< यशैया 9 >
1 जो वेदनमा थियो, उसबाट नैराश्यता दूर गरिनेछ । जबूलूनको देश र नप्तालीको देशलाई, पहिलेको समयमा उहाँले होच्याउनुभयो, तर पछिल्लो समयमा उहाँले त्यसको समुद्र जाने बाटोमा, यर्दनपारि जातिहरूका गलीलमा त्यसलाई महिमित पार्नुहुनेछ ।
Прежнее время умалило землю Завулонову и землю Неффалимову; но последующее возвеличит приморский путь, Заиорданскую страну, Галилею языческую.
2 अन्धकारमा हिंड्ने मानिसहरूले एउटा ठुलो ज्योति देखेका छन् । मृत्युको छायाको देशमा बसेकाहरू, तिनीहरूमाथि ज्योति चम्केको छ ।
Народ, ходящий во тьме, увидит свет великий; на живущих в стране тени смертной свет воссияет.
3 तपाईंले जातिहरूलाई वृद्धि गर्नुभएको छ । तपाईंले तिनीहरूका आनन्दलाई वृद्धि गर्नुभएको छ । कटनीको समयमा झैं तिनीहरू तपाईंको सामु आनन्दित हुन्छन्, जसरी मानिसहरूले लूटको माल बाँड्दा तिनीहरू आनन्दित हुन्छन् ।
Ты умножишь народ, увеличишь радость его. Он будет веселиться пред Тобою, как веселятся во время жатвы, как радуются при разделе добычи.
4 किनकि त्यसको भरी जुवा, त्यसको पिठ्युको नाल, त्यसको अत्याचारीको लट्ठीलाई तपाईंले मिद्यानको समयमा झैं चकनाचूर पार्नुभएको छ ।
Ибо ярмо, тяготившее его, и жезл, поражавший его, и трость притеснителя его Ты сокрушишь, как в день Мадиама.
5 दुश्मन सिपाहीका हरेक जुत्ता र रगतमा मुछिएको पोशाकलाई जलाइनेछ र आगोको निम्ति इन्धन हुनेछ ।
Ибо всякая обувь воина во время брани и одежда, обагренная кровью, будут отданы на сожжение, в пищу огню.
6 किनकि हाम्रा निम्ति एउटा बालकको जन्म भएको छ, हाम्रो निम्ति एउटा छोरा जन्मेको छ, र शासन उहाँको काँधमा हुनेछ । अनि उहाँको नाउँ अचम्मको सल्लाकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता र शान्तिका राजकुमार राखिनेछ ।
Ибо младенец родился нам - Сын дан нам; владычество на раменах Его, и нарекут имя Ему: Чудный, Советник, Бог крепкий, Отец вечности, Князь мира.
7 दाऊदको सिंहासनमा र उनको राज्यलाई स्थापित गर्न, अनि त्यसलाई न्याय र धार्मिकताले थाम्न उहाँले अहिलेदेखि लिएर सदासर्वदा राज्य गर्नुहुँदा, उहाँको शासन र शान्ति वृद्धिको अन्त हुनेछैन । सर्वशक्तिमान् परमप्रभुको जोशले यो पुरा गर्नेछ ।
Умножению владычества Его и мира нет предела на престоле Давида и в царстве его, чтобы Ему утвердить его и укрепить его судом и правдою отныне и до века. Ревность Господа Саваофа соделает это.
8 परमप्रभुले याकूबको विरुद्धमा वचन पठाउनुभयो र यो इस्राएलमा पर्यो ।
Слово посылает Господь на Иакова, и оно нисходит на Израиля,
9 सबै मानिसहरूले जान्नेछन्, घमण्डसाथ र अहङ्कारी हृदयले भन्ने एफ्राइम र सामरियाले पनि जान्नेछन्,
чтобы знал весь народ, Ефрем и жители Самарии, которые с гордостью и надменным сердцем говорят:
10 “इँटहरू खसेका छन्, तर कुँदेका ढुङ्गाहरूले नै हामी पुनःनिर्माण गर्नेछौं । अञ्जीरका रूखहरू काटिएका छन्, तर तिनका ठाउँमा हामी देवदारुका रूखहरू रोप्नेछौं ।”
кирпичи пали - построим из тесаного камня; сикоморы вырублены - заменим их кедрами.
