< यशैया 44 >

1 ए मेरो सेवक, याकूब, ए इस्राएल जसलाई मैले चुनेको छु, अब सुन्:
我的僕人雅各, 我所揀選的以色列啊, 現在你當聽。
2 परमप्रभु जसले तँलाई गर्भमा बनाउनुभयो र आकार दिनुभयो, अनि जसले तँलाई सहायता गर्नुहुनेछः उहाँले यसको भन्‍नुहुन्छ, “ए याकूब, मेरो सेवक, नडरा । अनि ए यशूरून, जसलाई मैले चुनेको छु ।
造作你,又從你出胎造就你, 並要幫助你的耶和華如此說: 我的僕人雅各, 我所揀選的耶書崙哪, 不要害怕!
3 किन सुकेको जमिनमाथि म पानी खन्याउनेछु र सुख्खा जमिनमाथि खोलाहरू बगाउनेछु । तेरो सन्तानमाथि मेरो आत्मा र तेरा छोराछोरीमाथि मेरो आशिष् म खन्याउनेछु ।
因為我要將水澆灌口渴的人, 將河澆灌乾旱之地。 我要將我的靈澆灌你的後裔, 將我的福澆灌你的子孫。
4 तिनीहरू घाँसहरू माझमा पानीको नदीको किनारको लहरे-पिपलहरू झैं उम्रनेछन् ।
他們要發生在草中, 像溪水旁的柳樹。
5 कसैले भन्‍नेछ, “म परमप्रभुको हुँ,' अनि अर्कोले याकूबको नाउँ लिनेछ, र अर्कोले आफ्नो हातमा 'म परमप्रभुको हुँ,' भनी लेख्‍नेछ र आफैलाई इस्राएलको नाउँ दिनेछ ।”
這個要說:我是屬耶和華的; 那個要以雅各的名自稱; 又一個要親手寫:歸耶和華的, 並自稱為以色列。
6 इस्राएलका राजा, त्यसको उद्धारक, सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, “म नै पहिलो हुँ र म नै अन्तिम हुँ । र मबाहेक अरू कुनै परमेश्‍वर छैन ।
耶和華-以色列的君, 以色列的救贖主-萬軍之耶和華如此說: 我是首先的,我是末後的; 除我以外再沒有真神。
7 मजस्तो को छ? आफ्‍ना प्राचीन मानिसहरूलाई मैले स्थापित गरेदेखि भएका घटनाहरू त्यसले मलाई घोषणा गरोस् र त्‍यो वर्णन गरोस्, अनि तिनीहरूले हुन आउने घटनाहरूका बारेमा घोषणा गरून् ।
自從我設立古時的民, 誰能像我宣告,並且指明,又為自己陳說呢? 讓他將未來的事和必成的事說明。
8 नडरा अर्थात् भयभित हो । के मैले धेरै पहिले नै यो तँलाई घोषणा गरेको र सुचना दिएको होइन र? तिमीहरू मेरा गवाहीहरू हौः “के मबाहेक अरू कुनै परमेश्‍वर छ र? त्‍यहाँ अरू कुनै चट्टान छैन । म यस्ता कुनैलाई चिन्दिनँ ।”
你們不要恐懼,也不要害怕。 我豈不是從上古就說明指示你們嗎? 並且你們是我的見證! 除我以外,豈有真神嗎? 誠然沒有磐石,我不知道一個!
9 मूर्तीहरू बनाउने सबै जना केही पनि होइनन् । तिनीहरू प्रशन्‍न हुने थोकहरू व्‍यर्थ हुन् । तिनीहरूका गवाहीहरूले कुनै कुरा पनि देख्‍न वा जान्‍न सक्दैनन् र तिनीहरू लजमा पारिनेछन् ।
製造雕刻偶像的盡都虛空;他們所喜悅的都無益處;他們的見證無所看見,無所知曉,他們便覺羞愧。
10 कसले देवतालाई आकार दिन्‍छ वा व्यार्थको मूर्ती खोप्छ?
誰製造神像,鑄造無益的偶像?
