनुभयो । म दिनभरि नै हाँसोको वस्‍तु बनें । हरेकले मेरो गिल्ला गर्छ ।
ヱホバよ汝われを勸めたまひてわれ其勸に從へり汝我をとらへて我に勝給へりわれ日々に人の笑となり人皆我を嘲りぬ
8 किनकि मैले जहिले बोले पनि मैले यसो भनेको र घोषणा गरेको छु, 'हिंसा र विनास ।' तब परमप्रभुको वचन मेरो लागि हरेक दिन निन्दा र ठट्टाको कारण भएको छ ।
われ語り呼はるごとに暴逆殘虐の事をいふヱホバの言日々にわが身の恥辱となり嘲弄となるなり
9 यसो भन्‍छु भने, 'म परमप्रभुको बारेमा फेरि विचार गर्दिन, म फेरि उहाँको नाउँमा बोल्दिनँ ।' तब त्यो मेरा हड्‍डीहरू भित्र थुनिराखेको, मेरो हृदयमा आगोजस्तो हुन्‍छ । त्‍यसैले म यसलाई भित्रै थुनिराख्‍न सङ्घर्ष गर्छु, तर म सक्दिनँ ।
是をもて我かさねてヱホバの事を宣ず又その名をもてかたらじといへり然どヱホバのことば我心にありて火のわが骨の中に閉こもりて燃るがごとくなれば忍耐につかれて堪難し
10 चारैतिर भएका धेरै जना मानिसबाट मैले त्रासको हल्ला सुनेको छु, 'खबर गर! हामीले यसबारे खबर गर्नुपर्छ!' मेरा नजिक हुनेहरू म पतन हुनेछु कि भनेर हेर्छन् । सायद त्‍यसलाई छल गर्न सकिन्‍छ । त्यसो भयो भने, हामीले त्यसलाई पराजित गर्न सक्छौं र त्यसमाथि हाम्रो बदला लिन सक्छौं ।'
そは我おほくの人の讒をきく驚懼まはりにあり訴へよ彼を訴へん我親しき者はみな我蹶くことあらんかと窺ひて互にいふ彼誘はるることあらんしからば我儕彼に勝て仇を報ゆることをえんと
11 तर शक्तिशाली योद्धाझैं परमप्रभु मसित हुनुहुन्छ । त्यसैले मेरो पिछा गर्नेहरू ठेस खाएर लड्नेछन् । तिनीहरूले मलाई पराजित गर्नेछैनन् । तिनीहरू अत्यन्तै लज्‍जित हुनेछन्, किनकि तिनीहरू सफल हुनेछैनन् । तिनीहरूको लाजको अन्त्य हुनेछैन, त्‍यो कहिल्यै बिर्सिनेछैन ।
然どヱホバは強き勇士のごとくにして我と偕にいます故に我を攻る者は蹶きて勝ことをえずそのなし遂ざるが爲に大なる恥辱を取ん其羞恥は何時迄も忘られざるべし
12 तर हे सर्वशक्तिमान् परमप्रभु, तपाईंले धर्मीहरूको जाँच गर्नुहुन्छ, अनि मन र हृदय देख्‍नुहुन्छ । मैले आफ्‍नो मामला तपाईंमा सुम्‍पेको हुनाले तिनीहरूमाथि तपाईंले लिनुहुने बदला मलाई देखाउनुहोस् ।
義人を試み人の心膓を見たまふ萬軍のヱホバよ我汝に訴を申たれば我をして汝が彼らに仇を報すを見せしめよ
13 परमप्रभुको निम्ति गाओ! परमप्रभुको प्रशंसा गर! किनकि उहाँले दुष्‍ट काम गर्नेहरूको हातबाट थिचोमिचोमा परेकाहरूको जीवनलाई बचाउनुभएको छ ।
ヱホバに歌を謠へよヱホバを頌めよそは貧者の生命を惡者の手より救ひ給へばなり
14 त्‍यो दिन श्रापित होस् जति बेला म जन्मेको थिएँ । मेरी आमाले मलाई जन्म दिएकी दिन आशिषित नहोस् ।
ああ我生れし日は詛はれよ我母のわれを生し日は祝せられざれ
15 मेरा बुबालाई यो खबर दिने मानिस श्रापित होस्, जसले यसो भनेर बडो आनन्द दियो, 'तपाईंको छोरो जन्मिएको छ' ।
わが父に男子汝に生れしと告て父を大に喜ばせし人は詛はれよ
16 त्यो मानिस परमप्रभुले नष्‍ट गर्नुभएका सहरहरूजस्तो होस् जसलाई उहाँले दया देखाउनुभएन । त्यसले बिहानै मदतको गुहार र मध्यदिनमा युद्धको रोदन सुन्‍न परोस् ।
其人はヱホバの憫まずして滅したまひし邑のごとくなれよ彼をして朝に號呼をきかしめ午間に鬨聲をきかしめよ
17 किनकि त्यसले मेरी आमालाई नै मेरो चिहान बनाएर मलाई गर्भमै मारेन । त्यो गर्भ सधैं गर्भवती नै रहनेथियो ।
彼我を胎のうちに殺さず我母を我の墓となさず常にその胎を大ならしめざりしが故なり
18 सङ्कष्‍ट र वेदना हेर्न, यसरी मेरा दिनहरू लाजमा बिताउन म किन गर्भबाट बाहिर निस्केर आएँ?”
我何なれば胎をいでて艱難と憂患をかうむり恥辱をもて日を送るや

< यर्मिया 20 >