< यशैया 55 >
1 “आओ, हरेक व्यक्ति जो तिर्खाएको छौ आओ, पानीमा आओ, अनि तिमीहरू जोसँग पैसा छैन, आओ, किन र खाओ! आओ, पैसाविना र मूल्यविना दाखमद्य र दूध किन ।
Жаждущии, идите на воду, и елицы не имате сребра, шедше купите, и ядите (и пийте) без сребра и цены вино и тук.
2 जे रोटी होइन त्यसको लागि किन चाँदी तौलन्छौ र जे कुराले सन्तुष्टि दिंदैन त्यसको निम्ति तिमिहरू किन परिश्रम गर्छौ? मेरो कुरा ध्यानसित सुन र जे असल छ सो खाओ, अनि मोटोपनमा आफूलाई खुसी पार ।
Вскую цените сребро не в хлебы, и труд ваш не в сытость? Послушайте Мене, и снесте благая, и насладится во благих душа ваша.
3 आफ्ना कान थाप र मकहाँ आओ । सुन, ताकि तिमीहरू बाँच्न सक्छौ । मैले दाऊदलाई प्रतिज्ञा गरेको मेरो भरपर्दो र विश्वायोग्य प्रेमले— तिमीहरूसँग म अनन्त करार गर्नेछु ।
Внемлите ушима вашима и последуйте путем Моим: послушайте Мене, и жива будет во благих душа ваша, и завещаю вам завет вечен, преподобная Давидова верная.
4 हेर, मैले उसलाई जातिहरूका निम्ति गवाहीको रूपमा, मानिसहरूका निम्ति अगुवा र कमाण्डरको रूपमा राखेको छु ।
Се, свидетелство во языцех дах Его, князя и повелителя языком.
5 हेर, परमप्रभु तिमीहरूका परमेश्वर, इस्राएलको परमपवित्र, जसले तिमीहरूलाई महिमित पार्नुभएको छ, उहाँको कारणले तिमीहरूले नचिनेको जातिलाई बोलाउनेछौ, अनि तिमीहरूलाई नचिन्ने एउटा जाति तिमीहरूतिर दौडेर आउनेछ ।
Се, языцы, иже не ведяху тебе, призовут тя, и людие, иже не познаша тебе, ко тебе прибегнут ради Господа Бога твоего, Святаго Израилева, яко прослави тя.
6 जबसम्म परमप्रभुलाई भेट्टाउन सक्छौ, तबसम्म उहाँलाई खोज । उहाँ नजिक हुनुहुँदा नै उहाँको खोजी गर ।
Взыщите Господа, и внегда обрести вам Того, призовите: егда же приближится к вам,
7 दुष्टले आफ्नो बाटो र पापको मानिसले आफ्ना विचारहरू त्यागोस् । ऊ परमप्रभुमा फर्कोस्, र उहाँले उसलाई दया गर्नुहुनेछ र हाम्रा परमेश्वरमा जसले उसलाई प्रशस्त गरी क्षमा गर्नुहुनेछ ।
да оставит нечестивый пути своя, и муж беззаконен советы своя, и да обратится ко Господу, и помилован будет, яко попремногу оставит грехи вашя.
8 “किनभने मेरा विचारहरू तिमीहरूका विचारहरू होइनन्, न त तिमीहरूका उपायहरू मेरा उपायहरू हुन्— यो पमरप्रभुको घोषणा हो—
Не суть бо совети Мои якоже совети ваши, ниже якоже путие ваши путие Мои, глаголет Господь.
9 किनकि जसरी पृथ्वीभन्दा आकाश उच्च छ, त्यसरी नै तिमीहरूका उपायहरूभन्दा मेरा उपायहरू र तिमीहरू विचारहरूभन्दा मेरा विचारहरू उच्च छन् ।
Но якоже отстоит небо от земли, тако отстоит путь Мой от путий ваших, и помышления ваша от мысли Моея.
10 किनकि जसरी झरी र हिउँ आकाशबाट तल आउँछ, अनि जबसम्म तिनले पृथ्वीलाई भिजाउँदैनन्, र त्यसलाई उब्जाउने तथा उमार्ने बनाउँदैनन्, र छर्ने किसानलाई बीउ र खानेलाई रोटी दिंदैनन्, तबसम्म ती त्यहाँ फर्कंदैनन्,
Якоже бо аще снидет дождь или снег с небесе, и не возвратится, дондеже напоит землю, и родит, и прозябнет, и даст семя сеющему и хлеб в снедь:
11 त्यसरी नै मेरो मुखबाट निस्कने मेरो वचन पनि हुनेछ— त्यो मकहाँ रित्तै फर्कनेछैन, तर जुन उद्देश्यको निम्ति मैले त्यसलाई पठाएँ, त्यसमा त्यो सफल हुनेछ ।
тако будет глаголгол Мой, иже аще изыдет из уст Моих, не возвратится ко Мне тощь, дондеже совершит (вся), елика восхотех, и поспешу пути твоя и заповеди Моя.
12 किनकि तिमीहरू आनन्दमा जानेछौ र शन्तिसित डोर्याइनेछौ । तिमीहरूका सामु पर्वतहरू र पहाडहरू आनन्दको सोरमा गाउनेछन्, अनि मैदानका सबै रूखले आफ्ना हातले ताली बजाउनेछन् ।
Со веселием бо изыдете и с радостию научитеся: горы бо и холми возскачут ждуще вас с радостию, и вся древеса селная восплещут ветвьми:
13 काँढे झाडीको सट्टामा सल्ला उम्रनेछ । अनि सिउँडीको सट्टामा मेहँदी उम्रनेछ र यो परमप्रभुको निम्ति, उहाँको नाउँको निम्ति अनन्त चिन्हको रूपमा हुनेछ, जुन कहिल्यै काटिनेछैन ।
и вместо драчия взыдет кипарис, и вместо кропивы взыдет мирсина: и будет Господь во имя и во знамение вечное, и не оскудеет.