< यशैया 50 >
1 परमप्रभु यसो भन्नुहुन्छ, “मैले तेरी आमालाई दिएको त्यागपत्रको प्रमाणपत्र कहाँ छ? मेरो कुनचाहिं ऋणीकहाँ मैले तँलाई बेचें? हेर, तिमीहरूका पापहरूका कारणले तिमीहरूलाई बेचियो र तिमीहरूका विद्रोहको कारणले तिमीहरूका आमालाई टाढा पठाइयो ।
Thus said Jehovah: 'Where [is] this — the bill of your mother's divorce, Whom I sent away? Or to which of My creditors have I sold you? Lo, for your iniquities ye have been sold, And for your transgressions Hath your mother been sent away.
2 म आउँदा त्यहाँ किन कोही पनि थिएन? मैले बोलाउँदा किन कसैले पनि जवाफ दिएन? के मोल तिरेर छुट्टाउन मेरो हात धेरै छोटो भएको थियो र? के तिमीहरूलाई छुट्टाउन ममा कुनै शक्ति थिएन र? हेर, मेरो हप्कीले म समुद्रलाई सुकाउँछु । म नदीलाई सुख्खा बनाउँछु । पानीको कमीले त्यहाँका माछाहरू मर्नेछन् र कुहिनेछन् ।
Wherefore have I come, and there is no one? I called, and there is none answering, Hath My hand been at all short of redemption? And is there not in me power to deliver? Lo, by My rebuke I dry up a sea, I make rivers a wilderness, Their fish stinketh, for there is no water, And dieth with thirst.
3 आकाशलाई म अन्धाकारले ढाक्नेछु । त्यसलाई म भाङ्ग्राले ढाक्नेछु।”
I clothe the heavens [with] blackness, And sackcloth I make their covering.
4 परमप्रभु परमेश्वरले मलाई सिकाइएको व्यक्तिको जस्तो जिब्रो दिनुभएको छ, ताकि थकितलाई म सम्भाल्ने वचनहरू बोलूँ । उहाँले मलाई बिहान-बिहान जगाउनुहुन्छ । सिकाइएकाहरूका जस्ता कुरा सुन्न उहाँले मेरा कानलाई खोल्नुहुन्छ ।
The Lord Jehovah hath given to me The tongue of taught ones, To know to aid the weary [by] a word, He waketh morning by morning, He waketh for me an ear to hear as taught ones.
5 परमप्रभु परमेश्वरले मेरो कान खोल्नुभएको छ, र म विद्रोही थिइनँ, न मैले पिट्युँ नै फर्काएँ ।
The Lord Jehovah opened for me the ear, And I rebelled not — backward I moved not.
6 मलाई पिट्नेहरूलाई मैले आफ्नो ढाड र मेरा दाह्री उखेल्नेहरूलाई आफ्ना गाला दिएँ । लाज र थुकाइका कामहरूबाट मैले आफ्नो मुख लुकाइन ।
My back I have given to those smiting, And my cheeks to those plucking out, My face I hid not from shame and spitting.
7 किनकि परमप्रभु परमेश्वरले मलाई सहायता गर्नुहुनेछ । यसकारण म अपमानित भएको छैन । त्यसैले मैले आफ्नो मुहार चक्मक ढुङ्गाझैं बनाएको छु, किनकि म लाजमा पर्दिनँ भनी म जान्दछु ।
And the Lord Jehovah giveth help to me, Therefore I have not been ashamed, Therefore I have set my face as a flint, And I know that I am not ashamed.
8 मलाई निर्दोष ठहराउनुहुने नजिकै हुनुहुन्छ । कसले मेरो विरोध गर्छ र? हामी खडा हौं र एक-अर्कासँग भिडौं । मलाई दोष लगाउने को हो? त्यो मेरो नजिक आओस् ।
Near [is] He who is justifying me, Who doth contend with me? We stand together, who [is] mine opponent? Let him come nigh unto me.
9 हेर्, परमप्रभु परमेश्वरले मलाई सहायता गर्नुहुनेछ । मलाई कसले दोषी घोषणा गर्नेछ? हेर, ती सबै लुगाझैं फाटेर जानेछन् । किराले तिनलाई खानेछ ।
Lo, the Lord Jehovah giveth help to me, Who [is] he that declareth me wicked? Lo, all of them as a garment wear out, A moth doth eat them.
10 तिमीहरूमध्ये कसले परमप्रभुको भय मान्छ र? उहाँको सेवकको आवाज कसले पालन गर्छ र? घोर अन्धकारमा उज्यलोविना को हिंड्छ र? उसले परमप्रभुको नाउँमा भरोसा गर्नुपर्छ र आफ्नो परमेश्वरमा नै भर पर्नुपर्छ ।
Who [is] among you, fearing Jehovah, Hearkening to the voice of His servant, That hath walked in dark places, And there is no brightness for him? Let him trust in the name of Jehovah, And lean upon his God.
11 हेर्, आगो बाल्ने र आफैलाई राँकोले सुसज्जित पार्ने तिमीहरू सबै जनाः आफ्नो आगोको उज्यालोमा र आफूले बालेका राँकोमा हिंड । तिमीहरूले मबाट यही कुरा पाएका छौः तिमीहरू पीडाको ठाउँमा ढल्किनेछौ ।
Lo, all ye kindling a fire, girding on sparks, Walk ye in the light of your fire, And in the sparks ye have caused to burn, From my hand hath this been to you, In grief ye lie down!