< यशैया 43 >
1 तर अब ए याकूब तँलाई सृष्ट गर्नुहुने, अनि ए इस्राएल, तँलाई बनाउनुहुने परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः “नडरा, किनकि मैले तँलाई उद्धार गरेको छु । तेरो नाउँ काढेर मैले तँलाई बोलाएको छु, तँ मेरै होस् ।
Lakini sasa haya ndio Yahwe asemayo, yeye aliyekuumba ewe, Yakobo, na yeye aliyekuumba ewe, Israeli: ''Usiogope, kwa maana nimekukomboa wewe; nmeikuita kwa jina lako, wewe ni wangu.
2 तँ पानीबाट भएर जाँदा, म तँसँग हुनेछु । अनि नदीहरूबाट भएर जाँदा तिनीहरूले तँलाई डुबाउनेछैनन् । तँ आगोबाट भएर हिंड्दा तँ जल्नेछैनस् र ज्वालाहरूले तँलाई भस्म पार्नेछैनन् ।
Utakapopita katika maji, Nitakuwa pamoja na wewe; na katika mito, hayatakuzuru wewe. Utakapotembea katika moto hautaungua, na moto hautakuharibu wewe.
3 किनकि म परमप्रभु तेरो परमेश्वर, इस्राएलको परमपवित्र तेरो उद्धारक हुँ । मैले मिश्रदेशलाई तेरो मूल्यको रूपमा दिएको छु, कूश र सेबालाई तेरो बद्लामा दिएको छु ।
Maana mimi Yahwe Mungu wako, Mtakatifu wa Israeli Mkombozi wenu. Nimewapa Misri kama fidia yenu, Ethiopia na Seba watabadilishana kwako.
4 तँ मेरो दृष्टिमा मूल्यवान र विशेष भएको हुनाले, म तँलाई प्रेम गर्छु । यसकारण तेरो सट्टामा म मानिसहरूलाई र जीवनको सट्टामा अरू मानिसहरूलाई तेरो दिने छु ।
Kwa maana ulikuwa wa thamani na maalumu katika macho yangu, Ninakupenda; kwa sababu hiyo Nitatoa watu kwa ajili yako, na watu wengine kwa ajili ya maisha yako.
5 नडरा, किनभने म तँसँग छु । तेरा सन्तानलाई म पुर्वबाट ल्याउनेछु र तँलाई पश्चिमबाट जम्मा पार्नेछु ।
Usiogope, maana Mimi niko pamoja na wewe; Nitawarudisha watoto wako kutoka mashariki, na kuwakusanya nyie kutoka magharibi.
6 म उत्तरलाई, 'तिनीहरूलाई सुम्पीदे,' र दक्षिणलाई, 'कुनैलाई पनि नरोक्,' भन्नेछु। मेरा छोराहरूलाई टाढाबाट र मेरी छोरीहरूलाई पृथ्वीको सुदूर क्षेत्रहरूबाट ल्याओ ।
Nitasema na kaskazini, 'Wakabidhini wao; na kwa kusini, Usiangalie ya nyuma; Leteni vijana wangu kutoka mbali na binti zangu kutoka vijiji vya mikoani katika nchi,
7 मेरो नाउँद्वारा बोलाइएका सबैलाई, जसलाई मैले मेरो महिमाको निम्ति सृष्टि गरेको छु, जसलाई मैले आकार दिएँ, हो, जसलाई मैले बनाएँ ।
yeyote aitwe kw jina langu, niliyemuumba kwa utukufu wangu mwenyewe, Niliyemuumba, ndio, Mimi niliyemfanya.
8 आफूसँग आँखा भएर पनि अन्धा मानिसहरू, र आफूसँग कान भएर पनि बहिराहरूलाई बहिर ल्याओ ।
Waleteni nje watu ambao ni vipofu, hata kama wana macho, na viziwi, hata kama wana masikio.
9 सबै जातिहरू एकसाथ भेला हुन्छन् र मानिसहरू जम्मा हुन्छन् । तिनीहरूमध्ये कसले यो घोषणा गर्न सक्थ्यो र हामीलाई पहिलेको कुराहरू बताउन सक्थ्यो? तिनीहरूलाई ठिक साबित गर्न आ-आफ्ना गवाही ल्याऊन्, तिनीहरूले सुनून् र 'यो सत्य हो' भनी पुष्टि गरून् ।
Mataifa yote yatakusanyika kwa pamoja na watu watakusanyika. Ni nani miongoni mwenu atakaye tamka na kutangaza kutumia mambo ya mwanzo? Waache walete mashahidi kuwashuhudia wao kama wako sahihi, waache wasikilize na kuthibitisha, 'kama ni kweli'.
