< यशैया 41 >

1 ए समुद्री किनारहरू, मेरो सामु चुपचाप सुन । जातिहरूले आफ्‍ना बल नयाँ बनाऊन् । तिनीहरू नजिक आऊन् र बोलून् । एउटा विवादको बारेमा बहस गर्न हामी एकसाथ भेला हौं ।
Умолкните предо Мною, острова, и народы да обновят свои силы; пусть они приблизятся и скажут: “станем вместе на суд”.
2 आफ्‍नो काम धार्मिकतामा गर्नलाई पुर्वको एक जनालाई बोलाएर कसले उत्तेजित पारेको छ? उहाँले जातिहरूलाई तिनीकहाँ सुम्‍पनुहुन्छ र राजाहरूलाई अधीन गर्न तिनलाई सहायता गर्नुहुन्छ । आफ्‍नो धनुको हावाले उडाएको पतकरझैं, तिनले उनीहरूलाई तरवारले जमिनमा ढाल्‍छन् ।
Кто воздвиг от востока мужа правды, призвал его следовать за собою, предал ему народы и покорил царей? Он обратил их мечом его в прах, луком его в солому, разносимую ветром.
3 तिनले उनीहरूलाई लखेट्‍छन् र छिटो पुग्‍ने बाटोद्वारा आफ्‍ना खुट्टाले जमिन नछोएझैं गरी तिनले सुरक्षित रूपमा भेट्टाउँछन् ।
Он гонит их, идет спокойно дорогою, по которой никогда не ходил ногами своими.
4 कसले यी कामहरू गरेको र पुरा गरेको छ? कसले सुरुदेखिका पुस्ताहरूलाई बलाएको छ? म, परमप्रभु पहिलो र अन्तिम म नै हुँ ।
Кто сделал и совершил это? Тот, Кто от начала вызывает роды; Я - Господь первый, и в последних - Я тот же.
5 टापुहरूले देखेका छन् र डराएका छन् । पृथ्वीका अन्तिम छेउहरू थरथर काम्छन् । तिनीहरू तयार हुन्‍छन् र आउँछन् ।
Увидели острова и ужаснулись, концы земли затрепетали. Они сблизились и сошлись;
6 हरेकले आ-आफ्ना छिमेकीलाई सहायता गर्छ र हरेकले एकआपसमा भन्छन्, 'उत्साहित होओ ।'
каждый помогает своему товарищу и говорит своему брату: “крепись!”
7 त्यसैले सिकर्मीले सुनारलाई उत्साह दिन्छ, अनि घन चलाउनेले लिहीमा काम गर्नेलाई 'यो असल छ' भन्दै वेल्‍डिङ् गर्न उत्साह दिन्छ । तिनीहरूले त्‍यो काँटीले कस्छन्, ताकि यो नहल्लियोस् ।
Кузнец ободряет плавильщика, разглаживающий листы молотом - кующего на наковальне, говоря о спайке: “хороша”; и укрепляет гвоздями, чтобы было твердо.
8 तर तँ इस्राएल, मेरो सेवक, याकूब, जसलाई मैले चुनेको छु, मेरो मित्र अब्राहमको सन्तान,
А ты, Израиль, раб Мой, Иаков, которого Я избрал, семя Авраама, друга Моего, -
9 तँ जसलाई म पृथ्वीको अन्तिम छेउबाट फर्काएर ल्याउँदैछु र जसलाई मैले टाढा ठाउँहरूबाट बोलाएँ, अनि जसलाई मैले भनें, 'तँ मेरो सेवक होस्।' मैले तँलाई चुनेको छु, र तँलाई इन्कार गरेको छैन ।
ты, которого Я взял от концов земли и призвал от краев ее, и сказал тебе: “ты Мой раб, Я избрал тебя и не отвергну тебя”:
10 नडरा, किनकि म तँसँग छु । चिन्तित नहो, किनकि म नै तेरो परमेश्‍वर हुँ । म तँलाई बलियो बनाउनेछु, र म तँलाई सहायता गर्नेछु, अनि आफ्‍नो धर्मी दाहिने हातले म तँलाई थाम्‍नेछु ।
не бойся, ибо Я с тобою; не смущайся, ибо Я Бог твой; Я укреплю тебя, и помогу тебе, и поддержу тебя десницею правды Моей.
