< यशैया 52 >
1 ए सियोन, जाग्, जाग्, आफ्नो शक्ति धारण गर् । ए यरूशलेम, पवित्र सहर, आफ्नो सुन्दर पोशाक लगा । किनकि खतना नगरिएका वा अशुद्धचाहिं फेरि कहिल्यै तँभित्र पस्नेछैन ।
Uzmosties, uzmosties! Apvelc savu stiprumu, Ciāna! Apvelc savas goda drēbes, svētā pilsēta Jeruzāleme! Jo neviens, kas neapgraizīts un nešķīsts, pie tevis vairs nenāks.
2 आफैबाट धूलो टक्टक्या । ए यरूशलेम उठ् र बस् । ए सियोनकी कैदी छोरी, आफ्नो घाँटीबाट साङ्ला निकाल् ।
Nokrati pīšļus, celies, apsēdies, Jeruzāleme! Atraisi sava kakla saites, apcietinātā Ciānas meita!
3 किनकि परमप्रभु यसो भन्नुहुन्छ, “तिमीहरू सित्तैंमा बेचिएका थियौ, अनि पैसाविना नै तिमीहरूको छुटकारा हुनेछ ।”
Jo tā saka Tas Kungs: jūs esat par velti pārdoti, jūs arī bez naudas tapsiet atpirkti.
4 किनकि परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, “सुरुमा मेरा मानिसहरू अस्थायी रूपमा बसोवास गर्न मिश्रदेशमा गए । अनि अश्शूरले तिनीहरूलाई कुनै ठिक कारणविना नै अत्याचार गर्यो ।
Jo tā saka Tas Kungs Dievs: vecos laikos Mani ļaudis nogāja uz Ēģipti, tur piemist, un Asurs tos bez vainas apbēdinājis.
5 यो परमप्रभुको घोषणा हो, मेरा मानिसहरू सित्तैंमा लगिएको देख्दा, अब मसँग यहाँ के छ र? यो परमप्रभुको घोषणा हो, तिनीहरूमाथि शासन गर्नेहरूले तिनीहरूलाई खिसी गर्छन् र दिनभरि मेरो नाउँको निरन्तर निन्दा हुन्छ ।
Un nu, kas nu Man še? Saka Tas Kungs. Jo Mani ļaudis ir par velti atņemti, viņu pārvarētāji gavilē, saka Tas Kungs, un Mans Vārds top zaimots bez mitēšanās cauru dienu.
6 यसकारण मेरा मानिसहरूले मेरो नाउँ जान्नेछन् । “हो, त्यो म नै हुँ” भन्ने म नै हुँ भनी तिनीहरूले त्यस दिन जान्नेछन् ।
Tādēļ Mani ļaudis Manu Vārdu pazīs tai dienā, ka Es tas esmu, kas saka: še Es esmu.
7 असल समाचार ल्याउने दूतहरूका गोडाहरू पहडाहरूमाथि कति सुन्दर, जसले शन्तिको घोषणा गर्छन्, जसले असल समाचार ल्याउँछन्, जसले उद्धारको घोषणा गर्छन्, जसले सियोनलाई भन्छन्, “तेरो परमेश्वरले राज्य गर्नुहुन्छ!” ।
Cik jaukas ir uz kalniem prieka vēstnešu kājas, kas sludina mieru, sola labumu, sludina pestīšanu un uz Ciānu saka: tavs Dievs ir ķēniņš!
8 सुन्, तिमीहरूका रक्षकहरूले आफ्ना सोर उच्च पार्छन्, तिनीहरू आनन्दले कराउँछन्, किनकि आफ्ना हरेक आँखाले तिनीहरूले परमप्रभु सयोनमा फर्कनुभएको देख्नेछन् ।
Klau, tavu sargu balss! Tie paceļ balsi un gavilē visi, jo tie acīm redz, ka Tas Kungs Ciānu atkal ved atpakaļ.
9 ए यरूशलेमको भग्नावशेषहरू, आनन्दको गीत सँगसँगै गाओ । किनकि परमप्रभुले आफ्ना मानिसहरूलाई सान्त्वना दिनुभएको छ । उहाँले यरूशलेमको उद्धार गर्नुभएको छ ।
Sauciet, gavilējiet, visas Jeruzālemes mūru drupas, jo Tas Kungs Savus ļaudis ir iepriecinājis, Viņš Jeruzālemi atpestījis.
10 परमप्रभुले आफ्नो पवित्र बाहुली सबै जातिहरूको दृष्टिमा प्रकट गर्नुभएको छ । सारा पृथ्वीले हाम्रा परमेश्वरको उद्धार देख्नेछ ।
Tas Kungs ir atsedzis Savu svēto elkoni priekš visu pagānu acīm, un visas zemes gali redzēs mūsu Dieva pestīšanu.
11 छोड, छोड, त्यहाँबाट बाहिर जाओ । अशुद्ध कुनै कुरा नछोओ । त्यसको माझबाट जाओ । आफैलाई शुद्ध बनाओ, तिमीहरू जसले परमप्रभुको पात्रलाई बोक्छौ ।
Ārā, ārā, izejiet no turienes ārā, neaizskariet nešķīstu, ejat ārā no viņu vidus, šķīstaties, kas Tā Kunga rīkus nesat.
12 किनकि तिमीहरू हतारमा बाहिर जानेछैनौ, न तिमीहरूले त्रासमा छोड्नेछौ । किनकि परमप्रभु तिमीहरूको अगि-अगि जानुहुनेछ । अनि इस्राएलको परमेश्वर नै तिमीहरू पछाडिको रक्षक हुनुहुनेछ ।
Neizejat steigšus un neejat projām bēgšus, jo Tas Kungs ies jūsu priekšā, un jums pakaļ ies Israēla Dievs.
13 हेर, मेरो सेवकले बुद्धिमान् भएर काम गर्नेछ । ऊ उच्च हुनेछ र माथि उचालिनेछ र उसलाई उचालिनेछ ।
Redzi, Mans kalps darīs prātīgi, viņš būs paaugstināts un augsti celts un ļoti augsti turēts.
14 जसरी तँसँग धेरै जना त्रसित भएका थिए— उसको अनुहार कुनै मानिसको भन्दा धेरै कुरूप बनाइएको थियो, र उसको स्वरूप कुनै मानिसको जस्तो देखिएन ।
Kā daudz tevis dēļ ir iztrūkušies, - tik nejauks bija viņa vaigs un ne pēc cilvēka, un viņa ģīmis ne pēc cilvēka bērniem, -
15 तापनि मेरो सेवकले धेरै जातिहरूलाई छर्कनेछ र उसको कारणले राजाहरूले आफ्ना मुख बन्द गर्नेछन् । किनकि तिनीहरूलाई नभनिएको कुरा तिनीहरूले देख्नेछन् र तिनीहरू नसुनेका कुरा तिनीहरूले बुझ्नेछन् ।
Tā viņš iztrūcinās daudz tautas, un ķēniņi saturēs savu muti viņa priekšā. Jo kam par to nebija sludināts, tie to redzēs, un kas to nebija dzirdējuši, tie to samanīs.