10 परमप्रभु घोषणा गर्नुहुन्छ, “तिमीहरू मेरा गवाहीहरू हौ र मैले चुनेको मेरो सेवक हौ, ताकि तिमीहरूले मलाई चिन र ममा विश्वास गर र म उही हुँ भनी बुझ । मभन्दा पहिले त्यहाँ कुनै ईश्वर बनेको थिएन, र न मपछि कुनै ईश्वर हुनेछ ।
Ninyi ni mashahidi wangu, ametangaza Yahwe, ''na watumishi wangu niliowachagua, ili uweze kujua na kuniamini mimi, na kuelewa kwamba mimi ndiye. Kabla yangu hapana mungu mwingine aliyeumbwa, na wala hatatoke baada yangu.
11 म, म परमप्रभु हुँ, र मबाहके कुनै उद्धारक छैन ।
Mimi, Mimi Yahwe, na hakuna Mkombozi zaidi yangu.
12 मैले घोषणा गरेको छु, बचाएको छु र बताएको छु, तिमीहरूका माझमा अरू कुनै ईश्वर छैन । तिमीहरू मेरा गवाहीहरू हौ । म परमेश्वर हुँ,” परमप्रभु घोषणा गर्नुहुन्छ ।
Nimetangaza, nimeokoa, na kutangaza, na hakuna Mungu mwingine miongoni mwenu, Ninyi ni mashahidi wangu asema Yahwe, ''Mimi ni Mungu.
13 आजको दिनदेखि म उही हुँ र कसैले पनि मेरो हातबाट कसैलाई छुट्टाउनेछैन । म काम गर्छु र कसले त्यो फर्काउन सक्छ र?”
Kuanzia leo na kuendelea mimi ndiye, na hakuna hata mmoja atakayewakomboa kwenye mkono wangu. Nitafanya, na nani awezae kunizuia?''
14 परमप्रभु, तिमीहरूका उद्धारक, इस्राएलका परमपवित्र यसो भन्नुहुन्छ, “तिमीहरूका निम्ति म बेबिलोनमा पठाउँछु र तिनीहरू सबैलाई भगौडाहरूका रूपमा तल लानेछु, यसरी बेबिलोनीहरूका आनन्दको गीतलाई विलापको सोरमा बदली गर्नेछु ।
Yahwe asema hivi, Mkombozi wenu, yeye Mtakatifu wa Israeli: ''Kwa niaba yenu nimemtuma mjumbe kwenda Babeli na kuwaongoza wao wote chini kama watuhumiwa, kubadilisha kelele za furaha za watu wa Babeli' kuwa wimbo wa maombolezo.
15 म परमप्रभु, तेरो परमपवित्र, इस्राएलको सृष्टिकर्ता, तेरो राजा हुँ ।”
Mimi ni Yahwe, niliye Mtakatifu, Muumbaji wa Israeli, Mfalme wenu.
16 परमप्रभु यसो भन्नुहुन्छ, (जसले समुद्रमा बाटो र शक्तिशाली पानीमा गोरेटो खोल्नुभयो,
Yahwe asema hivi, Ni nani aliyefungua njia katika bahari, na njia katika maji yenye nguvu,
17 जसले रथ र घोडा र फौज र शक्तिशाली सेनालाई डोर्याउनुभयो । तिनीहरू एकसाथ ढले । तिनीहरू फेरि कहिल्यै उठ्नेछैनन् । बलिरहेका बत्ती निभाएझैं ती निभाइन्छन् ।)
ni nani anayeongoza gari na farasi, majeshi na jeshi kuu. Walianguka chini kwa pamoja; hawakunyanyuka tena; wamezimwa, kama utambi unaoungua.
18 “यी पहिलेका कुराहरूका बारेमा विचार नगर, न त धेरै पहिलेका कुराहरूका बारेमा विचार गर ।
Msifikirie hayo mambo yaliyopita, wala kuyafikiria mambo ya zamani.
