< यशैया 66 >

1 परमप्रभु यसो भन्‍नुहुन्छ, “स्वर्ग मेरो सिंहासन हो र पृथ्वी मेरो पाउदान हो । तब तिमीहरूले मेरो निम्ति भवन कहाँ बनाउने छौ? मैले विश्राम गर्ने ठाउँ कहाँ छ?
Ovako govori Jahve: “Nebesa su moje prijestolje, a zemlja podnožje nogama! Kakvu kuću da mi sagradite i gdje da bude mjesto mog prebivališta?
2 यो परमप्रभुको घोषणा हो, “यी सबै कुराहरू मेरै हातले बनाएका हुन् । यसरी नै ती हुन आए ।” मैले स्‍याबसी दिने मानिस यही हो, जो आत्मामा तोडिएको र चूर्ण छ र जो मेरो वचनमा काम्दछ ।
TÓa sve je moja ruka načinila i sve je moje” - riječ je Jahvina. “Ali na koga svoj pogled svraćam? Na siromaha i čovjeka duha ponizna koji od moje riječi dršće.
3 जसले गोरु मार्छ त्यसले मानिसको हत्या पनि गर्छ । जसले थुमा बलि चढाउँछ, त्यसले कुकुरको घाँटी पनि भाँच्छ । जसले अन्‍नबलि चढाउँछ त्यसले सुँगुरको रगत पनि चढाउँछ । जसले सम्झना स्वरूप धूप चढाउँछ, त्यसले दुष्‍टतालाई पनि आशिष् दिन्‍छ । तिनीहरूले आफ्नै मार्गहरू रोजेका छन् र आफ्‍ना घृणित थोकहरूमा तिनीहरू रमाउँछन् ।
Ima ih koji kolju bika, ali i ljude ubijaju; žrtvuju ovcu, ali i psu vrat lome. Netko prinosi žrtvu, ali i krv svinjsku; prinose kad, ali časte i kipove. Kao što oni izabraše svoje putove i duši im se mile gnusobe njihove,
4 त्यसरी नै तिनीहरूको आफ्नो दण्ड म चुन्‍नेछु । तिनीहरूले जे कुराको डर मान्छन् त्यही नै म तिनीहरूमा ल्याउनेछु किनभने मैले बोलाउँदा कसैले जवाफ दिएन । मैले बोलाउँदा कसैले सुनेन । मेरो दृष्‍टिमा जे खराब थियो तिनीहरूले त्यही गरे र मलाई जे कुराले खुसी पर्दैन त्यही गरे ।”
tako ću i ja izabrati za njih nevolje nesmiljene, pustit ću na njih ono čega se plaše. Jer zvao sam, a nitko se ne odazva, govorio sam, a nitko ne posluša, nego su činili što je zlo u očima mojim, izabrali ono što mi nije po volji.”
5 परमप्रभुको वचनमा काम्‍नेहरू हो, उहाँको वचन सुन, “तिमीहरूलाई मेरो नाउँको कारणले घृणा गर्ने र बहिस्कार गर्ने तिमीहरूका भाइहरूले भनेका छन्, 'परमप्रभु महिमित हुनुभएको होस्, अनि हामीले तिमीहरूको आनन्द देख्‍नेछौँ,' तर तिनीहरू शर्ममा पारिनेछन् ।
Poslušajte riječ Jahvinu, vi koji od njegove riječi dršćete. “Govore braća vaša koja na vas mrze i odbacuju vas radi moga imena: 'Neka se proslavi Jahve, pa da radost vašu vidimo.' Ali oni će biti postiđeni.”
6 सहरबाट युद्धको होहल्लाको आवाज आउँछ, मन्दिरबाट एउटा आवाज, परमप्रभुले आफ्‍ना शत्रुहरूलाई बदला लिनुभएको आवाज आउँछ ।
Čuj! Buka iz grada, glas iz Hrama! Glas je to Jahve koji uzvraća svojim neprijateljima.
7 प्रसवको वेथा लाग्‍नुभन्‍दा पहिले नै त्यसले बालक जन्माउनेछे । त्यसमाथि पीडा आउनअगि नै त्यसले छोरा जन्माई ।
Prije neg' bolove oćutje, eto je rodila. Prije neg' trudove osjeti, porodi dječaka.
