< यशैया 65 >
1 “जसले सोधेनन् तिनीहरूद्वारा खोजिन म तयार थिएँ । जसले खोजेनन् तिनीहरूद्वारा भेट्टाइन म तयार थिएँ । मेरो नाउँ नपुकार्ने जातिलाई मैले भनें, 'म यहीं छु । म यहीं छु ।’
“Ndinali wokonzeka kumva mapemphero a amene sankandipempha kanthu; ndipo ndinalola kuti anthu amene ankandifunafuna kuti andipeze. Kwa mtundu wa anthu umene sunkapempha chithandizo kwa Ine, ndinati, ‘Ine ndili pano, Ine ndili pano.’
2 हठी मानिसहरूलाई दिनभरि मैले आफ्ना हातहरू फैलाएको छु, जो त्यस्ता मार्ग हिंड्छन् जुन असल छैन, जो तिनीहरूका आफ्नै विचारहरू र योजनाहरूमा हिंडेका छन् ।
Tsiku lonse ndatambasulira manja anga anthu owukira aja, amene amachita zoyipa, natsatira zokhumba zawo.
3 तिनीहरूले मलाई बगैंचामा बलिदान चढाएर र इँटको वेदीमाथि धूप बालेर मलाई निरन्तर क्रोधित बनाए ।
Ndatambasulira manja anga anthu aja amene nthawi zonse amandikwiyitsa mopanda manyazi. Iwo amapereka nsembe mʼminda ndi kufukiza lubani pa maguwa ansembe a njerwa.
4 तिनीहरू चिहानहरूका वरिपरि बस्छन् र रातभरि जाग्राम बस्छन् अनि आफ्ना भाँडाहरूमा अशुद्ध मासुको झोलसँगै सुँगुरको मासु खान्छन् ।
Amakatandala ku manda ndipo amakachezera usiku wonse kumalo obisika. Amadya nyama ya nkhumba, ndipo mʼmiphika mwawo muli msunzi wa nyama yodetsedwa.
5 तिनीहरू भन्छन्, “टाढै खडा हो, मेरो नजिक नआइज, किनकि तँभन्दा म पवित्र छु ।' यी कुराहरू मेरो नाकमा दिनभरि बल्ने आगो धूँवा हुन् ।
Amawuza ena kuti, ‘Khala patali usandiyandikire, chifukwa ungatengere kupatulika kwanga!’ Ukali wanga pa anthu otere uli ngati utsi mphuno zanga, ngati moto umene umayaka tsiku lonse.
6 हेर, मेरो सामु यस्तो लेखिएको छः म चूपचाप रहनेछैनँ, किनकि तिनीहरूलाई म साटो फेर्नेछु । तिनीहरूकै काखमा तिनीहरूलाई म बदला दिनेछु,
“Taonani, ndatsimikiza kale mlandu ndi chilango chawo; sindidzakhala chete koma ndidzawalanga kwathunthu chifukwa cha machimo awo
7 तिनीहरूका पापहरू र तिनीहरूका पुर्खाहरूका पापहरूको निम्ति एकसाथ,” परमप्रभु भन्नुहुन्छ । “डाँडाहरूमाथि धूप बालेको र पहाडहरूमाथि मेरो गिल्ला गरेकोमा म तिनीहरूसँग बदला लिनेछु । यसकारण तिनीहरूको विगतका कामहरूलाई तिनीहरूको काखमा म नापिदिनेछु ।”
ndi a makolo awo,” akutero Yehova. “Chifukwa anapereka nsembe zopsereza pa mapiri ndi kundinyoza Ine pa zitunda zawo, Ine ndidzawalanga kwathunthu potsata zimene anachita kale.”
8 परमप्रभु यसो यसो भन्नुहुन्छ, “दाखको झुप्पामा रस भेट्टाउँदा, एक जनाले 'यसलाई नाश नपार, किनकि यसमा असल कुरा छ' भने जस्तो हो । मेरो सेवकको खतिर म यसै गर्नेछुः तिनीहरू सबैलाई म नाश गर्नेछैन ।
Yehova akuti, “Pamene madzi akanapezeka mu phava la mphesa ndipo anthu amati, ‘Musawononge phavalo, popeza madzi ena abwino akanalimobe mʼphavalo,’ Inenso chifukwa cha mtumiki wanga; sindidzawononga onse.
9 याकूब र यहूदाका सन्तानहरूलाई म ल्याउनेछु, जसले मेरो पर्वतहरू अधिकार गर्नेछन् । मेरा चुनिएका जनहरूले देशलाई अधिकार गर्नेछन् र मेरा सेवकहरू त्यहाँ बस्नेछन् ।
Ndidzatulutsa zidzukulu mʼbanja la Yakobo, ndipo a banja la Yuda adzalandira mapiri anga ngati cholowa chawo. Anthu anga osankhidwa adzalandira zimenezi, ndipo atumiki anga adzakhala kumeneko.
