< यशैया 49 >
1 ए समुद्र किनारमा बस्नेहरू हो, मेरो कुरा सुन! ए टाढाका मानिसहरू हो, मेरो कुरामा ध्यान देओ । मेरो आमाले मलाई संसारमा ल्याउनुहुँदा नै परमप्रभुले मलाई मेरो नाउँ काढेर बोलाउनुभएको छ ।
Słuchajcie mię wyspy, a narody dalekie pilnujcie! Pan zaraz z żywota wezwał mię, zaraz z żywota matki mojej uczynił wzmiankę imienia mego:
2 उहाँले मेरो मुखलाई धारिलो तरवारजस्तो बनाउनुभएको छ । उहाँले मलाई आफ्नो हातको छायामा लुकाउनुभएको छ । उहाँले मलाई टल्काएको काँड बनाउनुभएको छ । उहाँले मलाई आफ्नो ठोक्रोमा लुकाउनुभएको छ ।
I uczynił usta moje jako miecz ostry, w cieniu ręki swej zakrył mię, a uczyniwszy mię strzałą wypolerowaną, do sajdaku swego schował mię;
3 उहाँले मलाई भन्नुभयो, “ए इस्राएल, तँ मेरो सेवक होस्, जसद्वारा म आफ्नो महिमा देखाउँछु ।”
I rzekł mi: Sługaś ty mój, w Izraelu tobą się chlubić będę.
4 तर मैले जवाफ दिएँ, “मैले व्यार्थमा परिश्रम गरेको छु, मैले बेकाममा मेरो शक्ति खर्च गरेको छु भनी सोचें, तापनि मेरो न्याय परमप्रभुसित नै छ र मेरो इनाम मेरो परमेश्वरसँग छ ।”
A Jam rzekł: Nadarmom pracował, próżnom i daremnie zniszczył siłę moję; wszakże sąd mój jest u Pana, a praca moja u Boga mego.
5 अब परमप्रभु बोल्नुभएको छ—उहाँ नै हुनुहुन्छ जसले उहाँको सेवक हुन, याकूबलाई उहाँमा पुनर्स्थापन गर्न मलाई जन्मैदेखि बनाउनुभयो, ताकि इस्राएललाई उहाँमा जम्मा गर्न सकियोस्, किनकि परमप्रभुको दृष्टिमा मेरो इज्जत भएको छ र मेरो परमेश्वर नै मेरो बल हुनुभएको छ—
A teraz mówi Pan, który mię zaraz z żywota za sługę sobie utworzył, abym zaś przywiódł do niego Jakóba. (Choćby Izrael nie był zebrany, sławnym jednak będę przed oczyma Pańskiemi; albowiem Bóg mój jest siłą moją.)
6 अनि उहाँ भन्नुहुन्छ, “याकूबको कुललाई पुनःस्थापित गर्न र इस्राएलका बचेकाहरूलाई पुनर्स्थापन गर्न मेरो सेवक हुनु तेरो निम्ति अति सानो कुरा हो । म तँलाई अरू जातिहरूका निम्ति ज्योति बनाउनेछु, ताकि पृथ्वीको अन्तिम छेउसम्म तँ नै मेरो उद्धार हुन सक्छस् ।”
I rzekł: Małoby mi to było, abyś mi był sługą ku podźwignieniu pokoleń Jakóbowych, i ku nawróceniu ostatków z Izraela; przetoż dałem cię za światłość poganom, abyś był zbawieniem mojem aż do kończyn ziemi.
7 जातिहरूले तुच्छ ठानेका, घृणा गरेका र शासकहरूका सेवकलाई इस्राएलको उद्धारक, तिनीहरूका परमपवित्र परमप्रभु यसो भन्नुहुन्छ, “विश्वासयोग्य परमप्रभु, इस्राएलका परमपवित्रले तँलाई चुन्नुभएको हुनाले राजाहरूले तँलाई देख्नेछन् र खडा हुनेछन्, अनि राजकुमारहरूले तँलाई देख्नेछन् र घोप्टो पर्नेछन् ।”
Tak mówi Pan, odkupiciel Izraelowy, Święty jego, do tego, którym każdy gardzi, a którym się brzydzą narody, do sługi panujących: Królowie widząc cię powstaną, a książęta kłaniać ci się będą dla Pana, który jest wierny, dla Świętego Izraelskiego, który cię obrał.
