< यर्मिया 11 >
1 परमप्रभुबाट यर्मियाकहाँ यसो भनेर वचन आयो,
Słowo, które się stało do Jeremijasza od Pana mówiąc:
2 “यस करारका वचनहरूलाई सुन्, अनि यहूदाका हरेक मानिस र यरूशलेमका बासिन्दाहरूलाई ती घोषणा गर् ।
Słuchajcie słów przymierza tego, którebyście mówili do mężów Judzkich i do obywateli Jeruzalemskich;
3 तिनीहरूलाई भन्, 'परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छः यस करारका वचनहरू नसुन्ने जोसुकै श्रापित होस् ।
A rzeczesz do nich: Tak mówi Pan, Bóg Izraelski: Przeklęty ten człowiek, któryby nie usłuchał słów przymierza tego,
4 मैले तिमीहरूका पुर्खाहरूलाई मिश्रदेश अर्थात् फलाम पगाल्ने भट्टीबाट ल्याएको दिनमा यो करारको पालन गर्न आज्ञा दिएको थिएँ । मैले भनें, 'मेरो आवाजलाई सुन र मैले तिमीहरूलाई आज्ञा गरेका यी सबै कुरा पालन गर, किनकि तिमीहरू मेरो जाति हुनेछौ, र म तिमीहरूका परमेश्वर हुनेछु ।'
Którem przykazał ojcom waszym dnia, któregom ich wywiódł z ziemi Egipskiej, z pieca żelaznego, mówiąc: Słuchajcie głosu mojego, a czyńcie to wszystko, co wam rozkazuję, i będziecie ludem moim, a Ja będę Bogiem waszym;
5 मेरो आज्ञा पालन गर ताकि दूध र मह बग्ने देश दिनेछु भनी मैले तिमीहरूका पुर्खाहरूसित खाएको शपथ म पुरा गर्न सक्छु ।' तब म यर्मियाले जवाफ दिएँ र भनें, 'हे, परमप्रभु हवस् ।'
Abym spełnił przysięgę, którąm przysiągł ojcom waszym, że im dam ziemię opływającą mlekiem i miodem: jako się to dziś okazuje. Któremu odpowiedziawszy rzekłem: Amen, Panie!
6 परमप्रभुले मलाई भन्नुभयो, “यहूदाका सहरहरू र यरूशलेमका सडकहरूका यी सबै कुराको घोषणा गर् । यसो भन्, 'यस करारका वचनहरूलाई सुन र तिनलाई कार्यावन्यन गर ।
I rzekł Pan do mnie: Obwoływaj wszystkie te słowa w miastach Judzkich i po ulicach Jeruzalemskich, mówiąc: Słuchajcie słów przymierza tego, a czyńcie je.
7 किनकि मैले तिमीहरूका पुर्खाहरूलाई मिश्रदेशबाट ल्याएको दिनदेखि वर्तमान समयसम्म निरन्तर रूपमा तिनीहरूलाई चेताउनी दिंदै र 'मेरो आवाज सुन,' भन्दै गम्भीर आज्ञाहरू दिंदै आएको छु ।
Bo oświadczając oświadczałem się przed ojcami waszymi ode dnia, któregom ich wywiódł z ziemi Egipskiej, aż do dnia tego; rano wstawając i oświadczając się, mawiałem: Słuchajcie głosu mego.
8 तर तिनीहरूले सुनेनन्, वा ध्यानै दिएनन् । हरेक व्यक्ति आफ्नै दुष्ट हृदयको कठोरतामा हिंडिरहेको छ । त्यसैले यस करारमा मैले तिनीहरूलाई आज्ञा गरेका सबै श्राप मैले तिनीहरूका विरुद्धमा ल्याएँ । तर मानिसहरूले अझै पनि आज्ञा मानेनन् ।”
Ale nie usłuchali, ani nakłonili ucha swego; owszem każdy szedł za uporem serca swego złego. Przetożem przywiódł na nich wszystkie słowa przymierza tego, którem rozkazał, aby czynili; ale oni nie czynili.
