< यर्मिया 16 >
1 तब परमप्रभुको यो वचन यसो भनेर मकहाँ आयो,
And it came [the] word of Yahweh to me saying.
2 “यो ठाउँमा आफ्नो लागि पत्नी नले, र आफ्नो लागि छोराछोरी नजन्मा ।
Not you must take for yourself a wife and not they will belong to you sons and daughters in the place this.
3 किनकि यस ठाउँमा जन्मने छोराहरू र छोरीहरू, तिनीहरूलाई जन्माउने आमाहरू र तिनीहरूलाई यस देशमा जन्मने पार्ने बाबुलाई परमप्रभु यसो भन्नुहुन्छ,
For thus - he says Yahweh on the sons and on the daughters born in the place this and on mothers their who bore them and on fathers their who fathered them in the land this.
4 'तिनीहरू रोग लागेरले मर्नेछन् । तिनीहरूका निम्ति शोक गरिने वा गाडिनेछैन । तिनीहरू जमिनमा गोबरजस्तै हुनेछन् । किनकि तरवार र अनिकालले तिनीहरूको अन्त्य हुनेछ, र तिनीहरूका लाशहरू आकाशका चराहरू र जमिनका पशुहरूका लागि आहार हुनेछन् ।'
Deaths of diseases they will die not they will be mourned and not they will be buried dung on [the] surface of the ground they will become and by the sword and by famine they will come to an end and it will become corpse[s] their food for [the] bird[s] of the heavens and for [the] animal[s] of the earth.
5 किनकि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, “शोक भएको घरमा प्रवेश नगर् । तिनीहरूका निम्ति शोक गर्न वा सहानुभूति देखाउन नजा, किनकि यी मानिसबाट मैले आफ्नो शान्ति, मेरो अचुक प्रमे र कृपा लिएर गएको छु, यो परमप्रभुको घोषणा हो ।
For thus - he says Yahweh may not you enter a house of mourning and may not you go to lament and may not you show sympathy to them for I have withdrawn peace my from with the people this [the] utterance of Yahweh the covenant loyalty and compassion.
6 यस देशमा साना र ठुला दुवै मर्नेछन् । तिनीहरूलाई गाडिनेछैन, र कसैले पनि तिनीहरूको निम्ति शोक गर्ने वा आफूलाई काट्ने वा आफ्ना कपाल खौरनेछैन ।
And they will die great [people] and insignificant [people] in the land this not they will be buried and not people will mourn for them and not anyone will cut himself and not anyone will make himself bald for them.
7 मृत्युको कारणले तिनीहरूलाई सान्त्वना दिन शोकमा कसैले पनि खानेकुरा नबाँडोस्, र तिनीहरूलाई सान्त्वना दिन कसैले पनि त्यसका बाबु वा त्यसकी आमालाई सान्त्वनाको कचौरा नदेओस् ।
And not people will break for them on mourning to comfort him on a dead [person] and not people will give to drink them a cup of consolations on father his and on mother his.
8 तँ खान र पिउनलाई तिनीहरूसँगै बस्न भोजको घरमा तैंले जानुहुँदैन ।'
And a house of a feast not you must go to sit with them to eat and to drink.
9 किनकि सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, 'हेर्, तेरै आँखाको सामु, तेरै समयमा यसै ठाउँमा मैले आनन्दको सोर, खुसीको सोर, दुलहीको सोर र दुलहाको सोरको अन्त्य गर्नै लागेकोछु ।'
For thus he says Yahweh of hosts [the] God of Israel here I [am] about to cause to cease from the place this to eyes your and in days your [the] sound of joy and [the] sound of gladness [the] sound of a bridegroom and [the] sound of a bride.
10 तब तैंले यी सबै वचन यी मानिसलाई भन्नेछस्, र तिनीहरूले तँलाई भन्नेछन्, 'परमप्रभुले किन हाम्रो विरुद्धमा यो सबै ठुला विपत्तिको आदेश दिनुभएको छ? परमप्रभु हाम्रा परमेश्वरको विरुद्धमा हामीले गरेका अपराध र पाप के हो?'
And it will be that you will tell to the people this all the words these and they will say to you concerning what? has he spoken Yahweh on us all the calamity great this and what? [is] iniquity our and what? [is] sin our which we have sinned to Yahweh God our.
11 त्यसैले तिनीहरूलाई यसो भन्, 'तिमीहरूका पुर्खाहरूले मलाई त्यागे र तिनीहरू अरू देवताहरूको पछि गए र पुजा गरे, र तिनीहरूको सामु निहुरे, यो परमप्रभुको घोषणा हो । तिनीहरूले मलाई त्यागे र र मेरो व्यवस्था पालन गरेका छैनन् ।
And you will say to them on that they forsook ancestors your me [the] utterance of Yahweh and they walked after gods other and they served them and they bowed down to them and me they forsook and law my not they kept.
