< यशैया 5 >

1 मेरो असल प्रियको निम्ति मलाई गाउन, मेरो प्रियको दाखबारीको बारेमा एउटा गीत गाउन दिनुहोस् ।
Jeg vil synge en Sang om min Ven, en Kærlighedssang om hans Vingaard: Min Ven, han havde en Vingaard paa en frugtbar Høj.
2 उनले यो खने, ढुङ्गाहरू हटाए र त्‍यसमा उत्तम जातको दाख रोपे । उनले त्‍यसको बिचमा एउटा धरहरा बनाए र एउटा दाखको कोल पनि बनाए । उनले दाख उत्पादन गर्ने समयसम्म पर्खे, तर त्‍यसले जङ्गली दाख मात्र फलायो ।
Han grov den, rensed den for Sten og plantede ædle Ranker; han bygged et Vagttaarn deri og huggede ogsaa en Perse. Men den bar vilde Druer, skønt han ventede Høst af ædle.
3 त्यसैले अब ए यरूशलेमका बासिन्दाहरू र यहूदाका मानिस हो, म र मेरो दाखबारीको बिचमा न्याय गर ।
Og nu, Jerusalems Borgere, Judas Mænd, skift Ret mellem mig og min Vingaard!
4 मेरो दाखबारीको निम्‍ति मैले नगरेको त्यस्‍तो के कुरा त्‍यसको निम्ति गर्न सकिन्थ्यो? त्‍यसले दाख फलाओस् भन्‍ने मेरो आशा हुँदा, त्‍यसले किन जङ्गली दाखहरू फलायो?
Hvad mer var at gøre ved Vingaarden, hvad lod jeg ugjort? Hvi bar den vilde Druer, skønt jeg ventede Høst af ædle?
5 अब म आफ्‍नो दाखबारीलाई के गर्नेछु सो म तिमीहरूलाई भन्‍नेछु, म त्‍यसलाई चरनमा बदल्‍नेछु, त्‍यसको पर्खला म भत्काउनेछु र त्‍यसलाई कुल्चीमिल्ची गरिनेछ ।
Saa vil jeg da lade jer vide, hvad jeg vil gøre ved min Vingaard: Nedrive dens Hegn, saa den ædes op, nedbryde dens Mur, saa den trampes ned!
6 म त्‍यसलाई बरबाद गर्नेछु र यसलाई छाँटकाँट वा खनजोत गरिनेछैन । बरु, यसमा काँढा र सिउँडीहरू उम्रिनेछन् । त्‍यसमाथि वर्ष नहोस् भनी म बादललाई आज्ञा पनि दिनेछु ।
Jeg lægger den øde; den skal ikke beskæres og ikke graves, men gro sammen i Torn og Tidsel; og Skyerne giver jeg Paabud om ikke at sende den Regn.
7 किनकि सर्वशक्तिमान् परमप्रभुको दाखबारी इस्राएलको घराना, र यहूदाका मानिसचाहिं आनन्‍दको बगैंचा हो । न्यायको निम्ति उहाँ पर्खनुभयो, तर त्‍यसको साटोमा त्यहाँ हत्या भयो । धार्मिकताको खोज्नुभयो तर त्‍यसको साटोमा सहायताको निम्‍ति चित्कार आयो ।
Thi Hærskarers HERRES Vingaard er Israels Hus, og Judas Mænd er hans Yndlingsplantning. Han vented paa Retfærd — se, der kom Letfærd, han vented paa Lov — se, Skrig over Rov!
8 ठाउँ नै नरहने गरी घरसित घर जोड्ने र खेतसित खेत जोड्नेहरूलाई धिक्‍कार, र तिमीहरू मात्र देशमा रहन्छौ!
Ve dem, der føjer Hus til Hus, dem, der lægger Mark til Mark, saa der ikke er Plads tilbage, men kun I har Landet i Eje.
9 सर्वशक्तिमान् परमप्रभुले मलाई भन्‍नुभयो, धेरै वटा घर, ठुला र भव्‍य महलसमेत रित्ता हुनेछन्, त्यसमा बस्‍ने कोही हुनेछैन् ।
Det lyder i mine Ører fra Hærskarers HERRE: »For vist skal de mange Huse blive øde, de store og smukke skal ingen bebo;
10 किनकि दस हलको दाखबारीले पाँच पाथी दाख र पचास पाथी बीउले पाँच पाथी अन्‍न मात्र उब्‍जाउनेछ ।
thi paa ti Tønder Vinland skal høstes en Bat, af en Homers Udsæd skal høstes en Efa.«
11 कडा मद्य पिउनलाई बिहान सबेरै उठ्नेहरू, मद्यले तिनीहरूलाई चूर नबनाएसम्म राती अबेरसम्म बस्‍नेहरूलाई धिक्‍कार ।
Ve dem, der aarle jager efter Drik og ud paa Natten blusser af Vin!
