< यर्मिया 16 >
1 तब परमप्रभुको यो वचन यसो भनेर मकहाँ आयो,
Ndipo neno la Bwana likanijia, kusema,
2 “यो ठाउँमा आफ्नो लागि पत्नी नले, र आफ्नो लागि छोराछोरी नजन्मा ।
“Usiwe na mke, wala usiwe na wana au binti hapa.
3 किनकि यस ठाउँमा जन्मने छोराहरू र छोरीहरू, तिनीहरूलाई जन्माउने आमाहरू र तिनीहरूलाई यस देशमा जन्मने पार्ने बाबुलाई परमप्रभु यसो भन्नुहुन्छ,
Kwa kuwa Bwana asema hivi kwa wana na binti ambao wamezaliwa hapa, kwa mama waliowabeba, na kwa baba waliowafanya wazaliwe katika nchi hii,
4 'तिनीहरू रोग लागेरले मर्नेछन् । तिनीहरूका निम्ति शोक गरिने वा गाडिनेछैन । तिनीहरू जमिनमा गोबरजस्तै हुनेछन् । किनकि तरवार र अनिकालले तिनीहरूको अन्त्य हुनेछ, र तिनीहरूका लाशहरू आकाशका चराहरू र जमिनका पशुहरूका लागि आहार हुनेछन् ।'
'Watakufa vifo vya magonjwa. Hawataliliwa wala kuzikwa. Watakuwa kama samadi juu ya nchi. Kwa maana wataangamizwa kwa upanga na njaa, na miili yao itakuwa chakula cha ndege wa angani na wanyama wa dunia.'
5 किनकि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, “शोक भएको घरमा प्रवेश नगर् । तिनीहरूका निम्ति शोक गर्न वा सहानुभूति देखाउन नजा, किनकि यी मानिसबाट मैले आफ्नो शान्ति, मेरो अचुक प्रमे र कृपा लिएर गएको छु, यो परमप्रभुको घोषणा हो ।
Maana Bwana asema hivi, 'Usiingie nyumba yoyote yenye kuomboleza. Usiende kuwaombolezea, wala usihuzunike kwa ajili ya watu hawa. Kwa maana nimeondoa amani yangu, uaminifu wa agano, na huruma, kutoka kwa watu hawa! Ndivyo asemavyo Bwana;
6 यस देशमा साना र ठुला दुवै मर्नेछन् । तिनीहरूलाई गाडिनेछैन, र कसैले पनि तिनीहरूको निम्ति शोक गर्ने वा आफूलाई काट्ने वा आफ्ना कपाल खौरनेछैन ।
kwa hiyo wakuu na wadogo watakufa katika nchi hii. Wala hawatazikwa, wala hakuna yeyote atakayeomboleza kwa ajili yao. Hakuna mtu atakayejikata-kata au kunyoa vichwa vyao kwa ajili yao.
7 मृत्युको कारणले तिनीहरूलाई सान्त्वना दिन शोकमा कसैले पनि खानेकुरा नबाँडोस्, र तिनीहरूलाई सान्त्वना दिन कसैले पनि त्यसका बाबु वा त्यसकी आमालाई सान्त्वनाको कचौरा नदेओस् ।
Hakuna mtu anayepaswa kugawa chakula chochote wakati wa kuomboleza ili kuwafariji kwa sababu ya vifo, na hawatawapa kikombe cha faraja kwa baba yake au mama yake ili kuwafariji.
8 तँ खान र पिउनलाई तिनीहरूसँगै बस्न भोजको घरमा तैंले जानुहुँदैन ।'
Usiende kwenye nyumba ya karamu ili ukae pamoja nao ili kula au kunywa.
9 किनकि सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, 'हेर्, तेरै आँखाको सामु, तेरै समयमा यसै ठाउँमा मैले आनन्दको सोर, खुसीको सोर, दुलहीको सोर र दुलहाको सोरको अन्त्य गर्नै लागेकोछु ।'
Kwa maana Bwana wa majeshi, Mungu wa Israeli, asema hivi, 'Tazama, mbele yako, siku zako na mahali hapa, nitakomesha sauti ya furaha na sherehe, sauti ya bwana na bibi arusi. '
10 तब तैंले यी सबै वचन यी मानिसलाई भन्नेछस्, र तिनीहरूले तँलाई भन्नेछन्, 'परमप्रभुले किन हाम्रो विरुद्धमा यो सबै ठुला विपत्तिको आदेश दिनुभएको छ? परमप्रभु हाम्रा परमेश्वरको विरुद्धमा हामीले गरेका अपराध र पाप के हो?'
Kisha itatokea kwamba utawaambia watu hawa maneno haya yote, na watakuambia, 'Mbona Bwana amesema maafa yote haya juu yetu? Uovu wetu ni uovu gani na dhambi yetu tuliyomtendea Bwana, Mungu wetu?'
11 त्यसैले तिनीहरूलाई यसो भन्, 'तिमीहरूका पुर्खाहरूले मलाई त्यागे र तिनीहरू अरू देवताहरूको पछि गए र पुजा गरे, र तिनीहरूको सामु निहुरे, यो परमप्रभुको घोषणा हो । तिनीहरूले मलाई त्यागे र र मेरो व्यवस्था पालन गरेका छैनन् ।
Basi uwaambie, 'hii ndiyo ahadi ya Bwana; Kwa sababu baba zenu waliniacha, nao wakafuata miungu mingine, wakaiabudu na kuisujudia. Waliniacha na hawakuishika sheria yangu.
