< यशैया 43 >
1 तर अब ए याकूब तँलाई सृष्ट गर्नुहुने, अनि ए इस्राएल, तँलाई बनाउनुहुने परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः “नडरा, किनकि मैले तँलाई उद्धार गरेको छु । तेरो नाउँ काढेर मैले तँलाई बोलाएको छु, तँ मेरै होस् ।
And now, thus said YHWH, Your Creator, O Jacob, and your Fashioner, O Israel: Do not be afraid, for I have redeemed you, I have called on your name—you [are] Mine.
2 तँ पानीबाट भएर जाँदा, म तँसँग हुनेछु । अनि नदीहरूबाट भएर जाँदा तिनीहरूले तँलाई डुबाउनेछैनन् । तँ आगोबाट भएर हिंड्दा तँ जल्नेछैनस् र ज्वालाहरूले तँलाई भस्म पार्नेछैनन् ।
When you pass into waters, I [am] with you, And into floods, they do not overflow you, When you go into fire, you are not burned, And a flame does not burn against you.
3 किनकि म परमप्रभु तेरो परमेश्वर, इस्राएलको परमपवित्र तेरो उद्धारक हुँ । मैले मिश्रदेशलाई तेरो मूल्यको रूपमा दिएको छु, कूश र सेबालाई तेरो बद्लामा दिएको छु ।
For I—your God YHWH, The Holy One of Israel, your Savior, I have appointed Egypt your atonement, Cush and Seba in your stead.
4 तँ मेरो दृष्टिमा मूल्यवान र विशेष भएको हुनाले, म तँलाई प्रेम गर्छु । यसकारण तेरो सट्टामा म मानिसहरूलाई र जीवनको सट्टामा अरू मानिसहरूलाई तेरो दिने छु ।
Since you were precious in My eyes, You were honored, and I have loved you, And I appoint men in your stead, And peoples instead of your life.
5 नडरा, किनभने म तँसँग छु । तेरा सन्तानलाई म पुर्वबाट ल्याउनेछु र तँलाई पश्चिमबाट जम्मा पार्नेछु ।
Do not be afraid, for I [am] with you, I bring in your seed from the east, And I gather you from the west.
6 म उत्तरलाई, 'तिनीहरूलाई सुम्पीदे,' र दक्षिणलाई, 'कुनैलाई पनि नरोक्,' भन्नेछु। मेरा छोराहरूलाई टाढाबाट र मेरी छोरीहरूलाई पृथ्वीको सुदूर क्षेत्रहरूबाट ल्याओ ।
I am saying to the north, “Give up,” And to the south, “Do not restrain.” Bring in My sons from afar, And My daughters from the end of the earth.
7 मेरो नाउँद्वारा बोलाइएका सबैलाई, जसलाई मैले मेरो महिमाको निम्ति सृष्टि गरेको छु, जसलाई मैले आकार दिएँ, हो, जसलाई मैले बनाएँ ।
Everyone who is called by My Name, Even for My glory I have created him, I have formed him, indeed, I have made him.
8 आफूसँग आँखा भएर पनि अन्धा मानिसहरू, र आफूसँग कान भएर पनि बहिराहरूलाई बहिर ल्याओ ।
He brought out a blind people who have eyes, And deaf ones who have ears.
9 सबै जातिहरू एकसाथ भेला हुन्छन् र मानिसहरू जम्मा हुन्छन् । तिनीहरूमध्ये कसले यो घोषणा गर्न सक्थ्यो र हामीलाई पहिलेको कुराहरू बताउन सक्थ्यो? तिनीहरूलाई ठिक साबित गर्न आ-आफ्ना गवाही ल्याऊन्, तिनीहरूले सुनून् र 'यो सत्य हो' भनी पुष्टि गरून् ।
All the nations have been gathered together, And the peoples are assembled, Who among them declares this, And causes us to hear former things? They give their witnesses, And they are declared righteous, And they hear and say, “Truth.”
10 परमप्रभु घोषणा गर्नुहुन्छ, “तिमीहरू मेरा गवाहीहरू हौ र मैले चुनेको मेरो सेवक हौ, ताकि तिमीहरूले मलाई चिन र ममा विश्वास गर र म उही हुँ भनी बुझ । मभन्दा पहिले त्यहाँ कुनै ईश्वर बनेको थिएन, र न मपछि कुनै ईश्वर हुनेछ ।
You [are] My witnesses, a declaration of YHWH, And My servant whom I have chosen, So that you know and give credence to Me, And understand that I [am] He, Before Me there was no God formed, And after Me there is none.
11 म, म परमप्रभु हुँ, र मबाहके कुनै उद्धारक छैन ।
I [am] YHWH, And besides Me there is no savior.
12 मैले घोषणा गरेको छु, बचाएको छु र बताएको छु, तिमीहरूका माझमा अरू कुनै ईश्वर छैन । तिमीहरू मेरा गवाहीहरू हौ । म परमेश्वर हुँ,” परमप्रभु घोषणा गर्नुहुन्छ ।
I declared, and saved, and proclaimed, And there is no stranger with you, And you [are] My witnesses, a declaration of YHWH, And I [am] God.
13 आजको दिनदेखि म उही हुँ र कसैले पनि मेरो हातबाट कसैलाई छुट्टाउनेछैन । म काम गर्छु र कसले त्यो फर्काउन सक्छ र?”
Even from the day I [am] He, And there is no deliverer from My hand, I work, and who turns it back?