11 हेर, त्यसका सबै सहकर्मी लाजमा पारिनेछन् । कारीगरहरू मानिसहरू मात्र हुन् । तिनीहरूले एकसाथ आफ्ना अडान लेऊन् । तिनीहरू तर्सिनेछन् र लजज्‍जित हुनेछन् ।
看哪,他的同伴都必羞愧。工匠也不過是人,任他們聚會,任他們站立,都必懼怕,一同羞愧。
12 सुनारले आफ्‍ना औजारहरूले भुङ्ग्रोमा काम गरेर त्‍यो बनाउँछ । उसले त्‍यसलाई घनले आकार दिन्छ र आफ्‍नो बलियो पाखुराले त्‍यसको काम गर्छ । ऊ भोकाउँछ र उसको बल घट्छ । उसले पानी पिउँदैन र मुर्छा पर्छ ।
鐵匠把鐵在火炭中燒熱,用鎚打鐵器,用他有力的膀臂錘成;他飢餓而無力,不喝水而發倦。
13 सिकर्मीले काठलाई धागोले नाप्छ र कलमले त्‍यसमा चिन्ह लगाउँछ । उसले आफ्‍ना औजारहरूले त्‍यसलाई आकार दिन्छ र कम्‍पासले त्‍यसमा चिनो लगाउँछ । उसले त्‍यसलाई आकर्षक मानिसजस्‍तै मानिसको आकारमा बनाउँछ, ताकि त्‍यो घरमा नै रहोस् ।
木匠拉線,用筆劃出樣子,用鉋子鉋成形狀,用圓尺劃了模樣,仿照人的體態,做成人形,好住在房屋中。
14 उसले देवदारु काट्छ, वा सल्लाको रूख वा फलाँटको रूख छान्छ । उसले आफ्नो निम्ति वनका रूखहरू छान्‍छ । उसले सल्लाको रूख लगाउँछ र पानीले त्‍यसलाई बढाउँछ ।
他砍伐香柏樹,又取柞樹和橡樹,在樹林中選定了一棵。他栽種松樹,得雨長養。
15 अनि मानिसले त्‍यसलाई दाउरा बाल्न र आफूलाई न्यानो पार्न प्रयोग गर्छ । हो, उसले आगो बाल्छ र रोटी पकाउँछ । त्‍यसपछि उसले त्‍यसबाट एउटा देउता बनाउँछ र त्‍यसमा घोप्टो पर्छ । उसले एउटा मूर्ती बनाउँछ र त्‍यसमा घोप्टो पर्छ ।
這樹,人可用以燒火;他自己取些烤火,又燒着烤餅,而且做神像跪拜,做雕刻的偶像向它叩拜。
16 आफूले खाने मासु पकाउँछ त्‍यो रूखका केही भागलाई उसले दाउरा बाल्‍छ । उसले खान्छ र तृप्‍त हुन्‍छ । उसले आफैलाई न्यानो बनाउँछ र भन्छ, “ओहो, म तातो भएको छु, मैले आगो देखेको छु ।”
他把一分燒在火中,把一分烤肉吃飽。自己烤火說:「啊哈,我暖和了,我見火了。」
17 बाँकी रहेको काठले उसले एउटा देउता अर्थात् आफ्‍नो खोपेको मूर्ती बनाउँछ । त्‍यसमा ऊ घोप्टो पर्छ र त्‍यसको आदर गर्छ, र यसो भन्‍दै त्‍यसमा प्रार्थना चढाउँछ, “मलाई बचाउनुहोस्, किनकि तपाईं मेरो ईश्‍वर हुनुहुन्छ ।”
他用剩下的做了一神,就是雕刻的偶像。他向這偶像俯伏叩拜,禱告它說:「求你拯救我,因你是我的神。」
18 तिनीहरूले जान्दैनन्, न तिनीहरूले बुझ्छन्, किनकि तिनीहरूका आँखा अन्धा छन् र देख्‍न सक्दैनन्, अनि तिनीहरूका हृदयहरूले बुझ्‍न नै सक्दैनन् ।
他們不知道,也不思想;因為耶和華閉住他們的眼,不能看見,塞住他們的心,不能明白。
19 कसैले विचार गर्दैन, न तिनीहरूले बुझ्छन् र भन्छन्, “मैले रूखका केही भाग दाउरा बालें । हो, त्‍यसको भुङ्‍ग्रोमा मैले रोटी पनि पकाएको छु । त्‍यसको भुङ्‍ग्रोमा मैले मासुको सुकुटी पनि बनाएको र खाएको छु । अब के मैले त्‍यो रूखबाट बचेको अरू भागबाट पुजा गर्न घिन लाग्‍ने कुरा बनाउनू र? के म काठको टुक्रामा घोप्टो पर्नू र?”
