< यशैया 4 >

1 त्यस दिन सात जना स्‍त्रीले एक जना पुरुषलाई समात्‍नेछन् र भन्‍नेछन्, “हाम्रो आफ्‍नै खाना हामी खानेछौं, हाम्रो आफ्‍नै लुगा हामी लगाउनेछौं । तर हाम्रो लाज हटाउनलाई हामीलाई तपाईंको नाउँ लिन दिनुहोस् ।”
Och på den tiden skola sju qvinnor fatta en man, och säga: Vi vilje sjelfva föda och kläda oss, allenast låt oss nämnas efter ditt namn, att vår försmädelse må ifrån oss tagen varda.
2 त्यस दिन परमप्रभुको हाँगा सुन्दर र महिमित हुनेछ, अनि इस्राएलमा बाँकी रहेकाहरूका निम्ति, देशको फल स्वादिलो र अनन्ददायी हुनेछ ।
Uti den tiden skall Herrans Telning vara kär och kostelig, och jordenes Frukt härlig och skön med dem som behållne blifva i Israel.
3 सियोनमा बाँकी छोडिएकाहरू, र यरूशलेममा रहनेहरू पवित्र भनिनेछन्, हरेक जो यरूशलेममा बसिरहेको भनेर लिखिएको छ ।
Och hvilken i Zion återlefves, och igenblifver i Jerusalem, han skall kallas helig, hvar och en som skrifven är ibland de lefvande i Jerusalem.
4 जब परमप्रभुले सियोनकी छोरीहरूको मैला धुनुहुनेछ, र फैसलाको आत्मा र आगोको ज्‍वालाको आत्माले, यरूशलेमको माझबाट रगतका दाखहरू शुद्ध पार्नुहुनेछ, तब यसो हुनेछ ।
Då varder Herren aftvåendes Zions döttrars smitto, och fördrifvandes Jerusalems blodskulder derut, genom Andan, som döma och en eld upptända skall.
5 सम्‍पूर्ण सियोन पर्वतमाथि र त्यसको सभाको स्थानमाथि, परमप्रभुले दिनमा बादल, धूँवा, र रातमा बलिरहेको आगोको चम्कने ज्वाला सृजना गर्नुहुनेछ । यो नै सबै महिमामाथिको ढाक्‍ने कुरा हुनेछ ।
Och Herren skall skapa öfver alla Zions bergs boningar, och hvar som helst det församladt är, moln och rök om dagen, och sken af eld, som brinner om nattena; ty en skärm skall vara öfver allt det härligit är.
6 दिनको तापबाट बच्‍नलाई यो नै सितल छहारी, र हुरी र झरीबाट बच्‍नलाई निम्ति शरण र छत्र हुनेछ ।
Och ett skjul skall varda till en skygd om dagen för hettanom, och en tillflykt till att gömma sig för storm och regn.

< यशैया 4 >