< यर्मिया 14 >
1 खडेरीको सम्बन्धमा यर्मियाकहाँ आएको परमप्रभुको वचन यही हो,
Ilizwi leNkosi elafika kuJeremiya mayelana lendaba zembalela.
2 “यहूदाले शोक गरोस् । त्यसका मूला ढोकाहरू भाँचिऊन् । तिनीहरू देशको लागि विलाप गर्दैछन् । यरूशलेमको निम्ति तिनीहरूको क्रन्दन माथि जाँदैछ ।
UJuda uyalila, lamasango akhe adangele; amnyama kuze kube semhlabathini, lokukhala kweJerusalema kwenyukile.
3 तिनीहरूका शक्तिशाली मानिसहरूले आफ्ना नोकरहरूलाई पानीको लागि बाहिर पठाउँछन् । जब तिनीहरू कुवामा जान्छन् तब तिनीहरूले पानी पाउन सक्दैनन् । तिनीहरू असफल भएर फर्कन्छन् । तिनीहरू लज्जित र बेइजत आफ्ना शिर ढाक्छन् ।
Njalo izikhulu zakhe zithuma abancinyane bazo emanzini; bafika emithonjeni, bangatholi manzi; babuyele inkonxa zabo zingelalutho, belenhloni, beyangekile, bembomboze ikhanda labo.
4 देशमा पानी नपरेको हुनाले, जमिन चिराचिरा परेको छ । हलो जोत्नेहरू लज्जित भएका छन् र आफ्ना शिर ढाक्छन् ।
Ngoba umhlabathi udabukile, ngoba kungekho izulu elizweni, abalimi balenhloni, bambomboza ikhanda labo.
5 घाँस नभएकोले मुडुली मृगले पनि आफ्ना बच्चाहरूलाई मैदानमा छोड्छ र तिनलाई त्यगिदिन्छ ।
Yebo impala layo iyazala egangeni, ikutshiye, ngoba kungelatshani.
6 जङ्गली गधाहरू नाङ्गा मैदानहरूमा खडा हुन्छन्, र तिनीहरू स्यालझैं हाँप्छन् । हरियो खर्क नभएको कारणले तिनीहरूका आँखा तिरमिराउँछन् ।”
Labobabhemi beganga bayema emadundulwini, baphembele umoya njengemigobho; amehlo abo ayaphela, ngoba kungelatshani.
7 हे परमप्रभु, हाम्रा अधर्मले हाम्रो विरुद्धमा गवाही दिए तापनि तपाईंकै नाउँको नाम्ति काम गर्नुहोस् । किनकि हाम्रा विश्वासहीन कामहरू वृद्धि हुन्छन् । हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं ।
Lanxa izono zethu zifakaza zimelana lathi, Nkosi, yenza ngenxa yebizo lakho; ngoba ukuhlehlela nyovane kwethu kunengi, sonile kuwe.
8 तपाईं नै इस्राएलको आशा हुनुहुन्छ, जसले सङ्कष्टको समयमा त्यसलाई बचाउनुहुन्छ । पाल टाँग्ने र एक रातको निम्ति मात्र बस्ने अपरिचित परदेशीजस्तै तपाईं यस देशमा किन बन्नुहुन्छ?
Wena themba likaIsrayeli, uMsindisi wakhe ngesikhathi sembandezelo, kungani uzakuba njengowezizweni elizweni, lanjengesihambi esiphambukela eceleni ukulala ubusuku?
9 तपाईं किन आश्चर्यमा परेको मानिसझैं व छुटकाराको निम्ति शक्ति नभएको योद्धाजस्तै हुनुहुन्छ? हे परमप्रभु, तपाईं हाम्रा बिचमा हुनुहुन्छ, र हाम्रा बिचमा तपाईंकै नाउँ पुकारिन्छ । हामीलाई नत्याग्नुहोस् ।
Kungani uzakuba njengomuntu odidekileyo, njengeqhawe elingelakusindisa. Kanti wena uphakathi kwethu, Nkosi, lebizo lakho libizwe phezu kwethu; ungasitshiyi.
