< यशैया 51 >

1 तिमीहरू जो धार्मिकताको पछि लाग्‍छौ, तिमीहरू जो परमप्रभुको खोजी गर्छौ, मेरो कुरा सुनः तिमीहरू निकालिएका चट्टानलाई र तिमीहरू काटिएका पत्थरलाई हेर ।
“Ku kasa kunne gare ni, ku da kuna neman adalci kuke kuma neman Ubangiji. Dubi dutse daga inda aka yanke ku da kuma mahaƙar duwatsu inda aka fafe ku;
2 तिमीहरूका पुर्खा अब्राहाम र तिमीहरूलाई जन्माउने सारालाई हेर । किनकि ऊ एक्‍लै हुँदा मैले उसलाई बोलाएँ । मैले उसलाई आशिष् दिएँ र उसलाई धैरै बनाएँ ।
dubi Ibrahim, mahaifinku, da Saratu, wadda ta haife ku. Sa’ad da na kira shi kaɗai ne, na kuma albarkace shi na kuma mai da shi da yawa.
3 हो, परमप्रभुले सियोनलाई सान्त्वना दिनुहुनेछ । उहाँले त्यसका सबै उजाड ठाउँहरूलाई सान्त्वना दिनुहुनेछ । त्यसको उजाड-स्‍थानलाई अदनझैं, अनि यर्दन नदी नजिकैको त्यसका मरुभूमिका मैदानहरूलाई परमप्रभुको बगैंचाझैं उहाँले बनाउनुभयो । त्यसमा खुसी र आनन्द, धन्यवाद र गीतको सोर हुनेछ ।
Tabbatacce Ubangiji zai ta’azantar da Sihiyona zai kuma duba da tausayi a kan dukan kufanta; zai sa hamadanta ta zama kamar Eden, ƙeƙasasshiyar ƙasarta kamar lambun Ubangiji. Za a sami farin ciki da murna a cikinta, godiya da ƙarar rerawa.
4 “ए मेरा मानिसहरू, मेरो कुरामा ध्यान देओ । अनि ए मेरा मानिसहरू, मेरा कुरा सुन । किनकि म एउटा आदेश जारी गर्नेछु र म आफ्‍नो न्यायलाई जातिहरूका निम्ति ज्योति बनाउनेछु ।
“Ku kasa kunne gare ni, mutanena; ku ji ni, al’ummata. Doka za tă fito daga gare ni; shari’ata za tă zama haske ga al’ummai.
5 मेरो धार्मिकता नजिकै छ । मेरो उद्धार बाहिर जानेछ र मेरो बाहुलीले जातिहरूको न्याय गर्नेछ । समुद्र किनारहरूले मलाई पर्खिनेछन् । मेरो बाहुलीका निम्‍ति तिनीहरू उत्‍सुकतासाथ आशा गर्नेछन् ।
Adalcina na zuwa da sauri, cetona yana a kan hanya, hannuna kuma zai kawo adalci ga al’ummai. Tsibirai za su dube ni su kuma jira da sa zuciya don hannuna.
6 आफ्‍ना आँखा आकाशतिर उचाल र तल पृथ्वीमुनि हेर, किनकि आकाश धूँवाझैं हराएर जानेछ, पृथ्वी लुगाझैं फाटेर जानेछ र त्‍यसका बासिन्दाहरू झिंगाझैं मर्नेछन् । तर मेरो उद्धार सदासर्वदा निरन्तर रहनेछ र मेरो धार्मिकताले कदापि काम गर्न छोड्नेछैन ।
Ku daga idanunku zuwa sammai ku dubi duniya a ƙasa; sammai za su ɓace kamar hayaƙi, duniya za tă shuɗe kamar riga mazaunanta kuma su mutu kamar ƙudaje. Amma cetona zai dawwama har abada, adalcina ba zai taɓa kāsa ba.
7 ठिक कुरा जान्‍ने, आफ्नो हृदयमा मेरो व्यवस्था राख्‍ने मानिसहरू, मेरो कुरा सुनः मानिसहरूका अपमानदेखि नडराओ, न तिनीहरूका दुराचारदेखि निराश होओ ।
“Ku ji ni, ku da kuka san abin da yake daidai, ku mutanen da kuke da dokata a zukatanku. Kada ku ji tsoron ba’ar da mutane suke yi ko ku firgita saboda zargin da suke yi.