8 यस्तो कुरा कसले सुनेको छ? यस्तो कुरा कसले देखेको छ? के देश एकै दिनमा जन्मन्छ? के जाति एकै क्षणमा स्थापित हुन सक्छ? तापनि सियोन प्रसवको वेथामा जाने बित्तिकै, त्यसले आफ्‍ना छोराछोरी जन्माउँछे ।
Tko je takvo što čuo, tko je takvo što vidio? Može li se zemlja u jednom danu napučiti? Može li se narod odjednom roditi? A tek što je osjetila trudove, Sionka rodi sinove!
9 परमप्रभु सोध्‍नुहुन्छ, “के म बालकलाई जन्मने समयमा ल्याउँ, अनि बालकलाई जन्मिन नदिऊँ? वा के म बालकलाई जन्‍मने क्षणमा ल्याउँ र त्‍यसलाई पछाडि धकेलूँ? तेरा परमेश्‍वर सोध्‍नुहुन्छ ।”
“Zar bih ja otvorio krilo materino a da ono ne rodi?” - govori Jahve. “Zar bih ja, koji dajem rađanje, zatvorio maternicu?” - kaže Bog tvoj.
10 यरूशलेमसित आनन्दित होओ र त्यसको निम्ति खुसी होओ, तिमीहरू सबै जसले त्यसलाई प्रेम गर्छौ । त्यसको निम्ति विलाप गर्नेहरू सबै त्योसँगै आनन्दित होओ ।
Veselite se s Jeruzalemom, kličite zbog njega svi koji ga ljubite! Radujte se, radujte s njime svi koji ste nad njim tugovali!
11 किनकि तिमीहरू खानेछौ र तृप्‍त हुनेछौ । त्यसका स्तनहरूले तिमीहरूलाई सान्त्वना दिनेछ, किनकि तिमीहरू आघाउञ्‍जेल ती पिउनेछौ र त्यसको महिमाको प्रशस्ततासँगै खुसी हुनेछौ ।
Nadojite se i nasitite na dojkama utjehe njegove da se nasišete i nasladite na grudima krepčine njegove.
12 परमप्रभु यसो भन्‍नुहुन्छ, “त्यसमाथि समृद्धिलाई नदीझैं र जातिहरूका धनलाई उर्लेको खोलाझैं मैले फिंजाउन लागेको छु । तिमीहरूले त्यसको तर्फबाट पालनपोषण गर्नेछौ, त्यसको बाहुलीमा बोकिनेछौ र त्यसको घुँडामा खेलाइनेछौ ।
Jer ovako govori Jahve: “Evo, mir ću na njih kao rijeku svratiti i kao potok nabujali bogatstvo naroda. Dojenčad ću njegovu na rukama nositi i milovati na koljenima.
13 आमाले आफ्‍नो बालकलाई सान्त्वना दिएझैं म तिमीहरूलाई सान्त्वना दिनेछु, र यरूशलेममा तिमीहरूले सान्त्वना पाउनेछौ ।”
Kao što mati tješi sina, tako ću i ja vas utješiti - utješit ćete se u Jeruzalemu.”
14 तिमीहरूले यो देख्‍नेछौ र तिमीहरूको हृदय आनन्दित हुनेछ, तिमीहरूका हड्‍डीहरू कलिलो घाँसझैं पलाउनेछ । परमप्रभुको बाहुलीले आफ्‍ना सेवकहरूलाई प्रकट गर्नेछ, तर आफ्ना शत्रहरूका विरुद्धमा उहाँले आफ्‍नो रिस प्रकट गर्नुहुनेछ ।
Kad to vidite, srce će vam se radovati i procvast će vam kosti k'o mlada trava. Očitovat će se ruka Jahvina na njegovim slugama i gnjev nad neprijateljima njegovim.
15 हेर, परमप्रभु आगोसँगै आउँदै हुनुहुन्छ, र उहाँको क्रोधको ताप र आगोको ज्वालासँगै उहाँको हप्‍की ल्याउनलाई उहाका रथहरूचाहिं आँधीझैं आउँदैछन् ।
Jer, evo, dolazi Jahve s ognjem - bojna su mu kola poput vihora - da u jarosti gnjev svoj iskali i prijetnje svoje u ognju žarkome.
16 किनकि परमप्रभुले आगोद्वारा र आफ्‍नो तरवारले मानवजातिमाथि न्याय गर्नुहुन्छ । परमप्रभुद्वारा मारिनेहरू धैरै हुनेछन् ।
Da, sudit će Jahve ognjem i mačem svakom smrtniku: pobijenih Jahvinih mnoštvo će biti.
