< यर्मिया 2 >
1 परमप्रभुको वचन मकहाँ यसो भनेर आयो,
Y FUÉ á mí palabra de Jehová, diciendo:
2 “जा र यरूशलेमले सुन्ने गरी घोषणा गर् । यसो भन्, ‘परमप्रभु यसो भन्नुहुन्छः तेरो युवावस्थामा भएको करारको विश्वसनियता, हाम्रो मगनी भएको बेलाको तेरो प्रेम, बीउ नछरिएको त्यस देशको उजाड-स्थानमा तँ मेरो पछि लागेको समयलाई याद गर्न मैले तँलाई बोलाएको छु ।
Anda, y clama á los oídos de Jerusalem, diciendo: Así dice Jehová: Heme acordado de ti, de la misericordia de tu mocedad, del amor de tu desposorio, cuando andabas en pos de mí en el desierto, en tierra no sembrada.
3 परमपप्रभुको फसलको अगौटे फल इस्राएललाई उहाँको निम्ति अलग गरियो । अगौटे फलबाट खाने सबै जना दोषी ठहरिए । तिनीहरूमाथि विपत्ति आइपर्यो, यो परमप्रभुको घोषणा हो ' ।”
Santidad [era] Israel á Jehová, primicias de sus nuevos frutos. Todos los que le devoran pecarán; mal vendrá sobre ellos, dice Jehová.
4 हे याकूबका घराना र इस्राएलको घरानाका सबै वंश हो, परमप्रभुको वचन सुन ।
Oid la palabra de Jehová, casa de Jacob, y todas las familias de la casa de Israel.
5 परमप्रभु यसो भन्नुहुन्छ, “तिमीहरूका पुर्खाहरूले ममा के गल्ति भेट्टाए जसको कारणले गर्दा मलाई पछ्याउनबाट तिनीहरू टाढा भए? तिनीहरू बेकम्मा मुर्तिहरूको पछि गए र आफै बेकम्मा भए ।
Así dijo Jehová: ¿Qué maldad hallaron en mí vuestros padres, que se alejaron de mí, y se fueron tras la vanidad, y tornáronse vanos?
6 तिनीहरूले यसो भनेनन्, 'हामीलाई मिश्रदेशबाट ल्याउनुहुने परमप्रभु कहाँ हुनुहुन्छ? हामीलाई उजाड-स्थानमा, अराबाको देश र खाडलहरूमा, सुख्खा र घोर अन्धकारको देशमा, कोही नजाने र कोही नबस्ने देशमा अगुवाइ गर्नुहुने परमप्रभु कहाँ हुनुहुन्छ?
Y no dijeron: ¿Dónde está Jehová, que nos hizo subir de tierra de Egipto, que nos hizo andar por el desierto, por una tierra desierta y despoblada, por tierra seca y de sombra de muerte, por una tierra por la cual no pasó varón, ni allí habitó hombre?
7 तर मैले तिमीहरूलाई कर्मेलको फल र अन्य असल खानेकुराहरू खान त्यस देशमा ल्याएँ । तापनि जब तिमीहरू आयौ, तिमीहरूले मेरो देशलाई दुषित पार्यौ । तिमीहरूले मेरो उत्तराधिकारलाई घृणित बनायौ ।
Y os metí en tierra de Carmelo, para que comieseis su fruto y su bien: mas entrasteis, y contaminasteis mi tierra, é hicisteis mi heredad abominable.
8 पुजारीले सोधेन, 'परमप्रभु कहाँ हुनुहुन्छ?', र व्यवस्थाका ज्ञाताहरूले मेरो बारेमा वास्तै गरेनन् । गोठालाहरूले मेरो विरुद्धमा अपराध गरे । अगमवक्ताहरूले बाल देवताको लागि अगमवाणी बोले, र व्यर्थैका कुराहरूको पछि लागे ।
Los sacerdotes no dijeron: ¿Dónde está Jehová? y los que tenían la ley no me conocieron; y los pastores se rebelaron contra mí, y los profetas profetizaron en Baal, y anduvieron tras lo que no aprovecha.
9 त्यसैले परमप्रभु घोषणा गर्नुहुन्छ, म अझै पनि तिमीहरूलाई दोष लगाउनेछु र तिमीहरूका छोराहरूलाई दोष लगाउनेछु ।
Por tanto entraré aún en juicio con vosotros, dijo Jehová, y con los hijos de vuestros hijos pleitearé.
