< यर्मिया 13 >
1 परमप्रभुले मलाई यसो भन्नुभयो, “जा र एउटा सुतीको पटुका किन्, र यसलाई तेरो कम्मरको चारैतिर बाँध, तर त्यसलाई पहिले पानीमा नभिजा ।”
主はわたしにこう言われた、「行って、亜麻布の帯を買い、腰に結べ。水につけてはならない」。
2 परमप्रभुले निर्देशन दिनुभएझैं मैले एउटा पटुका किनें र त्यसलाई मेरो कम्मरको चारैतिर बह्रें ।
そこで、わたしは主の言葉に従い、帯を買って腰に結んだ。
3 तब दोस्रो पटक परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
主の言葉は、再びわたしに臨んで言った、
4 “तैंले किनेको पटुका जुन तेरो कम्मरको चारैतिर बाँधिएको छ, त्यसलाई निकाल्, र उठ र परातमा जा । त्यहाँ चट्टानको धाँदोमा त्यसलाई लुका ।”
「あなたが買って腰に結んでいる帯を手に取り、立ってユフラテの川へ行き、その所の岩の裂け目にこれを隠せ」。
5 त्यसैले जसरी परमप्रभुले मलाई आज्ञा दिनुभएको थियो त्यसरी नै म गएँ र त्यसलाई परातमा लुकाएँ ।
わたしは主が命じられたように、行って、これをユフラテの川のほとりに隠した。
6 धेरै दिनपछि परमप्रभुले मलाई भन्नुभयो, “खडा हो र परातमा फर्केर जा । मैले तँलाई लुकाउन भनेको त्यो पटुका लिएर आइज ।”
多くの日を経てのち、主はわたしに言われた、「立って、ユフラテの川へ行き、あなたに命じて、そこに隠させた帯をその所から取ってきなさい」。
7 त्यसैले म परातमा फर्केर गएँ, र मैले लुकाएको ठाउँबाट त्यसलाई खनेर झिकेँ, र हेर, त्यो त नष्ट भएको र पूर्ण रूपमा बेकम्मा भएको थियो ।
そこでわたしはユフラテの川へ行き、地を掘って、隠した所から帯を取り出したが、その帯はそこなわれて、役に立たなくなっていた。
8 तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
その時、主の言葉がわたしに臨んだ、
9 “परमप्रभु यसो भन्नुहुन्छ, 'त्यसरी नै यहूदा र यरूशलेमको ठुलो अहंकारलाई म नाश गर्नेछु ।
「主はこう仰せられる、これと同じように、わたしはユダの高ぶりとエルサレムの大いなる高ぶりを、破るのである。
10 मेरो वचन सुन्न इन्कार गर्ने, आफ्नो हृदयको कठोरतामा हिंड्ने, अरू देवताहरूको पुजा गर्न तिनीहरूका पछि जाने र तिनीहरूको सामु निहुरने यो दुष्ट जाति त्यही पटुकाजस्तै हुनेछ, जसको कुनै काम छैन ।
この悪しき民はわたしの言葉を聞くことを拒み、自分の心を強情にして歩み、また他の神々に従ってこれに仕え、これを拝んでいる。彼らはこの帯のように、なんの役にも立たなくなる」。
11 जसरी एउटा पटुका कसैको कम्मरमा कसिएको हुन्छ, त्यसरी नै मैले इस्राएलका सबै घराना र यहूदाका सबै घरानालाई मेरो जाति हुन, मेरो नाउँ राख्न, मलाई इज्जत, प्रशंसा र आदर गर्न ममा कसिन लगाएको छु, यो परमप्रभुको घोषणा हो । तर तिनीहरूले मेरो कुरा सुन्दैनन् ।
主は言われる、「帯が人の腰に着くように、イスラエルのすべての家とユダのすべての家とをわたしに着かせ、これをわたしの民とし、名とし、誉とし、栄えとしようとした。しかし彼らは聞き従おうともしなかった」。
12 त्यसैले तैंले यो वचन तिनीहरूलाई भन्नुपर्छ, 'परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छः हरेक मशक दाखमद्यले भरिनेछ ।' तिनीहरूले तँलाई भन्नेछन्, 'हरेक मशक दाखमद्यले भरिनेछ भनेर के हामीलाई थाहा छैन र?'
