< यशैया 44 >
1 ए मेरो सेवक, याकूब, ए इस्राएल जसलाई मैले चुनेको छु, अब सुन्:
Most pedig halljad, szolgám Jákob, és Izrael, akit választottam.
2 परमप्रभु जसले तँलाई गर्भमा बनाउनुभयो र आकार दिनुभयो, अनि जसले तँलाई सहायता गर्नुहुनेछः उहाँले यसको भन्नुहुन्छ, “ए याकूब, मेरो सेवक, नडरा । अनि ए यशूरून, जसलाई मैले चुनेको छु ।
Így szól az Örökkévaló, aki teremtett és anyaméhtől fogva téged alkotott, ki téged megsegít: ne félj szolgám Jákob és Jesúrún, akit választottam.
3 किन सुकेको जमिनमाथि म पानी खन्याउनेछु र सुख्खा जमिनमाथि खोलाहरू बगाउनेछु । तेरो सन्तानमाथि मेरो आत्मा र तेरा छोराछोरीमाथि मेरो आशिष् म खन्याउनेछु ।
Mert vizet öntök szomjas földre és folyóvizeket a szárazra, szellememet öntöm magzatodra és áldásomat sarjadékaidra.
4 तिनीहरू घाँसहरू माझमा पानीको नदीको किनारको लहरे-पिपलहरू झैं उम्रनेछन् ।
És növekedjenek fűnek közepette, mint a fűzfák víz patakjai mellett.
5 कसैले भन्नेछ, “म परमप्रभुको हुँ,' अनि अर्कोले याकूबको नाउँ लिनेछ, र अर्कोले आफ्नो हातमा 'म परमप्रभुको हुँ,' भनी लेख्नेछ र आफैलाई इस्राएलको नाउँ दिनेछ ।”
Ez mondja: az Örökkévalóé vagyok az Jákob nevén nevezi magát; amaz kezével írja: az Örökkévalóé és Izrael nevével jelzi magát.
6 इस्राएलका राजा, त्यसको उद्धारक, सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “म नै पहिलो हुँ र म नै अन्तिम हुँ । र मबाहेक अरू कुनै परमेश्वर छैन ।
Így szól az Örökkévaló, Izrael királya, és megváltója, az Örökkévaló a seregek ura: Én vagyok az első és én az utolsó és rajtam kívül nincs Isten.
7 मजस्तो को छ? आफ्ना प्राचीन मानिसहरूलाई मैले स्थापित गरेदेखि भएका घटनाहरू त्यसले मलाई घोषणा गरोस् र त्यो वर्णन गरोस्, अनि तिनीहरूले हुन आउने घटनाहरूका बारेमा घोषणा गरून् ।
És ki hirdet úgy mint én mondja meg hát és terjessze elém – amióta elhelyeztem az őskor népét? A jövendőket és amik be fognak következni, hadd mondják meg!
8 नडरा अर्थात् भयभित हो । के मैले धेरै पहिले नै यो तँलाई घोषणा गरेको र सुचना दिएको होइन र? तिमीहरू मेरा गवाहीहरू हौः “के मबाहेक अरू कुनै परमेश्वर छ र? त्यहाँ अरू कुनै चट्टान छैन । म यस्ता कुनैलाई चिन्दिनँ ।”
Ne rettegjetek és ne féljetek! Nemde régtől fogva hallattam veled és megmondtam, hisz ti vagytok a tanúim; van-e Isten rajtam kívül, nincs szikla, nem ismerek.
9 मूर्तीहरू बनाउने सबै जना केही पनि होइनन् । तिनीहरू प्रशन्न हुने थोकहरू व्यर्थ हुन् । तिनीहरूका गवाहीहरूले कुनै कुरा पनि देख्न वा जान्न सक्दैनन् र तिनीहरू लजमा पारिनेछन् ।
A bálványkép alkotói mindnyájan semmisek és gyönyörűségeik nem használnak, hisz tanúik maguk se nem látnak se nem tudnak, azért hogy megszégyenüljenek.
10 कसले देवतालाई आकार दिन्छ वा व्यार्थको मूर्ती खोप्छ?
Ki alkotott istent és öntött bálványképet, hogy ne használjon?
11 हेर, त्यसका सबै सहकर्मी लाजमा पारिनेछन् । कारीगरहरू मानिसहरू मात्र हुन् । तिनीहरूले एकसाथ आफ्ना अडान लेऊन् । तिनीहरू तर्सिनेछन् र लजज्जित हुनेछन् ।
Lám mind a hívei megszégyenülnek, és a művészek maguk jobban más embereknél; összegyűlnek valamennyien, állnak, rettegnek, megszégyenülnek egyetemben.