14 परमप्रभु, तिमीहरूका उद्धारक, इस्राएलका परमपवित्र यसो भन्नुहुन्छ, “तिमीहरूका निम्ति म बेबिलोनमा पठाउँछु र तिनीहरू सबैलाई भगौडाहरूका रूपमा तल लानेछु, यसरी बेबिलोनीहरूका आनन्दको गीतलाई विलापको सोरमा बदली गर्नेछु ।
Thus said YHWH, your Redeemer, The Holy One of Israel: “I have sent to Babylon for your sake, And caused bars to descend—all of them, And the Chaldeans, whose song [is] in the ships.
15 म परमप्रभु, तेरो परमपवित्र, इस्राएलको सृष्टिकर्ता, तेरो राजा हुँ ।”
I [am] YHWH, your Holy One, Creator of Israel, your King.”
16 परमप्रभु यसो भन्नुहुन्छ, (जसले समुद्रमा बाटो र शक्तिशाली पानीमा गोरेटो खोल्नुभयो,
Thus said YHWH, Who is giving a way in the sea, And a path in the strong waters.
17 जसले रथ र घोडा र फौज र शक्तिशाली सेनालाई डोर्याउनुभयो । तिनीहरू एकसाथ ढले । तिनीहरू फेरि कहिल्यै उठ्नेछैनन् । बलिरहेका बत्ती निभाएझैं ती निभाइन्छन् ।)
Who is bringing forth chariot and horse, A force, even a strong one: “They lie down together—they do not rise, They have been extinguished, They have been quenched as flax.”
18 “यी पहिलेका कुराहरूका बारेमा विचार नगर, न त धेरै पहिलेका कुराहरूका बारेमा विचार गर ।
Do not remember former things, And do not consider ancient things.
19 हेर, मैले एउटा नयाँ कुरा गर्न लागेको छु । अब यो पुरा हुन सुरु हुन्छ । के तिमीहरूले यो बुझ्दैनौ? मरुभूमिमा म एउटा बाटो र उजाड-स्थानमा पानीका खोलाहरू बानउनेछु ।
Behold, I am doing a new thing, now it springs up, Do you not know it? Indeed, I put a way in a wilderness, In a desolate place—floods.
20 खेतबारीका जङ्गली जनावरहरू, स्यालहरू र सुतुर्मुर्गहरूले मेरो आदर गर्नेछन्, किनभने मेरा चुनिएका मानिसहरूलाई पिउनको निम्ति म उजाड-स्थानमा पानी र मरुभुमिमा नदीहरू दिन्छु,
The beast of the field honors Me, Dragons and daughters of an ostrich, For I have given waters in a wilderness, Floods in a desolate place, To give drink to My people—My chosen.
21 यी मानिसहरू जसलाई मैले आफ्नो निम्ति बनाएँ, ताकि तिनीहरूले मेरा प्रशंसाहरूको वर्णन गरून् ।
I have formed this people for Myself, They recount My praise.
22 तर ए याकूब, तैंले मलाई पुकारको छैनस् । ए इस्राएल, तँ मसँग थकित भएको छस् ।
And you have not called Me, O Jacob, For you have been wearied of Me, O Israel,
23 तैंले तेरो भेडाहरूमध्ये कुनैलाई पनि होमबलिको रूपमा मकहाँ ल्याको छैनस् न तेरा बलिदानहरूले मेरो आदर गरेको छस् । मैले तँमाथि अन्न बलिहरूको भार थोपारेको छैन न धूपहरूको माग गरेर तँलाई थकित बनाएको छु ।
You have not brought to Me, The lamb of your burnt-offerings, And [with] your sacrifices you have not honored Me, I have not caused you to serve with a present, Nor wearied you with frankincense.
24 तैंले मलाई पैसा हालेर सुगन्धित बोझो किनेको छैनस्, न तेरो बलिदानहरूको बोसो ममाथि खन्याएको छस् । तर तैंले मलाई आफ्ना पापहरूले भार थोपरेको छस्, तैंले मलाई आफ्ना दुष्ट कामहरू थकित बनाएको छस् ।
You have not bought Me sweet cane with money, And have not filled Me [with] the fat of your sacrifices, Only—you have caused Me to serve with your sins, You have wearied Me with your iniquities.
25 हो, म, म उही हुँ जसले तेरा अपराधहरूलाई मेरो आफ्नै निम्ति मेटिदिनेछु । अनि तेरा पापहरूलाई म फेरि कदापि आफ्नो मनमा राख्नेछैनँ ।
I [am] He who is blotting out Your transgressions for My own sake, And I do not remember your sins.
26 जे भएको थियो मेरो निम्ति याद गर । हामी एकसाथ बहस गरौं । तेरो मुद्दा पेस गर्, ताकि तँ निर्दोष साबित हुन सक्छस् ।
Cause Me to remember—we are judged together, Declare that you may be justified.
27 तेरो पहिलो बुबाले पाप गर्यो, अनि तेरा अगुवाहरूले मेरो विरुद्ध अपराद गरेका छन् ।
Your first father sinned, And your interpreters transgressed against Me,
28 यसकारण म पवित्र अधिकारीहरूलाई अशुद्ध तुल्याउनेछु । म याकूबलाई पुर्ण विनाशको निम्ति र इस्राएललाई अपमानपुर्ण निन्दाको निम्ति सुम्पनेछु ।”
And I defile princes of the sanctuary, And I give Jacob to destruction, and Israel to revilings!