9 त्यसपछि परमप्रभुले मलाई भन्नुभयो, “यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दाहरूका बिचमा भएको एउटा षड्यन्त्र पत्ता लागेको छ ।
I rzekł Pan do mnie: Znalazło się sprzysiężenie miedzy mężami Judzkimi, i między obywatelami Jeruzalemskimi;
10 तिनीहरू आफ्ना पहिलेका पुर्खाहरूका अधर्मतर्फ लागेका छन् जसले मेरो वचन सुन्न इन्कार गरी अरू देवताहरूको पुजा गर्न तिनीहरूको पछि लागे । इस्राएलको घराना र यहूदाको घरानाले मैले तिनीहरूका पुर्खाहरूसित स्थापित गरेको मेरो करार तोडे ।
Obrócili się do nieprawości ojców swoich pierwszych, którzy nie chcieli słuchać słów moich; także i ci chodzą za bogami cudzymi, służąc im; zgwałcili dom Izraelski i dom Judzki przymierze moje, którem był postanowił z ojcami ich.
11 त्यसकारण परमप्रभु यसो भन्नुहुन्छ, 'हेर, मैले तिनीहरूमाथि यस्तो विपत्ति ल्याउनै लागेको छु, जुन विपत्तिबाट तिनीहरू भाग्न सक्ने छैनन् । तब तिनीहरूले मेरो पुकारा गर्नेछन्, तर म तिनीहरूको कुरा सुन्नेछैनँ ।
Dlatego tak mówi Pan: Oto Ja przywiodę na nich złe, z którego nie będą mogli wyjść; choćby wołali do mnie, nie wysłucham ich.
12 यहूदाका सहरहरू र यरूशलेमका बासिन्दाहरू जानेछन्, र तिनीहरूले भेटी चढाएका देवताहरूलाई पुकार्नेछन्, तर तिनीहरूको विपत्तिको समयमा निश्चय पनि तिनीहरू ती देवताहरूद्वारा बचाइनेछैनन् ।
I pójdą miasta Judzkie i obywatele Jeruzalemscy, a będą wołali do bogów, którym kadzą; ale ich żadnym sposobem nie wybawią czasu utrapienia ich.
13 किनकि तँ यहूदाले तेरा देवताहरूको सङ्ख्या वृद्धि गरेर तेरा सहरहरूको सङ्ख्या बराबर तुल्याएको छस् । तैंले यरूशलेममा त्यसका सडकहरूको सङ्ख्या जत्तिकै धेरै लज्जास्पद वेदीहरू, बाल देवताको निम्ति धुप बाल्ने वेदीहरू बनाएको छस् ।
Aczkolwiek ile jest miast twoich, tyle bogów twoich, o Judo! a ile ulic Jeruzalemskich, tyleście nastawiali ołtarzów obrzydliwości, ołtarzów do kadzenia Baalowi.
14 त्यसैले ए यर्मिया, तँ आफूले यी मानिसहरूको निम्ति प्रार्थना नचढा । तिनीहरूको पक्षमा तैंले विलाप वा बिन्ती गर्नहुँदैन । किनकि तिनीहरूले आफ्नो विपत्तिमा मलाई पुकारा गर्दा म तिनीहरूको पुकारा सुन्नेछैन्नँ ।
Przetoż się ty nie módl za tym ludem, ani podnoś za nimi głosu i modlitwy; bo Ja ich nie wysłucham natenczas, gdy do mnie zawołają w utrapieniu swojem.
15 मेरी प्रिय जससित धेरै दुष्ट मनसाय थिए, त्यो किन मेरो मन्दिरमा छे? तेरा बलिदानहरूको मासुले तँलाई मदत गर्न सक्दैन । तेरा दुष्ट कामहरूको कारणले तँ आनन्द मनाउँछस् ।
Cóż miłemu memu do domu mego? ponieważ bez wstydu pacha złości z wieloma, a ofiary święte odeszły od ciebie; i że się w złości swojej radujesz.