誰心裏也不醒悟,也沒有知識,沒有聰明,能說:「我曾拿一分在火中燒了,在炭火上烤過餅;我也烤過肉吃。這剩下的,我豈要做可憎的物嗎?我豈可向木触子叩拜呢?」
20 यो त उसले खरानी खाएको जस्तो भयो । उसको छलमा परेको हृदयले उसलाई बहकाउँछ । उसले आफैलाई बचाउन सक्दैन, न उसले यसो भन्‍छ, “मेरो दाहिने हातमा भएको यो कुरा झुटो देवता हो ।”
他以灰為食,心中昏迷,使他偏邪,他不能自救,也不能說:「我右手中豈不是有虛謊嗎?」
21 ए याकूब र इस्राएल, यी कुराहरूका बारेमा विचार गर्, किनकि तँ मेरो सेवक होस्: “मैले तँलाई आकार दिएको हुँ । तँ मेरो सेवक होस्: ए इस्राएल, तँलाई बिर्सिइने छैन ।
雅各,以色列啊, 你是我的僕人,要記念這些事。 以色列啊,你是我的僕人, 我造就你必不忘記你。
22 तेरा विद्रोहका कामहरूलाई एउटा बाक्‍लो बादललाई झैं र तेरा पापहरूलाई एउटा बादललाई झैं मैले हटाएको छु । मकहाँ फर्की, किनकि मैले तँलाई उद्धार गरेको छु ।
我塗抹了你的過犯,像厚雲消散; 我塗抹了你的罪惡,如薄雲滅沒。 你當歸向我,因我救贖了你。
23 ए आकाश गाओ, किनकि परमप्रभुले नै यसो गर्नुभएको हो । ए पृथ्वीका गहिराइ हो कराओ । ए पर्वतहरू, वनका सबै रूख हो, गीत गाओ । किनकि परमप्रभुले याकूबलाई उद्धार गर्नुभएको छ र इस्राएलमा आफ्‍नो महिमा प्रकट गर्नुहुनेछ ।
諸天哪,應當歌唱, 因為耶和華做成這事。 地的深處啊,應當歡呼; 眾山應當發聲歌唱; 樹林和其中所有的樹都當如此! 因為耶和華救贖了雅各, 並要因以色列榮耀自己。
24 तँलाई गर्भमा आकार दिनुहुने परमप्रभु तेरा उद्धारक यसो भन्‍नुहुन्छः “म परमप्रभु हुँ, जसले हरेक कुरा बनाएँ, जसले आकाशलाई एक्‍लै फैलाएँ, जसले पृथ्वीलाई एक्‍लै बनाएँ ।
從你出胎,造就你的救贖主-耶和華如此說: 我-耶和華是創造萬物的, 是獨自鋪張諸天、鋪開大地的。 誰與我同在呢?
25 हात हेरेर फतफताउनेका खोक्रा कुरालाई व्यार्थ तुल्याउने म नै हुँ र हात हेर्ने कुरा पढ्‍नेलाई घृणा गर्ने म नै हुँ । यस्‍ता बुद्धिमान्‌हरूका बुद्धिलाई उल्टाउने र तिनीहरूका सल्लाहलाई मूर्ख बनाउने म नै हुँ ।
使說假話的兆頭失效, 使占卜的癲狂, 使智慧人退後, 使他的知識變為愚拙;
26 आफ्ना सेवकका वचनहरू पुरा गर्ने र आफ्ना दूतहरूका भविष्यवाणी पुरा गर्ने परमप्रभु म नै हुँ, जसले यरूशलेमलाई भन्छ, 'त्यसमा बसोवास गरिनेछ,' र यहूदाका नगरहरूका बारेमा भन्छ, 'तिनीहरूलाई फेरि निर्माण गरिनेछ र म तिनका भग्‍नावशेषहरूलाई खडा गर्नेछु ।'
使我僕人的話語立定, 我使者的謀算成就。 論到耶路撒冷說:必有人居住; 論到猶大的城邑說:必被建造, 其中的荒場我也必興起。
27 जसले गहिरो समुद्रलाई भन्छ, 'सुक् र तेरा धारहरूलाई म सुकाउनेछु ।'
對深淵說:你乾了吧! 我也要使你的江河乾涸。
28 कोरेसलाई यसो भन्‍नुहुने परमप्रभु नै हुनुहुन्‍छ, 'त्यो मेरो गोठालो हो, त्यसले मेरा हेरक इच्छा पुरा गर्नेछ । त्यसले यरूशलेमको बारेमा, 'त्यसलाई पुननिर्माण गरिनेछ,' र मन्दिरको बारेमा, 'यसको जग बसालियोस्' भनेर आदेश दिनेछ ।”
論塞魯士說:他是我的牧人, 必成就我所喜悅的, 必下令建造耶路撒冷, 發命立穩聖殿的根基。

< यशैया 44 >