< याकूब 3 >
1 मेरा भाइहरू हो, धेरै जना शिक्षक बन्नु हुँदैन । हामीले यो जान्नुपर्छ, कि हामीहरूको अझ धेरै कडा इन्साफ हुनेछ ।
Let not many of you be teachers, my brothers, knowing that we will receive heavier judgment.
2 किनकि हामी धेरै किसिमले ठेस खान्छौँ । यदि कोही वचनमा ठक्कर खाँदैन भने, ऊ पूर्ण रूपमा परिपक्व मानिस हो, जसले उसको सारा शरीरलाई नै नियन्त्रण गर्न सक्छ ।
For we all stumble in many things. Anyone who does not stumble in word is a perfect person, able to bridle the whole body also.
3 आज्ञा पालन गराउनको निम्ति अब यदि हामीले घोडाको मुखमा लगाम लगायौँ भने, हामीले त्यसको सारा शरीरलाई नै नियन्त्रण गर्न सक्छौँ ।
Indeed, we put bits into the horses’ mouths so that they may obey us, and we guide their whole body.
4 पानी जहाजहरूलाई ख्याल गर, तिनीहरू धेरै ठुला हुन्छन् र तिनीहरू तेज बतासले चलाइँदा पनि धेरै सानो पतवारद्वारा चालकले जहाँ लैजान चाहन्छ त्यो त्यहीँ लगिन्छ ।
Behold, the ships also, though they are so big and are driven by fierce winds, are yet guided by a very small rudder, wherever the pilot desires.
5 त्यसै गरी, जिब्रो पनि शरीरको एउटा सानो अङ्ग हो, तरै पनि त्यसले ठुला कुराहरूको शेखी गर्दछ । हेर, एउटा सानो आगोको झिल्कोले कसरी ठुलो जङ्गलमा डढेलो लगाउँछ ।
So the tongue is also a little member, and boasts great things. See how a small fire can spread to a large forest!
6 जिब्रो पनि आगो नै हो, हाम्रा शरीरका अङ्गहरूमध्ये यो अधर्मको दुनियाँ नै हो । यसले सम्पूर्ण शरीरलाई अशुद्ध तुल्याउँछ र जीवनको मार्गमा आगो लगाउँछ । नरकद्वारा यो आफैँ आगोले सल्किएको छ । (Geenna )
And the tongue is a fire. The world of iniquity among our members is the tongue, which defiles the whole body, and sets on fire the course of nature, and is set on fire by Gehenna (Geenna ).
7 किनकि सबै किसिमका जङ्गली जनावरहरू, चराचुरुङ्गीहरू, घस्रने जन्तुहरू, र समुद्रमा भएका प्राणीहरूलाई वशमा राखिएको छ र ती मानव-जातीद्वारा नै वशमा राखिएको छ ।
For every kind of animal, bird, creeping thing, and sea creature is tamed, and has been tamed by mankind;
8 तर मानिसमध्ये कसैले पनि जिब्रोलाई वशमा राख्न सकेको छैन । यो घातक विषले भरिएको र नियन्त्रण गर्न नसकिने दुष्ट हो ।
but nobody can tame the tongue. It is a restless evil, full of deadly poison.
9 यही जिब्रोले हामी परमप्रभु र पिताको प्रशंसा गर्छौ, र यसैले हामी परमेश्वरको स्वरूपमा बनाइएका मानिसहरूलाई सराप्छौँ ।
With it we bless our God and Father, and with it we curse men who are made in the image of God.
10 एउटै मुखबाट आशिष् र अपशब्द निक्लन्छन् । मेरा भाइहरू हो, यस्ता कुराहरू हुनुहुँदैन ।
Out of the same mouth comes blessing and cursing. My brothers, these things ought not to be so.
11 के एउटा छहराको मुखबाट त्यसले मिठो र तितो पानी दुवै निकाल्दछ र?
Does a spring send out from the same opening fresh and bitter water?
12 मेरा भाइहरू हो, के अन्जीरको बोटले जैतून फलाउँदछ र? वा दाखको बोटले अन्जीर फलाउँदछ? न त नुनिलो पानीले मिठो पानी निकाल्न सक्छ ।
Can a fig tree, my brothers, yield olives, or a vine figs? Thus no spring yields both salt water and fresh water.
13 तिमीहरूका माझमा बुद्धिमान् र समझदार को छ? त्यस व्यक्तिले बुद्धिको नम्रतामा आफ्ना कामहरूद्वारा एउटा असल जीवन जिएर देखाओस् ।
Who is wise and understanding among you? Let him show by his good conduct that his deeds are done in gentleness of wisdom.
14 तर यदि तिमीहरूको हृदयमा तितो ईर्ष्या र अभिलाषा छ भने, सत्यको विरुद्धमा शेखी नगर र झुटो नबोल ।
But if you have bitter jealousy and selfish ambition in your heart, do not boast and do not lie against the truth.
15 यो माथिबाट तल आउने विवेक होइन । बरु, यो त सांसारिक, अनात्मिक र शैतानिक हो ।
This wisdom is not that which comes down from above, but is earthly, sensual, and demonic.
16 किनकि जहाँ ईर्ष्या र अभिलाषा हुन्छ, त्यहाँ भ्रम र हरेक किसिमको दुष्ट काम हुन्छ ।
For where jealousy and selfish ambition are, there is confusion and every evil deed.
17 तर स्वर्गबाट आउने विवेकचाहिँ सर्वप्रथम शुद्ध हुन्छ, त्यसपछि शान्तिप्रिय, कोमल, प्रतिक्रियाशील, कृपा र असल फलले पूर्ण, कमजोर नबनाउने र निष्कपट हुन्छ ।
But the wisdom that is from above is first pure, then peaceful, gentle, reasonable, full of mercy and good fruits, without partiality, and without hypocrisy.
18 अनि धार्मिकताको फलचाहिँ शान्ति कायम गर्नेहरूका माझमा शान्तिमा छरिएको छ ।
Now the fruit of righteousness is sown in peace by those who make peace.