10 किनकि कित्तीमका किनारहरू पार गर र हेर । केदारमा सन्देशवाहकहरू पठाओ र पत्ता लगाओ, र त्यहाँ यस्तो काम पहिले कहिल्यै भएको रहेछ कि भनी हेर ।
Porque pasad á las islas de Chîttim y mirad; y enviad á Cedar, y considerad cuidadosamente, y ved si se ha hecho cosa semejante á ésta:
11 के कुनै जातिले आफ्ना देवताहरू साटेका छन्? यद्यपि ती देवताहरू नै थिएनन् । तर जुन कुराले मेरो जातिलाई मदत गर्न सक्दैन, तिनै कुरासित तिनीहरूले आफ्नो महिमालाई साटेका छन् ।
Si [alguna] gente ha mudado [sus] dioses, bien que ellos no son dioses. Pero mi pueblo ha trocado su gloria por lo que no aprovecha.
12 यही कारणले गर्दा हे आकाशमण्डल, थरथर हो, चकित हो र डरले काँप, यो परमप्रभुको घोषणा हो ।
Espantaos, cielos, sobre esto, y horrorizaos; desolaos en gran manera, dijo Jehová.
13 किनकि मेरो जातिले मेरो विरुद्धमा दुईवटा दुष्ट काम गरेको छः तिनीहरूले जिउँदो पानीको मुललाई त्यागेका छन्, र तिनीहरूले आफ्नै निम्ति पानी चुहिने कुवाहरू खनेका छन् ।
Porque dos males ha hecho mi pueblo: dejáronme á mí, fuente de agua viva, por cavar para sí cisternas, cisternas rotas que no detienen aguas.
14 के इस्राएल दास हो? के त्यो आफ्नो मालिकको घरमा जन्मेको थियो? त्यसो भए, त्यो किन लुटको माल भएको छ त?
¿Es Israel siervo? ¿es esclavo? ¿por qué ha sido [dado] en presa?
15 जवान सिंहहरू त्यसको विरुद्धमा गर्जे । तिनीहरूले ठुलो स्वरले गर्जेका छन्, र त्यसको देशलाई त्रसित पारेका छन् । त्यसका सहरहरू बासिन्दाहरू नरहने गरी नष्ट पारिएका छन् ।
Los cachorros de los leones bramaron sobre él, dieron su voz; y pusieron su tierra en soledad; quemadas están sus ciudades, sin morador.
16 साथै, मेम्फिस र तहपनेसका मानिसहरूले तेरो शिर खौरिनेछन् ।
Aun los hijos de Noph y de Taphnes te quebrantaron la mollera.
17 परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई अगुवाइ गरिरहनुहुँदा तिमीहरूले उहाँलाई त्यागेर के यो तिमीहरू आफ्नै निम्ति गरेका होइनौ र?
¿No te acarreó esto tu dejar á Jehová tu Dios, cuando te hacía andar por camino?
18 त्यसैले अब, शिहोर नदीको पानी पिउन किन मिश्रदेशमा पुर्याउने बाटो भएर जान्छौ? यूफ्रेटिस नदीको पानी पिउन किन अश्शूरमा पुर्याउने बाटो भएर जान्छौ?
Ahora pues, ¿qué tienes tú en el camino de Egipto, para que bebas agua del Nilo? ¿y qué tienes tú en el camino de Asiria, para que bebas agua del río?
19 तिमीहरूको दुष्टताले नै तिमीहरूलाई हप्काउँछ, र तिमीहरूको अविश्वासले नै तिमीहरूलाई दण्ड दिन्छ । त्यसैले यसबारे विचार गर, र बुझ, परमप्रभु तिमीहरूका परमेश्वरलाई त्यागेर उहाँको डर नमान्नु भनेको दुष्ट र तितो कुरा हो, यो सर्वशक्तिमान् परमप्रभु परमेश्वरको घोषणा हो ।
Tu maldad te castigará, y tu apartamiento te condenará: sabe pues y ve cuán malo y amargo es tu dejar á Jehová tu Dios, y faltar mi temor en ti, dice el Señor Jehová de los ejércitos.
