< यशैया 47 >
1 ए बेबिलोनकी कन्ये छोरी, तल आइज र धूलोमा बस् । ए कल्दीकी छोरी सिंहासनविना नै जमिनमा बस् । तँलाई कदापि सुकुमार र कोमल भनिनेछैन ।
巴比伦的处女啊, 下来坐在尘埃; 迦勒底的闺女啊, 没有宝座,要坐在地上; 因为你不再称为柔弱娇嫩的。
2 जाँतो लि र पीठो पिंध् । तेरो घुम्टो हटा, तेरो लामो वस्त्र उतार, तेरा गोडाहरू नाङ्गो पार्, खोलाहरू तर् ।
要用磨磨面, 揭去帕子, 脱去长衣,露腿趟河。
3 तेरो नाङ्गोन देखिनेछ, हो, तेरो लाज देखिनेछ । म बद्ला लिनेछु र एक जना मानिसलाई पनि छोड्नेछैन ।
你的下体必被露出; 你的丑陋必被看见。 我要报仇, 谁也不宽容。
4 सर्वशक्तिमान् परमप्रभु हाम्रा उद्धारक, इस्राएलको परमपवित्र उहाँको नाउँ हो ।
我们救赎主的名是 万军之耶和华—以色列的圣者。
5 कल्दीकी छोरी, शान्त बस् र अँध्यारोमा जा । किनकि तँलाई कदापि राज्यहरूको रानी भनिनेछैन ।
迦勒底的闺女啊, 你要默然静坐,进入暗中, 因为你不再称为列国的主母。
6 म आफ्ना मानिसहरूसित रिसाएको थिएँ । मैले मेरो उत्तराधिकारलाई अशुद्ध तुल्याएँ र तिनीहरूलाई तेरो हातमा सुम्पें, तर तैंले तिनीहरूलाई कुनै दया देखाइनस् । वृद्ध मानिसहरूमाथि तैंले धेरै गह्रौं जुवा बोकाइस् ।
我向我的百姓发怒, 使我的产业被亵渎, 将他们交在你手中, 你毫不怜悯他们, 把极重的轭加在老年人身上。
7 तैंले भनिस्, “म सदासर्वदा प्रभुत्वशाली रानी भएर राज्य गर्नेछु ।” यी कुराहरूलाई तैंले मनमा राखिनस्, न ती के हुनेछन् भनी तैंले विचार गरिस् ।
你自己说:我必永为主母, 所以你不将这事放在心上, 也不思想这事的结局。
8 त्यसैले अब यो कुरा सुन, तिमीहरू जो विलासिता रुचाउँछौ र निष्फिक्रि बस्छौ । तिमीहरू जसले आफ्नो मनमा भन्छौ, “म अस्तित्वमा छु, र मजस्तो त्यहाँ अरू कोही छैन । म कहिल्यै विधवाझैं बस्नेछैन, न छोराछोरी नाश भएको अनुभव म कहिल्यै गर्नेछु ।”
你这专好宴乐、安然居住的, 现在当听这话。 你心中说:惟有我, 除我以外再没有别的。 我必不致寡居, 也不遭丧子之事。
9 तर यी दुई कुराहरू एकै दिनमा एकै छिनमा तँलाई हुनेछन्ः छोराछोरीको नाश र विधवापन । तँसँग मन्त्रतन्त्र, टुनामुना र जन्तरहरू भए पनि ती तँमाथि पुरा शक्किका साथ आउनेछन् ।
哪知,丧子、寡居这两件事 在一日转眼之间必临到你; 正在你多行邪术、广施符咒的时候, 这两件事必全然临到你身上。
10 तैंले आफ्ना दुष्टतामा भरोसा गरिस् । तैंले भनेको छस्, “मलाई कसैले देख्दैन ।” तेरो बुद्धि र तेरो ज्ञानले तँलाई बहकायो तर तैंले आफ्नो मनमा भन्छस्, “म अस्तित्वमा छु, त्यहाँ मजस्तो अरू कोही छैन ।”
你素来倚仗自己的恶行,说: 无人看见我。 你的智慧聪明使你偏邪, 并且你心里说:惟有我, 除我以外再没有别的。
11 तँमाथि विपत्ति आइपर्नेछ । आफ्नो मन्त्रतन्त्रले तैंले त्यो धपाउन सक्नेछैनस् । तँमाथि विनाश आउनेछ । तैंले त्यसलाई तर्काउन सक्नेछैनस् । तैंले थाहा पाउनुअगि नै विपत्तिले तँलाई अचानक प्रहार गर्नेछ ।
因此,祸患要临到你身; 你不知何时发现 灾害落在你身上, 你也不能除掉; 所不知道的毁灭也必忽然临到你身。
12 आफ्नो तन्त्रमन्त्र र आफ्ना धेरै टुनामुनामा निरन्तर लाग्, जसलाई तैंले आफ्नो बाल्यकालदेखि नै विश्वस्ततासाथ उच्चारण गरेको छस् । सायद तँ सफल हुनेछस्, सायद तैंले विपत्तिलाई भगाउनेछस् ।
站起来吧! 用你从幼年劳神施行的符咒和你许多的邪术; 或者可得益处, 或者可得强胜。
13 तेरा धेरै सल्लाहरूदेखि तँ थाकेको छस् । ती मानिसहरू खडा होऊन् र तँलाई बचाऊन्— तिनीहरू जसले आकाशको मानचित्र बनाउँछन्, र ताराहरू हेर्छन्, जसले औंसीको घोषणा गर्छन्— तँलाई जे हुनेछ सोबाट तिनीहरूले नै तँलाई बचाऊन् ।
你筹划太多,以致疲倦。 让那些观天象的,看星宿的, 在月朔说预言的,都站起来, 救你脱离所要临到你的事。
14 हेर, ती परालको झ्यासझैं हुनेछन् । आगोले तिनलाई जलाउनेछ । ज्वालाको हातबाट तिनीहरूले आफूलाई बचाउनेछैनन् । तिनीहरूलाई न्यानो पर्न कुनै भुङ्ग्रो छैन र तिनीहरूले आगो ताप्नलाई आगो छैन!
他们要像碎秸被火焚烧, 不能救自己脱离火焰之力; 这火并非可烤的炭火, 也不是可以坐在其前的火。
15 तेरो निम्ति तिनीहरू यस्तै भएका छन्— जससँग तैंले काम गरेको छस्, अनि तिनीहरूसँग तैंले आफ्नो जवानीखि किनबेच गरेको छस्, तिनीहरू हरेक आ-आफ्नै निर्देशनमा भौंतारिए । तँलाई छुटकारा दिने सक्ने त्यहाँ कोही छैन ।”
你所劳神的事都要这样与你无益; 从幼年与你贸易的也都各奔各乡,无人救你。