< यशैया 65 >
1 “जसले सोधेनन् तिनीहरूद्वारा खोजिन म तयार थिएँ । जसले खोजेनन् तिनीहरूद्वारा भेट्टाइन म तयार थिएँ । मेरो नाउँ नपुकार्ने जातिलाई मैले भनें, 'म यहीं छु । म यहीं छु ।’
Potražiše me koji ne pitahu za me, nađoše me koji me ne tražahu; rekoh: “Evo me! Evo me!” narodu koji ne prizivaše ime moje.
2 हठी मानिसहरूलाई दिनभरि मैले आफ्ना हातहरू फैलाएको छु, जो त्यस्ता मार्ग हिंड्छन् जुन असल छैन, जो तिनीहरूका आफ्नै विचारहरू र योजनाहरूमा हिंडेका छन् ।
Svagda sam pružao ruku narodu odmetničkom, koji hodi putem zlim, za mislima svojim,
3 तिनीहरूले मलाई बगैंचामा बलिदान चढाएर र इँटको वेदीमाथि धूप बालेर मलाई निरन्तर क्रोधित बनाए ।
narodu koji me bez prestanka u lice srdi: žrtvuju po vrtovima, kad prinose na opekama,
4 तिनीहरू चिहानहरूका वरिपरि बस्छन् र रातभरि जाग्राम बस्छन् अनि आफ्ना भाँडाहरूमा अशुद्ध मासुको झोलसँगै सुँगुरको मासु खान्छन् ।
na grobovima stanuju i noće na skrovitim mjestima, jedu svinjetinu, meću u zdjele jela nečista.
5 तिनीहरू भन्छन्, “टाढै खडा हो, मेरो नजिक नआइज, किनकि तँभन्दा म पवित्र छु ।' यी कुराहरू मेरो नाकमा दिनभरि बल्ने आगो धूँवा हुन् ।
I još govore: “Ukloni se! Ne prilazi mi da te ne posvetim.” Oni su mi dim u nosu, oganj što gori povazdan.
6 हेर, मेरो सामु यस्तो लेखिएको छः म चूपचाप रहनेछैनँ, किनकि तिनीहरूलाई म साटो फेर्नेछु । तिनीहरूकै काखमा तिनीहरूलाई म बदला दिनेछु,
Evo, sve je napisano preda mnom: neću ušutjet' dok im ne platim, dok im ne platim u njedra,
7 तिनीहरूका पापहरू र तिनीहरूका पुर्खाहरूका पापहरूको निम्ति एकसाथ,” परमप्रभु भन्नुहुन्छ । “डाँडाहरूमाथि धूप बालेको र पहाडहरूमाथि मेरो गिल्ला गरेकोमा म तिनीहरूसँग बदला लिनेछु । यसकारण तिनीहरूको विगतका कामहरूलाई तिनीहरूको काखमा म नापिदिनेछु ।”
za bezakonja vaša i vaših otaca, sva zajedno - govori Jahve. Koji su prinosili kad na gorama i pogrđivali me na brežuljcima - izmjerit ću im u krilo plaću za djela prijašnja.
8 परमप्रभु यसो यसो भन्नुहुन्छ, “दाखको झुप्पामा रस भेट्टाउँदा, एक जनाले 'यसलाई नाश नपार, किनकि यसमा असल कुरा छ' भने जस्तो हो । मेरो सेवकको खतिर म यसै गर्नेछुः तिनीहरू सबैलाई म नाश गर्नेछैन ।
Ovako govori Jahve: “Kao što o soku u grozdu vele: 'Ne uništavajte ga, u njemu je blagoslov!' tako ću učiniti i ja radi slugu svojih, neću sve uništiti.
9 याकूब र यहूदाका सन्तानहरूलाई म ल्याउनेछु, जसले मेरो पर्वतहरू अधिकार गर्नेछन् । मेरा चुनिएका जनहरूले देशलाई अधिकार गर्नेछन् र मेरा सेवकहरू त्यहाँ बस्नेछन् ।
Izvest ću iz Jakova potomstvo, a iz Jude baštinika gora svojih; baštinit će ih odabranici moji, i moje će se sluge ondje naseliti.
