< यशैया 51 >
1 तिमीहरू जो धार्मिकताको पछि लाग्छौ, तिमीहरू जो परमप्रभुको खोजी गर्छौ, मेरो कुरा सुनः तिमीहरू निकालिएका चट्टानलाई र तिमीहरू काटिएका पत्थरलाई हेर ।
“Muntie me, mo a mopɛ trenee akyi kwan; na mohwehwɛ Awurade; Monhwɛ ɔbotan a wotwaa mo fii mu no ne abopaebea a wotuu mo fii hɔ no;
2 तिमीहरूका पुर्खा अब्राहाम र तिमीहरूलाई जन्माउने सारालाई हेर । किनकि ऊ एक्लै हुँदा मैले उसलाई बोलाएँ । मैले उसलाई आशिष् दिएँ र उसलाई धैरै बनाएँ ।
Monhwɛ Abraham, mo agya, ne Sara a ɔwoo mo no. Bere a mefrɛɛ no no, na ɔyɛ ɔbaakofo, na mihyiraa no maa nʼase trɛwee.
3 हो, परमप्रभुले सियोनलाई सान्त्वना दिनुहुनेछ । उहाँले त्यसका सबै उजाड ठाउँहरूलाई सान्त्वना दिनुहुनेछ । त्यसको उजाड-स्थानलाई अदनझैं, अनि यर्दन नदी नजिकैको त्यसका मरुभूमिका मैदानहरूलाई परमप्रभुको बगैंचाझैं उहाँले बनाउनुभयो । त्यसमा खुसी र आनन्द, धन्यवाद र गीतको सोर हुनेछ ।
Awurade bɛkyekye Sion werɛ ampa ara na ne yam bɛhyehye no wɔ ne nnwiriwii no ho; ɔbɛyɛ ne nweatam ahorow sɛ Eden, nʼasase a ada mpan bɛyɛ sɛ Awurade turo. Wobehu anigye ne ahosɛpɛw, aseda ne nnwonto wɔ ne mu.
4 “ए मेरा मानिसहरू, मेरो कुरामा ध्यान देओ । अनि ए मेरा मानिसहरू, मेरा कुरा सुन । किनकि म एउटा आदेश जारी गर्नेछु र म आफ्नो न्यायलाई जातिहरूका निम्ति ज्योति बनाउनेछु ।
“Muntie me, me nkurɔfo; monyɛ aso mma me, me man: Mmara no befi me nkyɛn akɔ; na mʼatɛntrenee bɛyɛ hann ama aman no.
5 मेरो धार्मिकता नजिकै छ । मेरो उद्धार बाहिर जानेछ र मेरो बाहुलीले जातिहरूको न्याय गर्नेछ । समुद्र किनारहरूले मलाई पर्खिनेछन् । मेरो बाहुलीका निम्ति तिनीहरू उत्सुकतासाथ आशा गर्नेछन् ।
Me trenee reba ntɛm so, me nkwagye nam kwan so, na me basa de atɛntrenee bɛbrɛ aman no. Asupɔw no bɛhwɛ me na wɔde anidaso bɛtwɛn me basa.
6 आफ्ना आँखा आकाशतिर उचाल र तल पृथ्वीमुनि हेर, किनकि आकाश धूँवाझैं हराएर जानेछ, पृथ्वी लुगाझैं फाटेर जानेछ र त्यसका बासिन्दाहरू झिंगाझैं मर्नेछन् । तर मेरो उद्धार सदासर्वदा निरन्तर रहनेछ र मेरो धार्मिकताले कदापि काम गर्न छोड्नेछैन ।
Momma mo ani so nhwɛ ɔsorosoro, monhwɛ asase wɔ fam; ɔsorosoro betu ayera sɛ wusiw na asase bɛtetew sɛ atade na wɔn a wɔte so bewuwu sɛ nwansena. Nanso me nkwagye bɛtena hɔ daa, me trenee to rentwa da.
7 ठिक कुरा जान्ने, आफ्नो हृदयमा मेरो व्यवस्था राख्ने मानिसहरू, मेरो कुरा सुनः मानिसहरूका अपमानदेखि नडराओ, न तिनीहरूका दुराचारदेखि निराश होओ ।
“Muntie me, mo a munim nea ɛteɛ, mo a me mmara wɔ mo koma mu: Munnsuro nnipa animka anaa momma wɔn ahohora ntu mo koma.