16 विगतमा परमप्रभुले तँलाई झ्याम्म परेको जैतूनको रुख, रहरलाग्दो फल भएको सुन्दर रुख भन्नुभयो । तर उहाँले यसमा आगो सल्काउनुहुनेछ, जुन आँधीबेहरीको गर्जनजस्तो सुनिनेछ । यसका हाँगाहरू भँचिनेछन् ।
Oliwą zieloną, piękną, dla owocu ślicznego nazwał był Pan imię twoje; ale z szumem burzy wielkiej zapali ją ogniem z góry, gdy połamie gałęzie jej.
17 इस्राएलको घराना र यहूदाको घरानाले गरेका दुष्ट कामहरूको कारणले तिमीहरूलाई रोप्नुहुने सर्वशक्तिमान् परमप्रभुले तिमीहरूको विरुद्धमा विपत्तिको आदेश दिनुभएको छ— तिनीहरूले बाल देवतालाई भेटीहरू चढाएर मलाई रिस उठाएका छन् ।”
Bo Pan zastępów, który cię był wszczepił, wyrzekł złe przeciwko tobie dla złości domu Izraelskiego i domu Judzkiego, które czynili między sobą, aby mię draźnili, kadząc Baalowi.
18 परमप्रभुले मलाई यी कुराहरू अवगत गराउनुभयो, त्यसैले म यी जान्दछु । हे परमप्रभु, तपाईंले नै मलाई तिनीहरूका कामहरू देखाउनुभयो ।
Pan zaiste oznajmił mi, i dowiedziałem się; tedyś mi ukazał przedsięwzięcia ich,
19 म त कसाइकहाँ लगिंदै गरेको अवोध थुमाजस्तै थिएँ । तिनीहरूले मेरो विरुद्धमा यस्तो योजना रचेका थिए भनी मलाई थाहा थिएन, “रुखलाई त्यसको फलसमेत नष्ट पारौं । फेरि त्यसको नाउँ नै नसम्झने गरी त्यसलाई जीवितहरूको देशबाट निष्काशित गरौं ।”
Gdym był jako baranek i wół, którego wiodą na rzeź; bom nie wiedział, aby przeciwko mnie rady zmyślali mówiąc: Popsujemy drzewo z owocem jego, a wykorzeńmy go z ziemi żyjących, aby imię jego nie było więcej wspomniane.
20 तापनि सर्वशक्तिमान् परमप्रभु धार्मिक न्यायाधीश हुनुहुन्छ जसले हृदय र मनको जाँच गर्नहुन्छ । तिनीहरूको विरुद्धमा तपाईंको बदलाको म साक्षी बन्नेछु किनकि मैले मेरो विषय तपाईंको सामु पेस गरेको छु ।
Ale, o Panie zastępów! który sprawiedliwie sądzisz, a doświadczasz nerek i serca, niech widzę pomstę twoję nad nimi; bom ci objawił sprawę moję.
21 त्यसकारण परमप्रभु तेरो प्राण लिन खोज्ने अनातोतका मानिसहरूको सम्बन्धमा यसो भन्नुहुन्छ, “तिनीहरू भन्छन्, 'तैंले परमप्रभुको नाउँमा अगमवाणी बोल्नुहँदैन, नत्रता तँ हाम्रा हातबाट मर्नेछस् ।'
Dlatego tak mówi Pan o mężach z Anatot, którzy szukają duszy twojej, a mówią: Nie prorokuj w imieniu Pańskiem, abyś nie umarł od rąk naszych:
22 त्यसकारण सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, 'हेर, मैले तिनीहरूलाई दण्ड दिनै लागेको छु । तिनीहरूका हट्टाकट्टा युवाहरू तरवारले मारिनेछन् । तिनीहरूका छोराहरू र छोरीहरू अनिकालद्वारा मर्नेछन् ।
A przetoż tak mówi Pan zastępów: Oto ja nawiedzę ich; młodzieńcy ich pomrą od miecza, synowie ich i córki ich pomrą głodem.
23 तिनीहरूमध्ये कोही पनि छाडिनेछैन, किनकि म अनातोतका मानिसहरूको विरुद्धमा विपत्ति ल्याउँदैछु, जुन तिनीहरूको दण्डको वर्ष हुनेछ' ।”
I nic nie zostanie z nich; bo przywiodę złe na mężów z Anatot roku nawiedzenia ich.