10 मलाई खोज्ने मेरा मानिसहरूका निम्ति शारोन भेडाबाख्राको चरन र आकोरको बेसी गाईवस्तुको विश्राम गर्ने ठाउँ बन्नेछन् ।
Šaron će postati pašnjak ovcama, a nizina akorska počivalište govedima - narodu mojem koji mene traži.
11 तर तिमीहरू जसले परमप्रभुलाई त्याग्छौ, जसले मेरो पवित्र पर्वतलाई बिर्सन्छौ, जसले भाग्य-देवको निम्ति टेबल तयार पार्छौ र भावी-देवीको निम्ति मिसाएको मद्यका गिलासहरू भर्छौ ।
A vi koji ste Jahvu ostavili, koji ste zaboravili Svetu goru moju, koji pripremate stol Gadu, koji Meniju naljev lijevate,
12 तिमीहरूलाई म तरवारको निम्ति खटाउनेछु र तिमीहरू सबै जना हत्यारा सामु घोप्टिनेछौ, किनभने मैले तिमीहरूलाई बोलाउँदा तिमीहरूले जवाफ दिएनौ । म बोल्दा तिमीहरूले सुनेनौ । तर तिमीहरूले मेरो दृष्टिमा जे खराब थियो त्यही गर्यौ र मलाई खसी नपार्ने काम गर्न रोज्यौ ।”
za mač sam vas odredio - past ćete ničice da vas kolju. Jer zvao sam vas, a vi se niste odazvali, govorio sam, a vi niste slušali, nego ste činili što je zlo u očima mojim, izabirali ste što mi nije po volji.”
13 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, “हेर, मेरा सेवकहरूले खानेछन्, तर तिमीहरू भोकै हुनेछौ । मेरा सेवकहरूले पिउनेछन्, तर तिमीहरू तिर्खाउनेछौ । मेरा सेवकहरूले आनन्दित हुनेछन्, तर तिमीहरू लाजमा पर्नेछौ ।
Stog ovako Jahve Gospod govori: “Evo, sluge će moje jesti, a vi ćete gladovati. Evo, sluge će moje piti, a vi ćete žeđati. Evo, sluge će se moje veseliti, a vi ćete se stidjeti.
14 हेर, हृदयको खुसीको कारणले मेरा सेवकहरू आनन्दसाथ कराउनेछन्, तर तिमीहरू हृदयको पीडाको कारणले कराउनेछौ र आत्माको पीडाको कारणले विलाप गर्नेछौ ।
Evo, sluge će se moje radovati od sreće u srcu, a vi ćete vikati od boli u srcu i kukati duše slomljene!
15 मेरा चुनिएका जनहरूलाई बोल्न तिमीहरूले सरापको रूपमा आफ्ना नाउँ छोड्नेछौ । म परमप्रभु परमेश्वरले नै तिमीहरूलाई मार्नेछु । म मेरा सेवकहरूलाई म अर्कै नाउँले बोलाउनेछु ।
Ime ćete svoje ostaviti za kletvu mojim izabranicima: 'Tako te ubio Jahve!' A sluge svoje on će zvati drugim imenom.
16 पृथ्वीमा आशिष् दिनेहरू मद्वारा अर्थात् सत्यताको परमेश्वरद्वारा आशिषित् हुनेछन् । पृथ्वीमा शपथ लिनेले मेरो अर्थात् सत्यताको परमेश्वरको नाउँमा शपथ लिनेछ, किनभने पहिलेका कष्टहरू बिर्सिइनेछन्, किनकि ती मेरा दृष्टिबाट लुकाइनेछन् ।
Tko se u zemlji bude blagoslivljao, nek' se blagoslivlje Bogom vjernim. I tko se u zemlji bude kleo, nek' se kune Bogom vjernim. Jer prijašnje će nevolje biti zaboravljene, od očiju mojih bit će sakrivene.