8 किन लुगा खाएझैं कीराले तिनीहरूलाई खानेछ र ऊन खाएझैं औंसाले तिनीहरूलाई खानेछ । तर मेरो धआर्मिकता सदासर्वदा रहनेछ र मेरो उद्धार सबै पुस्ताहरूमा रहनेछ ।”
Na nnwewemmoa bɛwe wɔn te sɛnea wɔwe atade; asunson bɛsɛe wɔn te sɛnea wɔsɛe kuntu. Nanso me trenee bɛtena hɔ daa, me nkwagye befi awo ntoatoaso akosi awo ntoatoaso so.”
9 ए परमप्रभुका बाहुली हो, जाग, जाग, आफूमा सामर्थ्य धारण गर । पुराना दिनहरू र प्राचीन समयका पुस्ताहरूमा झैं जगा होओ । राहाबलाई कुल्चने तपाईं नै हुनुहुन्न र, जसले राक्षसलाई छेड्यो?
Nyan, nyan! Awurade basa, hyɛ ahoɔden adurade; nyan te sɛ nna a atwa mu no, te sɛ tete awo ntoatoaso mu no. Ɛnyɛ wo na wutwitwaa Rahab mu asinasin no, na wuhwirew asuboa kɛse no mu no?
10 के तपाईंले समुद्रलाई अर्थात् गहिरो पानीलाई सुकाउनु भएन, र समुद्रको गहिराइलाई उद्धार गरिएकाहरूको निम्ति बाटो बनाउनु भएन र?
Ɛnyɛ wo na womaa po yowee, asubun mu nsu no, nea ɔpaee kwan wɔ po bun mu no sɛnea wɔn a wɔagye wɔn no betumi atwa?
11 परमप्रभुले मोल तिरेर छुटाउनुभएकाहरू फर्किनेछन् र आफ्ना शिरहरूमा सदाको निम्ति आनन्द र खुसीको सोर लिएर सियोनमा आउनेछन् । अनि खुसी र आनन्दले तिनीहरूलाई उछिन्नेछ, र कष्ट र शोक भाग्नेछन् ।
Wɔn a Awurade apata ama wɔn bɛsan aba. Wɔde nnwonto bɛhyɛn Sion; anigye a ɛnsa da bɛyɛ wɔn abotiri, anigye ne ahosɛpɛw bɛboro wɔn so, awerɛhow ne apinisi betu ayera.
12 “तिमीहरूलाई सान्त्वना दिने म नै हुँ । तिमीहरू मानिसहरूसित किन डराउँछौ, मानिसहरूका छोराहरू, जो मर्ने छन्, जसलाई घाँसजस्तै बनाइने छन्?
“Me, me ara, mene wo werɛkyekyefo. Hena ne wo a wusuro ɔdesani, nnipa mma a wɔyɛ sare yi.
13 परमप्रभु आफ्ना सृष्टिकर्तालाई तिमीहरूले किन बिर्सेका छौ, जसले आकाशलाई फिंजाउनुभयो र पृथ्वीका जगहरू बसाल्नुभयो? अत्याचारीले तिमीहरूको नाश गर्ने निधो गर्दा, त्यसको कडा क्रोधको त्रासमा निरन्तर परेका छौ । अत्यचारीको क्रोध कहाँ छ?
Na wo werɛ afi Awurade, wo yɛfo nea ɔtrɛw ɔsorosoro mu na ɔhyɛɛ asase ase no, a da biara na woabɔ hu ɔhyɛsoni no abufuw nti, nea ɔde ɔsɛe asi nʼani so no ana? Na ɔhyɛsoni no abufuw wɔ he?
14 जो झुकेका छ, परमप्रभुले मुक्त गर्न हतार गर्नुहुनेछ । ऊ मर्ने र तल खाडलमा जानेछैन, न रोटीको कमी हुनेछ ।
Ɛrenkyɛ, wobegyaa nneduafo ahufo no; wɔrenwuwu wɔ afiase amoa mu, na aduan remmɔ wɔn.
15 किनकि म परमप्रभु तेरा परमेश्वर हुँ, जसले समुद्रलाई घोल्नुहुन्छ ताकि त्यसको छालहरू गर्जून्— उहाँको नाउँ सर्वशक्तिमान् परमप्रभु हो ।
Na mene Awurade, wo Nyankopɔn nea ɔhwanyan po, ma nʼasorɔkye woro so. Asafo Awurade ne ne din.
