< यर्मिया 14 >

1 खडेरीको सम्‍बन्‍धमा यर्मियाकहाँ आएको परमप्रभुको वचन यही हो,
Herran sana, joka tuli Jeremialle suuren kuivuuden tähden.
2 “यहूदाले शोक गरोस् । त्यसका मूला ढोकाहरू भाँचिऊन् । तिनीहरू देशको लागि विलाप गर्दैछन् । यरूशलेमको निम्ति तिनीहरूको क्रन्दन माथि जाँदैछ ।
"Juuda murehtii, sen portit raukeavat, kallistuvat murheasussa maahan; ja Jerusalemista nousee valitushuuto.
3 तिनीहरूका शक्तिशाली मानिसहरूले आफ्‍ना नोकरहरूलाई पानीको लागि बाहिर पठाउँछन् । जब तिनीहरू कुवामा जान्‍छन् तब तिनीहरूले पानी पाउन सक्‍दैनन् । तिनीहरू असफल भएर फर्कन्छन् । तिनीहरू लज्‍जित र बेइजत आफ्ना शिर ढाक्छन् ।
Heidän ylimyksensä lähettävät alaisiansa vedelle. Nämä tulevat kaivoille, eivät löydä vettä, palajavat astiat tyhjinä, ovat pettyneet ja häpeissänsä ja peittävät päänsä.
4 देशमा पानी नपरेको हुनाले, जमिन चिराचिरा परेको छ । हलो जोत्‍नेहरू लज्‍जित भएका छन् र आफ्ना शिर ढाक्छन् ।
Peltomaan tähden, joka pakahtuu, kun ei ole satanut maassa, ovat peltomiehet pettyneinä ja peittävät päänsä.
5 घाँस नभएकोले मुडुली मृगले पनि आफ्ना बच्‍चाहरूलाई मैदानमा छोड्‍छ र तिनलाई त्‍यगिदिन्‍छ ।
Peurakin kedolla poikii ja hylkää vasikkansa, kun ei ole mitään vihantaa.
6 जङ्गली गधाहरू नाङ्गा मैदानहरूमा खडा हुन्छन्, र तिनीहरू स्यालझैं हाँप्छन् । हरियो खर्क नभएको कारणले तिनीहरूका आँखा तिरमिराउँछन् ।”
Ja villiaasit seisovat kalliokukkuloilla, haukkovat ilmaa niinkuin aavikkosudet; niiden silmät ovat riutuneet, kun ei ruohoa ole."
7 हे परमप्रभु, हाम्रा अधर्मले हाम्रो विरुद्धमा गवाही दिए तापनि तपाईंकै नाउँको नाम्‍ति काम गर्नुहोस् । किनकि हाम्रा विश्‍वासहीन कामहरू वृद्धि हुन्छन् । हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं ।
Vaikka pahat tekomme todistavat meitä vastaan, tee työsi, Herra, nimesi tähden; sillä meidän luopumuksemme ovat monet, sinua vastaan me olemme syntiä tehneet.
8 तपाईं नै इस्राएलको आशा हुनुहुन्छ, जसले सङ्कष्‍टको समयमा त्यसलाई बचाउनुहुन्छ । पाल टाँग्‍ने र एक रातको निम्ति मात्र बस्‍ने अपरिचित परदेशीजस्तै तपाईं यस देशमा किन बन्‍नुहुन्‍छ?
Sinä Israelin toivo, sen vapahtaja ahdingon aikana, minkätähden sinä olet kuin muukalainen maassa, kuin matkamies, joka poikkeaa majaan vain yöpyäksensä?
9 तपाईं किन आश्‍चर्यमा परेको मानिसझैं व छुटकाराको निम्ति शक्ति नभएको योद्धाजस्तै हुनुहुन्छ? हे परमप्रभु, तपाईं हाम्रा बिचमा हुनुहुन्छ, र हाम्रा बिचमा तपाईंकै नाउँ पुकारिन्छ । हामीलाई नत्‍याग्‍नुहोस् ।
Minkätähden sinä olet kuin tyrmistynyt mies, kuin sankari, joka ei voi auttaa? Ja kuitenkin sinä olet meidän keskellämme, Herra, ja me olemme otetut sinun nimiisi; älä meitä jätä.