10 परमप्रभु आफ्ना मानिसलाई यसो भन्नुहुन्छ, “तिनीहरू बरालिन मन पराउने भएको हुनाले त्यसो गर्नदेखि तिनीहरूले आफ्ना खुट्टालाई रोकेका छैनन् ।” परमप्रभु तिनीहरूसित खुसी हुनुहुन्न । अब उहाँले तिनीहरूका अधर्म सम्झनुभएको छ, र तिनीहरूका पापलाई दण्ड दिनुभएको छ ।
Itsho njalo iNkosi ngalababantu: Ngokunjalo bathanda ukuzula, kabazinqandanga inyawo zabo; ngakho iNkosi kayithokozi ngabo, khathesi izakhumbula ububi babo, izihambele izono zabo.
11 परमप्रभुले मलाई यसो भन्नुभयो, “यी मानिसहरूको पक्षमा भलाइको निम्ति प्रार्थना नगर् ।
INkosi yasisithi kimi: Ungakhulekeli lababantu kube kuhle.
12 किनकि तिनीहरूले उपवास बसे भने म तिनीहरूका विलाप सुन्नेछैनँ, अनि तिनीहरूले होमबलि र अन्नबलि चढाए भने म तिनमा खुशी हुनेछैन । किनकि तरवार, अनिकाल र विपत्तिले म तिनीहरूको अन्त्य ल्याउनेछु ।”
Lapho bezila ukudla, kangiyikuzwa ukukhala kwabo; lalapho benikela umnikelo wokutshiswa lomnikelo wokudla, kangiyikuthokoza ngabo; kodwa ngizabaqeda ngenkemba langendlala langomatshayabhuqe wesifo.
13 तब मैले भनें, “हे परमप्रभु परमेश्वर, हेर्नुहोस्, अगमवक्ताहरूले मानिसहरूलाई भन्दैछन्, 'तिमीहरूले तरवार देख्नेछैनौ । तिमीहरूका निम्ति अनिकाल पर्नेछैन, किनकि म यस ठाउँमा तिमीहरूलाई साँचो सुरक्षा दिनेछु' ।”
Ngasengisithi: Hawu, Nkosi Jehova! Khangela, abaprofethi bathi kubo: Kaliyikubona inkemba, kaliyikuba lendlala, kodwa ngizalinika ukuthula okuqinisekileyo kulindawo.
14 परमप्रभुले मलाई भन्नुभयो, “अगमवक्ताहरूले मेरो नाउँमा छलको अगमवाणी बोल्छन् । मैले तिनीहरूलाई पठाइनँ, न मैले तिनीहरूलाई कुनै आज्ञा दिएँ वा तिनीहरूसित बोलेँ । तर छली दर्शन र बेकम्मा, छली मन्त्रतन्त्र तिनीहरूका आफ्नै समझबाट आएका हुन्, जुन तिनीहरूले तिमीहरूलाई अगमवाणी बोल्दैछन् ।”
INkosi yasisithi kimi: Abaprofethi baprofetha amanga ngebizo lami. Kangibathumanga, njalo kangibalayanga, njalo kangikhulumanga kibo; baprofetha kini umbono wamanga, lokuhlahlula, lokuyize, lenkohliso yenhliziyo yabo.
15 त्यसकारण परमप्रभु यसो भन्नुहुन्छ, “मैले नपठाएका अगमवक्ताहरू जसले मेरो नाउँमा अगमवाणी बोल्छन्, जसले यस देशमा कुनै तरवार वा अनिकाल पर्नेछैन भन्छन्, यी अगमवक्ताहरू तरवार र अनिकालले नष्ट पारिनेछन् ।
Ngakho itsho njalo iNkosi mayelana labaprofethi abaprofetha ebizweni lami, ngoba mina ngingabathumanga, kanti bathi: Inkemba lendlala kakuyikuba khona kulelilizwe: Ngenkemba langendlala labobaprofethi bazaqedwa.