16 मैले आफ्नो वचन तेरो मुखमा हालेको छु, र आफ्नो हातको छायाले मैले तँलाई ढाकेको छु, ताकि मैले आकाशलाई राख्न सकुँ, पृथ्वीको जगहरू बसाल्न सकुँ र सियोनलाई, 'तिमीहरू मेरा मानिसहरू हौ' भन्न सकुँ ।
Mede me nsɛm ahyɛ wʼanom, na mede me nsa ase nwini akata wo so. Me a mede ɔsorosoro sii hɔ na mehyɛɛ asase ase, na meka kyerɛ Sion se, ‘Moyɛ me nkurɔfo.’”
17 ए यरूशलेम जाग्, जाग्, खडा हो, तिमीहरू जसले परमप्रभुको हातको क्रोधको कचौरा पिएर मातेका छौ । तिमीहरू जसले कचौराबाट पिएका छौ र धरमराउने कचौराबाट रित्तिने गरी पिएका छौ ।
Nyan, nyan! Sɔre, Yerusalem! Wo a woanom afi Awurade nsam nʼabufuw kuruwa no, wo a woanom apɔɔdɔ mu nsa atu puw nea ɛma nnipa tɔ ntintan no.
18 त्यसलाई डोर्याउन त्यसले जन्माएका सबै छोराहरूमध्ये कोही पनि छैनन् । हात समातेर त्यसलाई डोर्याउनलाई त्यसले हुर्काएको सबै छोरामध्ये कोही पनि छैनन् ।
Ne mma a ɔwoo wɔn nyinaa no obiara nni hɔ a ɔkyerɛ no kwan; mma a ɔtetew wɔn nyinaa no obiara nni hɔ a oso ne nsa mu.
19 तँमाथि वियोग र विनाश, अनिकाल र तरवार— यी दुई कष्टहरू आइपरेका छन्— तँसँग कसले शोक गर्नेछ? तँलाई कसले सान्त्वना दिनेछ?
Saa ɔhaw prenu yi aba wo so, hena na ɔbɛkyekye wo werɛ? Nnwiriwii ne ɔsɛe, ɔkɔm ne afoa, hena na ɔbɛhyɛ wo den?
20 तेरा छोराहरू मूर्छ परेका छन् । जालमा परेको चित्तलझैं तिनीहरू हरेक गल्लीको कुनाहरूमा ढल्नेछन् । परमप्रभुको क्रोध अर्थात् तिमीहरूका परमेश्वरको हप्कीले तिनीहरू भरिएका छन् ।
Wo mma atotɔ beraw; wɔdeda mmɔnten so baabiara, te sɛ ɔtwe a afiri ayi no. Awurade abufuw aba wɔn so, wo Nyankopɔn animka no.
21 तर अब यो कुरा सुन्, ए अत्यचारमा परेकाहरू र मत्तिएकाहरू, तर दाखमद्यले मातिएकाहरू होइनन्:
Enti tie eyi, wo a worehu amane woabow, nanso ɛnyɛ nsa na abow wo.
22 परमप्रभु तेरा परमेश्वर, आफ्ना मानिसहरूका निम्ति बहस गर्नुहुने परमेश्वर यसो भन्नुहुन्छ, “हेर्, मैले तेरो हातबाट धरमराउने कचौरा— मेरो क्रोधको कचौरा— लिएको छु, ताकि तैंले फेरि त्यो पिउनेछैनस् ।
Sɛɛ na Otumfo Awurade se, wo Nyankopɔn a ɔbɔ ne nkurɔfo ho ban: Hwɛ, magye afi wo nsa mu, kuruwa a ɛma wotɔɔ ntintan no, kuruwa a ɛyɛ mʼabufuw pɔɔdɔ no, worennom bio.
23 तँलाई सताउनेहरूका हातमा त्यो म राख्नेछु, जसले तँलाई भनेका छन्, 'भुइमा सुत्, ताकि तँमाथि हामी हिंड्नछौं ।' तिनीहरूलाई हिंड्न तैंले आफ्नो ढाडलाई जमिन र बाटोझैं बनाइस् ।”
Mede bɛhyɛ wɔn a wɔhaw mo no nsa mu, wɔn a wɔka kyerɛɛ mo se, “Butuw fam na yɛnnantew wo so na wode wʼakyi yɛɛ fam, te sɛ abɔnten sɛ wɔnnantew so no.”