11 हेर, तँसँग रिसाएकाहरू सबै जना, तिनीहरू लज्‍जित र अपमानित हुनेछन् । तेरो विरोध गर्नेहरू, तिनीहरू बेकामको हुनेछन् र नाश हुनेछन् ।
Вот, в стыде и посрамлении останутся все, раздраженные против тебя; будут как ничто и погибнут препирающиеся с тобою.
12 तँसँग झगडा गर्नेहरूलाई तैंले खोज्‍नेछस् र पाउनेछैनस् । तँसँग युद्ध गर्नेहरू बेकामको हुनेछन् र पुर्ण रूपमा बेकामको हुनेछन् ।
Будешь искать их, и не найдешь их, враждующих против тебя; борющиеся с тобою будут как ничто, совершенно ничто;
13 किनकि म, परमप्रभु तेरो परमेश्‍वरले तेरो दाहिने हात समातेर यसो भन्‍नेछु, 'नडरा, म तँलाई सहायता गर्दैर्छु ।'
ибо Я Господь, Бог твой; держу тебя за правую руку твою, говорю тебе: “не бойся, Я помогаю тебе”.
14 नडरा, ए किरा याकूब र इस्राएलका मानिसहरू, तँलाई म सहायात गर्नेछु— यो परमप्रभु, तिमीहरूका उद्धारक, इस्राएलका परमपवित्रको घोषणा हो ।
Не бойся, червь Иаков, малолюдный Израиль, - Я помогаю тебе, говорит Господь и Искупитель твой, Святый Израилев.
15 हेर्, म तँलाई नयाँ र दुई धारहरू भएको एउटा अन्‍न कुट्ने हतियार बनाउँदैछु । तैंले पहाडहरूलाई कुट्नेछस् र तिनीहरूलाई कुल्चनेछस् । तैंले डाँडाहरूलाई भुसजस्तै बनाउनेछस् ।
Вот, Я сделал тебя острым молотилом, новым, зубчатым; ты будешь молотить и растирать горы, и холмы сделаешь, как мякину.
16 तैंले तिनीहरूलाई निफन्‍नेछस् र हावाले तिनीहरूलाई उडाएर लानेछ । हावाले तिनीहरूलाई तितरबितर पार्नेछ । तँ परमप्रभुमा रमाउनेछस्, इस्राएका परमपवित्रमा तँ आनन्दित हुनेछस् ।
Ты будешь веять их, и ветер разнесет их, и вихрь развеет их; а ты возрадуешься о Господе, будешь хвалиться Святым Израилевым.
17 अत्यचारमा परेका र खाँचोमा परेकाहरूले पानी खोज्नेछन्, तर त्यहाँ हुनेछैन, अनि तिर्खाले गर्दा तिनीहरूको जिब्रो सुक्‍खा हुन्छन् । म, परमप्रभुले तिनीहरूको प्रार्थनाको जवाफ दिनेछु । म, इस्राएलका परमेश्‍वरले तिनीहरूलाई त्‍याग्‍नेछैन ।
Бедные и нищие ищут воды, и нет ее; язык их сохнет от жажды: Я, Господь, услышу их, Я, Бог Израилев, не оставлю их.
18 ठाडो भिरमा म खोला बगाउनेछु र मैदानको माझमा मुल फुटाउनेछु । मरुभूमीमा पानीको तलाउ र सुख्‍खा जमिनमा पानीको मुल म बनाउनेछु ।
Открою на горах реки и среди долин источники; пустыню сделаю озером и сухую землю - источниками воды;
19 उजाड-स्‍थानमा म देवदारु, बबुल, मेंहदी र जैतूनको रूख रोप्‍नेछु । मैले धूपी र सल्लालाई उजाड मैदानमा म खडा गर्नेछु ।
посажу в пустыне кедр, ситтим и мирту и маслину; насажу в степи кипарис, явор и бук вместе,
20 परमप्रभुको हातले नै यसो गरेको छ, इस्राएलको परमपवित्रले नै यसलाई सृजनुभएको छ, भनेर मानिसहरूले हेरून्, चिनून् अनि बुझून् भन्‍ने उदेश्‍यले म यो गर्नेछु ।
чтобы увидели и познали, и рассмотрели, и уразумели, что рука Господня соделала это, и Святый Израилев сотворил сие.
