< यशैया 59 >
1 हेर, परमप्रभुको हात यति छोटो छैन कि त्यसले बचाउन सक्दैन । न त उहाँको कान यति मन्द नै छ कि त्यसले सुन्न सक्दैन ।
Redzi, Tā Kunga roka nav paīsināta, palīdzēt, un Viņa auss nav bieza, dzirdēt.
2 तापनि तिमीहरूका पापपुर्ण कामहरूले तिमीहरूलाई परमेश्वरबाट अलग गरेको छ, र तिमीहरूका पापहरूले तिमीहरूबाट र तिमीहरूका कुरा सुन्नबाट उहाँलाई आफ्नो मुख लुकाउने बनाएको छ ।
Bet jūsu noziegumi jūs atšķir no jūsu Dieva, un jūsu grēki apslēpj Viņa vaigu no jums, ka Viņš neklausa.
3 किनकि तिमीहरूका हातहरूमा रगतका र तिमीहरूको औंलाहरूमा पापका दाग छन् । तिमीहरूका ओठहरूले झुट बोल्छन् र तिमीहरूका जिब्राले छलपुर्वक बोल्छन् ।
Jo jūsu rokas ir sagānītas ar asinīm un jūsu pirksti ar netaisnību, jūsu lūpas runā viltību, un jūsu mēle izdomā nepatiesību.
4 कसैले पनि धार्मिकतामा पुकारा गर्दैन र कसैले पनि आफ्नो मुद्दाको निम्ति सत्यतामा बिन्ति गर्दैन । तिनीहरू रित्ता शब्दहरूमा भर पर्छन् र झुट बोल्छन् । तिनीहरूले कष्ट गर्भधारण गर्छन् र पाप जन्माउँछन् ।
Neviena nav, kas taisnību sludina, un neviena, kas uzticīgi tiesā; tie paļaujas uz tukšiem niekiem un runā viltu, tie nesās ar nelietību un dzemdē postu.
5 तिनीहरूले विषालु सर्पको अण्डा ओथर्छन् र माकुराको जालो बुन्छन् । तिनीहरूका अण्डा जसले खान्छ त्यो मर्छ र एउटा अण्डा फुटाइयो भने, त्यसबाट विषलु सर्प निस्कन्छ ।
Tie perē čūsku pautus(olas) un auž zirnekļa tīklus. Kas no viņu pautiem ēd, tam jāmirst, un kad vienu samin, tad odze izlec.
6 तिनीहरूका जालोहरू लुगाको निम्ति प्रयोग गर्न सकिंदैन, न त तिनीहरूले आफ्ना कामहरूले आफूलाई ढाक्न सक्छन् । तिनीहरूका कामहरू पापका कामहरू हुन् र तिनीहरूका हातहरूमा हिंसाका कामहरू छन् ।
Viņu audumi neder drēbēm, un ar viņu darījumiem nevar apsegties, viņu darbi ir nelietīgi darbi, un varmācība ir viņu rokās.
7 तिनीहरूका पाउहरू दुष्टतातिर हतारिन्छ र तिनीहरू नोर्दोष रगत बगाउन दौडिन्छन् । तिनीहरूका विचारहरू पापका विचारहरू हुन् । हिंसा र विनाश तिनीहरूका बाटोहरू हुन् ।
Viņu kājas skrien uz ļaunumu un steidzās izliet nenoziedzīgas asinis, viņu domas ir nelietīgas domas, posts un nelaime ir uz viņu ceļiem.
8 शान्तिको बाटो तिनीहरूले जान्दैनन् र तिनीहरूका बाटोहरूमा न्याय हुँदैन । तिनीहरूले बाङ्गा बाटोहरू बनाएका छन् । यी बाटोहरूमा यात्रा गर्नेहरूले शान्ति जान्दैनन् ।
Miera ceļu tie nezin, un tiesa nav viņu gājumos, tie groza savus ceļus; neviens, kas pa tiem staigā, nezin mieru.
9 यसकारण न्याय हामीबाट टाढा छ, न त धार्मिकता हामीकहाँ आइपुग्छ । हामी ज्योतिको आशा गर्छौं, तर अन्धकार देख्छौं । हामी उज्यालोको प्रतिक्षा गर्छौं, तर हामी अन्धकारमा हिंड्छौं ।
Tādēļ tiesa ir tālu no mums, un taisnība mūs nepanāk, mēs gaidām uz gaismu, bet redzi, te ir tumsa, - uz spožumu, bet mēs staigājam krēslā.
10 अन्धाले झैं र देख्न नसक्नेहरूले झैं हामी भित्ता छाम्छौं । हामी मध्यदिनमा नै साँझमा झैं ठेस खान्छौं । बलियोहरूका माझमा हामी मरेका मानिसझैं छौं।
Mēs grābstāmies gar sienām, kā akli, un kā kam acu nav, tā mēs grābstāmies; mēs piedauzamies dienas vidū tā kā krēslā, pašā zaļā dzīvībā esam kā miruši.
11 हामी भालुझैं कराउँछौं र ढुकुरझैं विलाप गर्छौं । हामी न्यायको आशा गर्छौं, तर त्यहाँ छैन । छुटकाराको खोज्छौं, तर त्यो हामीबाट टाढा छ ।
Mēs rūcam visi kā lāči, vaidam kā baloži, gaidām uz tiesu bet nav, uz pestīšanu, bet tā no mums tālu.
