< यशैया 6 >
1 उज्जियाह राजाको मृत्यु भएको वर्षमा मैले परमप्रभुलाई सिंहासनमा विराजमान हुनुभएको देखें । उहाँ उच्च र उचालिएको हुनुहुन्थ्यो, अनि उहाँको पोशाकको छेउले मन्दिर नै ढाकेको थियो ।
Det året då kong Uzzia døydde, såg eg Herren sitja på ein høg og hæv kongsstol, og slæpet på klædnaden hans fyllte templet.
2 उहाँ माथिल्तिर सराफहरू थिए । प्रत्येकका छ-छवटा पखेटाहरू थिए । दुई वटा पखेटाहरूले प्रत्येकले आफ्नो मुहार छोप्थे र दुई वटा पखेटाले तिनले आफ्ना खुट्टा छोप्थे र दुई वटाले ती उड्थे ।
Serafar stod ikring honom. Kvar av deim hadde seks vengjer: med tvo gøymde dei andliti sine, med tvo gøymde dei føterne sine, og med tvo flaug dei.
3 प्रत्येकले अर्कोलाई बोलाउँथे र यसो भन्थे, “सर्वशक्तिमान् परमप्रभु पवित्र, पवित्र, पवित्र हुनुहुन्छ! सारा पृथ्वी उहाँको महिमाले भरिएको छ ।”
Og den eine ropa til den andre og sagde: «Heilag, heilag, heilag er Herren Sebaot, all jordi er full av hans æra!»
4 ती कराइरहेकाहरूको आवाजले सँघारका जगहरू हल्लिए र मन्दिर धूँवाले भरिएको थियो ।
Grunnen under dørstokkarne riste når ropet ljoma, og huset vart fyllt med røyk.
5 तब मैले भने, “मलाई धिक्कार होस्! किनभने म सर्वनाश भएँ, म त अशुद्ध ओठ भएको मानिस हुँ, र अशुद्ध मानिसहरूको बिचमा म बस्छु, किनभने सर्वशक्तिमान् परमप्रभु महाराजा परमप्रभुलाई नै मेरा आँखाले देखेका छन्!”
Då sagde eg: «Usæl er eg, no er ute med meg! for eg er ein mann med ureine lippor, og eg bur millom eit folk med ureine lippor, og augo mine hev set kongen, Herren, allhers drott!»
6 तब सराफहरूमध्ये एउटा उडेर मकहाँ आए । उनको हातमा बलिरहेको भुङ्ग्रो थियो, जसलाई उनले वेदीबाट चिम्टाले निकालेका थिए ।
Men ein av serafarne flaug fram til meg, han hadde i handi ein glod som han med ei tong hadde teke på altaret.
7 त्यसले उनले मेरो ओठ छोए र भने, “हेर, यसले तिम्रो ओठ छोएको छ । तिम्रा दोषहरू हटाइएका छन् र तिम्रा पापको प्रायश्चि गरिएको छ ।”
Med den rørde han ved munnen min, og so sagde han: «Sjå, denne hev rørt ved lipporne dine, no er di misgjerd burte, og di synd er sona.»
8 मैले परमप्रभुको यसो भन्ने आवाज सुनें, “म कसलाई पठाऊँ । हाम्रा निम्ति को जान्छ?” तब मैले भनें, “म यहाँ छु । मलाई पठाउनुहोस् ।”
Og eg høyrde Herren tala og sagde: «Kven skal eg senda, og kven vil vera vår bodberar?» Då sagde eg: «Sjå her er eg, send meg!»
9 उहाँले भन्नुभयो, “जाऊ, यी मानिहरूलाई भन, 'सुन्छौ, तर बुझ्दैनौ । हेर्छौ, तर थाहा पाउँदैनौ ।'
Og han sagde: «Gakk av stad og seg til dette folket: «Høyr og høyr, men håtta ikkje! Sjå og sjå, men skyna ikkje!»
10 यी मानिसहरूका हृदयलाई मुर्ख बनाऊ, र तिनीहरूका कानलाई बैरो बनाऊ र तिनीहरूका आँखालाई अन्धो बनाऊ । अन्यथा तिनीहरूका आफ्नो आँखाले देख्लान्, तिनीहरूका कानले सुन्लान् र तिनीहरूका हृदयले बुझ्लान् र तब फर्केर निको होलान् ।”
Gjer hjarta hardt på dette folket, gjer øyro dauvhøyrt og gjer augo blinde, so dei ikkje ser med augo eller høyrer med øyro eller skynar med hjarta, og vender um og vert lækte.»
11 तब मैले भने, “हे परमप्रभु, कहिलेसम्म?” उहाँले जवाफ दिनुभयो, “बासिन्दाविनाका भग्नावशेष सहरहरू ध्वस्त नहुन्जेल र मानिसविनाका घरहरू नहुन्जेल, र देश उजाड नहुन्जेल,
Men eg sagde: «Kor lenge, Herre?» Han sagde: «Til dess byarne ligg aude og tome, og husi stend utan folk, og landet ligg att som ei øydemark,
12 अनि परमप्रभुले मानिसहरूलाई टाढा नपठाउन्जेल र देश ठुलो निर्जन नहुन्जेलसम्म ।
til dess Herren hev sendt folket langt burt, og øydestaderne hev vorte mange i landet.
13 यसमा मानिसहरूको दस भागमा एक भाग रहे तापनि, फेरि पनि त्यो नष्ट पारिनेछ । तारपीन र फँलाट काटिन्छ र त्यसको ठुटो बाँकी रहेझैं, त्यसको पवित्र बीउ त्यसको ठुटोमा हुन्छ ।”
Og finst det endå att ein tiandepart, so skal den og øydast ut liksom ei terebinta eller ei eik, som berre rotstuven er att av, når dei vert nedhogne. Denne stuven skal vera eit heilagt sæde.»