11 यसकारण परमप्रभुले उसको शत्रु रसीनलाई उसको विरुद्धमा खडा हुनुहुनेछ र उसका शत्रुहरूलाई,
И воздвигнет Господь против него врагов Рецина, и неприятелей его вооружит:
12 पुर्वका अरामीहरू र पश्चिमका पलिश्तीहरू उक्साउनुहुनेछ । तिनीहरूले खुल्ला मुखले इस्राएललाई निल्नेछन् । यी सबै कुराले उहाँको रिस मर्दैन । बरु, उहाँको हात अझै पसारिएकै छ ।
Сириян с востока, а Филистимлян с запада; и будут они пожирать Израиля полным ртом. При всем этом не отвратится гнев Его, и рука Его еще простерта.
13 तापनि उहाँले प्रहार गरेका मानिसहरू उहाँतिर फर्कंदैनन्, न त तिनीहरूले परमप्रभुको खोजी गर्नेछन् ।
Но народ не обращается к Биющему его, и к Господу Саваофу не прибегает.
14 यसकारण परमप्रभुले इस्राएलबाट टाउको र पुच्छर, खजूरको हाँगा र नर्कट एकै दिनमा नष्ट पार्नुहुनेछ ।
И отсечет Господь у Израиля голову и хвост, пальму и трость, в один день:
15 अगुवाहरू र भद्र मानिसहरू मुखिया हुन् । झुटो सिकाउने अगमवक्ता पुच्छर हो ।
старец и знатный - это голова; а пророк-лжеучитель есть хвост.
16 यी मानिसहरूलाई डोर्याउनेहरूले तिनीहरूलाई पथभ्रष्ट पार्छन् र तिनीहरूद्वारा डोर्याइनेहरू निलिन्छन् ।
И вожди сего народа введут его в заблуждение, и водимые ими погибнут.
17 यसकारण परमप्रभु तिनीहरूका जवानहरूसित आनन्दित हुनुहुन्न, न त उहाँले तिनीहरूका अनाथ र विधवाहरूमाथि दया गर्नुहुनेछ, किनकि हरेक व्यक्ति अधर्मी र दुष्ट छन्, अनि हरेक मुखले मूर्ख कुराहरू गर्छन् । यी सबै कुराहरूमा उहाँको रिस मर्दैन । बरु, उहाँको हात अझै पसारिएकै छ ।
Поэтому о юношах его не порадуется Господь, и сирот его и вдов его не помилует: ибо все они - лицемеры и злодеи, и уста всех говорят нечестиво. При всем этом не отвратится гнев Его, и рука Его еще простерта.
18 दुष्टता आगोझैं बल्छ । त्यसले सिउँडी र काँढालाई भष्म पार्छ । यसले जङ्गलको झाडीलाई पनि जलाउँछ, जसले धूँवाको मुस्लोमा उठ्नेछ ।
Ибо беззаконие, как огонь, разгорелось, пожирает терновник и колючий кустарник и пылает в чащах леса, и поднимаются столбы дыма.
19 सर्वशक्तिमान् परमप्रभुको क्रोधले देश जलेको छ र मानिसहरू आगोको निम्ति इन्धनजस्तै छन् । कुनै मानिसले आफ्नो भाइलाई छोड्दैन ।
Ярость Господа Саваофа опалит землю, и народ сделается как бы пищею огня; не пощадит человек брата своего.
20 तिनीहरूल दाहिने हातमा खानेकुरा समात्छन् तर तिनीहरू अझै भोको नै हुन्छन् । तिनीहरूले देब्रे हातमा खाना खानेछन्, तर अझै तृप्त हुनेछैनन् । प्रत्येकले आफ्नै बाहुलीको मासु पनि खानेछ ।
И будут резать по правую сторону, и останутся голодны; и будут есть по левую, и не будут сыты; каждый будет пожирать плоть мышцы своей:
21 मनश्शेले एफ्राइमलाई, अनि एफ्राइमले मनश्शेलाई भस्म गर्नेछ । तिनीहरू एकसाथ यहूदालाई आक्रमण गर्नेछन् । यी कुराहरूमा, उहाँको रिस मर्दैन । बरु, उहाँको हात अझै पसारिएकै छ ।
Манассия - Ефрема, и Ефрем - Манассию, оба вместе - Иуду. При всем этом не отвратится гнев Его, и рука Его еще простерта.