10 परमप्रभु आफ्‍ना मानिसलाई यसो भन्‍नुहुन्छ, “तिनीहरू बरालिन मन पराउने भएको हुनाले त्यसो गर्नदेखि तिनीहरूले आफ्ना खुट्टालाई रोकेका छैनन् ।” परमप्रभु तिनीहरूसित खुसी हुनुहुन्‍न । अब उहाँले तिनीहरूका अधर्म सम्झनुभएको छ, र तिनीहरूका पापलाई दण्ड दिनुभएको छ ।
Näin sanoo Herra tästä kansasta: Noin he mielellänsä harhailevat, eivät pidätä jalkojansa. Ei Herra mielisty heihin; hän muistaa nyt heidän pahat tekonsa ja rankaisee heidän syntinsä.
11 परमप्रभुले मलाई यसो भन्‍नुभयो, “यी मानिसहरूको पक्षमा भलाइको निम्ति प्रार्थना नगर् ।
Ja Herra sanoi minulle: "Älä rukoile tämän kansan puolesta, sen hyväksi.
12 किनकि तिनीहरूले उपवास बसे भने म तिनीहरूका विलाप सुन्‍नेछैनँ, अनि तिनीहरूले होमबलि र अन्‍नबलि चढाए भने म तिनमा खुशी हुनेछैन । किनकि तरवार, अनिकाल र विपत्तिले म तिनीहरूको अन्त्य ल्याउनेछु ।”
Vaikka he paastoavat, en minä kuule heidän huutoansa, ja vaikka he uhraavat polttouhreja ja ruokauhreja, en minä heihin mielisty, vaan miekalla, nälällä ja rutolla minä heidät lopetan."
13 तब मैले भनें, “हे परमप्रभु परमेश्‍वर, हेर्नुहोस्, अगमवक्ताहरूले मानिसहरूलाई भन्दैछन्, 'तिमीहरूले तरवार देख्‍नेछैनौ । तिमीहरूका निम्ति अनिकाल पर्नेछैन, किनकि म यस ठाउँमा तिमीहरूलाई साँचो सुरक्षा दिनेछु' ।”
Niin minä sanoin: "Voi, Herra, Herra! Katso, profeetat sanovat heille: 'Ei teidän tarvitse nähdä miekkaa eikä kärsiä nälkää, vaan minä annan teille vakaan rauhan tässä paikassa'."
14 परमप्रभुले मलाई भन्‍नुभयो, “अगमवक्ताहरूले मेरो नाउँमा छलको अगमवाणी बोल्छन् । मैले तिनीहरूलाई पठाइनँ, न मैले तिनीहरूलाई कुनै आज्ञा दिएँ वा तिनीहरूसित बोलेँ । तर छली दर्शन र बेकम्मा, छली मन्त्रतन्त्र तिनीहरूका आफ्नै समझबाट आएका हुन्, जुन तिनीहरूले तिमीहरूलाई अगमवाणी बोल्दैछन् ।”
Mutta Herra sanoi minulle: "Valhetta ennustavat profeetat minun nimessäni; minä en ole lähettänyt heitä, en käskenyt heitä enkä puhunut heille. Valhenäkyjä, turhia ennustuksia ja oman sydämensä petosta he ennustavat teille.
15 त्यसकारण परमप्रभु यसो भन्‍नुहुन्छ, “मैले नपठाएका अगमवक्ताहरू जसले मेरो नाउँमा अगमवाणी बोल्छन्, जसले यस देशमा कुनै तरवार वा अनिकाल पर्नेछैन भन्छन्, यी अगमवक्ताहरू तरवार र अनिकालले नष्‍ट पारिनेछन् ।
Sentähden, näin sanoo Herra profeetoista, jotka ennustavat minun nimessäni, vaikka minä en ole heitä lähettänyt, ja jotka sanovat, että miekka ja nälkä ei tule tähän maahan: miekkaan ja nälkään hukkuvat nämä profeetat.