12 तिनीहरू वीणा, सारङ्गी, बाँसुरी र मद्यसित भोज खान्छन्, तर तिनीहरूले परमप्रभुको कामको चिन्‍दैनन्, न त तिनीहरूले उहाँका हातका कामहरूलाई नै विचार गरेका छन् ।
Med Citre og Harper holder de Gilde, med Haandpauker, Fløjter og Vin, men ser ikke HERRENS Gerning, har ej Syn for hans Hænders Værk.
13 यसकारण सुझबुझको कमीला गर्दा मेरा मानिसहरू निर्वासनमा गएका छन् । तिनीहरूका आदरणिय अगुवाहरू भोक-भोकै हुन्छन् र तिनीहरूका साधारण मानिससँग पिउनलाई कुनै कुरा छैन ।
Derfor skal mit Folk føres bort, før det ved det, dets Adel blive Hungerens Bytte, dets Hob vansmægte af Tørst.
14 यसकारण चिहानले आफ्‍नो भोकलाई ठुलो पारेको छ र त्‍यसले आफ्नो मुखलाई चौडा पारेको छ । तिनीहरूका कुलीनहरू, मानिसहरू, हल्ले गर्नेहरू र तिनीहरू माझका खुसी हुनेहरू चिहानमा जान्‍छन् । (Sheol h7585)
Derfor vokser Dødsrigets Gridskhed, det spiler sit Gab uden Grænse; dets Stormænd styrter derned, dets larmende, lystige Slæng. (Sheol h7585)
15 मानिसलाई निहुरिन बाध्‍य बनाइनेछ र मानवजाति नम्र तुल्याइनेछ । घमण्डीका आँखालाई झुकाइनेछन् ।
Mennesket bøjes, og Manden ydmyges, de stolte slaar Øjnene ned;
16 सर्वशक्तिमान् परमप्रभु आफ्‍नो न्यायमा उच्‍च पारिनुहुनेछ र परमपवित्र परमेश्‍वरले आफ्‍नो धर्मिकताद्वारा आफूलाई पवित्र प्रकट गर्नुहुनेछ ।
men Hærskarers HERRE ophøjes ved Dommen, den hellige Gud bliver helliget ved Retfærd.
17 तब भेडाहरू तिनीहरूका आफ्नै चरणमा झैं चर्नेछन् र भग्‍नावशेषमा थुमाहरू परदेशीझैं चर्नेछन् ।
Og der gaar Faar paa Græs, Geder afgnaver omkomnes Tomter.
18 धिक्‍कार तिनीहरूलाई जसले अधर्मलाई व्‍यर्थका डोरीले तान्छन् र पापलाई गाडाको डोरीले झैं तान्छन् ।
Ve dem, der trækker Straffen hid med Brødens Skagler og Syndebod hid som med Vognreb,
19 धिक्‍कार तिनीहरूलाई, जसले भन्छन्, “परमेश्‍वरले हतार गर्नुभएको होस्, उहाँले चाँडै काम गर्नुभएको होस्, यसैले कि हामी यसो भएको देख्‍न सक्‍छौं । र इस्राएलको परमपवरित्रको योजना पुरा होस् ताकि हामीले ती थाहा पाउनेछौं ।”
som siger: »Lad ham skynde sig, haste med sit Værk, saa vi faar det at se; lad Israels Helliges Raad dog komme snart, at vi kan kende det!«
20 धिक्‍कार तिनीहरूलाई जसले खराबलाई असल र असललाई खराब भन्छन् । जसले ज्योतिलाई अँध्यारो र अँध्यारोलाई ज्योतिको रूपमा लिन्छन् । अनि तीतोलाई गुलियो र गुलियोलाई तीतोको रूपमा लिन्छन् ।
Ve dem, der kalder ondt for godt og godt for ondt, gør Mørke til Lys og Lys til Mørke, gør beskt til sødt og sødt til beskt!
21 धिक्‍कार तिनीहरूलाई जो आफ्नै आँखामा बुद्धिमान र आफ्नै समझमा चतुर छन्!
Ve dem, der tykkes sig vise og er kloge i egne Tanker!
