< यशैया 45 >
1 आफ्नो अभिषिक्त कोरेसलाई परमप्रभुले यसो भन्नुहुन्छ, उसको सामु रहेका जातिहरूलाई अधीन गर्न, राजाहरूलाई निशस्त्र पार्न र ढोकाहरू खुल्ला रहून् भनेर उसको सामु भएका ढोकाहरू खोल्न, उसको दाहिने हातलाई म समात्छुः
Így szól az Örökkévaló a fölkentjéről, Kóresről, akinek megfogtam jobbját, hogy leigázzak előtte nemzeteket és királyok derekát leoldjam, hogy megnyissak előtte ajtókat, és kapuk el ne zárassanak.
2 “म तेरो अगि-अगि जानेछु र पर्वतहरूलाई समतल बनाउनेछु । काँसाका ढोकाहरूलाई म टुक्रा-टुक्रा बनाउनेछु र तिनीहरूका फलामे बारहरूलाई काटेर टुक्रा बनाउनेछु।
Én előtted járok és görbeségeket egyengetek, érckapukat összetörök és vasreteszeket szétvágok.
3 अनि अँध्यारोका भण्डारहरू र टाढा लुकाइएका धनहरू म तँलाई दिनेछु, जसले गर्दा तैंले जान्न सक्छस् कि म परमप्रभु इस्राएलका परमेश्वर हुँ जसले तेरो नाउँ काढेर तँलाई बोलाउँछ ।
És adom neked a sötétség kincseit és a rejtekek gazdagságait, azért hogy megtudjad, hogy én vagyok az Örökkévaló, ki neveden szólítalak, Izrael Istene.
4 मेरो सेवक याकूब र मेरो चुनिएको इस्राएलको निम्ति, मैले थोरै आदरको पद तँलाई दिएर तेरो नाउँ काढेर बोलाएको छु, तापनि तैंले मलाई चिन्दैनस् ।
Szolgám Jákob kedvéért és választottam Izraelért, neveden szólítottalak, kitűntettelek, holott nem ismertél engem.
5 म परमप्रभु हुँ र त्यहाँ अरू कुनै छैन । मबाहेक कोही परमेश्वर छैन । तैंले मलाई नचिनेको भए तापनि म तँलाई युद्धको निम्ति सुसज्जित पार्नेछु ।
Én vagyok az Örökkévaló és nincs más, rajtam kívül nincs Isten; felöveztelek, holott nem ismertél engem.
6 ताकि सूर्य उदाउने ठाउँदेखि, र पश्चिमदेखि मानसिहरूले मबाहेक कुनै ईश्वर छैन भनी जानून्, म परमप्रभु हुँ र अरू कोही छैन ।
Azért hogy megtudják napkeletről és napnyugatról, hogy nincs senki kívülem; én vagyok az Örökkévaló és nincs más,
7 म नै ज्योति बनाउँछु र अन्धकारको सृष्टि गर्छु । म शान्ति ल्याउँछु र विपत्तिको सृजना गर्छु । यी सबै कुराहरू गर्ने परमप्रभु म नै हुँ ।
aki alkot világosságot és teremt sötétséget, szerez békét és teremt rosszat; én az Örökkévaló teremtem mindezeket.
8 ए आकाश, माथिबाट वर्षा झार्! आकाशले धार्मिकताको वर्षा गओस् । पृथ्वीले त्यो सोसेर लेओस् ताकि मुक्ति उम्रिहोस् र त्योसँगै धार्मिकता उम्रियोस् । म, परमप्रभुले नै ती दुवैको सृष्टि गरेको हो ।
Harmatozzatok egek fölülről és a fellegek folyjanak igazsággal; nyíljék meg a föld, azok teremjenek üdvöt, ez meg igazságot sarjasszon egyetemben: én az Örökkévaló teremtettem.
9 त्यसलाई धिक्कार जसले आफूलाई बनाउनेसँग बहस गर्छ, जो जमिनमा भएका सबै माटोका भाँडाका माझमा अरू कुनै माटोको भाँडाजस्तै छ! के माटोले कुमालेलाई यसो भन्छ, 'तैंले के बनाउँदैछस्' वा तैंले बनाएको भाँडोमा हत्ता नै छैन?’