10 मलाई खोज्ने मेरा मानिसहरूका निम्ति शारोन भेडाबाख्राको चरन र आकोरको बेसी गाईवस्तुको विश्राम गर्ने ठाउँ बन्नेछन् ।
Chigwa cha Saroni chidzakhala kodyetserako nkhosa, ndipo chigwa cha Akori chidzakhala malo opumirako ngʼombe kwa anthu anga ondifunafuna Ine.
11 तर तिमीहरू जसले परमप्रभुलाई त्याग्छौ, जसले मेरो पवित्र पर्वतलाई बिर्सन्छौ, जसले भाग्य-देवको निम्ति टेबल तयार पार्छौ र भावी-देवीको निम्ति मिसाएको मद्यका गिलासहरू भर्छौ ।
“Koma inu amene mumasiya Yehova ndi kuyiwala phiri langa lopatulika, amene munamukonzera Gadi chakudya ndi kuthirira Meni chakumwa,
12 तिमीहरूलाई म तरवारको निम्ति खटाउनेछु र तिमीहरू सबै जना हत्यारा सामु घोप्टिनेछौ, किनभने मैले तिमीहरूलाई बोलाउँदा तिमीहरूले जवाफ दिएनौ । म बोल्दा तिमीहरूले सुनेनौ । तर तिमीहरूले मेरो दृष्टिमा जे खराब थियो त्यही गर्यौ र मलाई खसी नपार्ने काम गर्न रोज्यौ ।”
ndidzakuperekani ku lupanga ngati nsembe, ndipo nonse mudzaphedwa; chifukwa simunayankhe pamene ndinakuyitanani, ndinayankhula koma simunamvere. Munachita zoyipa pamaso panga ndipo munasankha kuchita zoyipa zomwe sindikondwera nazo.”
13 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, “हेर, मेरा सेवकहरूले खानेछन्, तर तिमीहरू भोकै हुनेछौ । मेरा सेवकहरूले पिउनेछन्, तर तिमीहरू तिर्खाउनेछौ । मेरा सेवकहरूले आनन्दित हुनेछन्, तर तिमीहरू लाजमा पर्नेछौ ।
Nʼchifukwa chake Ambuye Yehova akuti, “Atumiki anga adzadya, koma inu mudzakhala ndi njala; atumiki anga adzamwa, koma inu mudzakhala ndi ludzu; atumiki anga adzakondwa, koma inu mudzakhala ndi manyazi.
14 हेर, हृदयको खुसीको कारणले मेरा सेवकहरू आनन्दसाथ कराउनेछन्, तर तिमीहरू हृदयको पीडाको कारणले कराउनेछौ र आत्माको पीडाको कारणले विलाप गर्नेछौ ।
Atumiki anga adzayimba mosangalala, koma inu mudzalira kwambiri chifukwa chovutika mu mtima ndipo mudzalira mofuwula chifukwa mudzamva kuwawa mu mtima.
15 मेरा चुनिएका जनहरूलाई बोल्न तिमीहरूले सरापको रूपमा आफ्ना नाउँ छोड्नेछौ । म परमप्रभु परमेश्वरले नै तिमीहरूलाई मार्नेछु । म मेरा सेवकहरूलाई म अर्कै नाउँले बोलाउनेछु ।
Anthu anga osankhidwa adzatchula dzina lanu potemberera. Ambuye Yehova adzakuphani, koma atumiki ake adzawapatsa dzina lina.
16 पृथ्वीमा आशिष् दिनेहरू मद्वारा अर्थात् सत्यताको परमेश्वरद्वारा आशिषित् हुनेछन् । पृथ्वीमा शपथ लिनेले मेरो अर्थात् सत्यताको परमेश्वरको नाउँमा शपथ लिनेछ, किनभने पहिलेका कष्टहरू बिर्सिइनेछन्, किनकि ती मेरा दृष्टिबाट लुकाइनेछन् ।
Aliyense wopempha dalitso mʼdzikomo adzachita zimenezo kwa Mulungu woona; ndipo aliyense wochita malumbiro mʼdzikomo adzalumbira mwa Mulungu woona. Pakuti mavuto akale adzayiwalika ndipo adzachotsedwa pamaso panga.
