< यर्मिया 2 >

1 परमप्रभुको वचन मकहाँ यसो भनेर आयो,
RAB bana şöyle seslendi:
2 “जा र यरूशलेमले सुन्‍ने गरी घोषणा गर् । यसो भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्छः तेरो युवावस्थामा भएको करारको विश्‍वसनियता, हाम्रो मगनी भएको बेलाको तेरो प्रेम, बीउ नछरिएको त्यस देशको उजाड-स्थानमा तँ मेरो पछि लागेको समयलाई याद गर्न मैले तँलाई बोलाएको छु ।
“Git, şunları Yeruşalim halkına duyur. RAB diyor ki, “‘Gençliğindeki bağlılığını, Gelinliğindeki sevgini, Çölde, ekilmemiş toprakta Beni nasıl izlediğini anımsıyorum.
3 परमपप्रभुको फसलको अगौटे फल इस्राएललाई उहाँको निम्ति अलग गरियो । अगौटे फलबाट खाने सबै जना दोषी ठहरिए । तिनीहरूमाथि विपत्ति आइपर्‍यो, यो परमप्रभुको घोषणा हो ' ।”
İsrail RAB için kutsal bir halk, Hasadının ilk ürünüydü. Onu yeren herkes suçlu sayılır, Başına felaket gelirdi’” diyor RAB.
4 हे याकूबका घराना र इस्राएलको घरानाका सबै वंश हो, परमप्रभुको वचन सुन ।
RAB'bin sözünü dinleyin, Ey Yakup soyu, İsrail'in bütün boyları!
5 परमप्रभु यसो भन्‍नुहुन्छ, “तिमीहरूका पुर्खाहरूले ममा के गल्ति भेट्टाए जसको कारणले गर्दा मलाई पछ्याउनबाट तिनीहरू टाढा भए? तिनीहरू बेकम्मा मुर्तिहरूको पछि गए र आफै बेकम्मा भए ।
RAB diyor ki, “Atalarınız bende ne haksızlık buldular da Benden uzaklaştılar? Değersiz putları izleyerek Kendileri de değersiz oldular.
6 तिनीहरूले यसो भनेनन्, 'हामीलाई मिश्रदेशबाट ल्याउनुहुने परमप्रभु कहाँ हुनुहुन्छ? हामीलाई उजाड-स्थानमा, अराबाको देश र खाडलहरूमा, सुख्‍खा र घोर अन्धकारको देशमा, कोही नजाने र कोही नबस्‍ने देशमा अगुवाइ गर्नुहुने परमप्रभु कहाँ हुनुहुन्छ?
‘Mısır'dan bizi çıkaran, Çölde, çukurlarla dolu çorak toprakta, Koyu karanlıkta kalan kurak toprakta, Kimsenin geçmediği, Kimsenin yaşamadığı toprakta Bize yol gösteren RAB nerede?’ diye sormadılar.
7 तर मैले तिमीहरूलाई कर्मेलको फल र अन्य असल खानेकुराहरू खान त्‍यस देशमा ल्याएँ । तापनि जब तिमीहरू आयौ, तिमीहरूले मेरो देशलाई दुषित पार्‍यौ । तिमीहरूले मेरो उत्तराधिकारलाई घृणित बनायौ ।
Meyvesini, en iyi ürününü yiyesiniz diye Sizi verimli bir ülkeye getirdim. Oysa siz gelir gelmez ülkemi kirlettiniz, Mülkümü iğrenç bir yere çevirdiniz.
8 पुजारीले सोधेन, 'परमप्रभु कहाँ हुनुहुन्छ?', र व्यवस्थाका ज्ञाताहरूले मेरो बारेमा वास्तै गरेनन् । गोठालाहरूले मेरो विरुद्धमा अपराध गरे । अगमवक्ताहरूले बाल देवताको लागि अगमवाणी बोले, र व्यर्थैका कुराहरूको पछि लागे ।
Kâhinler, ‘RAB nerede?’ diye sormadılar, Kutsal Yasa uzmanları beni tanımadılar, Yöneticiler bana başkaldırdılar; Peygamberler Baal adına peygamberlik edip İşe yaramaz putların ardınca gittiler.
9 त्यसैले परमप्रभु घोषणा गर्नुहुन्छ, म अझै पनि तिमीहरूलाई दोष लगाउनेछु र तिमीहरूका छोराहरूलाई दोष लगाउनेछु ।
“Bu yüzden sizden yine davacı olacağım” diyor RAB, “Torunlarınızdan da davacı olacağım.
