< यशैया 62 >
1 किनकि सियोनको खातिर चूप लाग्नेछैन र यरूशलेमको खातिर म मौन रहनेछैन, जबसम्म त्यसको धार्मिकता चहकिलो रूपमा बढ्दैन र त्यसको उद्धार दन्केको एउटा राँकोझैं हुँदैन ।
Por el bien de Sión no callaré, y por el bien de Jerusalén no descansaré, hasta que su rectitud brille como el amanecer, y su salvación como una lámpara encendida.
2 जातिहरूले तेरो धार्मिकता र राजाहरूले तेरो महिमा देख्नेछन् । परमप्रभुले चुन्नुहुने नयाँ नाउँले तँलाई बोलाइनेछ ।
Las naciones verán tu justicia, y todos los reyes tu gloria. Se le llamará por un nuevo nombre, que la boca de Yahvé nombrará.
3 परमप्रभुको हातमा तँ एउटा सुन्दरताको मुकुट र आफ्नो परमेश्वरको हातमा राजकीय मुकुट हुनेछस् ।
Tú también serás una corona de belleza en la mano de Yahvé, y una diadema real en la mano de tu Dios.
4 तेरो बारेमा कदापि “त्यागिएकी” भनिनेछैनस् । न त तेरो देशलाई फेरि कहिलै “उजाडिएको” भनिनेछ । तँलाई साँच्चै, “त्योसँग म खुसी छु” र तेरो देशलाई “विवाहित” भनिनेछ, किनकि परमप्रभु तँमा खुसी हुनुहुन्छ र तेरो देश विवाहित हुनेछ ।
Ya no te llamarán Desamparado, ni tu tierra se llamará nunca más Desolada; pero te llamarán Hephzibah, y tu tierra Beulah; porque Yahvé se deleita en ti, y tu tierra se casará.
5 साँच्चै एक जना जवान मानिसले जवान स्त्रीलाई विवाह गरेझैं, तेरा छोराहरूले तँलाई विवाह गर्नेछन् । अनि एक जना दुलहा आफ्नी दुलहीसँग आनन्दित भएझैं तेरा परमेश्वर तँसित आनन्दित हुनुहुनेछ ।
Porque como un joven se casa con una virgen, para que tus hijos se casen contigo. Como un novio se regocija por su novia, para que tu Dios se alegre de ti.
6 ए यरूशलेम, मैले तेरा पर्खालहरूमा रक्षकहरू राखेको छु । तिनीहरू दिनरात चुप बस्दैनन् । तिमीहरू जो परमप्रभुलाई पुकार्छौ, विश्राम नलेओ ।
He puesto centinelas en tus muros, Jerusalén. Nunca estarán en silencio ni de día ni de noche. Tú que invocas a Yahvé, no descanses,
7 उहाँले यरूशलेमलाई पुनःस्थापना गरेर र पृथ्वीमा यसलाई प्रशंसा नबनाएसम्म उहाँलाई विश्राम गर्न नदेओ ।
y no le den descanso hasta que se establezca, y hasta que haga de Jerusalén una alabanza en la tierra.
8 परमप्रभुले आफ्नो दाहिने बाहुली र आफ्नो सामर्थ्यद्वारा शपथ खानुभएको छ, “निश्चय नै तेरो अन्न तेरो शत्रुहरूलाई म फेरि दिनेछैन । विदेशीहरूले तेरो नयाँ दाखमद्य पिउनेछैनन्, जसको निम्ति तैंले काम गरेको छस् ।
Yahvé ha jurado por su mano derecha, y por el brazo de su fuerza, “Ciertamente no daré más tu grano para que sea alimento de tus enemigos, y los extranjeros no beberán tu vino nuevo, por el que has trabajado,
9 कटनी गर्नेहरूले त्यो खानेछन् र पमरप्रभुको प्रशंसा गर्नेछन् । अनि दाख टिप्नेहरूले मेरो पवित्रस्थानको चोकमा दाखमद्य पिउनेछन् ।”
pero los que lo han cosechado lo comerán y alabarán a Yahvé. Los que lo hayan recogido lo beberán en los atrios de mi santuario”.
10 ढोकाबाट आओ, ढोकाबाट आओ! मानिसहरूको निम्ति बाटो तयार पार! यसलाई निर्माण गर, मुल बाटो बनाओ! ढुङ्गाहरू बटुल! जातिहरूको निम्ति संकेतको झन्डा उठाओ ।
¡Pasa, pasa por las puertas! ¡Preparen el camino del pueblo! ¡Construyan, construyan la autopista! ¡Recojan las piedras! Levantar una bandera para los pueblos.
11 हेर, परमप्रभुले पृथ्वीको अन्तिम छेउसम्म घोषणा गर्नुहुन्छ, “सियोनकी छोरीलाई भनः हेर्, तेरो मुक्तिदाता आउँदैहुनुहुन्छ । हेर्, उहाँको इनाम उहाँसँगै छ र उहाँको प्रतिफल उहाँको अघि जाँदैछ ।”
He aquí que Yahvé ha proclamado hasta el fin de la tierra: “Di a la hija de Sión, He aquí que viene tu salvación. He aquí que su recompensa está con él, y su recompensa ante él”.
12 तिनीहरूले तँलाई यसो भन्नेछन्, “पवित्र मानिसहरू । परमप्रभुले उद्धार गर्नुभएकाहरू,” अनि तँलाई “खोजिएको । नत्यागिएको सहर” भनिनेछ ।
Los llamarán “El Pueblo Santo”, Los redimidos de Yahvé”. Se le llamará “Buscada”, Una ciudad no abandonada”.