< यशैया 52 >

1 ए सियोन, जाग्, जाग्, आफ्नो शक्ति धारण गर् । ए यरूशलेम, पवित्र सहर, आफ्‍नो सुन्दर पोशाक लगा । किनकि खतना नगरिएका वा अशुद्धचाहिं फेरि कहिल्यै तँभित्र पस्‍नेछैन ।
Amka, amka, vaa nguvu zako, Sayuni; vaa vazi lako zuri, mji mtakatifu; maana hakuna tena kutotahiriwa wala wasio safi kuingia kwako.
2 आफैबाट धूलो टक्टक्‍या । ए यरूशलेम उठ् र बस् । ए सियोनकी कैदी छोरी, आफ्‍नो घाँटीबाट साङ्ला निकाल् ।
Jikung'ute mwenyewe kutoka mavumbini; nyanyuka na ukae, ewe Yerusalemu; ondoa shanga katika shingo yako, wafungwa, binti ya Sayuni.
3 किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, “तिमीहरू सित्तैंमा बेचिएका थियौ, अनि पैसाविना नै तिमीहरूको छुटकारा हुनेछ ।”
Maana Yahwe asema hivi, umeuzwa bure, na utakombolewa pasipo pesa.''
4 किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, “सुरुमा मेरा मानिसहरू अस्थायी रूपमा बसोवास गर्न मिश्रदेशमा गए । अनि अश्शूरले तिनीहरूलाई कुनै ठिक कारणविना नै अत्याचार गर्‍यो ।
Maana Bwana Yahwe asema hivi, ''Hapo mwanzo watu wangu walishuka chini Misri kuishi kwa muda mfupi; Waasiria waliwanyanyasa wao hivi karibuni.
5 यो परमप्रभुको घोषणा हो, मेरा मानिसहरू सित्तैंमा लगिएको देख्‍दा, अब मसँग यहाँ के छ र? यो परमप्रभुको घोषणा हो, तिनीहरूमाथि शासन गर्नेहरूले तिनीहरूलाई खिसी गर्छन् र दिनभरि मेरो नाउँको निरन्तर निन्दा हुन्छ ।
Sasa ni kitu gani nilicho nacho hapa- Hili ni tamko Yahwe- aonae kwamba watu wake wanachukuliwa bure tu? Wale wanowaongoza wao wanafanya mzaha-Hili ni tamko la Yahwe- jina langu linakashifiwa mchan kutwa.
6 यसकारण मेरा मानिसहरूले मेरो नाउँ जान्‍नेछन् । “हो, त्‍यो म नै हुँ” भन्‍ने म नै हुँ भनी तिनीहरूले त्यस दिन जान्‍नेछन् ।
Hivyo basi watu wangu watalijua jina langu; watajua kwamba siku hiyo kwamba mimi ndiye ninayesema ''Ndiyo, Ni Mimi!''
7 असल समाचार ल्याउने दूतहरूका गोडाहरू पहडाहरूमाथि कति सुन्दर, जसले शन्तिको घोषणा गर्छन्, जसले असल समाचार ल्‍याउँछन्, जसले उद्धारको घोषणा गर्छन्, जसले सियोनलाई भन्छन्, “तेरो परमेश्‍वरले राज्‍य गर्नुहुन्छ!” ।
Ni kwa uzuri gani juu miliima ni miguu ya mjumbe aliyeleta habari njema, atangazae amani, aliyebeba uzuri wa ukuu, aliyetangaza wokovu, anayesema kwa Sayuni, ''Mungu wako anatawala!''
8 सुन्, तिमीहरूका रक्षकहरूले आफ्‍ना सोर उच्‍च पार्छन्, तिनीहरू आनन्दले कराउँछन्, किनकि आफ्‍ना हरेक आँखाले तिनीहरूले परमप्रभु सयोनमा फर्कनुभएको देख्‍नेछन् ।
Sikiliza enyi walinzi nyanyueni sauti zenu, kwa pamoja pigeni kelele kwa furaha, maana mtamuona, kwa kila jicho lenu, kurejea kwa Yahwe Sayuni.
9 ए यरूशलेमको भग्‍नावशेषहरू, आनन्दको गीत सँगसँगै गाओ । किनकि परमप्रभुले आफ्‍ना मानिसहरूलाई सान्त्वना दिनुभएको छ । उहाँले यरूशलेमको उद्धार गर्नुभएको छ ।
Pazeni sauti kwa kuimba kwa furaha, enyi mateka wa Yerusalemu; maana Yahwe amefariji watu wake; ameikomboa Yerusalemu.
10 परमप्रभुले आफ्नो पवित्र बाहुली सबै जातिहरूको दृष्‍टिमा प्रकट गर्नुभएको छ । सारा पृथ्वीले हाम्रा परमेश्‍वरको उद्धार देख्‍नेछ ।
Yahwe amewaonyesha kwamba mkono wake mtakatifu katika macho ya mataifa yote; nchi yote itauona wokovu wa Mungu wetu.
11 छोड, छोड, त्यहाँबाट बाहिर जाओ । अशुद्ध कुनै कुरा नछोओ । त्यसको माझबाट जाओ । आफैलाई शुद्ध बनाओ, तिमीहरू जसले परमप्रभुको पात्रलाई बोक्‍छौ ।
Ondokeni, ondokeni, enendeni mbali na hapa; msiguse kitu chochote ambacho ni najisi; au kuishi katikati yake; jitakase mwenyewe, enyi mliobeba vyombo vya Yahwe.
12 किनकि तिमीहरू हतारमा बाहिर जानेछैनौ, न तिमीहरूले त्रासमा छोड्नेछौ । किनकि परमप्रभु तिमीहरूको अगि-अगि जानुहुनेछ । अनि इस्राएलको परमेश्‍वर नै तिमीहरू पछाडिको रक्षक हुनुहुनेछ ।
Maana hautakwenda nje kwa kukimbia, wala hautaondoka kwa hofu; Maana Yahwe atakuwa mbele yako; na Mungu wa Israeli atakuwa mlinzi wako nyuma.
13 हेर, मेरो सेवकले बुद्धिमान् भएर काम गर्नेछ । ऊ उच्‍च हुनेछ र माथि उचालिनेछ र उसलाई उचालिनेछ ।
Tazameni, mtumishi wangu atafanya hekima; atakuwa juu na atanyanyuliwa juu, na atapandishwa juu.
14 जसरी तँसँग धेरै जना त्रसित भएका थिए— उसको अनुहार कुनै मानिसको भन्दा धेरै कुरूप बनाइएको थियो, र उसको स्वरूप कुनै मानिसको जस्तो देखिएन ।
Na wengi watamstajabia yeye- muonekano wake umekunjamana nje ya muonekano wa mwanadamu, hivyo basi upande wake ulikuwa mbali na kitu chochote ambacho ni binadamu-
15 तापनि मेरो सेवकले धेरै जातिहरूलाई छर्कनेछ र उसको कारणले राजाहरूले आफ्‍ना मुख बन्‍द गर्नेछन् । किनकि तिनीहरूलाई नभनिएको कुरा तिनीहरूले देख्‍नेछन् र तिनीहरू नसुनेका कुरा तिनीहरूले बुझ्‍नेछन् ।
Na hivyo, mtumishi wangu atanyunyizia mataifa mengi na wafme watafunga midomo yao kwa sababu yake. Kana kwamba hawajawahi kuambiwa, wataona, kana kwamba hawakusikia, wataelewa.

< यशैया 52 >