「あなたはこの言葉を彼らに語らなければならない、『イスラエルの神はこう言われる、酒つぼには、みな酒が満ちる』と。彼らはあなたに言うであろう、『酒つぼに、みな酒が満ちることをわれわれが知らないことがあろうか』と。
13 त्यसैले तिनीहरूलाई भन्, 'परमप्रभु यसो भन्नुहुन्छः हेर, यस देशको हरेक बासिन्दा अर्थात् दाऊदको सिंहासनमा बस्ने राजाहरू, पुजारीहरू, अगमवक्ताहरू र यरूशलेमका सबै बासिन्दालाई मैले पियक्कडपनले भर्न लागेको छु ।
その時、あなたは彼らに言わなければならない、『主はこう言われる、見よ、わたしはこの地に住むすべての者と、ダビデの位に座す王たちと、祭司と預言者およびエルサレムに住むすべての者に酔いを満たし、
14 तब प्रत्येक मानिसलाई अर्कोको विरुद्धमा, बुबाहरूलाई छोराछोरीका विरुद्धमा नष्ट पार्न लगाउनेछु, यो परमप्रभुको घोषणा हो, म तिनीहरूलाई दया देखाउने वा टिठ्यानेछैनँ, र तिनीहरूलाई विनाशबाट जोगाउनेछैनँ ।'
彼らを互に打ち当てて砕く。父と子をもそのようにすると、主は言われる。わたしは彼らをあわれまず、惜しまず、かわいそうとも思わずに滅ぼす』と」。
15 सुन, र ध्यान देओ । अहङ्कारी नहोओ, किनकि परमप्रभुले बोल्नुभएको थियो ।
耳を傾けて聞け、高ぶってはならない、主がお語りになるからである。
16 परमप्रभु तिमीहरूका परमेश्वरले अन्धकार ल्याउनुअगि र उहाँले तिमीहरूका खुट्टा अँध्यारोमा पहाडहरूमा ठेस लगाउनु अगि उहाँलाई आदर देओ । किनकि तिमीहरू ज्योतिको खोजी गर्दैछौ, तर उहाँले त्यस ठाउँलाई घोर अन्धकार, बाक्लो बादलमा परिणत गर्नुहुनेछ ।
主がまだやみを起されないうちに、またあなたがたの足が薄暗がりの山につまずかないうちに、あなたがたの神、主に栄光を帰せよ。さもないと、あなたがたが光を望んでいる間に、主はそれを暗黒に変え、それを暗やみとされるからである。
17 त्यसैले तिमीहरूले सुनेनौ भने, तिमीहरूको अहङ्कारको कारणले म एक्लै रुनेछु । निश्चय नै म रुनेछु, र मेरा आँखाबाट आँसुका धारा बग्नेछ, किनकि परमप्रभुको बगाल कैदमा लगिएको छ ।
もしあなたがたが聞かないならば、わたしの魂はひそかな所で、あなたがたの高ぶりのために悲しむ。また主の群れが、かすめられたために、わたしの目はいたく泣いて、涙を流すのである。
18 “राजा र राजमातालाई भन्, 'आ-आफ्नो सिंहासनबाट ओर्लेर तल आओ, किनकि तिमीहरूका गौरवशाली मुकुटहरू तिमीहरूका शिरबाट खसेका छन् ।'
王と太后とに告げよ、「あなたがたは低い座にすわりなさい。麗しい冠はすでにあなたがたの頭から落ちてしまったからです」。
19 नेगेवका सहरहरू थुनिने छन् । तिनलाई खोल्ने कोही हुनेछैन । सारा यहूदा कैदमा लगिनेछन् । पूर्ण रूपमा कैदमा लगिनेछन् ।
ネゲブの町々は閉ざされて、これを開く人がない。ユダはみな捕え移される、ことごとく捕え移される。
20 आफ्ना आँखा उठाओ र उत्तरबाट आइरहेकाहरूलाई हेर् । उहाँले तँलाई दिनुभएको बगाल, तेरो लागि साह्रै सुन्दर बगाल कहाँ छ?
「目をあげて、北の方からくる者を見よ、あなたに賜わった群れ、あなたの麗しい群れはどこにいるのか。
21 तैंले तालिम दिएकाहरूलाई नै तेरा खास मित्रहरू हुन परमेश्वरले तँमाथि राख्नुहुँदा तैंले के भन्नेछस्? के यी एउटी स्त्रीले प्रसव-वेदनामा पीडा भोगेजस्तै तैंले भोग्ने पीडाको थालनी होइन र?
彼らがあなたの親しみ慣れた人たちを、あなたの上に立ててかしらとするとき、あなたは何を言おうとするのか。あなたの苦しみは、子を産む女の苦しみのようでないであろうか。
22 तब तैंले आफ्नो हृदयमा भन्लास्, 'यी कुरा ममाथि किन आइरहेका छन्?' तेरा अपराधको थुप्रोको कारणले तेरो फरिया उचालिएको छ, र तँलाई कुव्यवहार गरिएको छ ।
あなたが心のうちに、『どうしてこのようなことがわたしに起ったのか』というならば、あなたの罪が重いゆえに、あなたの着物のすそはあげられ、はずかしめを受けるのだ。
23 के कूशका मानिसहरूले आफ्नो छालाको रङ बद्लन सक्छन् र, वा चितुवाले आफ्नो छालाको थोप्ला बद्लन सक्छ र? त्यसो हो भने, दुष्टताको निम्ति बानी परेको तैंले पनि भलाइ गर्न सक्छस् ।
エチオピヤびとはその皮膚を変えることができようか。ひょうはその斑点を変えることができようか。もしそれができるならば、悪に慣れたあなたがたも、善を行うことができる。
24 मरुभूमिको बतासमा उडाइने भुसजस्तै म तिनीहरूलाई तितर-बितर पार्नेछु ।
わたしはあなたがたを散らし、野の風に吹き散らされるもみがらのようにする。
25 मैले तँलाई यही कुरा दिएको छु, तेरो निम्ति मैले आदेश दिएको हिस्सा यही हो, यो परमप्रभुको घोषणा हो, किनकि तैंले मलाई भुलेको छस् र छलमाथि भरोसा गरेको छस् ।
主は言われる、これがあなたに授けられた定め、わたしが量ってあなたに与える分である。あなたがわたしを忘れて、偽りを頼みとしたからだ。
26 त्यसैले म आफैले पनि तेरो फरिया उठानेछु, र तेरो गुप्ताङ्ग देखिनेछ ।
わたしはまたあなたの着物のすそを顔まであげて、あなたの恥をあらわす。
27 मैले तेरो व्यभिचार, हिनहिनाइ, डाँडाहरू र मैदानहरूमा भएको तेरो वेश्यावृत्तिको दुष्टता देखेको छु, र यी घृणित कुराहरू मैले देखेको छु । ए यरूशलेम, तँलाई धिक्कार! तँलाई फेरि शुद्ध हुन कति समय लाग्नेछ?”
わたしはあなたの憎むべき行い、あなたの姦淫と、いななき、野の丘の上で行ったあなたのみだらな行いを見た。エルサレムよ、あなたはわざわいだ、あなたの清められるのはいつのことであろうか」。