8 परमप्रभु यसो भन्नुहुन्छ, “मैले आफ्नो कृपा देखाउन निश्चित गरेको समयमा म तँलाई जवाफ दिनेछु, अनि उद्धारको दिनमा म तँलाई सहायता गर्नेछु । म तेरो सुरक्षा गर्नेछु र देशको पुनःनिर्माण गर्न र उजाड जमिनमा फेरि बस्ती बसाल्न तँलाई मानिसहरूका करारको रूपमा दिनेछु ।
Tak mówi Pan: Czasu przyjemnego wysłucham cię, a w dzień zbawienia poratuję cię; nadto strzedz cię będę, i dam cię za przymierze ludowi, abyś utwierdził ziemię, a podał w osiadłość dziedzictwa spustoszałe;
9 तैंले कैदीहरूलाई, 'बाहिर आओ,' अँध्यारो कालकोठरीमा हुनेहरूलाई, 'आफूलाई देखाओ' भन्नेछस् । तिनीहरू सडकहरूको छेउतिर चर्नेछन् र सबै उजाड पाखाहरू तिनीहरूका खर्क हुनेछ ।
Abyś mówił więźniom: Wynijdźcie; a tym, co są w ciemnościach: Okażcie się. Podle dróg paść się będą, a po wszystkich miejscach wysokich będą pastwiska ich.
10 तिनीहरू तिर्काउने वा भोकाउने छैनन् । न तापले न घामले तिनीहरूलाई पोल्नेछ, किनकि जसले तिनीहरूलाई दया गर्नुहुन्छ, उहाँले तिनीहरूलाई डोर्याउनुहुनेछ । उहाँले तिनीहरूलाई पानीको मुहानहरूतिर लानुहुनेछ ।
Nie będą łaknąć, ani pragnąć, i nie uderzy na nich gorącość, ani słońce, bo ten, który ma litość nad nimi, poprowadzi ich, i podle źródeł wód powiedzie ich.
11 तब आफ्ना सबै पर्वतलाई सडक र मेरा मुल बाटोहरूलाई समतल बनाउने छु ।”
Nadto sposobię na wszystkich górach moich drogę, a gościńce moje będą powyższone.
12 हेर, यिनीहरू टाढाबाट, कोही उत्तर र पश्चिमबाट आउनेछन् । अनि अरूचाहिं आश्वासनको देशबाट आउनेछन् ।
Oto ci z daleka przyjdą, a oto drudzy od północy i od morza, a drudzy z ziemi Synim.
13 ए आकाश गाओ र ए पृथ्वी आनन्दि होओ । ए पर्वतहरू, गीत गाओ! किनकि परमप्रभुले आफ्ना मानिसहरूलाई सान्त्वना दिनुहुन्छ र उहाँका कष्ठमा परेकाहरूलाई दया गर्नुहुनेछ ।
Śpiewajcie niebiosa, rozraduj się ziemio, i głośno zabrzmijcie góry! albowiem Pan pocieszył lud swój, a nad ubogimi swoimi zmiłował się.
14 तर सियोनले भन्यो, “परमप्रभुले मलाई त्यग्नुभएको छ, र परमप्रभुले मलाई बिर्सनुभएको छ ।”
Ale Syon rzekł: Opuścił mię Pan, a Pan zapomniał na mię.
15 “के स्त्रीले आफ्नो दूध खुवाइरहेको बालकलाई बिर्सन सक्छे, अनि तिनले जन्माएकी बलकलाई दया देखाउँदिनन् र? हो, तिनीहरूले बिर्सन सक्छन्, तर तँलाई म बिर्सनेछैन ।
Izali może zapomnieć niewiasta niemowlątka swego, aby się nie zlitowała nad płodem żywota swego? A choćby też i one zapomniały, wszakże Ja ciebie nie zapomnę.
16 हेर, मैले तेरो नाउँ आफ्नो हत्केलामा खोपेको छु । तेरा पर्खालहरू निरन्तर मेरो सामु छन् ।
Oto na dłoniach swoich wyrysowałem cię; mury twoje zawżdy są przedemną.
17 तेरा छोराछोरी फर्कन हतारिंदैछन्, जबकि तिमीहरूलाई विनाश पार्नेहरू टाढा जाँदैछन् ।
Pospieszą się do ciebie synowie twoi, a ci, którzy cię burzyli i kazili, odejdą od ciebie.