16 त्यसपछि ती मानिसहरू जसलाई तिनीहरूले अगमवाणी बोले, तिनीहरू अनिकाल र तरवारको कारणले यरूशलेमका सडकहरूमा फ्याँकिनेछन्, किनकि त्यहाँ तिनीहरू, तिनीहरूका पत्‍नीहरू, छोराछोरीलाई गाड्ने कोही हुने छैनन्, किनकि म तिनीहरूका दुष्‍टता तिनीहरूमाथि नै खन्याउनेछु ।
Ja kansa, jolle he ennustavat, suistuu Jerusalemin kaduilla nälkään ja miekkaan, eikä kukaan heitä hautaa-ei heitä, ei heidän vaimojansa, poikiansa eikä tyttäriänsä. Minä vuodatan heidän pahuutensa heidän päällensä."
17 तिनीहरूलाई यो वचन भन्, ‘मेरा आँखाबाट दिनरात आँसु बगिरहोस् । त्यसलाई नरोक्, किनकि मेरो जातिकी कन्याको ठुलो विनाश हुनेछ । त्यसले ठुलो र निको नहुने चोट पाउनेछ ।
Ja sano heille tämä sana: Minun silmistäni vuotavat kyyneleet yötä päivää, eivät lakkaa; sillä neitsyt, tytär, minun kansani, on raskaasti runneltu, ylen kipeällä iskulla.
18 म मैदानमा गएँ भने, त्यहाँ तरवारले मारिएकाहरू हुन्छन् । म सहरमा आएँ भने, त्यहाँ अनिकालले ल्याएका रोगहरू हुन्छन् । अगमवक्ता र पुजारी दुवै देशको यताउता बरालिन्छन्, र तिनीहरूलाई थाहैछैन' ।”
Jos minä kedolle lähden, katso-miekan kaatamia! Jos tulen kaupunkiin, katso-kalvava nälkä! Sillä sekä profeetat että papit kiertävät maata eivätkä mitään tiedä.
19 के तपाईंले यहूदालाई बिलकुलै इन्कार गर्नुभएको हो? के तपाईं सियोनलाई घृणा गर्नुहुन्छ? जब हामी निको हुनुछैन भने किन तपाईं हामीलाई कष्‍ट दिनुहुन्छ? हामीले शान्तिको आशा गर्‍यौँ, तर त्यहाँ कुनै असल कुरा थिएन र निको हुने समय थिएन, तर हेर्नुहोस् त्‍यहाँ त्रास मात्र छ ।
Oletko sinä kokonaan hyljännyt Juudan, vierooko sielusi Siionia? Minkätähden olet lyönyt meitä, niin ettemme voi parantua? Odotetaan rauhaa, mutta hyvää ei tule, paranemisen aikaa, mutta katso, tulee peljästys!
20 हे परमप्रभु, हामी हाम्रा दोष, हाम्रा पुर्खाहरूका अपराध स्वीकार गर्छौं, किनकि हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं ।
Me tunnemme, Herra, jumalattomuutemme, isiemme pahat teot, sillä sinua vastaan me olemme syntiä tehneet.
21 हामीलाई नत्याग्‍नुहोस् । तपाईंको नाउँको निम्‍ति तपाईंको महिमित सिंहासनलाई अपमानित नगर्नुहोस् । हामीसित बाँध्‍नुभएको आफ्‍नो करार सम्झनुहोस्, र त्‍यसलाई नतोड्नुहोस् ।
Älä hylkää, nimesi tähden! Älä anna kunniasi valtaistuinta häväistäväksi; muista, älä riko, liittoasi meidän kanssamme.
22 के जातिहरूका कुनै बेकम्मा मूर्तिले वर्षा ल्याउँछ सक्‍छ र? वा के आकाश आफैले झरी पठाउँछ? हे परमप्रभु तपाईं नै हाम्रा परमेश्‍वर हुनुहुन्‍न र? हामीले तपाईंमा प्रतीक्षा गर्छौं, किनकि यी सबै कुरा गर्नुहुने तपाईं नै हुनुहुन्छ ।
Onko pakanain turhista jumalista sateen antajiksi, tahi taivasko antaa sadekuurot? Etkö sinä ole Herra, meidän Jumalamme? Sinua me odotamme, sillä sinä olet tehnyt kaiken tämän.

< यर्मिया 14 >