17 किनकि हेर, मैले नयाँ आकाश र नयाँ पृथ्वी सृष्टि गर्न लागेको छु । अनि पहिले कुराहरू याद हुने वा मनमा आउनेछैन ।
Jer, evo, ja stvaram nova nebesa i novu zemlju. Prijašnje se više neće spominjati niti će vam na um dolaziti.
18 तर मैले सृष्टि गर्न लागेको कुरामा तिमीहरू सदासर्वदा खुसी र आनन्दित हुनेछौ । हेर, यरूशलेमलाई आनन्दको रूपमा र त्यसका मानिसहरूलाई खुसीको रूपमा मैले सृष्टि गर्न लागेको छु ।
Veselite se i dovijeka kličite zbog onoga što ja stvaram; jer, evo, od Jeruzalema stvaram klicanje, od naroda njegova radost.
19 यरूशलेमसित म आनन्दित र मेरा मानिसहरूसित खुसी हुनेछु । त्यसमा रुवाइ र कष्टको सोर कदापि सुनिनेछैन ।
I klicat ću nad Jeruzalemom, radovat' se nad svojim narodom. U njemu više neće čuti ni plača ni vapaja.
20 त्यहाँ बालक फेरि कहिल्यै केही दिन मात्र जिउनेछैन । न त वृद्ध मानिस अकालमा मर्नेछ । एक सय वर्षको उमेरमा मर्ने व्यक्तिलाई जवान भनिनेछ । एक सय वर्षको उमेरसम्म पुग्न नसक्ने कुनै पनि व्यक्ति श्रापित ठानिनेछ ।
U njemu više neće biti novorođenčeta koje živi malo dana ni starca koji ne bi godina svojih navršio: najmlađi će umrijet' kao stogodišnjak, a tko ne doživi stotinu godina prokletim će se smatrati.
21 तिनीहरूले घरहरू बनाउनेछन् र तिनमा बसोवास गर्नेछन् । तिनीहरूले दाखबारीहरू लगाउनेछन् र तिनका फल खानेछन् ।
Gradit će kuće i stanovat' u njima, saditi vinograde i uživati rod njihov.
22 तिनीहरूले घर निर्माण गरेपछि फेरि त्यसमा अरू कोही बस्ने कुरा कदापि हुनेछैन । तिनीहरूले रोप्ने र फल अरूले खाने हुनेछैन, किनकि मानिसहरूका दिनहरू रूखहरूका दिनहरू जस्तै हुनेछ । मेरा चुनिएकाहरूले आफ्ना हातका कामको पुर्ण रूपमा उपभोग गर्नेछन् ।
Neće se više graditi da drugi stanuju ni saditi da drugi uživa: vijek naroda moga bit će k'o vijek drveta, izabranici moji dugo će uživati plodove ruku svojih.
23 तिनीहरूले व्यर्थमा परिश्रम गर्नेछैनन्, न त निराशामा जन्म दिनेछन् । किनकि तिनीहरू र तिनीहरूसँगै तिनीहरूका सन्तानहरू पनि परमप्रभुद्वारा आशिष् दिइएका सन्तानहरू हुन् ।
Neće se zalud mučiti i neće rađati za smrt preranu, jer će oni s potomcima svojim biti rod blagoslovljenika Jahvinih.
24 तिनीहरूले पुकार्नअगि म जवाफ दिनेछु । अनि तिनीहरू बोल्दै गर्दा नै मैले सुन्नेछु ।
Prije nego me zazovu, ja ću im se odazvat'; još će govoriti, a ja ću ih već uslišiti.
25 ब्वाँसो र थुमा सँगै चर्नेछन्, र सिंहले गोरूले झैं पराल खानेछ । तर सर्पको खाना धूलो हुनेछ । तिनीहरूले मेरो सबै पवित्र पहाडमाथि फेरि चोट पुर्याउनेछैनन् न त विनाश गर्नेछन्,” परमप्रभु भन्नुहुन्छ ।
Vuk i jagnje zajedno će pasti, lav će jesti slamu k'o govedo; al' će se zmija prahom hraniti. Nitko neće činiti zla ni štete na svoj Svetoj gori mojoj” - govori Jahve.