< यर्मिया 10 >
1 हे इस्राएलका घराना हो, परमप्रभुले तिमीहरूलाई घोषणा गरिरहनुभएको वचन सुन ।
Послухайте слова того́, що вам каже Госпо́дь, о доме Ізраїлів!
2 परमप्रभु यसो भन्नुहुन्छ, “जाति-जातिहरूका चाल नसिक, र आकाशका चिन्हहरूदेखि भयभीत नहोओ किनकि जातिहरू यसबाट भयभीत हुन्छन् ।
Так говорить Госпо́дь: Не навчайтесь доріг цих наро́дів, і небесних озна́к не лякайтесь, — бо тільки пога́ни лякаються їх!
3 किनकि यी मानिसहरूका धार्मिक प्रचलनहरू बेकम्मा छन् । तिनीहरू जङ्गलमा भएको एउटा रुख काट्छन्, र कारीगरले काठको मूर्ति बनाउँछ ।
Бо устави наро́дів — марно́та вони, божок бо — це дерево, з лісу ви́рубане, і це ді́ло рук майстра сокирою!
4 त्यसपछि तिनीहरूले सुन र चाँदीले त्यसलाई सजाउँछन् । त्यो नढलोस् भनेर तिनीहरूले त्यसलाई घन र किल्लाले ठोक्दछन् ।
Срі́блом та зло́том його прикра́шають, цвя́хами та молотка́ми прикрі́плюють їх, і він не захитається.
5 तिनीहरूले हातले बनाएको कुरो काँक्रोको बारीमा राखिने पुतलाजस्तो हो, किनकि तिनीहरूले पनि केही भन्न सक्दैनन्, र तिनीहरू हिंड्न नसक्ने भएका हुनाले तिनलाई बोक्नुपर्छ । तिनीहरूदेखि नडराओ, किनकि तिनीहरूले खराबी ल्याउन सक्दैनन्, न त तिनीहरूले कुनै भलाइ नै गर्न सक्छन् ।”
Вони, як опу́дало на огірко́вім горо́ді, й безмовні, і конче їх носять, бо не ходять вони. Не бійтеся їх, бо не вчинять лихого, і також учинити добро — це не в їхній силі!
6 हे परमप्रभु, तपाईंजस्तो कोही पनि छैन । तपाईं महान् हुनुहुन्छ, र तपाईंको नाउँ शक्तिमा महान् छ ।
Такого, як Ти, нема, Господи: Ти великий й велике Ім'я́ Твоє могу́тністю!
7 हे जातिहरूका महाराजा, तपाईंदेखि को डराउँदैन र? तपाईं यसैको लागि योग्य हुनुहुन्छ, किनकि जातिहरूका सबै बुद्धिमान् मानिसहरू र तिनीहरूका सबै राज्यहरूका बिचमा तपाईंजस्तो कोही पनि छैन ।
Хто не буде боятись Тебе, Ца́рю наро́дів? Бо Тобі це належить, бо між усіма́ мудреця́ми наро́дів і в усьо́му їхньому царстві немає такого, як Ти!
8 तिनीहरू सबै उस्तै छन् । तिनीहरू बुद्धिहीन र मूर्ख छन् । तिनीहरू मूर्तीका चेलाहरू हुन् जुन काठबाहेक केही पनि होइन ।
Вони стали всі ра́зом безумні й безглузді, — наука марна́ — оце дерево!
9 तर्शीशबाट पिटिएका चाँदी अनि उपज देशबाट सुनारहरू, शुद्ध पार्नेका हातद्वारा बनाइएका सुन तिनीहरूले ल्याउँछन्, तिनीहरूका वस्त्रहरू निलो र बैजनी कपडा हुन् । तिनीहरूका सिपालु मानिसहरूले यी सबै कुरा बनाए ।
Срібна бляха з Тарші́шу приве́зена, злото ж з Офі́ру, праця ма́йстра й руки́ золота́рської, блаки́ть та пурпу́ра — їхня одіж, усі́ вони — праця мистців.
10 तर परमप्रभु नै साँचो परमेश्वर हुनुहुन्छ । उहाँ नै जीवित परमेश्वर र अनन्तका राजा हुनुहुन्छ । उहाँको रिसमा पृथ्वी हल्लिन्छ, र जातिहरूले उहाँको रिस सहन सक्दैनन् ।
А Господь — Бог правдивий, Він — Бог Живий та Цар вічний! Від гніву Його затрясе́ться земля, і не знесу́ть Його гніву наро́ди.
11 तपाईं तिनीहरूसित यसरी बोल्नुहुन्छ, “स्वर्ग र पृथ्वी नबनाउने देवताहरू पृथ्वीबाट र यी आकाशको तलबाट नष्ट हुनेछन् ।
Отак їм скажіть: бо́ги, що неба й землі не вчинили, погинуть з землі та з-під неба цього!
12 तर उहाँले पृथ्वीलाई आफ्नो शक्तिले बनाउनुभयो, र उहाँले आफ्नो बुद्धिले संसार स्थापित गर्नुभयो, र आफ्नो समझशक्तिले आकाशलाई फैलाउनुभयो ।
Своєю Він силою землю вчинив, Своєю премудрістю міцно поставив вселе́нну, і небо напну́в Своїм розумом.
