< यशैया 47 >
1 ए बेबिलोनकी कन्ये छोरी, तल आइज र धूलोमा बस् । ए कल्दीकी छोरी सिंहासनविना नै जमिनमा बस् । तँलाई कदापि सुकुमार र कोमल भनिनेछैन ।
Njoo chini na ukae kwenye mavumbi, binti bikira wa Babeli; kaa juu ya aridhi pasipo enzi, ewe binti wa Wakaldayo. Hautaitwa tena mpenda anasa na maisha ya anasa.
2 जाँतो लि र पीठो पिंध् । तेरो घुम्टो हटा, तेरो लामो वस्त्र उतार, तेरा गोडाहरू नाङ्गो पार्, खोलाहरू तर् ।
Chukua jiwe la kusagia na usage unga; ondoa pazia lako, ondoa mavazi yako, ondoa viatu miguuni, na vuka mkondo wa maji.
3 तेरो नाङ्गोन देखिनेछ, हो, तेरो लाज देखिनेछ । म बद्ला लिनेछु र एक जना मानिसलाई पनि छोड्नेछैन ।
Uchi wako utafunuliwa, ndio, na aibu yako itaonekana; Nitachukua kizazi na sitamuacha mtu,
4 सर्वशक्तिमान् परमप्रभु हाम्रा उद्धारक, इस्राएलको परमपवित्र उहाँको नाउँ हो ।
Mkombozi, Yahwe wa majeshi ndilo jina lake, Mtakatifu wa Israeli.
5 कल्दीकी छोरी, शान्त बस् र अँध्यारोमा जा । किनकि तँलाई कदापि राज्यहरूको रानी भनिनेछैन ।
Kaa kimya na nenda katika giza, ewe binti wa Wakaldoyo; maana hautaitwa tena malikia wa falme.
6 म आफ्ना मानिसहरूसित रिसाएको थिएँ । मैले मेरो उत्तराधिकारलाई अशुद्ध तुल्याएँ र तिनीहरूलाई तेरो हातमा सुम्पें, तर तैंले तिनीहरूलाई कुनै दया देखाइनस् । वृद्ध मानिसहरूमाथि तैंले धेरै गह्रौं जुवा बोकाइस् ।
Nilikuwa na hasira na watu wangu; Nimeunajisi urithi wangu na kuwakabidhi nyie katika mkono wenu, lakini hamkuomyesha huruma; umeweka nira kubwa kwa wazee.
7 तैंले भनिस्, “म सदासर्वदा प्रभुत्वशाली रानी भएर राज्य गर्नेछु ।” यी कुराहरूलाई तैंले मनमा राखिनस्, न ती के हुनेछन् भनी तैंले विचार गरिस् ।
Umesema, ''Nitaongoza daima kama malikia huru.'' Haukuvichukua vitu hivi katika moyo, wala hakutafakari jinsi hivi vitu vitakavyojeuka.
8 त्यसैले अब यो कुरा सुन, तिमीहरू जो विलासिता रुचाउँछौ र निष्फिक्रि बस्छौ । तिमीहरू जसले आफ्नो मनमा भन्छौ, “म अस्तित्वमा छु, र मजस्तो त्यहाँ अरू कोही छैन । म कहिल्यै विधवाझैं बस्नेछैन, न छोराछोरी नाश भएको अनुभव म कहिल्यै गर्नेछु ।”
Hivyo sasa sikiliza hili, Ewe upendae anasa na kukaa salama; ewe usemae katika moyo wako, 'Ninaishi, na hakuna mwingine kama mimi; Sitakaa kama mjane wala sitazoea kufiwa na watoto.
9 तर यी दुई कुराहरू एकै दिनमा एकै छिनमा तँलाई हुनेछन्ः छोराछोरीको नाश र विधवापन । तँसँग मन्त्रतन्त्र, टुनामुना र जन्तरहरू भए पनि ती तँमाथि पुरा शक्किका साथ आउनेछन् ।
''Lakini vitu hivi vitakuja kwako siku moja katika kipindi cha siku moja; kwa nguvu za kutosha yatakuja kwako, japo uchawi wako na dua zako na hirizi.