10 किनकि कित्तीमका किनारहरू पार गर र हेर । केदारमा सन्देशवाहकहरू पठाओ र पत्ता लगाओ, र त्यहाँ यस्तो काम पहिले कहिल्यै भएको रहेछ कि भनी हेर ।
Gidin de Kittim kıyılarına bakın! Kedar ülkesine adam gönderip iyice inceleyin, Hiç böyle bir şey oldu mu, olmadı mı görün.
11 के कुनै जातिले आफ्ना देवताहरू साटेका छन्? यद्यपि ती देवताहरू नै थिएनन् । तर जुन कुराले मेरो जातिलाई मदत गर्न सक्दैन, तिनै कुरासित तिनीहरूले आफ्‍नो महिमालाई साटेका छन् ।
Hiçbir ulus ilahlarını değiştirdi mi? –Ki onlar zaten tanrı değildirler– Ama benim halkım görkemini İşe yaramaz putlara değişti.
12 यही कारणले गर्दा हे आकाशमण्डल, थरथर हो, चकित हो र डरले काँप, यो परमप्रभुको घोषणा हो ।
Ey gökler, şaşın buna, Tir tir titreyin, şaşakalın” diyor RAB.
13 किनकि मेरो जातिले मेरो विरुद्धमा दुईवटा दुष्‍ट काम गरेको छः तिनीहरूले जिउँदो पानीको मुललाई त्यागेका छन्, र तिनीहरूले आफ्नै निम्ति पानी चुहिने कुवाहरू खनेका छन् ।
“Çünkü halkım iki kötülük yaptı: Beni, diri suların pınarını bıraktı, Kendilerine sarnıçlar, Su tutmayan çatlak sarnıçlar kazdılar.
14 के इस्राएल दास हो? के त्यो आफ्नो मालिकको घरमा जन्मेको थियो? त्यसो भए, त्यो किन लुटको माल भएको छ त?
İsrail uşak mı? Köle olarak mı doğdu? Öyleyse neden gümbür gümbür kükreyen Genç aslanlara av oldu? Ülkeyi viraneye çevirdiler, Kentler yerle bir edildi, kimsesiz bırakıldı!
15 जवान सिंहहरू त्यसको विरुद्धमा गर्जे । तिनीहरूले ठुलो स्‍वरले गर्जेका छन्, र त्यसको देशलाई त्रसित पारेका छन् । त्यसका सहरहरू बासिन्दाहरू नरहने गरी नष्‍ट पारिएका छन् ।
16 साथै, मेम्फिस र तहपनेसका मानिसहरूले तेरो शिर खौरिनेछन् ।
Nof ve Tahpanhes halkı Kafanı kırdı.
17 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई अगुवाइ गरिरहनुहुँदा तिमीहरूले उहाँलाई त्यागेर के यो तिमीहरू आफ्‍नै निम्‍ति गरेका होइनौ र?
Seni yolda yürüten Tanrın RAB'bi bırakmakla Başına bunları getirdin.
18 त्यसैले अब, शिहोर नदीको पानी पिउन किन मिश्रदेशमा पुर्‍याउने बाटो भएर जान्छौ? यूफ्रेटिस नदीको पानी पिउन किन अश्शूरमा पुर्‍याउने बाटो भएर जान्छौ?
Şimdi Şihor suyundan içmek için Mısır'a gitmek size yarar sağlar mı? Fırat suyundan içmek için Asur'a gitmek size ne sağlar?
19 तिमीहरूको दुष्‍टताले नै तिमीहरूलाई हप्काउँछ, र तिमीहरूको अविश्‍वासले नै तिमीहरूलाई दण्ड दिन्छ । त्यसैले यसबारे विचार गर, र बुझ, परमप्रभु तिमीहरूका परमेश्‍वरलाई त्यागेर उहाँको डर नमान्‍नु भनेको दुष्‍ट र तितो कुरा हो, यो सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरको घोषणा हो ।
Seni kendi kötülüğün yola getirecek, Dönekliğin seni paylayacak. Tanrın RAB'bi bırakmanın, Benden korkmamanın Ne kadar kötü, ne kadar acı olduğunu gör de anla.” Rab, Her Şeye Egemen RAB böyle diyor.
20 किनकि तँसित प्राचिन समयमा भएको तेरो जुवा मैले भाँचिदिएँ । मैले तेरा बन्धनहरू फुकाइदिएँ । तरै पनि तैंले भनिस्, 'म तपाईंको सेवा गर्नेछैनँ!' किनकि हरेक अग्लो डाँडा र हरेक झ्याम्म परेको रुखमुनि तैंले आफ्‍नो शिर झुकाइस्, तँ वेश्‍या होस् ।
“Boyunduruğunu çok önce kırdın, Bağlarını kopardın. ‘Kulluk etmeyeceğim’ dedin. Gerçekten de her yüksek tepede, Her bol yapraklı ağacın altında Fahişe gibi yatıp kalktın.