13 उहाँको आवाजले आकाशमा पानीको गर्जन ल्याउँछ, र उहाँले पृथ्वीको कुनाबाट तुसारो ल्याउनुहुन्छ । उहाँले वर्षाको लागि चट्याङ पार्नुहुन्छ, र आफ्नो भण्डारबाट बतास पठाउनुहुन्छ ।
Як голос Його забрини́ть, — у небеса́х шумлять води, а коли підіймає Він хмари із кра́ю землі, коли бли́скавки чинить дощем та вітер виво́дить з криївок Своїх,
14 हरेक मानिस ज्ञानविना अज्ञानी भएको छ । धातुको काम गर्ने हरेक आफ्ना मूर्तिहरूबाट नै लाजमा परेको छ । किनकि त्यसले बनाएका मूर्तिहरू झूटा हुन् । तिनमा जीवन छैन ।
тоді кожна люди́на дурі́є в своєму знанні́, усяк золота́р посоро́млений через бовва́на, бо ві́длив його — це неправда, і немає в них духа!
15 ती बेकम्मा छन्, गिल्ला गर्नेहरूको काम हुन् । तिनीहरूको दण्डको समयमा तिनीहरू नष्ट हुनेछन् ।
Марно́та вони, вони праця на сміх, — в час наві́щення їх вони згинуть!
16 तर परमेश्वर जो याकूबको हिस्सा हुनुहुन्छ, उहाँ तीजस्ता छैनन्, किनकि उहाँ त सबै कुराका निर्माणकर्ता हुनुहुन्छ । इस्राएल उहाँको उत्तराधिकारको कुल हो । सर्वशक्तिमान् परमप्रभु उहाँको नाउँ हो ।
Не така, як оці, частка Яковова, бо Він все вформува́в, а Ізраїль — племе́но спа́дку Його, Господь Савао́т — Його Йме́ння!
17 ए घेराबन्दीमा बाँचेका मानिसहरू हो, आ-आफ्नो पोकोपन्तरो जम्मा गर र देश छोड ।
Забери із землі свій това́р, ти, що сидиш ув обло́зі!
18 किनकि परमप्रभु यसो भन्नुहुन्छ, “हेर्, यस बेला यो देशका बासिन्दाहरूलाई मैले बाहिर फाल्न लागेको छु । म तिनीहरूमाथि सङ्कष्ट ल्याउनेछु, र तिनीहरूले यस्तै भएको भेट्टाउनेछन् ।”
Бо Господь каже так: Ось цим ра́зом Я кину мешка́нців цієї землі, мов із пра́щі, і прити́сну їх так, щоб пізна́ння знайшли.
19 मलाई धिक्कार छ! मेरा हड्डी भाँचिएका हुनाले मेरो चोट सङ्क्रमित भएको छ । त्यसैले मैले भनें, “निश्चय नै यो वेदना हो, तर मैले त्यो सहनैपर्छ ।”
Ой, горе мені з-за нещастя мого́, моя рана болю́ча! А я говорив: це хвороба моя, і знесу́ я її.
20 मेरो पाल तहस-नहस पारिएको छ, र मेरा पालका सबै डोरी दुई टुक्रा पारेर काटिएका छन् । तिनीहरूले मेरा बालबालिकालाई मबाट टाढा लगेका छन्, त्यसैले तिनीहरू अब छैनन् । मेरो पाल टाँग्न वा मेरा पर्दाहरू उठाउन त्यहाँ अब फेरि कोही छैन ।
Наме́та мого́ попусто́шено і зі́рвані всі мої шну́ри. Розійшли́сь мої діти від мене й нема їх, нема вже кому́ розтягну́ти наме́та мого́ та пові́сити заві́си мої.
21 किनकि गोठालाहरू मूर्ख छन्, र तिनीहरूले परमप्रभुको खोजी गर्दैनन् । त्यसैले तिनीहरूको उन्नति भएको छैन, र तिनीहरूका सबै बगाल तितर-बितर भएका छन् ।
Бо па́стирі стали безглу́зді, і вони не зверта́лись до Господа, — тому́ не щасти́лося їм, і розпоро́шене все їхнє ста́до.
22 समाचारको खबर आएको छ, “हेर, यहूदाका सहरहरूलाई उजाड पारेर स्यालहरूका लुक्ने ठाउँ बनाउनलाई उत्तरको देशबाट एउटा ठुलो भूकम्प आउँदैछ ।”
Голос звістки: Іде ось, і гу́ркіт великий з півні́чного кра́ю, щоб ю́дські міста́ оберну́ти в спусто́шення, на мешка́ння шака́лів.
23 हे परमप्रभु, म जान्दछु, मानिसको चाल ऊ आफैबाट आउँदैन । हिंडिरहेको कुनै पनि व्यक्तिले आफ्ना कदमहरूलाई निर्देशन दिंदैन ।
Знаю, Господи, я, що не в волі люди́ни доро́ги її, не в силі люди́ни, коли вона ходить, кермува́ти своїм кро́ком.
24 हे परमप्रभु, मलाई न्यायले अनुशासित गर्नुहोस्, तपाईंको रिसमा होइन, नत्रता तपाईंले मलाई नष्ट गर्नुहुनेछ ।
Карай мене, Господи, тільки ж за су́дом, не гнівом Своїм, щоб не знищити мене́!
25 तपाईंले नचिन्ने जातिहरू र तपाईंको नाउँ नपुकार्ने परिवारहरूमाथि तपाईंको क्रोध खन्याउनुहोस् । किनकि तिनीहरूले याकूबलाई निलेका छन् र भष्म पारेका छन् यसरी उसलाई पूर्ण रूपमा नास पारेका र उसको बासस्थानलाई उजाड पारेका छन् ।
Вилий лю́тість Свою на наро́ди, що не знають Тебе, та на ро́ди, що Йме́ння Твого не кликали, що Якова з'їли й поже́рли його, і погубили його, а мешка́ння його опусто́шили!“