< यशैया 62 >

1 किनकि सियोनको खातिर चूप लाग्‍नेछैन र यरूशलेमको खातिर म मौन रहनेछैन, जबसम्‍म त्यसको धार्मिकता चहकिलो रूपमा बढ्‍दैन र त्यसको उद्धार दन्केको एउटा राँकोझैं हुँदैन ।
Sion enti, merenyɛ komm, Yerusalem enti, merenyɛ dinn, kɔsi sɛ ne tenenee bɛhyerɛn sɛ adekyeɛ, na ne nkwagyeɛ adɛre sɛ ogyatɛn.
2 जातिहरूले तेरो धार्मिकता र राजाहरूले तेरो महिमा देख्‍नेछन् । परमप्रभुले चुन्‍नुहुने नयाँ नाउँले तँलाई बोलाइनेछ ।
Amanaman no bɛhunu wo tenenee, na ahemfo nyinaa ahunu wo animuonyam; wɔbɛfrɛ wo din foforɔ a Awurade de bɛto wo.
3 परमप्रभुको हातमा तँ एउटा सुन्दरताको मुकुट र आफ्‍नो परमेश्‍वरको हातमा राजकीय मुकुट हुनेछस् ।
Wobɛyɛ animuonyam ahenkyɛ wɔ Awurade nsam, ne adehyeɛ abɔtiten wɔ wo Onyankopɔn nsam.
4 तेरो बारेमा कदापि “त्यागिएकी” भनिनेछैनस् । न त तेरो देशलाई फेरि कहिलै “उजाडिएको” भनिनेछ । तँलाई साँच्‍चै, “त्‍योसँग म खुसी छु” र तेरो देशलाई “विवाहित” भनिनेछ, किनकि परमप्रभु तँमा खुसी हुनुहुन्छ र तेरो देश विवाहित हुनेछ ।
Wɔremfrɛ wo atugya bio, anaa wʼasase sɛ amanfo. Na mmom wɔbɛfrɛ wo Hefsiba anaa anisɔ Kuropɔn ne wʼasase sɛ Beula anaa ɔwarefoɔ ɛfiri sɛ Awurade ani bɛgye wo ho, na ɔbɛware wʼasase.
5 साँच्‍चै एक जना जवान मानिसले जवान स्‍त्रीलाई विवाह गरेझैं, तेरा छोराहरूले तँलाई विवाह गर्नेछन् । अनि एक जना दुलहा आफ्‍नी दुलहीसँग आनन्‍दित भएझैं तेरा परमेश्‍वर तँसित आनन्‍दित हुनुहुनेछ ।
Sɛdeɛ aberanteɛ ware ababaawa no, saa ara na wo mmammarima bɛware wo; sɛdeɛ ayeforɔkunu ani gye nʼayeforɔ ho no, saa ara na wo Onyankopɔn ani bɛgye wo ho.
6 ए यरूशलेम, मैले तेरा पर्खालहरूमा रक्षकहरू राखेको छु । तिनीहरू दिनरात चुप बस्दैनन् । तिमीहरू जो परमप्रभुलाई पुकार्छौ, विश्राम नलेओ ।
Mede awɛmfoɔ agyinagyina wʼafasuo so Ao, Yerusalem; wɔremmua wɔn ano awia anaa anadwo. Mo a musu frɛ Awurade no, monnhome koraa,
7 उहाँले यरूशलेमलाई पुनःस्थापना गरेर र पृथ्वीमा यसलाई प्रशंसा नबनाएसम्म उहाँलाई विश्राम गर्न नदेओ ।
na mommma ɔnnye nʼahome kɔsi sɛ ɔbɛma Yerusalem atim na wayɛ no deɛ asase nyinaa bɛkamfo.
8 परमप्रभुले आफ्नो दाहिने बाहुली र आफ्नो सामर्थ्यद्वारा शपथ खानुभएको छ, “निश्‍चय नै तेरो अन्‍न तेरो शत्रुहरूलाई म फेरि दिनेछैन । विदेशीहरूले तेरो नयाँ दाखमद्य पिउनेछैनन्, जसको निम्ति तैंले काम गरेको छस् ।
Awurade de ne basa nifa aka ntam, ne basa a ɛyɛ den no sɛ, “Meremfa mo ayuo mma mo atamfoɔ sɛ wɔn aduane bio, na ananafoɔ rennom nsã foforɔ a moabrɛ ho no bio;
9 कटनी गर्नेहरूले त्‍यो खानेछन् र पमरप्रभुको प्रशंसा गर्नेछन् । अनि दाख टिप्‍नेहरूले मेरो पवित्रस्थानको चोकमा दाखमद्य पिउनेछन् ।”
wɔn a wɔtwa no na wɔbɛdi na wɔakamfo Awurade, na wɔn a wɔboaboa bobe ano no bɛnom wɔ me kronkronbea adihɔ.”
10 ढोकाबाट आओ, ढोकाबाट आओ! मानिसहरूको निम्ति बाटो तयार पार! यसलाई निर्माण गर, मुल बाटो बनाओ! ढुङ्गाहरू बटुल! जातिहरूको निम्ति संकेतको झन्डा उठाओ ।
Momfa mu, momfa kuropɔn apono no mu! Monsiesie kwan no mma nkurɔfoɔ no. Mompae, mompae kwantempɔn no! Monyiyi so aboɔ no. Monsi frankaa mma amanaman no.
11 हेर, परमप्रभुले पृथ्वीको अन्तिम छेउसम्म घोषणा गर्नुहुन्छ, “सियोनकी छोरीलाई भनः हेर्, तेरो मुक्‍तिदाता आउँदैहुनुहुन्छ । हेर्, उहाँको इनाम उहाँसँगै छ र उहाँको प्रतिफल उहाँको अघि जाँदैछ ।”
Awurade abɔ no dawuro akɔsi nsase ano sɛ, “Monka nkyerɛ Ɔbabaa Sion sɛ, ‘Hwɛ, wo Agyenkwa reba! Hwɛ nʼakatua ka ne ho, na nʼanamuhyɛdeɛ nso ka ne ho.’”
12 तिनीहरूले तँलाई यसो भन्‍नेछन्, “पवित्र मानिसहरू । परमप्रभुले उद्धार गर्नुभएकाहरू,” अनि तँलाई “खोजिएको । नत्यागिएको सहर” भनिनेछ ।
Wɔbɛfrɛ wɔn Nnipa Kronkron, wɔn a Awurade Agye Wɔn; na wɔbɛfrɛ wo Deɛ Wɔrehwehwɛ Nʼakyiri Ɛkwan, Kuropɔn a Ɛrenyɛ Afo Bio.

< यशैया 62 >