21 मैले तँलाई पूर्ण रूपले शुद्ध बीउबाट असल दाखको बोटको रूपमा रोपेको थिएँ । तब तैंले आफैलाई भ्रष्‍ट र बेकम्मा दाखको बोटको रूपमा कसरी परिवर्तन गरिस्?
Oysa ben seni en iyi cinsten Seçme bir asma olarak dikmiştim. Nasıl oldu da yozlaşıp yabanıl asmaya döndün?
22 तैंले आफैलाई नदीमा सफा गरिस् वा साबुनले धोइस् भने पनि, तेरो अधर्म मेरो सामु दागझैं छ, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।
Çamaşır sodasıyla yıkansan, Bol kül suyu kullansan bile, Suçun önümde yine leke gibi duruyor” Diyor Egemen RAB.
23 'म बिटुलो पारिएको छैनँ! म बाल देवताको पछि लागेको छैनँ' भनी तैले कसरी भन्‍न सक्छस्? तैंले उपत्यकाहरूमा के गरिस्, सो हेर् । तैंले गरेको कुरालाई विचार गर् । तँ यताउता कुदिहिंड्ने चञ्चल पोथी ऊँट हो,
“Öyleyken nasıl, ‘Ben kirlenmedim, Baallar'ı izlemedim’ diyebilirsin? Vadide nasıl davrandığına bak da Ne yaptığını anla. Sen orada burada dolaşan Ayağı tez bir dişi devesin.
24 तँ उजाड-स्थानमा बस्‍न आदत भएको कामातुर भएर हावा सुँघ्‍दै हिंड्ने वन-गधैनी हो। त्यसको कामवासनालाई कसले नियन्त्रण गर्न सक्छ? त्यसको पछि लाग्‍ने कुनै पनि गधा थकित हुनुपर्दैन । मैथुनको समयमा तिनीहरूले त्यसलाई फेला पार्नेछन् ।
Kösnüyüp havayı koklayan Kıra alışkın yaban eşeğisin. Azgınken kim tutabilir onu? Peşine düşenlerin yorulması gerekmez, Çiftleşme zamanı gelince onu bulurlar.
25 तेरो खुट्टालाई नाङ्गो हुनबाट र तेरो घाँटीलाई तिर्खाउनबाट तैंले नियन्त्रण गर्नुपर्छ । तर तैंले भनेको छस्, 'यो आशारहित छ! अहँ, म परदेशीहरूलाई प्रेम गर्छु र तिनीहरूकै पछि लाग्छु ।'
Yalınayak koşmaktan sakın, Susuzluktan boğazını koru. Ama sen, ‘Boş ver! Ben başka ilahları seviyorum, Onları izleyeceğim’ dedin.
26 चोर समातिंदा त्यो लज्‍जित भएझैं, इस्राएलको घराना लज्‍जित हुने छ । तिनीहरू, तिनीहरूका राजाहरू, तिनीहरूका राजकुमारहरू, र तिनीहरूका पुजारीहरू र तिनीहरूका अगमवक्ताहरू लज्‍जित हुनेछन् ।
“Hırsız yakalandığında nasıl utanırsa, İsrail'in halkı, kralları, önderleri, Kâhinleri, peygamberleri de öyle utanacak.
27 यी तिनै हुन् जसले रुखलाई भन्‍छन्, 'तिमी मेरा पिता हौ', र ढुङ्गालाई 'तिमीले मलाई जन्म दियौ' । किनकि तिनीहरूले मतर्फ पिठिउँ फर्काउँछन्, आफ्‍ना अनुहार होइन । तापनि सङ्कष्‍टको समयमा तिनीहरू भन्छन्, 'उठ्नुहोस् र हामीलाई बचाउनुहोस्!'
Onlar ağaca, ‘Babamsın’, Taşa, ‘Bizi sen doğurdun’ derler. Çünkü bana yüzlerini değil, Sırtlarını çevirdiler. Ama felakete uğrayınca, ‘Kalk da bizi kurtar’ diye yakarırlar.