12 तर तिमीहरूका पुर्खाहरूले भन्दा तिमीहरूले अझै धेरै दुष्ट काम गरेका छौ, किनकि हेर, प्रत्येक व्यक्ति आफ्नो दुष्ट हृदयको कठोरताद्वारा हिंडेको छ । मेरो कुरा सुन्ने कोही छैन ।
Lakini ninyi wenyewe mmeleta uovu zaidi kuliko baba zenu, kwa maana, kila mtu anaenda kwa ukaidi wa moyo wake mbaya; hakuna mtu anayenisikiliza.
13 त्यसैले यस देशबाट तिमीहरूले नचिनेको, न तिमीहरूले, न त तिमीहरूका पुर्खाहरूले चिनेको देशमा म तिमीहरूलाई फाल्नेछु, र त्यहाँ तिमीहरूले दिनरात अरू देवताहरूको पुजा गर्नेछौ, किनकि म तिमीहरूलाई कुनै कृपा गर्नेछैनँ ।'
Kwa hiyo nitawafukuza kutoka nchi hii mpaka nchi msiyoijua, wewe wala baba zako, nanyi mtaiabudu miungu mingine huko mchana na usiku, kwa maana mimi sitawapa fadhili zangu.'
14 त्यसकारण, हेर, यो परमप्रभुको घोषणा हो, यस्ता दिन आउँदैछन्, जुन बेला फेरि यसो भनिनेछैन, 'मिश्रदेशबाट इस्राएलका मानिसहरूलाई ल्याउनुहुने जीवित परमप्रभुको नाउँमा ।'
Kwa hiyo tazama! Siku zinakuja-hili ndilo tamko la Bwana-ambapo hawatasema tena, 'Kama Bwana aishivyo, yeye aliyewaleta wana wa Israeli kutoka nchi ya Misri.'
15 तर यसो भनिनेछ, 'इस्राएलका मानिसहरूलाई उत्तरको देश र उहाँले तिनीहरूलाई तितर-बितर पार्नुभएका देशहरूबाट ल्याउनुहुने जीवित परमप्रभुको नाउँमा ।' किनकि मैले तिनीहरूका पुर्खाहरूलाई दिएको देशमा म तिनीहरूलाई फर्काएर ल्याउनेछु ।
Kwa maana, kama Bwana aishivyo, yeye aliyewaleta wana wa Israeli kutoka nchi ya kaskazini, na kutoka nchi aliyowaangamiza, nitawarudisha katika nchi niliyowapa baba zao.
16 हेर, म धेरै मछुवालाई पठाउनेछु, र यसरी तिनीहरूले मानिसहरूलाई पक्रनेछन्, यो परमप्रभुको घोषणा हो । यसपछि म धेरै सिकारीलाई पठाउनेछु, र तिनीहरूले पहाडहरू र पर्वतहरूका बिचमा अनि चट्टानका धाँदोमा तिनीहरूको सिकार गर्नेछन् ।
Angalia! hili ni tamko la Bwana-Nitatuma wavuvi wengi-kwa hiyo watawavua watu. Baada ya hayo nitatuma wawindaji wengi ili waweze kuwinda kati ya milima na vilima vyote, na katika miamba ya mwamba.
17 किनकि मेरो दृष्टि तिनीहरूका सबै मार्गमा परेको छ । ति मेरो सामुबाट लुक्न सक्दैनन् । तिनीहरूका अधर्म मेरा आँखाको सामुबाट लुकाउन सकिंदैन ।
Kwa kuwa macho yangu yapo juu ya njia zao zote; hawawezi kujificha mbele yangu. Uovu wao hauwezi kufichika mbele ya macho yangu.
18 तिनीहरूका अपराध र पापको निम्ति म तिनीहरूलाई दोब्बर दण्ड दिनेछु, किनकि तिनीहरूले आफ्ना घिनलाग्दा मूर्तिहरूले मेरो देश अपवित्र पारेका छन्, र मेरो उत्तराधिकारलाई आफ्ना घिनलाग्दा मूर्तिहरूले भरेका छन् ।”
Nami kwanza nitawalipa mara mbili uovu na dhambi zao kwa kuwa wameichafua nchi yangu sanamu za machukizo, na kwa kujaza urithi wangu na sanamu zao za machukizo.
19 हे परमप्रभु, तपाईं मेरो किल्ला र मेरो शरणस्थान, सङ्कष्टको दिनमा मेरो सुरक्षाको स्थान हुनुहुन्छ । पृथ्वीका कुनाबाट जातिहरू तपाईंकहाँ आउनेछन् र भन्नेछन्, “निश्चय नै हाम्रा पुर्खाहरूले छललाई अधिकार गरे । तिनीहरू रित्ता छन् । तिनीहरूमा कुनै लाभ छैन ।
Ee Bwana, wewe ndiwe ngome yangu, na kimbilio langu, na mahali pa usalama wangu siku ya shida. Mataifa yatakujia kwako kutoka mwisho wa dunia na kusema, 'Hakika baba zetu walirithi udanganyifu. Ubatili mtupu; hakuna faida ndani yao. Je!
20 के मानिसहरूले आफ्नै लागि ईश्वरहरू बनाउँछन् र? तर ति त ईश्वरहरू नै होइनन् ।”
Watu hufanya miungu kwa ajili yao wenyewe? Lakini wao sio miungu.
21 त्यसकारण हेर्, यस पटक म तिनीहरूलाई जान्न लगाउनेछु । म तिनीहरूलाई मेरो हात र मेरो शक्ति जान्न लगाउनेछु, यसरी परमप्रभु नै मेरो नाउँ हो भनेर तिनीहरूले जान्नेछन् ।
Kwa hiyo tazama! Nitawafanya wajue wakati huu, nitawafanya watambue mkono wangu na nguvu zangu, kwa hiyo watajua kwamba Yahweh ni jina langu.”