21 परमप्रभु भन्‍नुहुन्छ, “तेरो मुद्दा पेस गर् ।” याकूबका राजा भन्‍नुहुन्छ, “तेरा मूर्तीहरूका निम्ति तेरा उत्तम बहसहरू पेस गर् ।”
Представьте дело ваше, говорит Господь; приведите ваши доказательства, говорит Царь Иакова.
22 तिनीहरूले आ-आफ्ना बहसहरू ल्याऊन् । तिनीहरू अघि आऊन् र के हुनेछ भनी बताऊन्, ताकि हामीले यी कुराहरू राम्ररी जान्‍न सक्‍छौं । तिनीहरूले हामीलाई सुरुका अगमवाणीका कुराहरू भनून्, ताकि हामीले तिनमा विचार गरौं र ती कसरी पुरा भए जानौं ।
Пусть они представят и скажут нам, что произойдет; пусть возвестят что-либо прежде, нежели оно произошло, и мы вникнем умом своим и узнаем, как оно кончилось, или пусть предвозвестят нам о будущем.
23 भविष्यको बारेमा कुराहरू भन, ताकि तिमीहरू देवहरू हौ भनी हामी जान्‍न सकौं । कुनै असल वा खराब गर, ताकि हामी डराऔं वा प्रभावित बनौं ।
Скажите, что произойдет в будущем, и мы будем знать, что вы боги, или сделайте что-нибудь, доброе ли, худое ли, чтобы мы изумились и вместе с вами увидели.
24 हेर्, मूर्तीहरू केही पनि होइनन्, र तिमीहरूका कामहरू केही पनि होइनन् । तिमीहरूलाई रोज्‍ने मानिस घृणित हुन्छ ।
Но вы ничто, и дело ваше ничтожно; мерзость тот, кто избирает вас.
25 उत्तरबाट मैले एक जनालाई खडा गरेको छु, र त्यो आउँछ । सुर्य उदय हुने दिशाबाट त्यसलाई म बोलाउँछु, जसले मेरो नाउँ पुकार्छ, अनि हिलोलाई झैं, माटोलाई कुल्चने कुमालेले झैं त्यसले शासकहरूलाई कुल्चनेछ ।
Я воздвиг его от севера, и он придет; от восхода солнца будет призывать имя Мое и попирать владык, как грязь, и топтать, как горшечник глину.
26 यसलाई कसले सुरुदेखि नै घोषणा गर्‍यौ, ताकि हामीले जान्‍न सकौं? “उहाँ ठिक हुनुहुन्छ” भनी हामीले भन्‍नुभन्‍दा पहिले? वास्तवमा, तिनीहरू कसैले पनि यो घोषणा गरेनन्, हो, तिमीहरूले कुनै कुरा भनेको कसैले पनि सुनेन ।
Кто возвестил об этом изначала, чтобы нам знать, и задолго пред тем, чтобы нам можно было сказать: “правда”? Но никто не сказал, никто не возвестил, никто не слыхал слов ваших.
27 मैले पहिले सियोनलाई भनें, “हेर, तिनीहरू यहाँ छन् ।” मैले यरूशलेममा एक जना दूतलाई पठाएँ ।
Я первый сказал Сиону: “вот оно!” и дал Иерусалиму благовестника.
28 मैले हेर्दा त्यहाँ कोही पनि छैन, असल सल्लाह दिने तिनीहरूका माझमा कोही पनि छैन । मैले सोध्दा एक शब्द जवाफ दिने कोही छैन ।
Итак Я смотрел, и не было никого, и между ними не нашлось советника, чтоб Я мог спросить их, и они дали ответ.
29 हेर, ती सबै केही पनि होइनन्, अनि तिनीहरूका कामहरू केही पनि होइनन् । तिनीहरूका ढालेका धातुका आकृतिहरू हावा र रित्ता हुन् ।
Вот, все они ничто, ничтожны и дела их; ветер и пустота истуканы их.

< यशैया 41 >