12 किनकि हाम्रा धेरै अपराधहरू तपाईंका सामु छन् र हाम्रा पापहरूले हाम्रा विरुद्धमा गवाही दिन्छन् । किनकि हाम्रा अपराधहरू हामीसँग छन् र हामी आफ्ना पापहरू जान्दछौं।
Jo mūsu pārkāpumu ir daudz Tavā priekšā, un mūsu grēki dod pret mums liecību. Jo mūsu pārkāpumi ir mūsu priekšā, un mēs zinām savus noziegumus,
13 परमप्रभुलाई इन्कार गरेर र हाम्रा परमेश्वरको अनुसरण गर्न छाडेर हामीले विद्रोह गरेका छौं । हामीले झुट बोलेका छौं, अनि तर्किएर हृदय र झुटका शब्दहरूबाट गनगन गरेका छौं ।
Mēs esam atkāpušies un To Kungu aizlieguši, nogriezušies no sava Dieva, runājam varmācību un bezdievību, sadomājam un izgāžam no sirds melu valodu.
14 न्याय हटाइएको छ र धार्मिका टाढै खडा हुन्छ । किनकि सत्यता खुल्ला ठाउँ ठेस खान्छ र ठिक कुरा आउन सक्दैन ।
Tiesa ir atstumta nost, un taisnība stāv no tālienes, jo patiesība klūp uz ielas, un skaidrība netiek iekšā.
15 भरोसा हराएको छ, र जो दुष्टताबाट फर्किन्छ उसले आफूलाई शिकार बनाउँछ । परमप्रभुले यो देख्नुभयो र त्यहाँ न्याय नदेखेर अप्रशन्न हुनुभयो ।
Tiešām, patiesība palikusi reta, un kas no ļauna atkāpjas, paliek par laupījumu. Tas Kungs to redzēja, un tas viņam nepatika, ka taisnības nav.
16 त्यहाँ उहाँले कुनै मानिसलाई देख्नुभएन र मध्यस्थ गर्ने कोही नभएकोमा उहाँ छक्क पर्नुभयो । यसकारण उहाँको आफ्नै बहुलीले उसको उद्धार गर्यो र उहाँको धार्मिकताले उसलाई सम्भाल्यो ।
Un Viņš redzēja, ka neviena nav, un brīnījās, ka aizstāvētāja nav. Un Viņam palīdzēja Viņa elkonis, un Viņa taisnība Viņu turēja.
17 उहाँले धार्मिकतालाई छातीपाताको रूपमा र आफ्नो शिरमा मुक्तिको टोप लगाउनुभयो । उहाँले आफूलाई बदलाको पोशाल पहिरनुभयो र जोशलाई आवरणको रूपमा लगाउनुभयो ।
Un Viņš apvilka taisnību kā krūšu bruņas un lika galvā pestīšanas bruņu cepuri, un Viņš apvilka par apģērbu atriebšanas drēbes un apņēma karstu dusmību kā mēteli.
18 आफ्ना विरोधीहरूलाई क्रोधको इन्साफले, आफ्ना शत्रुहरूलाई बदलाले, टापुहरूलाई तिनीहरूका इनामको रूपमा दण्डले, तिनीहरूले जे गरेका थिए, त्यसको प्रतिफल उहाँले तिनीहरूलाई दिनुभयो ।
Tā kā pelnījuši, tā Viņš atmaksās, bardzību Saviem pretiniekiem, atmaksu Saviem ienaidniekiem, salām Viņš atlīdzinās, kā pelnījušas.
19 त्यसैले तिनीहरूले पश्चिमदेखि परमप्रभुको नाउँको भय मान्नेछन् र सूर्योदयदेखि उहाँको महिमा देख्नेछन् । किनकि परमप्रभुको सासले डोर्याएर उहाँ उर्लंदो नदीझैं आउनुहुनेछ ।
Tad bīsies Tā Kunga vārdu no vakara puses un no saules uzlēkšanas Viņa godību; jo Viņš nāks kā uzplūdusi upe, ko Tā Kunga dvaša dzen.
20 “सियोनमा र याकूबका विद्रोही कामहरूबाट फर्कनेहरूकहाँ— एक जना उद्धारक आउनुहुने छ— यो परमप्रभुको घोषणा हो ।
Un Pestītājs nāks Ciānai un tiem, kas iekš Jēkaba atgriežas no pārkāpšanas, saka Tas Kungs.
21 परमप्रभु भन्नुहुन्छ— मेरो निम्ति, तिनीहरूसँग यो मेरो करार हो । मेरो आत्मा तँमाथि छ, र मेरो वचन मैले तेरो मुखमा राखेको छु, त्यो तेरो मुखबाट जानेछैन वा तेरा छोराछोरीका मुखबाट जानेछैन, अहिलेदेखि सदासर्वदासम्मै—परमप्रभु भन्नुहुन्छ ।
“Šī ir Mana derība ar tiem,” saka Tas Kungs: “Mans Gars, kas uz tevi, un mani vārdi, ko esmu licis tavā mutē, tie neatstāsies no tavas mutes, nedz no tava dzimuma mutes, nedz no tavu bērnu bērnu mutes,” saka Tas Kungs, “no šī laika mūžīgi mūžam.