8 किन लुगा खाएझैं कीराले तिनीहरूलाई खानेछ र ऊन खाएझैं औंसाले तिनीहरूलाई खानेछ । तर मेरो धआर्मिकता सदासर्वदा रहनेछ र मेरो उद्धार सबै पुस्ताहरूमा रहनेछ ।”
Gama asu za su cinye su kamar riga; tsutsotsi za su cinye su kamar ulu. Amma adalcina zai dawwama har abada, cetona har dukan zamanai.”
9 ए परमप्रभुका बाहुली हो, जाग, जाग, आफूमा सामर्थ्य धारण गर । पुराना दिनहरू र प्राचीन समयका पुस्ताहरूमा झैं जगा होओ । राहाबलाई कुल्चने तपाईं नै हुनुहुन्‍न र, जसले राक्षसलाई छेड्यो?
Ka tashi, ka tashi! Ka yafa wa kanka ƙarfi, Ya hannun Ubangiji; ka farka, kamar a kwanakin da suka wuce, kamar a zamanai na dā. Ba kai ba ne wanda ya yayyanka Rahab gunduwa-gunduwa, wanda ya soki dodon ruwan nan?
10 के तपाईंले समुद्रलाई अर्थात् गहिरो पानीलाई सुकाउनु भएन, र समुद्रको गहिराइलाई उद्धार गरिएकाहरूको निम्ति बाटो बनाउनु भएन र?
Ba kai ba ne ka busar da teku, ka busar da ruwan zurfafa masu girma, wanda ya yi hanya a cikin zurfafan teku saboda fansassu su ƙetare?
11 परमप्रभुले मोल तिरेर छुटाउनुभएकाहरू फर्किनेछन् र आफ्‍ना शिरहरूमा सदाको निम्ति आनन्द र खुसीको सोर लिएर सियोनमा आउनेछन् । अनि खुसी र आनन्दले तिनीहरूलाई उछिन्‍नेछ, र कष्‍ट र शोक भाग्‍नेछन् ।
Waɗanda Ubangiji ya fansar za su dawo. Za su shiga Sihiyona da waƙoƙi; madawwamin farin ciki zai rufe kansu da rawani. Murna da farin ciki zai cika su, baƙin ciki da nishi zai ɓace.
12 “तिमीहरूलाई सान्त्वना दिने म नै हुँ । तिमीहरू मानिसहरूसित किन डराउँछौ, मानिसहरूका छोराहरू, जो मर्ने छन्, जसलाई घाँसजस्तै बनाइने छन्?
“Ni kaɗai ne na ta’azantar da ku. Wane ne ku da kuke tsoron mutane masu mutuwa,’ya’yan mutane waɗanda suke ciyawa ne kawai,
13 परमप्रभु आफ्‍ना सृष्‍टिकर्तालाई तिमीहरूले किन बिर्सेका छौ, जसले आकाशलाई फिंजाउनुभयो र पृथ्वीका जगहरू बसाल्नुभयो? अत्याचारीले तिमीहरूको नाश गर्ने निधो गर्दा, त्‍यसको कडा क्रोधको त्रासमा निरन्‍तर परेका छौ । अत्यचारीको क्रोध कहाँ छ?
har da kuka manta da Ubangiji Mahaliccinku, wanda ya shimfiɗa sammai ya kuma kafa harsashen duniya, har kuna zama da tsoro kowace rana saboda fushin masu zalunci, waɗanda sun ƙudura sai sun hallaka? Gama ina fushin mai zalunci?
14 जो झुकेका छ, परमप्रभुले मुक्‍त गर्न हतार गर्नुहुनेछ । ऊ मर्ने र तल खाडलमा जानेछैन, न रोटीको कमी हुनेछ ।
Ba da daɗewa za a’yantar da’yan kurkuku; ba za su mutu a kurkuku ba, ba kuwa za su rasa abinci ba.
15 किनकि म परमप्रभु तेरा परमेश्‍वर हुँ, जसले समुद्रलाई घोल्‍नुहुन्छ ताकि त्‍यसको छालहरू गर्जून्— उहाँको नाउँ सर्वशक्तिमान् परमप्रभु हो ।
Gama ni ne Ubangiji Allahnku, wanda ya dama teku domin raƙumansa su yi ruri, Ubangiji Maɗaukaki ne sunansa.