19 हेर, मैले एउटा नयाँ कुरा गर्न लागेको छु । अब यो पुरा हुन सुरु हुन्छ । के तिमीहरूले यो बुझ्दैनौ? मरुभूमिमा म एउटा बाटो र उजाड-स्थानमा पानीका खोलाहरू बानउनेछु ।
Tazama ninakaribia kufanya mambo mapya; sasa yanakaribia kutokea; Je humyajui haya? Nitafanya njia jangani na na mikondo ya maji katika jangwa
20 खेतबारीका जङ्गली जनावरहरू, स्यालहरू र सुतुर्मुर्गहरूले मेरो आदर गर्नेछन्, किनभने मेरा चुनिएका मानिसहरूलाई पिउनको निम्ति म उजाड-स्थानमा पानी र मरुभुमिमा नदीहरू दिन्छु,
Wanyama pori wa shambani wataniheshimu mimi, Mbweha na mbuni, kwa sababu ninatoa maji jangwani, na mito jangwani, ili watu wangu niliowachuga wapate kunjwa,
21 यी मानिसहरू जसलाई मैले आफ्नो निम्ति बनाएँ, ताकि तिनीहरूले मेरा प्रशंसाहरूको वर्णन गरून् ।
Watu hawa niliowaumba mwenyewe, kwamba wahesabu tena sifa zangu.
22 तर ए याकूब, तैंले मलाई पुकारको छैनस् । ए इस्राएल, तँ मसँग थकित भएको छस् ।
Lakini hamjanita mimi, Yakobo; umechoka na mimi, Israeli.
23 तैंले तेरो भेडाहरूमध्ये कुनैलाई पनि होमबलिको रूपमा मकहाँ ल्याको छैनस् न तेरा बलिदानहरूले मेरो आदर गरेको छस् । मैले तँमाथि अन्न बलिहरूको भार थोपारेको छैन न धूपहरूको माग गरेर तँलाई थकित बनाएको छु ।
Haujaniletea hata kondoo wako kama sadaka ya kuteketeza; na wala haujaniheshimu mimi kwa sadaka yako Sijakutumisha wewe kwa sadaka ya mazao, wala sijawachosha kwa sadaka yenu ya ubani.
24 तैंले मलाई पैसा हालेर सुगन्धित बोझो किनेको छैनस्, न तेरो बलिदानहरूको बोसो ममाथि खन्याएको छस् । तर तैंले मलाई आफ्ना पापहरूले भार थोपरेको छस्, तैंले मलाई आफ्ना दुष्ट कामहरू थकित बनाएको छस् ।
Hamkuninunulia mimi manukato mazuri kwa fedha, hakumwagia mimi mafuta ya sadaka zenu; Lakini mnanichosha mimi na dhambi zenu na mnanichosha mimi kwa matendo yenu mabaya.
25 हो, म, म उही हुँ जसले तेरा अपराधहरूलाई मेरो आफ्नै निम्ति मेटिदिनेछु । अनि तेरा पापहरूलाई म फेरि कदापि आफ्नो मनमा राख्नेछैनँ ।
Mimi, ndio, Mimi, ndiye niliyafaye maovu yenu kwa niaba yangu mmi mwenyewe; na Sitawaita na kuwakumbusha dhambi zenu tena.
26 जे भएको थियो मेरो निम्ति याद गर । हामी एकसाथ बहस गरौं । तेरो मुद्दा पेस गर्, ताकि तँ निर्दोष साबित हुन सक्छस् ।
Nikumbusheni mimi kilichotokea. Njooni tusemezane pamoja; leta hoja zako, ili kusudi uthibitishe kuwa hauna hatia.
27 तेरो पहिलो बुबाले पाप गर्यो, अनि तेरा अगुवाहरूले मेरो विरुद्ध अपराद गरेका छन् ।
Baba yako wa kwanza alitenda dhambi, na viongozi wenu walitenda dhambi dhidi yangu.
28 यसकारण म पवित्र अधिकारीहरूलाई अशुद्ध तुल्याउनेछु । म याकूबलाई पुर्ण विनाशको निम्ति र इस्राएललाई अपमानपुर्ण निन्दाको निम्ति सुम्पनेछु ।”
Hivyo basi Nitawatia unajisi viongozi watakatifu; Nitamkabidhi Yakobo kuwaharibu kabisa, na Israeli kulaani udhalilishaji.