16 त्यसपछि ती मानिसहरू जसलाई तिनीहरूले अगमवाणी बोले, तिनीहरू अनिकाल र तरवारको कारणले यरूशलेमका सडकहरूमा फ्याँकिनेछन्, किनकि त्यहाँ तिनीहरू, तिनीहरूका पत्नीहरू, छोराछोरीलाई गाड्ने कोही हुने छैनन्, किनकि म तिनीहरूका दुष्टता तिनीहरूमाथि नै खन्याउनेछु ।
Labantu, abaprofetha kibo, bazakuba ngabaphoselwa ezitaladeni zeJerusalema ngenxa yendlala lenkemba; njalo kungekho obangcwabayo, bona, omkabo, lamadodana abo, lamadodakazi abo; ngoba ngizathululela ububi babo phezu kwabo.
17 तिनीहरूलाई यो वचन भन्, ‘मेरा आँखाबाट दिनरात आँसु बगिरहोस् । त्यसलाई नरोक्, किनकि मेरो जातिकी कन्याको ठुलो विनाश हुनेछ । त्यसले ठुलो र निको नहुने चोट पाउनेछ ।
Ngakho uzakutsho lelilizwi kibo elokuthi: Amehlo ami kawehlise inyembezi ebusuku lemini, zingakhawuli, ngoba intombi emsulwa yabantu bami yephukile ngokwephuka okukhulu, ukutshaywa okubuhlungu kakhulu.
18 म मैदानमा गएँ भने, त्यहाँ तरवारले मारिएकाहरू हुन्छन् । म सहरमा आएँ भने, त्यहाँ अनिकालले ल्याएका रोगहरू हुन्छन् । अगमवक्ता र पुजारी दुवै देशको यताउता बरालिन्छन्, र तिनीहरूलाई थाहैछैन' ।”
Uba ngiphumela emaphandleni, khangela-ke, ababulewe ngenkemba. Njalo uba ngingena emzini, khangela-ke, abagulayo ngendlala. Yebo, bobabili umprofethi lompristi babhodabhoda elizweni kodwa bengazi.
19 के तपाईंले यहूदालाई बिलकुलै इन्कार गर्नुभएको हो? के तपाईं सियोनलाई घृणा गर्नुहुन्छ? जब हामी निको हुनुछैन भने किन तपाईं हामीलाई कष्ट दिनुहुन्छ? हामीले शान्तिको आशा गर्यौँ, तर त्यहाँ कुनै असल कुरा थिएन र निको हुने समय थिएन, तर हेर्नुहोस् त्यहाँ त्रास मात्र छ ।
Usumalile isibili uJuda yini? Umphefumulo wakho unengwa yiZiyoni yini? Usitshayeleni njalo singabi lokwelatshwa? Salindela ukuthula, kodwa kakubanga lokuhle; lesikhathi sokwelatshwa, kodwa khangela, uvalo.
20 हे परमप्रभु, हामी हाम्रा दोष, हाम्रा पुर्खाहरूका अपराध स्वीकार गर्छौं, किनकि हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं ।
Siyazi, Nkosi, ukukhohlakala kwethu lobubi babobaba, ngoba sonile kuwe.
21 हामीलाई नत्याग्नुहोस् । तपाईंको नाउँको निम्ति तपाईंको महिमित सिंहासनलाई अपमानित नगर्नुहोस् । हामीसित बाँध्नुभएको आफ्नो करार सम्झनुहोस्, र त्यसलाई नतोड्नुहोस् ।
Ungasideleli, ngenxa yebizo lakho, ungayangisi isihlalo sobukhosi sodumo lwakho; khumbula, ungasephuli isivumelwano sakho lathi.
22 के जातिहरूका कुनै बेकम्मा मूर्तिले वर्षा ल्याउँछ सक्छ र? वा के आकाश आफैले झरी पठाउँछ? हे परमप्रभु तपाईं नै हाम्रा परमेश्वर हुनुहुन्न र? हामीले तपाईंमा प्रतीक्षा गर्छौं, किनकि यी सबै कुरा गर्नुहुने तपाईं नै हुनुहुन्छ ।
Kukhona yini phakathi kokuyize kwabezizwe okunganisa izulu? Kumbe amazulu anganika izihlambo yini? Akusuwe yini, Nkosi, Nkulunkulu wethu? Ngakho sizalindela kuwe; ngoba nguwe owenze zonke lezizinto.