Jaj annak, ki perel alkotójával, cserép a föld cserepei közt, mondja-e az agyag az ő alakítójának: mit csinálsz és művednek nincsenek kezei?
10 धिक्कार त्यसलाई जसले बुबालाई भन्छ, 'तपाईंले के जन्माउनुभयो?' वा आमालाई भन्छ, ‘तपाईंले के जन्म दिनुभयो?'
Jaj annak, ki az atyának mondja: mit nemzel? és az asszonynak: mit vajúdsz?
11 इस्राएलका सृष्टिकर्ता परमपवित्र परमप्रभु यसो भन्नुहुन्छ, ‘मेरा छोराछोरीका बारेमा'मैले के गर्नेछु भनी तिमीहरूले किन प्रश्न सोध्छौ? के मेरो हातका कामको बारेमा मैले के गर्नुपर्छ भनी तिमीहरू सिकाउँछौ?'
Így szól az Örökkévaló, Izrael szentje és alkotója: A jövendőket kérdezzétek tőlem, fiaim felől és kezeim műve felől rendelkeznétek-e velem?
12 मैले नै पृथ्वी बनाएँ, अनि त्यसमा मानिसको सृष्टि गरें । मेरै हातले आकाशलाई फैलाएँ, र सबै तारालाई देखा पर्ने आज्ञा मैले नै दिएँ ।
Én alkottam a földet és embert teremtettem rajta, az én kezeim nyújtották ki az egeket, és mind a seregüket én rendeltem ki.
13 मैले नै कोरेसलाई धार्मिकतामा उत्तेजित पारें र त्यसका सबै मार्गलाई म नै सहज बनाइदिनेछु । त्यसले मेरो सहर निर्माण गर्नेछ । त्यसले मेरा निर्वासित मानिसहरूलाई घर जान दिनेछ, न कुनै मूल्य वा घूस लिनेछ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ ।
Én ébresztettem őt fel győzelemre és mind az útjait egyengetem; ő fogja felépíteni városomat és elbocsátani számkivetett népemet, nem díjért és nem ajándékért, szól az Örökkévaló, a seregek ura.
14 परमप्रभु यसो भन्नुहुन्छ, “मिश्रदेशको कमाइ र शेबाका अग्ला कदका मानिसहरूसँग कूशको व्यापार तँकहाँ ल्याइनेछ । ती तेरै हुनेछन् । साङ्लामा तिनीहरू तेरो पछि-पछि आउनेछन् । तिनीहरू तेरो सामु घोप्टो पर्नेछन् र यसो भन्दै तँसँग बिन्ति गर्नेछन्, 'निश्चय पनि परमेश्वर तपाईंसँग हुनुहुन्छ र उहाँबाहेक अरू कोही छैन' ।”
Így szól az Örökkévaló: Egyiptom szerzeménye és Kús keresete és a szabeusok, a termetes emberek hozzád kerülnek át és a tieid lesznek; te utánad mennek, bilincsekben kerülnek át, előtted leborulnak, hozzád imádkoznak: csak nálad van az Isten és nincs más Isten senki.
15 हे इस्राएलका परमेश्वर, उद्धारक, साँच्चै तपाईं परमेश्वर हुनुहुन्छ, जसले आफैलाई लुकाउनुहुन्छ ।
Bizony, rejtőző Isten vagy te, Izrael Istene, segítő!
16 तिनीहरू सबै एकसाथ लज्जित र अपमानित हुनेछन् । मूर्ती बनाउनेहरू अपमानमा हिंड्नेछन् ।
Megszégyenültek és el is pirultak mindnyájan; egyaránt gyalázatban jártak a képek mesterei.
17 तर परमप्रभुले इस्राएललाई अनन्त उद्धारसहित बचाउनुहुनेछ । तँ फेरि कहिल्यै लज्जित वा अपमानित हुनेछैनस् ।
Izrael megsegíttetik az Örökkévaló által örökös segítséggel; nem fogtok megszégyenülni és nem fogtok elpirulni, soha örökké.