20 किनकि तँसित प्राचिन समयमा भएको तेरो जुवा मैले भाँचिदिएँ । मैले तेरा बन्धनहरू फुकाइदिएँ । तरै पनि तैंले भनिस्, 'म तपाईंको सेवा गर्नेछैनँ!' किनकि हरेक अग्लो डाँडा र हरेक झ्याम्म परेको रुखमुनि तैंले आफ्नो शिर झुकाइस्, तँ वेश्या होस् ।
Porque desde muy atrás he quebrado tu yugo, y roto tus ataduras; y dijiste: No serviré. Con todo eso, sobre todo collado alto y debajo de todo árbol umbroso, corrías tú, oh ramera.
21 मैले तँलाई पूर्ण रूपले शुद्ध बीउबाट असल दाखको बोटको रूपमा रोपेको थिएँ । तब तैंले आफैलाई भ्रष्ट र बेकम्मा दाखको बोटको रूपमा कसरी परिवर्तन गरिस्?
Y yo te planté de buen vidueño, simiente verdadera toda ella: ¿cómo pues te me has tornado sarmientos de vid extraña?
22 तैंले आफैलाई नदीमा सफा गरिस् वा साबुनले धोइस् भने पनि, तेरो अधर्म मेरो सामु दागझैं छ, यो परमप्रभु परमेश्वरको घोषणा हो ।
Aunque te laves con lejía, y amontones jabón sobre ti, tu pecado está sellado delante de mí, dijo el Señor Jehová.
23 'म बिटुलो पारिएको छैनँ! म बाल देवताको पछि लागेको छैनँ' भनी तैले कसरी भन्न सक्छस्? तैंले उपत्यकाहरूमा के गरिस्, सो हेर् । तैंले गरेको कुरालाई विचार गर् । तँ यताउता कुदिहिंड्ने चञ्चल पोथी ऊँट हो,
¿Cómo dices: No soy inmunda, nunca anduve tras los Baales? Mira tu proceder en el valle, conoce lo que has hecho, dromedaria ligera que frecuentas sus carreras;
24 तँ उजाड-स्थानमा बस्न आदत भएको कामातुर भएर हावा सुँघ्दै हिंड्ने वन-गधैनी हो। त्यसको कामवासनालाई कसले नियन्त्रण गर्न सक्छ? त्यसको पछि लाग्ने कुनै पनि गधा थकित हुनुपर्दैन । मैथुनको समयमा तिनीहरूले त्यसलाई फेला पार्नेछन् ।
Asna montés acostumbrada al desierto, que respira como quiere; ¿de su ocasión quién la detendrá? Todos los que la buscaren no se cansarán; hallaránla en su mes.
25 तेरो खुट्टालाई नाङ्गो हुनबाट र तेरो घाँटीलाई तिर्खाउनबाट तैंले नियन्त्रण गर्नुपर्छ । तर तैंले भनेको छस्, 'यो आशारहित छ! अहँ, म परदेशीहरूलाई प्रेम गर्छु र तिनीहरूकै पछि लाग्छु ।'
Defiende tus pies de andar descalzos, y tu garganta de la sed. Mas dijiste: Hase perdido la esperanza; en ninguna manera: porque extraños he amado, y tras ellos tengo de ir.
26 चोर समातिंदा त्यो लज्जित भएझैं, इस्राएलको घराना लज्जित हुने छ । तिनीहरू, तिनीहरूका राजाहरू, तिनीहरूका राजकुमारहरू, र तिनीहरूका पुजारीहरू र तिनीहरूका अगमवक्ताहरू लज्जित हुनेछन् ।
Como se avergüenza el ladrón cuando es tomado, así se avergonzarán la casa de Israel, ellos, sus reyes, sus príncipes, sus sacerdotes, y sus profetas;
27 यी तिनै हुन् जसले रुखलाई भन्छन्, 'तिमी मेरा पिता हौ', र ढुङ्गालाई 'तिमीले मलाई जन्म दियौ' । किनकि तिनीहरूले मतर्फ पिठिउँ फर्काउँछन्, आफ्ना अनुहार होइन । तापनि सङ्कष्टको समयमा तिनीहरू भन्छन्, 'उठ्नुहोस् र हामीलाई बचाउनुहोस्!'
Que dicen al leño: Mi padre eres tú; y á la piedra: Tú me has engendrado: pues me volvieron la cerviz, y no el rostro; y en el tiempo de su trabajo dicen: Levántate, y líbranos.
