< याकूब 4 >

1 तिमीहरूका माझमा झगडा र विवाद कहाँबाट आउँछ? के त्यो तिमीहरूका सदस्यहरूका बिचमा सङ्घर्ष ल्याउने तिमीहरूका अभिलाषाहरूबाट आउँदैन र?
מאין המלחמות והמדנים אשר ביניכם הלא מתוך התאות המתגרות באבריכם׃
2 तिमीहरू इच्छा गर्दछौ, र तिमीहरूसँग हुँदैन । तिमीहरू हत्या गर्दछौ र लालच गर्दर्छौ, र तिमीहरू प्राप्‍त गर्न सक्षम हुँदैनौ । तिमीहरू लड्दछौ र झगडा गर्दछौ । तिमीहरूसँग छैन किनभने तिमीहरू माग्दैनौ ।
אתם מתאוים ואין לכם תרצחו ותקנאו והשג לא תשיגו תריבו ותלחמו ואין לכם יען אשר לא התפללתם׃
3 तिमीहरू माग्दछौ र पाउँदैनौ किनभने तिमीहरूले आफ्ना अभिलाषाको निम्ति प्रयोग गर्न सकियोस् भनेर खराब नियतले माग्दछौ ।
הן אתם מבקשים ואינכם מקבלים על אשר תתפללו ברעה למען תבלו בתאותיכם׃
4 तिमी व्‍यभिचारीहरू हो! संसारसितको मित्रता परमेश्‍वरको विरुद्धमा भएको शत्रुता हो भनी के तिमीहरूलाई थाहा छैन? त्यसकारण, जसले संसारको मित्र हुने इच्छा गर्दछ, उसले आफैँलाई परमेश्‍वरको शत्रु बनाउँछ ।
הנאפים והמנאפות הלא ידעתם כי אהבת העולם איבת אלהים היא ועתה החפץ להיות אהב העולם יהיה איב לאלהים׃
5 वा धर्मशास्‍त्रले, “उहाँले हामीमा बास गर्न लगाउनुभएका आत्मा अत्यन्तै डाही हुनुभएको छ” भनेर व्यर्थमा भन्दछ भनी के तिमीहरू ठान्दछौ?
או התדמו בנפשכם כי לריק אמר הכתוב בקנאה יתאוה לרוח השכן בקרבנו׃
6 तर परमेश्‍वरले अझ बढी अनुग्रह दिनुहुन्छ, यसैकारण धर्मशास्‍त्रले भन्दछ, “परमेश्‍वरले अभिमानीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह दिनुहुन्छ ।”
וגם יגדיל לתת חן על כן אומר אלהים ללצים יליץ ולענוים יתן חן׃
7 त्यसकारण, परमेश्‍वरमा आफैँलाई समर्पण गर । शैतानको विरोध गर, र त्यो तिमीहरूबाट भाग्‍नेछ ।
לכן הכנעו לאלהים התיצבו נגד השטן ויברח מפניכם׃
8 परमेश्‍वरको नजिक आओ, र उहाँ तिमीहरूको नजिक आउनुहुनेछ । ए पापीहरू हो, तिमीहरूका हात सफा पार, र ए दोमनकाहरू हो, तिमीहरूका हृदय शुद्ध पार ।
קרבו לאלהים ויקרב אליכם רחצו ידיכם החטאים טהרו לבבכם חלוקי הלבב׃
9 दुःखी होओ; विलाप गर; र रोओ! तिमीहरूका हाँसो दुःखमा र तिमीहरूको आनन्द निराशामा परिणत होस् ।
התענו והתאבלו ובכו שחקכם יהפך לאבל ושמחתכם ליגון׃
10 प्रभुको सामु तिमीहरू आफैँलाई विनम्र तुल्याओ, र उहाँले तिमीहरूलाई माथि उठाउनुहुनेछ ।
הכנעו לפני יהוה והוא ירים אתכם׃
11 भाइहरू हो, एक अर्काको विरुद्धमा नबोल । कुनै एक जना भाइको विरुद्धमा बोल्ने वा आफ्नो भाइको न्याय गर्ने व्यक्‍तिले व्यवस्थाको विरुद्धमा बोल्दछ र व्यवस्थाको न्याय गर्दछ । यदि तिमीहरू व्यवस्थाको न्याय गर्दछौ भने, तिमीहरू व्यवस्थालाई पालन गर्नेहरू हुँदैनौ, तर न्यायकर्ता पो हुन्छौ ।
אחי אל תחרפו איש את רעהו המחרף את רעהו ודן את אחיו הוא מחרף את התורה ודן את התורה ואם תדין את התורה אינך עשה התורה כי אם שפטה׃
12 व्यवस्था दिने र न्यायकर्ता एक जना मात्र हुनुहुन्छ । बचाउन र नाश गर्न सक्‍नुहुने उहाँ मात्र एक हुनुहुन्छ । आफ्नो छिमेकीको इन्साफ गर्ने तिमीहरू को हौ?
אחד הוא המחקק אשר יכול להושיע ולאבד ומי אתה כי תדין את עמיתך׃
13 अब सुन, तिमीहरू जसले, “आज वा भोलि हामी सहरभित्र प्रवेश गर्नेछौँ, र त्यहाँ एक वर्ष बिताउनेछौँ र व्यापार गरेर पैसा कमाउनेछौँ” भनेर भन्छौ ।
הוי האמרים נלכה היום ומחר לעיר פלונית אלמונית ונעשה שם שנה אחת לסחר בה ולהרבות רוח׃
14 भोलि के हुनेछ, र तिम्रो जीवन कस्तो हुनेछ भन्‍ने कुरा कसलाई थाहा छ? किनकि तिमीहरू त तुवाँलो हौ जुन केही समय देखा पर्छ र त्यसपछि हराइहाल्छ ।
ולא תדעו מה ילד יום מחר כי מה חייכם עשן הם אשר נראה כמעט רגע ואחר כלה וילך׃
15 यसको साटो तिमीहरूले यस्तो भन्‍नुपर्ने हो, “यदि परमेश्‍वरले इच्छा गर्नुभयो भने, हामी जिउनेछौँ र यो वा त्यो गर्नेछौँ ।”
תחת אשר תאמרו אם ירצה יהוה ונחיה נעשה כזה וכזה׃
16 तर अहिले तिमीहरू आफ्ना अभिमानी योजनाहरूका विषयमा शेखी गरिरहेका छौ । यस्ता सबै शेखी खराब हुन् ।
עתה תתגאו בפחזותכם וכל גאוה אשר כזאת רעה היא׃
17 त्यसकारण, जसले भलाइ गर्न जानेर पनि भलाइ गर्दैन भने त्यो त्यसको निम्ति पाप हुन्छ ।
לכן היודע לעשות הטוב ולא יעשנו והיה בו חטא׃

< याकूब 4 >