22 धिक्‍कार तिनीहरूलाई जो दाकमद्य पिउनलाई सिपालु र कडा मद्यहरू मिसाउनमा कुसल छन् ।
Ve dem, der er Helte til at drikke Vin og vældige til at blande stærke Drikke,
23 जसले घुस लिएर दुष्‍टलाई छोडिदिन्‍छ र निर्दोषलाई उसको अधिकार हनन् गर्छ!
som for Gave giver den skyldige Ret og røver den skyldfri Retten, han har.
24 यसकारण जसरी आगोको ज्वालाले झिंजामिंजालाई जलाउँछ र जसरी सुकेको घाँस आगोमा भष्‍म हुन्‍छ, त्यसरी नै तिनीहरूका जरा सड्नेछ र तिनीहरूका फूल धूलोझैं उड्‍नेछ । सर्वशक्तिमान् परमप्रभुको व्यावस्थालाई तिनीहरूले इन्कार गरेका हुनाले यसो हुनेछ, अनि इस्राएलका परमपवित्रको वचनलाई तिनीहरूले घृणा गरेका हुनाले यस्‍तो हुनेछ ।
Derfor, som Ildens Tunge æder Straa og Hø synker sammen i Luen, saa skal deres Rod blive raadden, deres Blomst henvejres som Støv; thi om Hærskarers HERRES Lov lod de haant og ringeagted Israels Helliges Ord.
25 यसकारण परमप्रभुको रिस उहाँका मानिसहरूका विरुद्ध दन्किएको छ । उहाँले आफ्नो हात तिनीहरूका विरुद्धमा पसार्नुभएको छ र तिनीहरूलाई दण्ड दिनुभएको छ । पहडाहरू काँप्छन् र तिनीहरूका लाशहरू गल्‍लीहरूमा फोहोर झैं छन् । यी सबै कुरामा उहाँको रिस मर्दैन । बरु, उहाँको हात अझै पसारिएको छ ।
Saa blusser da HERRENS Vrede mod hans Folk, og han udrækker Haanden imod det og slaar det, saa Bjergene skælver og Ligene ligger som Skarn paa Gaden. Men trods alt har hans Vrede ej lagt sig, hans Haand er fremdeles rakt ud.
26 उहाँले टाढाका जातिहरूका निम्ति चिन्हको झण्डा उठाउनुहुनेछ र पृथ्वीको अन्तमा भएकाहरूलाई सुसेलेर बोलाउनुहुनेछ । हेर, तिनीहरू द्रूत गतिमा र तुरुन्तै आउनेछन् ।
For et Folk i det fjerne løfter han Banner og fløjter det hid fra Jordens Ende; og se, det kommer hastigt og let.
27 तिनीहरूका माझमा कोही पनि थाक्‍नेछन् न त ठेस खानेछैन् । कोही पनि निदाउनेछैन न त उँघ्‍नेछन् । न त तिनीहरूका पेटीहरू खुकुला हुनेछन्, न त तिनीहरूका जुत्ताका फिताहरू नै खुकुला हुनेछन् ।
Ingen iblandt dem er træt eller snubler, ingen blunder, og ingen sover; Bæltet om Lænden løsnes ikke, Skoens Rem springer ikke op;
28 तिनीहरूका काँडहरू तीखा छन् र तिनीहरूका सबै धनुहरूमा ताँदो चढाइएका छन् । तिनीहरूका घोडाहरूका खुर चकमक ढुङ्गाहरूजस्ता छन् र तिनीहरूका रथहरूका पाङ्ग्राहरू आँधिजस्ता छन् ।
hvæssede er dets Pile, alle dets Buer spændte; som Flint er Hestenes Hove, dets Vognhjul som Hvirvelvind.
29 तिनीहरूका गर्जन सिंहको जस्तो हुनेछ । जवान सिंहहरूझैं तिनीहरू गर्जनेछन् । तिनीहरू गर्जन्छन् र शिकार समात्‍नेछन् र छुटाउने कोही नभई त्‍यो घिसारेर लैजान्छन् ।
Det har et Brøl som en Løve, brøler som unge Løver, brummende griber det Byttet, bjærger det, ingen kan fri det.
30 त्यस दिन शिकारको विरुद्धमा तिनीहरू समुद्र गर्जेझैं गर्जनेछन् । कसैले देशलाई हेर्छ भने, उसले अन्धकार र कष्‍ट देख्‍नेछ । प्रकाशलाई पनि बादलले अँध्यारो पार्नेछ ।
Men paa hin Dag skal der bryde en Brummen løs imod det, som naar Havet brummer; og skuer det ud over Jorden, se, da er der Trængselsmørke, Lyset slukkes af tykke Skyer.

< यशैया 5 >