17 तिनीहरू आफैलाई पवित्र पार्छन् र आफैलाई शुद्ध पार्छन्, ताकि सुँगुरको मासु र मुसाजस्तै घिन लाग्‍दा थोकहरू खानेको पछि लागेर बगैंचाभित्र जान सकून् । तिनीहरूको अन्त्य हुनेछ— यो परमप्रभुको घोषणा हो ।
Oni koji se posvećuju i čiste u vrtovima iza onog jednog u sredini, koji jedu svinjetinu, nečisto i miševe - svi će zajedno izginuti, riječ je Jahvina.
18 किनकि तिनीहरूका कामहरू र तिनीहरूका विचारहरू म जान्दछु । सबै जातिहरू र भाषाहरू मैले भेला पार्ने समय आउँदैछ । तिनीहरू आउनेछन् र मेरो महिमा देख्‍नेछन् ।
Ja dobro poznajem njihova djela i namjere njihove. “Dolazim da saberem sve puke i jezike, i oni će doći i vidjeti moju Slavu!
19 तिनीहरूको माझमा म आफ्‍नो एउटा शक्तिशाली चिन्ह खडा गर्नेछु । तब म तिनीहरूबाट बाँचेकाहरूलाई जातिहरूकहाँ: तर्शीश, पुट र लुड, आफ्‍ना धनु तान्‍ने धनुर्धारीहरू, तुबल, जावन र टाढाका समुद्रका किनारतिर पठाउनेछु जहाँ तिनीहरूले मेरो बारेमा सुनेका छैनन्, न त मेरो महिमा देखेका छैन् । तिनीहरूले जातिहरूका माझमा मेरो महिमाको घोषणा गर्नेछन् ।
Postavit ću im znak i poslat ću preživjele od njih k narodima u Taršiš, Put, Lud, Mošek, Roš, Tubal i Javan - k dalekim otocima koji nisu čuli glasa o meni ni vidjeli moje Slave - i oni će naviještati Slavu moju narodima.
20 तिनीहरूले तिमीहरूका सबै भाइहरूलाई परमप्रभुको निम्ति बलिदान झैं सबै जातिहरूबाट फिर्ता ल्याउनेछन् । तिनीहरू घोडाहरूमा, रथहरूमा, गाडाहरूमा, खच्‍चरहरूमा र ऊँटहरूमा चढेर मेरो पवित्र पर्वत यरूशलेममा आउनेछन्, परमप्रभु भन्‍नुहुन्छ । किनकि इस्राएलका मानिसहरूले परमप्रभुको भवनमा एउटा शद्ध भाँडामा अन्‍नबलि ल्याउनेछन् ।
I dovest će svu vašu braću između svih naroda kao prinos Jahvi - na konjima, na bojnim kolima, nosilima, na mazgama i jednogrbim devama - na Svetu goru svoju u Jeruzalemu” - govori Jahve - “kao što sinovi Izraelovi prinose prinos u čistim posudama u Domu Jahvinu.
21 यिनीहरूमध्ये कसैलाई म पुजारीहरू र लेवीहरूको रूपमा पनि चुन्‍नेछु, परमप्रभु भन्‍नुहुन्छ ।
I uzet ću sebi između njih svećenike, levite” - govori Jahve.
22 किनकि, यो परमप्रभुको घोषणा हो, जसरी मैले बनाउने नयाँ आकाश र नयाँ पृथ्वी मेरो सामु रहनेछन्, त्यसरी नै तिमीहरूका सन्तानहरू र तिमीहरूको नाउँ मेरो सामु रहनेछ ।
“Jer, kao što će nova nebesa i zemlja nova, koju ću stvoriti, trajati preda mnom” - riječ je Jahvina - “tako će vam ime i potomstvo trajati.
23 एक महिनेदेखि अर्कोसम्‍म र एक शबाथ-दिनदेखि अर्कोसम्‍म सबै मानिसहरू मलाई दण्डवत गर्न आउनेछन्, परमप्रभु भन्‍नुहुन्छ ।
Od mlađaka do mlađaka, od subote do subote, dolazit će svi ljudi da se poklone pred licem mojim” - govori Jahve.
24 तिनीहरू बाहिर जानेछन् र मेरो विरुद्धमा विद्रोह गर्ने मानिसहरूको लासहरू हेर्नेछन्, किनकि तिनीहरूलाई खाने कीराहरू मर्नेछैनन् र तिनीहरूलाई जलाउने आगो निभ्‍नेछैन । यो सबै मानिसहरूका निम्ति एउटा घृणा हुनेछ ।"
Izlazeći, gledat ću trupla ljudi koji se od mene odmetnuše: crv njihov neće umrijeti i njihov se oganj neće ugasiti - bit će na gadost svim ljudima.

< यशैया 66 >