< यशैया 62 >

1 किनकि सियोनको खातिर चूप लाग्‍नेछैन र यरूशलेमको खातिर म मौन रहनेछैन, जबसम्‍म त्यसको धार्मिकता चहकिलो रूपमा बढ्‍दैन र त्यसको उद्धार दन्केको एउटा राँकोझैं हुँदैन ।
Kwa niaba ya Sayuni sitatulia, na kwa naiba ya Yerusalemu sitanyamaza kimya, mpaka haki yake itakapotokea, na wokovu wake kama tochi.
2 जातिहरूले तेरो धार्मिकता र राजाहरूले तेरो महिमा देख्‍नेछन् । परमप्रभुले चुन्‍नुहुने नयाँ नाउँले तँलाई बोलाइनेछ ।
Mataifa yataona haki yako, na wafalme wote wataona utukufu wako. Utaitwa kwa jina jipya ambalo Yahwe atalichagua.
3 परमप्रभुको हातमा तँ एउटा सुन्दरताको मुकुट र आफ्‍नो परमेश्‍वरको हातमा राजकीय मुकुट हुनेछस् ।
Pia utakuwa taji zuri katika mkono wa Yahwe, na kilemba cha ufalme katika mkono wa Mungu wako.
4 तेरो बारेमा कदापि “त्यागिएकी” भनिनेछैनस् । न त तेरो देशलाई फेरि कहिलै “उजाडिएको” भनिनेछ । तँलाई साँच्‍चै, “त्‍योसँग म खुसी छु” र तेरो देशलाई “विवाहित” भनिनेछ, किनकि परमप्रभु तँमा खुसी हुनुहुन्छ र तेरो देश विवाहित हुनेछ ।
Hautaambiwa tena, ''Umetelekezwa''; wala kwa nchi yako hautasema tena, ''Ukiwa.'' kweli, itaitwa ''Neema yangu iko kwake'', na nchi yao ''ndoa'' mana furaha ya Yahwe ndani yenu, na nchi yenu itaolewa.
5 साँच्‍चै एक जना जवान मानिसले जवान स्‍त्रीलाई विवाह गरेझैं, तेरा छोराहरूले तँलाई विवाह गर्नेछन् । अनि एक जना दुलहा आफ्‍नी दुलहीसँग आनन्‍दित भएझैं तेरा परमेश्‍वर तँसित आनन्‍दित हुनुहुनेछ ।
Hakika, kama kijana mdogo akimuoa mwanamke mdogo, hivyo watoto wako watawaoa ninyi, na kama bwana harusi anavyofurahia juu ya bibi harusi, Mungu wenu atafuhai juu yenu.
6 ए यरूशलेम, मैले तेरा पर्खालहरूमा रक्षकहरू राखेको छु । तिनीहरू दिनरात चुप बस्दैनन् । तिमीहरू जो परमप्रभुलाई पुकार्छौ, विश्राम नलेओ ।
Nimemuweka mlinzi katika kuta zenu, Yerusalemu; hawatatulia mchana wala usiku. Utabaki kuwa Yahwe, usitulie.
7 उहाँले यरूशलेमलाई पुनःस्थापना गरेर र पृथ्वीमा यसलाई प्रशंसा नबनाएसम्म उहाँलाई विश्राम गर्न नदेओ ।
Usimuache apumzike mpaka ainzishe tena Yerusalemu na kmfanya asifiwe duniani.
8 परमप्रभुले आफ्नो दाहिने बाहुली र आफ्नो सामर्थ्यद्वारा शपथ खानुभएको छ, “निश्‍चय नै तेरो अन्‍न तेरो शत्रुहरूलाई म फेरि दिनेछैन । विदेशीहरूले तेरो नयाँ दाखमद्य पिउनेछैनन्, जसको निम्ति तैंले काम गरेको छस् ।
Yahwe ameapa kwa mkono wake wa kuume na kwa mkono wa nguvu zake, ''Hakika sitawapa tena nafaka kama chakula cha maadui zenu. Wageni hawatakunjwa mvinyo wenu uliompya maana mlifanya kazi.
9 कटनी गर्नेहरूले त्‍यो खानेछन् र पमरप्रभुको प्रशंसा गर्नेछन् । अनि दाख टिप्‍नेहरूले मेरो पवित्रस्थानको चोकमा दाखमद्य पिउनेछन् ।”
Kwale watakao vuna nafaka watazila na kumsifu Yahwe, na wale wanaochuma zabibu watakunjwa mvinyo katika mahakama ya madhebau yangu takatifu.''
10 ढोकाबाट आओ, ढोकाबाट आओ! मानिसहरूको निम्ति बाटो तयार पार! यसलाई निर्माण गर, मुल बाटो बनाओ! ढुङ्गाहरू बटुल! जातिहरूको निम्ति संकेतको झन्डा उठाओ ।
Njooni pitieni, pitieni katika lango! Tenegenezeni mapito ya watu! Itengenezeni, Tengeneza njia kuu! kusanyeni mawe! Nyanyueni juu ishara ya bendera kwa mataifa!
11 हेर, परमप्रभुले पृथ्वीको अन्तिम छेउसम्म घोषणा गर्नुहुन्छ, “सियोनकी छोरीलाई भनः हेर्, तेरो मुक्‍तिदाता आउँदैहुनुहुन्छ । हेर्, उहाँको इनाम उहाँसँगै छ र उहाँको प्रतिफल उहाँको अघि जाँदैछ ।”
Tazama, Yahwe ametangaza mwisho wa nchi, ''Waambie binti Sayuni: Tazama, Mkombozi wenu anakuja! Angalia, amebeba zawadi zake, na malipo yake yapo mbele yake.''
12 तिनीहरूले तँलाई यसो भन्‍नेछन्, “पवित्र मानिसहरू । परमप्रभुले उद्धार गर्नुभएकाहरू,” अनि तँलाई “खोजिएको । नत्यागिएको सहर” भनिनेछ ।
Watakuita wewe, ''Mtu mtakatifu; Mkombozi wa Yahwe,'' nawe utaitwa ''Ulioacha kabla; mji usiotelekezwa.''

< यशैया 62 >