10 तैंले आफ्ना दुष्टतामा भरोसा गरिस् । तैंले भनेको छस्, “मलाई कसैले देख्दैन ।” तेरो बुद्धि र तेरो ज्ञानले तँलाई बहकायो तर तैंले आफ्नो मनमा भन्छस्, “म अस्तित्वमा छु, त्यहाँ मजस्तो अरू कोही छैन ।”
Umeweka imani katika mapungufu yako; na kusema, ''Hakuna anayeniona mimi''; hekima na maarifa yako yanakupoteza, lakini unasema katika moyo wako, ''Nipo na hakuna hata mmoja kama mimi.''
11 तँमाथि विपत्ति आइपर्नेछ । आफ्नो मन्त्रतन्त्रले तैंले त्यो धपाउन सक्नेछैनस् । तँमाथि विनाश आउनेछ । तैंले त्यसलाई तर्काउन सक्नेछैनस् । तैंले थाहा पाउनुअगि नै विपत्तिले तँलाई अचानक प्रहार गर्नेछ ।
Maafa yatakuzidi wewe; hautaweza kuyaondoa kwa dua zako mwenyewe. Uharibifu utakuwa juu yako; hautaweza kuukata. Maafa yatakuangamiza ghafla, kabla haujajua kitu.
12 आफ्नो तन्त्रमन्त्र र आफ्ना धेरै टुनामुनामा निरन्तर लाग्, जसलाई तैंले आफ्नो बाल्यकालदेखि नै विश्वस्ततासाथ उच्चारण गरेको छस् । सायद तँ सफल हुनेछस्, सायद तैंले विपत्तिलाई भगाउनेछस् ।
Endeleni kutoa uganga wako na wachawi wengi ambao mlioaminishwa kusoma toka utotoni mwao; labda utafanikiwa, labda utayashinda maafa.
13 तेरा धेरै सल्लाहरूदेखि तँ थाकेको छस् । ती मानिसहरू खडा होऊन् र तँलाई बचाऊन्— तिनीहरू जसले आकाशको मानचित्र बनाउँछन्, र ताराहरू हेर्छन्, जसले औंसीको घोषणा गर्छन्— तँलाई जे हुनेछ सोबाट तिनीहरूले नै तँलाई बचाऊन् ।
Umejaribu sana kwa kushauriwa sana; waache hao watu wasimame na kukuokoa wewe- wale wanaoangalia mbingu na wanoangalia nyota, wale wanotangaza mwenzi mpya- waache wawaokoe nyie kutoka kwenye yaliyowapata.
14 हेर, ती परालको झ्यासझैं हुनेछन् । आगोले तिनलाई जलाउनेछ । ज्वालाको हातबाट तिनीहरूले आफूलाई बचाउनेछैनन् । तिनीहरूलाई न्यानो पर्न कुनै भुङ्ग्रो छैन र तिनीहरूले आगो ताप्नलाई आगो छैन!
Tazama, watakuwa kama mabua. Moto utayachoma juu. Hayataweza kujisaidia yenyewe kutoka kwenye mkono wa moto. Hakuna makaa kuwapa joto wao na hakuna moto uliowekwa pembeni kwa ajili yao!
15 तेरो निम्ति तिनीहरू यस्तै भएका छन्— जससँग तैंले काम गरेको छस्, अनि तिनीहरूसँग तैंले आफ्नो जवानीखि किनबेच गरेको छस्, तिनीहरू हरेक आ-आफ्नै निर्देशनमा भौंतारिए । तँलाई छुटकारा दिने सक्ने त्यहाँ कोही छैन ।”
Hivi ndio wamekuwa kwako, wale unaofanya nao kazi, na unauza na kununua na wao toka ulipo kuwa mdogo, na wale wanaendelea kufanya mambo yao ya kijinga; na unapolia kuhitaji msaada, hakuna hata mmjoa ambaye atakukomboa wewe.''