12 तर तिमीहरूका पुर्खाहरूले भन्दा तिमीहरूले अझै धेरै दुष्ट काम गरेका छौ, किनकि हेर, प्रत्येक व्यक्ति आफ्नो दुष्ट हृदयको कठोरताद्वारा हिंडेको छ । मेरो कुरा सुन्ने कोही छैन ।
And you you have done evil to act more than ancestors your and here you [are] walking everyone after [the] stubbornness of own heart his wicked to not to listen to me.
13 त्यसैले यस देशबाट तिमीहरूले नचिनेको, न तिमीहरूले, न त तिमीहरूका पुर्खाहरूले चिनेको देशमा म तिमीहरूलाई फाल्नेछु, र त्यहाँ तिमीहरूले दिनरात अरू देवताहरूको पुजा गर्नेछौ, किनकि म तिमीहरूलाई कुनै कृपा गर्नेछैनँ ।'
And I will throw out you from on the land this to the land which not you have known you and ancestors your and you will serve there gods other by day and night that not I will give to you favor.
14 त्यसकारण, हेर, यो परमप्रभुको घोषणा हो, यस्ता दिन आउँदैछन्, जुन बेला फेरि यसो भनिनेछैन, 'मिश्रदेशबाट इस्राएलका मानिसहरूलाई ल्याउनुहुने जीवित परमप्रभुको नाउँमा ।'
Therefore here! days [are] coming [the] utterance of Yahweh and not it will be said again [by] [the] life of Yahweh who he brought up [the] people of Israel from [the] land of Egypt.
15 तर यसो भनिनेछ, 'इस्राएलका मानिसहरूलाई उत्तरको देश र उहाँले तिनीहरूलाई तितर-बितर पार्नुभएका देशहरूबाट ल्याउनुहुने जीवित परमप्रभुको नाउँमा ।' किनकि मैले तिनीहरूका पुर्खाहरूलाई दिएको देशमा म तिनीहरूलाई फर्काएर ल्याउनेछु ।
That except [by] [the] life of Yahweh who he brought up [the] people of Israel from a land of [the] north and from all the lands where he had banished them there towards and I will bring back them to land their which I gave to ancestors their.
16 हेर, म धेरै मछुवालाई पठाउनेछु, र यसरी तिनीहरूले मानिसहरूलाई पक्रनेछन्, यो परमप्रभुको घोषणा हो । यसपछि म धेरै सिकारीलाई पठाउनेछु, र तिनीहरूले पहाडहरू र पर्वतहरूका बिचमा अनि चट्टानका धाँदोमा तिनीहरूको सिकार गर्नेछन् ।
Here I [am] about to send (for fishermen *Q(K)*) many [the] utterance of Yahweh and they will fish out them and after thus I will send for many hunters and they will hunt them from on every mountain and from on every hill and from [the] clefts of the rocks.
17 किनकि मेरो दृष्टि तिनीहरूका सबै मार्गमा परेको छ । ति मेरो सामुबाट लुक्न सक्दैनन् । तिनीहरूका अधर्म मेरा आँखाको सामुबाट लुकाउन सकिंदैन ।
For eyes my [are] on all ways their not they have been hidden from to before me and not it has been concealed iniquity their from before eyes my.
18 तिनीहरूका अपराध र पापको निम्ति म तिनीहरूलाई दोब्बर दण्ड दिनेछु, किनकि तिनीहरूले आफ्ना घिनलाग्दा मूर्तिहरूले मेरो देश अपवित्र पारेका छन्, र मेरो उत्तराधिकारलाई आफ्ना घिनलाग्दा मूर्तिहरूले भरेका छन् ।”
And I will repay first [the] double of iniquity their and sin their because have profaned they land my with [the] corpse[s] of detestable things their and abominations their they have filled inheritance my.
19 हे परमप्रभु, तपाईं मेरो किल्ला र मेरो शरणस्थान, सङ्कष्टको दिनमा मेरो सुरक्षाको स्थान हुनुहुन्छ । पृथ्वीका कुनाबाट जातिहरू तपाईंकहाँ आउनेछन् र भन्नेछन्, “निश्चय नै हाम्रा पुर्खाहरूले छललाई अधिकार गरे । तिनीहरू रित्ता छन् । तिनीहरूमा कुनै लाभ छैन ।
O Yahweh strength my and stronghold my and place of escape my in a day of trouble to you nations they will come from [the] ends of [the] earth so they may say surely falsehood they possessed ancestors our futility and not [there was] in them a [thing that] profits.
20 के मानिसहरूले आफ्नै लागि ईश्वरहरू बनाउँछन् र? तर ति त ईश्वरहरू नै होइनन् ।”
¿ Will he make for himself anyone gods and they not [are] God.
21 त्यसकारण हेर्, यस पटक म तिनीहरूलाई जान्न लगाउनेछु । म तिनीहरूलाई मेरो हात र मेरो शक्ति जान्न लगाउनेछु, यसरी परमप्रभु नै मेरो नाउँ हो भनेर तिनीहरूले जान्नेछन् ।
Therefore here I [am] about to make know them at the time this I will make know them hand my and might my and they will know that name my [is] Yahweh.