12 सुनारले आफ्ना औजारहरूले भुङ्ग्रोमा काम गरेर त्यो बनाउँछ । उसले त्यसलाई घनले आकार दिन्छ र आफ्नो बलियो पाखुराले त्यसको काम गर्छ । ऊ भोकाउँछ र उसको बल घट्छ । उसले पानी पिउँदैन र मुर्छा पर्छ ।
A vasműves baltát készít, munkálkodik a szénnel és pörölyökkel alakítja; megmunkálja, erős karjával, éhezett is s nem volt ereje, nem ivott vizet és elbágyadt.
13 सिकर्मीले काठलाई धागोले नाप्छ र कलमले त्यसमा चिन्ह लगाउँछ । उसले आफ्ना औजारहरूले त्यसलाई आकार दिन्छ र कम्पासले त्यसमा चिनो लगाउँछ । उसले त्यसलाई आकर्षक मानिसजस्तै मानिसको आकारमा बनाउँछ, ताकि त्यो घरमा नै रहोस् ।
A faműves zsinórt feszített ki, megrajzolja krétával, megdolgozza gyalukkal és a körzővel rajzolja, kidolgozta férfi képmására, ember ékességére, hogy házat lakjék.
14 उसले देवदारु काट्छ, वा सल्लाको रूख वा फलाँटको रूख छान्छ । उसले आफ्नो निम्ति वनका रूखहरू छान्छ । उसले सल्लाको रूख लगाउँछ र पानीले त्यसलाई बढाउँछ ।
Vágott magának cédrusokat, vett cserfát és tölgyet, válogatott magának az erdő fái közül, fenyőt ültetett és az eső növeszti.
15 अनि मानिसले त्यसलाई दाउरा बाल्न र आफूलाई न्यानो पार्न प्रयोग गर्छ । हो, उसले आगो बाल्छ र रोटी पकाउँछ । त्यसपछि उसले त्यसबाट एउटा देउता बनाउँछ र त्यसमा घोप्टो पर्छ । उसले एउटा मूर्ती बनाउँछ र त्यसमा घोप्टो पर्छ ।
Lesz majd embernek tüzelésre, vett belőlük és megmelegedett, be is fűt, hogy kenyeret süssön; istent is készített és leborult, feldolgozta bálványképpé és meghajtotta magát előtte.
16 आफूले खाने मासु पकाउँछ त्यो रूखका केही भागलाई उसले दाउरा बाल्छ । उसले खान्छ र तृप्त हुन्छ । उसले आफैलाई न्यानो बनाउँछ र भन्छ, “ओहो, म तातो भएको छु, मैले आगो देखेको छु ।”
Felét tűzben égette el, fele mellett húst eszik, sültet süt és jóllakik, mag is melegszik és azt mondja: melegedtem, tüzet éreztem.
17 बाँकी रहेको काठले उसले एउटा देउता अर्थात् आफ्नो खोपेको मूर्ती बनाउँछ । त्यसमा ऊ घोप्टो पर्छ र त्यसको आदर गर्छ, र यसो भन्दै त्यसमा प्रार्थना चढाउँछ, “मलाई बचाउनुहोस्, किनकि तपाईं मेरो ईश्वर हुनुहुन्छ ।”
A maradékát pedig istenné dolgozta föl, bálványképévé; meghajtja magát előtte és leborul, imádkozik hozzá és mondja: ments meg, mert istenem vagy!
18 तिनीहरूले जान्दैनन्, न तिनीहरूले बुझ्छन्, किनकि तिनीहरूका आँखा अन्धा छन् र देख्न सक्दैनन्, अनि तिनीहरूका हृदयहरूले बुझ्न नै सक्दैनन् ।
Nem tudnak és nem értenek, mert be vannak tapadva, úgy hogy nem látnak, szemeik s úgy hogy nem értenek, szíveik.
19 कसैले विचार गर्दैन, न तिनीहरूले बुझ्छन् र भन्छन्, “मैले रूखका केही भाग दाउरा बालें । हो, त्यसको भुङ्ग्रोमा मैले रोटी पनि पकाएको छु । त्यसको भुङ्ग्रोमा मैले मासुको सुकुटी पनि बनाएको र खाएको छु । अब के मैले त्यो रूखबाट बचेको अरू भागबाट पुजा गर्न घिन लाग्ने कुरा बनाउनू र? के म काठको टुक्रामा घोप्टो पर्नू र?”
És nem veszi szívére, nincs tudás és nincs értelem, hogy mondaná: felét tűzben égettem el, sütöttem is parazsán kenyeret, húst sütök és eszem, a többit pedig utálattá dolgozzam föl, fatuskó előtt hajtsam meg magamat?