28 तापनि तिमीहरूले आफ्ना निम्ति बनाएका देवताहरू कहाँ छन्? तिमीहरूको सङ्कष्‍टको समयमा तिमीहरूलाई बचाउन तिनीहरूको इच्छा भए तिनीहरू उठून्, किनकि हे यहूदा, तेरा जति सहरहरू छन्, त्यति नै तेरा मुर्तिहरू छन् ।
Hani nerede kendiniz için yaptığınız ilahlar? Felakete uğradığınızda kurtarabiliyorlarsa, Kalkıp gelsinler. Kentlerinin sayısı kadar İlahların var, ey Yahuda halkı.”
29 त्यसैले मैले गलत गरेको छु भनी मलाई किन दोष लगाउँछस्? तिमीहरू सबैले मेरो विरुद्धमा पाप गरेका छौ, यो परमप्रभुको घोषणा हो ।
“Neden bana dava açıyorsunuz? Hepiniz bana başkaldırdınız” diyor RAB.
30 मैले तेरो जातिलाई व्यर्थैमा दण्ड दिएको छु । तिनीहरूले अनुशासनलाई स्वीकार गर्दैनन् । तिमीहरूको तरवारले तिमीहरूका अगमवक्ताहरूलाई विनाश गर्ने सिंहले झैं निलेको छ ।
“Halkınızı boşuna cezalandırdım, yola gelmediler. Kılıcınız yırtıcı aslan gibi öldürdü peygamberlerinizi.
31 हे यस पुस्ताका मानिस हो, मेरा वचन, परमप्रभुको वचनमा ध्यान देओ । के म इस्राएलको निम्ति उजाड-स्थान वा घोर अन्धकारको देश भएँ र? किन मेरो जातिले यसो भन्छ, 'हामी वरिपरि घुम्‍न दिनुहोस्, हामी फेरि तपाईंकहाँ आउनेछैनौं'?
“Ey siz, bu kuşağın çocukları, RAB'bin sözünü anlayın! Ben İsrail için bir çöl, Kapkaranlık bir ülke mi oldum? Öyleyse halkım neden, ‘Başımıza buyruğuz, Artık sana dönmeyeceğiz’ diyor?
32 के कन्याले आफ्नो गरगहना, दुलहीले आफ्ना घुम्टो भुल्छे र? तरै पनि मेरो जातिले मलाई गन्‍नै नसक्‍ने दिनदेखि भुलेको छ ।
Erden kız takılarını, Gelin çeyizini unutabilir mi? Ama halkım sayısız günlerce unuttu beni.
33 प्रेमको खोजी गर्न कसरी तैंले आफ्नो मार्ग बनाउँछेस्? तैंले दुष्‍ट स्‍त्रीहरूलाई पनि आफ्ना मार्गहरू सिकाएको छेस् ।
Aşkı kovalamakta Ne kadar beceriklisin! Kötü kadınlara bile kendi yöntemlerini öğretebildin.
34 तेरा वस्‍त्रहरूमा निर्दोष गरिब मानिसहरूको जीवनको रगत भेट्टाइएको छ । यी मानिसहरू घरमा चिरी गरिरहँदा भेट्टाइएका होइनन् ।
Eteğin suçsuz yoksulların kanıyla lekelenmiş, Oysa ev soyarken yakalamadın onları. Bütün bunlara karşın,
35 तरै पनि तँ भन्छेस्, 'म निर्दोष छु । निश्‍चय नै उहाँको क्रोध मबाट तर्केर गएको छ ।' तर हेर! 'मैले पाप गरेको छैनँ' भनी तैंले भनेको हुनाले म तँमाथि इन्साफ ल्याउनेछु ।
‘Ben suçsuzum, Kuşkusuz RAB'bin bana öfkesi dindi’ diyorsun. Ama ‘Günah işlemedim’ dediğin için Yargılayacağım seni.
36 तेरा मार्गमा यो बद्लाउलाई तँ किन निकै हलुकासित लिन्छेस्? जसरी अश्शूरले तँलाई निरुत्साही पार्‍यो, त्यसै गरी मिश्रदेशले पनि तँलाई निरुत्साही पार्नेछ ।
Neden boyuna döneklik yapıp duruyorsun? Asur'da düşkırıklığına uğradığın gibi, Mısır'da da düşkırıklığına uğrayacaksın.
37 आफ्नो शिरमा आफ्ना हात राखेर तँ त्यहाँबाट दुःखी भएर जानुपर्ने हुन्छ, किनकि तैंले जस-जसमाथि भरोसा गरेको छेस्, तिनीहरूलाई परमप्रभुले इन्कार गर्नुभएको छ । त्यसैले तिनीहरूबाट तैंले मदत पाउनेछैनस् ।
Oradan da ellerin başında çıkacaksın, Çünkü RAB senin güvendiklerini reddetti; Onlardan yarar sağlamayacaksın.”

< यर्मिया 2 >