28 तापनि तिमीहरूले आफ्ना निम्ति बनाएका देवताहरू कहाँ छन्? तिमीहरूको सङ्कष्टको समयमा तिमीहरूलाई बचाउन तिनीहरूको इच्छा भए तिनीहरू उठून्, किनकि हे यहूदा, तेरा जति सहरहरू छन्, त्यति नै तेरा मुर्तिहरू छन् ।
¿Y dónde están tus dioses que hiciste para ti? Levántense, á ver si te podrán librar en el tiempo de tu aflicción: porque según el número de tus ciudades, oh Judá, fueron tus dioses.
29 त्यसैले मैले गलत गरेको छु भनी मलाई किन दोष लगाउँछस्? तिमीहरू सबैले मेरो विरुद्धमा पाप गरेका छौ, यो परमप्रभुको घोषणा हो ।
¿Por qué porfías conmigo? Todos vosotros prevaricasteis contra mí, dice Jehová.
30 मैले तेरो जातिलाई व्यर्थैमा दण्ड दिएको छु । तिनीहरूले अनुशासनलाई स्वीकार गर्दैनन् । तिमीहरूको तरवारले तिमीहरूका अगमवक्ताहरूलाई विनाश गर्ने सिंहले झैं निलेको छ ।
Por demás he azotado vuestros hijos; no han recibido corrección. Cuchillo devoró vuestros profetas como león destrozador.
31 हे यस पुस्ताका मानिस हो, मेरा वचन, परमप्रभुको वचनमा ध्यान देओ । के म इस्राएलको निम्ति उजाड-स्थान वा घोर अन्धकारको देश भएँ र? किन मेरो जातिले यसो भन्छ, 'हामी वरिपरि घुम्न दिनुहोस्, हामी फेरि तपाईंकहाँ आउनेछैनौं'?
¡Oh generación! ved vosotros la palabra de Jehová. ¿He sido yo á Israel soledad, ó tierra de tinieblas? ¿Por qué ha dicho mi pueblo: Señores somos; nunca más vendremos á ti?
32 के कन्याले आफ्नो गरगहना, दुलहीले आफ्ना घुम्टो भुल्छे र? तरै पनि मेरो जातिले मलाई गन्नै नसक्ने दिनदेखि भुलेको छ ।
¿Olvídase la virgen de su atavío, ó la desposada de sus sartales? mas mi pueblo se ha olvidado de mí por días que no tienen número.
33 प्रेमको खोजी गर्न कसरी तैंले आफ्नो मार्ग बनाउँछेस्? तैंले दुष्ट स्त्रीहरूलाई पनि आफ्ना मार्गहरू सिकाएको छेस् ।
¿Por qué abonas tu camino para hallar amor, pues aun á las malvadas enseñaste tus caminos?
34 तेरा वस्त्रहरूमा निर्दोष गरिब मानिसहरूको जीवनको रगत भेट्टाइएको छ । यी मानिसहरू घरमा चिरी गरिरहँदा भेट्टाइएका होइनन् ।
Aun en tus faldas se halló la sangre de las almas de los pobres, de los inocentes: no la hallé en excavación, sino en todas estas cosas.
35 तरै पनि तँ भन्छेस्, 'म निर्दोष छु । निश्चय नै उहाँको क्रोध मबाट तर्केर गएको छ ।' तर हेर! 'मैले पाप गरेको छैनँ' भनी तैंले भनेको हुनाले म तँमाथि इन्साफ ल्याउनेछु ।
Y dices: Porque soy inocente, de cierto su ira se apartó de mí. He aquí yo entraré en juicio contigo, porque dijiste: No he pecado.
36 तेरा मार्गमा यो बद्लाउलाई तँ किन निकै हलुकासित लिन्छेस्? जसरी अश्शूरले तँलाई निरुत्साही पार्यो, त्यसै गरी मिश्रदेशले पनि तँलाई निरुत्साही पार्नेछ ।
¿Para qué discurres tanto, mudando tus caminos? También serás avergonzada de Egipto, como fuiste avergonzada de Asiria.
37 आफ्नो शिरमा आफ्ना हात राखेर तँ त्यहाँबाट दुःखी भएर जानुपर्ने हुन्छ, किनकि तैंले जस-जसमाथि भरोसा गरेको छेस्, तिनीहरूलाई परमप्रभुले इन्कार गर्नुभएको छ । त्यसैले तिनीहरूबाट तैंले मदत पाउनेछैनस् ।
También saldrás de él con tus manos sobre tu cabeza: porque Jehová deshechó tus confianzas, y en ellas no tendrás buen suceso.