16 मैले आफ्‍नो वचन तेरो मुखमा हालेको छु, र आफ्‍नो हातको छायाले मैले तँलाई ढाकेको छु, ताकि मैले आकाशलाई राख्‍न सकुँ, पृथ्वीको जगहरू बसाल्न सकुँ र सियोनलाई, 'तिमीहरू मेरा मानिसहरू हौ' भन्‍न सकुँ ।
Na sa maganata a bakinka na kuma rufe ka da inuwar hannuna, Na shimfiɗa sammai, na kafa harsashen duniya, na kuma ce wa Sihiyona, ‘Ku mutanena ne.’”
17 ए यरूशलेम जाग्, जाग्, खडा हो, तिमीहरू जसले परमप्रभुको हातको क्रोधको कचौरा पिएर मातेका छौ । तिमीहरू जसले कचौराबाट पिएका छौ र धरमराउने कचौराबाट रित्तिने गरी पिएका छौ ।
Ki farka, ki farka! Ki tashi, ya Urushalima, ke da kika sha daga hannun Ubangiji kwaf na fushinsa, ke da kika shanye har ƙasar kwaf kwaf da ya sa mutane suna tangaɗi.
18 त्यसलाई डोर्‍याउन त्यसले जन्माएका सबै छोराहरूमध्ये कोही पनि छैनन् । हात समातेर त्यसलाई डोर्‍याउनलाई त्यसले हुर्काएको सबै छोरामध्ये कोही पनि छैनन् ।
Cikin dukan’ya’yan da ta haifa; cikin dukan’ya’yan da ta yi reno babu wani da zai kama hannunta.
19 तँमाथि वियोग र विनाश, अनिकाल र तरवार— यी दुई कष्‍टहरू आइपरेका छन्— तँसँग कसले शोक गर्नेछ? तँलाई कसले सान्त्वना दिनेछ?
Waɗannan masifu riɓi biyu sun auko miki, wa zai ta’azantar da ke? Lalaci da hallaka, yunwa da takobi, wa zai ƙarfafa ki?
20 तेरा छोराहरू मूर्छ परेका छन् । जालमा परेको चित्तलझैं तिनीहरू हरेक गल्‍लीको कुनाहरूमा ढल्‍नेछन् । परमप्रभुको क्रोध अर्थात् तिमीहरूका परमेश्‍वरको हप्‍कीले तिनीहरू भरिएका छन् ।
’Ya’yanki sun sume; sun kwanta kusurwar kowane titi, kamar barewar da aka kama da tarko. Sun cika da fushin Ubangiji da kuma tsawatawar Allahnki.
21 तर अब यो कुरा सुन्, ए अत्यचारमा परेकाहरू र मत्तिएकाहरू, तर दाखमद्यले मातिएकाहरू होइनन्:
Saboda haka ki ji wannan, ke mai wahala, wadda ta bugu, amma ba da ruwan inabi.
22 परमप्रभु तेरा परमेश्‍वर, आफ्‍ना मानिसहरूका निम्‍ति बहस गर्नुहुने परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, “हेर्, मैले तेरो हातबाट धरमराउने कचौरा— मेरो क्रोधको कचौरा— लिएको छु, ताकि तैंले फेरि त्‍यो पिउनेछैनस् ।
Ga abin da Ubangiji Mai Iko Duka yana cewa, Allahnki, wanda ya kāre mutanensa, “Duba, na ƙwace daga hannunki kwaf da ya sa ki tangaɗi; daga wannan kwaf, kwaf na fushina, ba za ki ƙara sha ba.
23 तँलाई सताउनेहरूका हातमा त्‍यो म राख्‍नेछु, जसले तँलाई भनेका छन्, 'भुइमा सुत्, ताकि तँमाथि हामी हिंड्नछौं ।' तिनीहरूलाई हिंड्न तैंले आफ्‍नो ढाडलाई जमिन र बाटोझैं बनाइस् ।”
Zan sa shi a hannuwan masu gwada miki azaba, waɗanda suke ce miki, ‘Fāɗi rubda ciki don mu iya taka a kanki.’ Kika kuma mai da bayanki kamar ƙasa, kamar titin da ake takawa a kai.”

< यशैया 51 >