< याकूब 1 >

1 परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टका सेवक याकूबबाट, छरपष्‍ट भएका बाह्र कुललाई अभिवादन ।
这封信来自上帝和主耶稣基督的仆人雅各,写给散落在各国的十二支派。在此向你们问候!
2 मेरा भाइहरू हो, तिमीहरूले अनेकौँ किसिमका समस्याहरूको अनुभव गर्दा त्यसलाई पूर्ण रूपमा आनन्द सम्झ,
我的朋友们,当你们遭遇各种困难时,请选择保持欢喜;
3 तिमीहरू जान्दछौ, कि तिमीहरूको विश्‍वासको जाँचले धैर्य उत्‍पन्‍न गराउँदछ ।
因为你们知道,这些都是挑战你对上帝的信心,这个过程会产生忍耐。
4 धैर्यलाई पूर्ण रूपमा काम गर्न देओ, ताकि तिमीहरू सम्पूर्ण रूपमा सुधारिएको र पूर्ण हुन सक र तिमीहरूमा कुनै कुराको कमी नहोस् ।
希望你们的忍耐尽可能强大,让你们可以彻底成熟,没有任何匮乏。
5 तर यदि तिमीहरूमध्ये कसैलाई बुद्धिको खाँचो छ भने, माग्‍ने जति सबैलाई उदारतासँग र नहप्काइकन दिनुहुने परमेश्‍वरसँग उसले मागोस् र उहाँले उसलाई त्यो दिनुहुनेछ ।
你们如有人需要智慧,就询问上帝,他慷慨厚赐众人,从无保留。
6 तर उसले शङ्का नगरी विश्‍वाससाथ मागोस् । किनभने शङ्का गर्नेचाहिँ बतासले हुत्त्याउने र यताउता पल्टाउने समुद्रको छालजस्‍तो हुन्छ ।
但要凭着对他的信念祈求他,不要有疑惑。疑惑之人,正如被风吹拂翻腾的碎浪。
7 त्यस्तो व्यक्‍तिले परमप्रभुबाट कुनै पनि कुरा पाउनेछु भनी नसोचोस् ।
那样的人别想从主那里获得什么——
8 त्यस्तो व्यक्‍ति दोहोरो मनको हुन्छ, र आफ्ना सबै चालमा ऊ अस्थिर हुन्छ ।
因为这样三心两意之人,在所有道路上都会摇摆不定。
9 दीन भाइले आफ्नो उच्‍च अवस्थामा गर्व गरोस्,
出身贫穷的信徒,应当以赐予他们的高位为荣;
10 तर धनी मानिसले आफ्नो दीनतामा गर्व गरोस्, किनभने ऊ घाँसमा फलेको जङ्गली फुलझैँ ओइलाएर बितिजानेछ ।
富足之人也不应该以谦卑之位为辱;因为他们会向田野中的花,必会枯萎。
11 किनकि प्रचण्ड तापसहित सूर्य उदाउँछ र घाँसलाई सुकाइदिन्‍छ । फुल झर्छ, र त्‍यसको सौन्‍दर्य नष्‍ट हुन्छ । त्यसै गरी, धनी मानिस आफ्नो यात्राको बिचमा नै बिलाएर जानेछ ।
太阳出来,热风一吹,草就会枯干,花必凋谢,它的美也会消散;富足之人也会以同样方式失去所获得的一切。
12 त्‍यो मानिस धन्‍यको हो जो परीक्षामा स्‍थिर रहन्‍छ । किनभने परीक्षामा सफलता प्राप्‍त गरिसकेपछि उसले जीवनको मुकुट पाउनेछ, जुन परमेश्‍वरलाई प्रेम गर्नेहरूका निम्ति प्रतिज्ञा गरिएको छ ।
能忍受磨炼之人是有福的;因为在证明其值得信赖后,他们必会获得生命的王冠,这是主向爱他之人做出的承诺。
13 परीक्षामा पर्दा “यो परीक्षा परमेश्‍वरबाट आएको हो” भनी कसैले पनि नभनोस् किनभने दुष्‍टबाट परमेश्‍वरको परीक्षा हुँदैन र उहाँ आफैँले पनि कसैको परीक्षा गर्नुहुन्‍न ।
一个人在被试探时不可说“上帝在试探我”;因为上帝无法被恶试探,他也不会试探任何人。
14 तर हरेक व्यक्‍ति आफ्नै अभिलाषाद्वारा परीक्षामा पर्दछ, जसले उसलाई बहकाउँछ र प्रलोभनमा पार्दछ ।