18 आकाशको सृष्टि गर्नुहुने परमप्रभु, पृथ्वीको सृष्टि गर्ने र त्यसलाई बनाउने र त्यसलाई स्थापित गर्ने साँचो परमेश्वर यसो भन्नुहुन्छ । उहाँले नै त्यसको सृष्टि गर्नुभयो, उजाड होइन, तर बसोवास गर्नलाई तयार पार्नुभयोः “म नै परमप्रभु हुँ र त्यहाँ अरू कोही छैन ।
Mert így szól az Örökkévaló, az ég teremtője, ő az Isten, a föld alkotója és készítője, ő szilárdította meg, nem pusztaságnak teremtette, arra hogy lakják, alkotta; én vagyok az Örökkévaló és nincs más.
19 मैले गुप्तमा अर्थात् कुनै लुकेको ठाउँमा बोलेको छैन । मैले याकूबका सन्तानलाई, ‘व्यार्थमा मेरो खोजी गर' भनेको छैन । म परमप्रभु हुँ, जसले विश्वस्ततासाथ बोल्छु । ठिक कुराहरूको घोषणा म गर्छु ।
Nem rejtekben beszéltem, sötétség országának helyén, nem mondtam Jákob magzatjának: pusztaságban keressetek engem; én, az Örökkévaló igazságot szólok, egyenességet hirdetek.
20 आफूलाई भेला पार र आओ! जातिहरूका माझबाटका आएका शरणार्थीहरू, एकसाथ भेला होओ! तिनीहरूसँग ज्ञान नै छैन, जसले खोपेका मूर्तिहरू बोक्छन् र बचाउन नसक्ने देवताहरूसँग प्रार्थना गर्छन् ।
Gyülekezzetek és jöjjetek, közeledjetek egyetemben, ti menekültjei a nemzeteknek; nincs tudásuk azoknál, kik bálványképük fáját viszik és imádkoznak istenhez, ki nem segít.
21 नजिक आओ र मलाई यो घोषणा गर, प्रमाण ल्याओ! तिनीहरूले एकसाथ षड्यन्त्र गरून् । यसलाई धेरै पहिलेदेखि कसले प्रकट गरेको छ? कसले यो घोषणा गर्यो? के यो म परमप्रभुले नै थिएनँ र? मबाहेक त्यहाँ अरू कुनै परमेश्वर छैन, न्यायी परमेश्वर र उद्धारक । मबाहेक कुनै अरू छैन ।
Hirdessétek és terjesszétek elő, tanácskozzanak is egyetemben; ki hallatta ezt elejétől fogva, régtől fogva ki hirdette? Nemde én, az Örökkévaló, és nincs több Isten rajtam kívül, igazságos és segítő Isten nincs kívülem.
22 ए पृथ्वीका अन्तिम छेउका हो, मतिर फर्क र बाँच । किनकि म नै परमेश्वर हुँ र त्यहाँ अरू कोही छैन ।
Forduljatok hozzám, hogy megsegíttessetek, mind a föld végei, mert én vagyok az Isten, és nincs más.
23 म आफैंमा शपथ खान्छु, मेरो न्यायी आदेश दिन्छु र यो फिर्ता हुनेछैन, 'मेरो सामु हरेक घुँडा टेक्नेछ, हरेक जिब्रोले स्विकार गर्नेछ ।
Magamra esküdtem, igazság jött ki számból, ige, mely vissza nem tér: hogy előttem fog meghajolni minden térd, rám fog esküdni minden nyelv.
24 तिनीहरूले मेरो बारेमा यसो भन्नेछन्, “परमप्रभुमा मात्र उद्धार र शक्ति छ ।” उहाँसँग रिसाउनेहरू सबै लाजमा पर्नेछन् ।
Csak az Örökkévalóban – úgy szólnak rólam – van győzelem és hatalom, hozzá jönnek és megszégyenülnek mind, akik fölgerjedtek ellene.
25 परमप्रभुमा नै इस्राएलका सबै सन्तानहरू धर्मी ठहरिनेछन् । तिनीहरूले उहाँमा नै गर्व गर्नेछन् ।
Az Örökkévalóban igazulnak meg és vele dicsekszenek mind az Izrael magzatjából valók.