20 यो त उसले खरानी खाएको जस्तो भयो । उसको छलमा परेको हृदयले उसलाई बहकाउँछ । उसले आफैलाई बचाउन सक्दैन, न उसले यसो भन्छ, “मेरो दाहिने हातमा भएको यो कुरा झुटो देवता हो ।”
Hamu után jár, elámított szív vezette félre; tehát nem menti meg lelkét és nem mondja: hiszen hazugság van jobbomban!
21 ए याकूब र इस्राएल, यी कुराहरूका बारेमा विचार गर्, किनकि तँ मेरो सेवक होस्: “मैले तँलाई आकार दिएको हुँ । तँ मेरो सेवक होस्: ए इस्राएल, तँलाई बिर्सिइने छैन ।
Emlékezzél meg ezekről Jákob és Izrael, mert szolgám vagy; szolgámul alkottalak téged magamnak, Izrael, nem fogsz tőlem elfelejtetni.
22 तेरा विद्रोहका कामहरूलाई एउटा बाक्लो बादललाई झैं र तेरा पापहरूलाई एउटा बादललाई झैं मैले हटाएको छु । मकहाँ फर्की, किनकि मैले तँलाई उद्धार गरेको छु ।
Eltörlöm mint a felhőt bűntetteidet s mint a felleget vétkeidet; térj vissza hozzám, mert megváltottalak.
23 ए आकाश गाओ, किनकि परमप्रभुले नै यसो गर्नुभएको हो । ए पृथ्वीका गहिराइ हो कराओ । ए पर्वतहरू, वनका सबै रूख हो, गीत गाओ । किनकि परमप्रभुले याकूबलाई उद्धार गर्नुभएको छ र इस्राएलमा आफ्नो महिमा प्रकट गर्नुहुनेछ ।
Ujjongjatok egek, mert az Örökkévaló cselekedte, riadjatok mélységei a földnek, fakadjatok ujjongásra hegyek, erdő és minden fa benne; mert megváltotta az Örökkévaló Jákobot és Izrael által megdicsőül.
24 तँलाई गर्भमा आकार दिनुहुने परमप्रभु तेरा उद्धारक यसो भन्नुहुन्छः “म परमप्रभु हुँ, जसले हरेक कुरा बनाएँ, जसले आकाशलाई एक्लै फैलाएँ, जसले पृथ्वीलाई एक्लै बनाएँ ।
Így szól az Örökkévaló, megváltód és anyaméhtől fogva alkotód: én vagyok az Örökkévaló, ki mindent teremtett, ki egyedül kifeszítem az egeket, kiterítettem a földet egymagam;
25 हात हेरेर फतफताउनेका खोक्रा कुरालाई व्यार्थ तुल्याउने म नै हुँ र हात हेर्ने कुरा पढ्नेलाई घृणा गर्ने म नै हुँ । यस्ता बुद्धिमान्हरूका बुद्धिलाई उल्टाउने र तिनीहरूका सल्लाहलाई मूर्ख बनाउने म नै हुँ ।
ki meghiúsítja a hazugok jeleit és a bűvészeket elbolondítja, meghátráltatja a bölcseket és tudásukat elbutítja;
26 आफ्ना सेवकका वचनहरू पुरा गर्ने र आफ्ना दूतहरूका भविष्यवाणी पुरा गर्ने परमप्रभु म नै हुँ, जसले यरूशलेमलाई भन्छ, 'त्यसमा बसोवास गरिनेछ,' र यहूदाका नगरहरूका बारेमा भन्छ, 'तिनीहरूलाई फेरि निर्माण गरिनेछ र म तिनका भग्नावशेषहरूलाई खडा गर्नेछु ।'
ki fönntartja szolgájának szavát és követeinek tanácsát teljesíti ki azt mondja Jeruzsálemről: lakottá lesz, és Jehúda városairól: fel fognak épülni, romjait pedig föltámasztom;
27 जसले गहिरो समुद्रलाई भन्छ, 'सुक् र तेरा धारहरूलाई म सुकाउनेछु ।'
ki azt mondja a mélységnek: száradj ki és folyóidat elszikkasztom;
28 कोरेसलाई यसो भन्नुहुने परमप्रभु नै हुनुहुन्छ, 'त्यो मेरो गोठालो हो, त्यसले मेरा हेरक इच्छा पुरा गर्नेछ । त्यसले यरूशलेमको बारेमा, 'त्यसलाई पुननिर्माण गरिनेछ,' र मन्दिरको बारेमा, 'यसको जग बसालियोस्' भनेर आदेश दिनेछ ।”
ki azt mondja Kóresről: pásztorom, és minden akaratomat teljesíti, hogy mondja Jeruzsálemről: fel fog épülni és a templomról: meg fog alapíttatni.