这试探来自我们自己的邪恶欲望,它让我们迷失,给我们设下陷阱。
15 अभिलाषाले गर्भधारण गरेपछि त्यसले पाप जन्माउँछ । अनि पाप पूर्ण रूपमा बढेपछि त्यसले मृत्यु ल्याउँछ ।
这样的欲望会生出罪;罪成长后就成为死亡。
16 मेरा प्रिय भाइहरू हो, धोकामा नपर ।
我亲爱的朋友们,不要被欺骗。
17 हरेक असल वरदान र हरेक सिद्ध वरदान माथिबाटको हो । ज्योतिका पिताबाट त्यो तल आउँछ । उहाँ बद्‌लिरहने छायाजस्तो बद्‌लिनुहुन्‍न ।
所有的美好、所有完美的礼物,都是来自上面,并从创造太阳、月亮和星星的父那里下,与他们不同的是,他不会改变,他不会动摇或产生阴影。
18 उहाँले सृष्‍टि गर्नुभएका सबै कुरामध्‍ये हामी पहिलो फलझैँ हुन सकौँ भनेर परमेश्‍वरले सत्यको वचनद्वारा हामीलाई जीवन दिनलाई चुन्‍नुभयो ।
他选择通过真理之道给我们新生命,通过这种方式,在他所创造的万物中,我们对他才会如此特别。
19 मेरो प्रिय भाइहरू हो, तिमीहरू यो जान्‍दछौः हरेक मानिस सुन्‍नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा होस् ।
我亲爱的朋友们,请记住,人人都应该快速聆听,但要慢慢地说,慢一点动怒;
20 किनभने मानिसको रिसले परमेश्‍वरको धार्मिकताको काम गर्दैन ।
因为人的愤怒无法体现上帝的良善特征。
21 यसकारण, सबै पापमय घिनलाग्‍दा कुरा र दुष्‍टताको प्रचुरतालाई मिल्‍काइदेओ । रोपिएको वचनलाई विनम्रतामा धारण गर जसले तिमीहरूका प्राणलाई बचाउन सक्‍छ ।
所以要摆脱一切污秽和邪恶,谦卑地接受植入你们心中的道,因为这道能拯救你们。
22 आफैँलाई धोका दिने गरी वचन सुन्‍ने मात्र होइन, तर पालन पनि गर ।
你们的行为应该遵守道的指示,不要只是听,不要自己欺骗自己;
23 किनकि यदि कोही वचन सुन्‍ने मात्र व्यक्‍ति हो, तर पालन गर्ने व्यक्‍ति होइन भने ऊ ऐनामा आफ्नो स्वाभाविक अनुहार जाँच्‍ने मानिसजस्तै हो ।
如果你只去听道而不践行,就像盯着镜子中自己的脸。
24 उसले आफैँलाई जाँच्छ र गइहाल्छ र ऊ कस्‍तो थियो भन्‍ने कुरा तुरुन्तै बिर्सिहाल्‍छ ।
你看到了自己,但走开后,马上就忘记自己的样子。
25 तर सुनेर बिर्सने व्यक्‍ति मात्र नभई स्‍वतन्‍त्रताको सिद्ध व्‍यवस्‍थालाई होसियारीपूर्वक ध्यान दिने र निरन्तर त्यस्तै गरिरहने व्यक्‍तिचाहिँ उसले गर्ने कामहरूमा आशिषित हुनेछ ।
但如果你仔细研究那让人自由的完美律法,遵守它,不像有些人那样只是听听,然后就忘记了,而是要在行动中遵守它,这样你就会因自己的行为而受到祝福。
26 यदि कसैले आफैँलाई धार्मिक ठान्दछ, तर उसले आफ्नो जिब्रोलाई नियन्‍त्रण गर्दैन भने उसले आफ्‍नो हृदयलाई धोका दिन्छ र उसको धर्म व्यर्थको हुन्‍छ ।
如果你认为自己很虔诚,却不约束自己的语言,就是自己欺骗自己,你的虔诚毫无用处。
27 हाम्रा परमेश्‍वर र पिताको सामु पवित्र र निष्कलङ्क धर्म यही होः अनाथ र विधवाहरूको कष्‍टमा तिनीहरूलाई सहायता गर्नु, अनि आफैँलाई संसारबाट दोषरहित राख्‍नु ।
在我们的天父上帝眼中,纯洁而真诚的虔诚,就像去造访患难中的孤儿寡妇,要保护自己不被世俗所污染。

< याकूब 1 >