18 वरिपरि हेर र देख्, तिनीहरू भेला हुँदैछन् र तँकहाँ आउँदैछन् । जस्तो म जीवित छु— यो परमप्रभुको घोषणा हो— तैंले तिनीहरूलाई गहनाझैं लगाउनेछस् र तैंले तिनीहरूलाई दुलहीले झैं लगाउनेछस् ।
Podnieś w około oczy swe, a obacz; ci wszyscy zgromadziwszy się przyjdą do ciebie. Jakom żywy Ja, mówi Pan, że tymi wszystkimi jako ochędóstwem przyodziejesz się, i obłożysz się nimi jako oblubienica;
19 तँ उजाड र निर्जन, भग्नावशेषको देश भए पनि अब बासिन्दाहरूका निम्ति तँ अति सानो हुनेछस् र तँलाई नाश पार्नेहरू टाढा हुनेछन् ।
Przeto, że pustynie twoje, i spustoszałe miejsca twoje, i ziemia zburzenia twego teraz będą ciasne dla obywateli, gdyż oddaleni będą ci, którzy cię pożerali.
20 शोकको अवधिमा जन्मेका छोराछोरीले तैंले सुन्ने गरी भन्नेछन्, 'यो ठाउँ हाम्रा निम्ति साँगुरो हुन्छ, ठाउँ तयार पार, ताकि हामी बस्न सकौं ।'
Tak, że rzeką w uszy twoje synowie sieroctwa twego: Ciasne mi jest to miejsce; ustąpże mi, abym mieszkać mógł.
21 तब तैंले आफैलाई सोध्नेछस्, ' मेरो निम्ति यी छोराछोरी कसले जन्माएको हो? म शोकमा र बाँझी, निर्वासित र त्यागिएकी थिएँ । यी छोराछोरीलाई कसले हुर्कायो? हेर, मलाई एक्लै छोडिएको थियो । यिनीहरू कहाँबाट आए?’”
I rzeczesz w sercu swem: Któż mi tych napłodził? bom ja była osierociała, i samotna, wygnanam była, i tułałam się; któż wżdy tych odchował? Otom Ja tylko sama pozostała była, gdzież ci byli?
22 परमप्रभु परमेश्वरले यसो भन्नुहुन्छ, “हेर्, जातिहरूतिर म आफ्नो हात उठाउनेछु । मानिसहरूतिर म आफ्नो संकेतको झन्डा उठाउनेछु । तिनीहरूले तेरा छोराहरूलाई आफ्ना हातमा र तेरी छोरीहरूलाई आफ्ना काँधमा बोकेर ल्याउनेछन् ।
Tak mówi panujący Pan: Oto wzniosę na narody rękę moję, a do ludzi podniosę choręgiew moję, aby przynieśli synów twoich na ręku, i córki twoje aby na ramionach przynoszone były.
23 राजहरू तेरा धर्म-बुबाहरू र रानीहरू तेरा धाइ-आमाहरू हुनेछन् । तिनीहरूले आफ्ना मुहार भुइँमा घोप्टो पारेर तँलाई दण्डवत गर्नेछन् र तेरा खुट्टाका धूलो चाट्नेछन् । अनि म परमप्रभु हुँ भनी तैंले जान्नेछस् । मेरो आशा गर्नेहरू लज्जित हुनेछैनन् ।”
I będą królowie piastunami twoimi, a księżny ich mamkami twemi; twarzą ku ziemi kłaniać ci się będą, i proch nóg twoich lizać będą; a dowiesz się, żem Ja Pan, a iż nie bywają zawstydzeni, którzy na mię oczekują.
24 के योद्धाहरूबाट लूटको माल लिन सकिन्छ, वा क्रूरबाट कैदीहरूलाई छुट्टाउन सकिन्छ?
I rzeczesz: Izali korzyść od mocarza odjęta będzie? Izali pojmany lud sprawiedliwego wybawiony będzie?
25 तर परमप्रभु यसो भन्नुहुन्छ, “हो, योद्धाहरूबाट कैदीहरूलाई खोसिनेछ र लूटका मालहरू छुट्टाइनेछ । किनकि तेरो विरोधीलाई म विरोध गर्नेछु र तेरा छोराछोरीलाई बचाउनेछु ।
Owszem, tak mówi Pan: I pojmany lud mocarzowi odjęty będzie, i korzyść okrutnikowi wydarta będzie; albowiem przeciwnikowi twemu Ja się sprzeciwię, a synów twoich Ja wyswobodzę.
26 तेरा अत्याचारीहरूलाई तिनीहरूका आफ्नै मासु खुवाउनेछु । अनि तिनीहरू आफ्नै रगले दाखमद्यले झैं मात्नेछन् । तब म परमप्रभु, तेरो मुक्तिदाता र तेरा उद्धारक, याकूबको शक्तिशाली परमेश्वर हुँ भनी सारा मानवजातिले जान्नेछन् ।”
I tych, którzy cię pustoszą, własnem ich ciałem nakarmię, a krwią swoją jako moszczem upiją się. I pozna wszelkie ciało, żem Ja Pan, zbawiciel twój, i odkupiciel twój, mocny Jakóbowy.