17 किनकि हेर, मैले नयाँ आकाश र नयाँ पृथ्वी सृष्टि गर्न लागेको छु । अनि पहिले कुराहरू याद हुने वा मनमा आउनेछैन ।
“Taonani, ndikulenga mlengalenga mwatsopano ndi dziko lapansi latsopano. Zinthu zakale sizidzakumbukika, zidzayiwalika kotheratu.
18 तर मैले सृष्टि गर्न लागेको कुरामा तिमीहरू सदासर्वदा खुसी र आनन्दित हुनेछौ । हेर, यरूशलेमलाई आनन्दको रूपमा र त्यसका मानिसहरूलाई खुसीको रूपमा मैले सृष्टि गर्न लागेको छु ।
Koma inu mukhale osangalala ndi okondwa mpaka muyaya chifukwa cha zimene ndikulenga, pakuti ndikulenga Yerusalemu kukhala malo wosangalatsa ndipo anthu ake adzakhala achimwemwe.
19 यरूशलेमसित म आनन्दित र मेरा मानिसहरूसित खुसी हुनेछु । त्यसमा रुवाइ र कष्टको सोर कदापि सुनिनेछैन ।
Ine ndidzakondwa chifuwa cha Yerusalemu ndipo ndidzasangalala chifukwa cha anthu anga. Kumeneko sikudzamvekanso kulira ndi mfuwu wodandaula.
20 त्यहाँ बालक फेरि कहिल्यै केही दिन मात्र जिउनेछैन । न त वृद्ध मानिस अकालमा मर्नेछ । एक सय वर्षको उमेरमा मर्ने व्यक्तिलाई जवान भनिनेछ । एक सय वर्षको उमेरसम्म पुग्न नसक्ने कुनै पनि व्यक्ति श्रापित ठानिनेछ ।
“Ana sadzafa ali akhanda ndipo nkhalamba zonse zidzakwaniritsa zaka zawo zonse. Wamngʼono mwa iwo adzafa ali ndi zaka 100. Amene adzalephere kufika zaka 100 adzatengedwa kukhala wotembereredwa.
21 तिनीहरूले घरहरू बनाउनेछन् र तिनमा बसोवास गर्नेछन् । तिनीहरूले दाखबारीहरू लगाउनेछन् र तिनका फल खानेछन् ।
Anthu adzamanga nyumba ndi kukhalamo, adzadzala mpesa ndipo adzadya zipatso zake.
22 तिनीहरूले घर निर्माण गरेपछि फेरि त्यसमा अरू कोही बस्ने कुरा कदापि हुनेछैन । तिनीहरूले रोप्ने र फल अरूले खाने हुनेछैन, किनकि मानिसहरूका दिनहरू रूखहरूका दिनहरू जस्तै हुनेछ । मेरा चुनिएकाहरूले आफ्ना हातका कामको पुर्ण रूपमा उपभोग गर्नेछन् ।
Sadzamanganso nyumba anthu ena nʼkukhalamo, kapena kudzala ndi ena nʼkudya. Pakuti anthu anga adzakhala ndi moyo wautali ngati mitengo. Osankhidwa anga adzakondwera ndi ntchito ya manja awo nthawi yayitali.
23 तिनीहरूले व्यर्थमा परिश्रम गर्नेछैनन्, न त निराशामा जन्म दिनेछन् । किनकि तिनीहरू र तिनीहरूसँगै तिनीहरूका सन्तानहरू पनि परमप्रभुद्वारा आशिष् दिइएका सन्तानहरू हुन् ।
Sadzagwira ntchito pachabe kapena kubereka ana kuti aone tsoka; chifukwa adzakhala anthu odalitsidwa ndi Yehova, iwowo pamodzi ndi adzukulu awo omwe.
24 तिनीहरूले पुकार्नअगि म जवाफ दिनेछु । अनि तिनीहरू बोल्दै गर्दा नै मैले सुन्नेछु ।
Ndidzawayankha ngakhale asanathe nʼkupempha komwe. Pamene akuyankhula kumene Ine ndidzakhala nditamva kale.
25 ब्वाँसो र थुमा सँगै चर्नेछन्, र सिंहले गोरूले झैं पराल खानेछ । तर सर्पको खाना धूलो हुनेछ । तिनीहरूले मेरो सबै पवित्र पहाडमाथि फेरि चोट पुर्याउनेछैनन् न त विनाश गर्नेछन्,” परमप्रभु भन्नुहुन्छ ।
Mʼmbulu ndi mwana wankhosa wamkazi zidzadyera pamodzi. Mkango udzadya udzu monga ngʼombe, koma fumbi ndiye chidzakhale chakudya cha njoka. Pa phiri langa lopatulika sipadzakhala chinthu chopweteka kapena chowononga,” akutero Yehova.