< यशैया 39 >
1 त्यस बेला बेबिलोनका राजा बलदानका छोरा मरोदकबलदानले हिजकियालाई पत्रहरू र उपहार पठाए । किनभने हिजकिया बिरामी भएका थिए र निको भए भनी उनले सुनेका थिए ।
那時,巴比倫王巴拉丹的兒子默洛達客巴拉丹給希則克雅呈上書信和禮物,因為他聽說希則克雅患病好了。
2 यी कुराहरूमा हिजकिया प्रशन्न भएका थिए । ती दूतहरूलाई आफ्ना चाँदी, सुन, मसलाहरू र बहुमूल्य तेलका भण्डार, आफ्ना हतियारहरूका भण्डार र आफ्ना भण्डारमा भेट्टाएका सबै थोक तिनले देखाए । हिजकियाले तिनीहरूलाई नदेखाएका तिनक दरवारमा र राज्यमा कुनै पनि कुरा थिएन ।
希則克雅對他們非常 高興,就叫使者參觀自己的寶庫、金銀、香料、珍膏和武器,以及他府庫內所有的財寶:凡他宮中和全國內所有的,希則克雅沒有不叫他們參觀的。
3 त्यसपछि यशैया अगमवक्ता हिजकिया राजाकहाँ आए र तिनलाई सोधे, “यी मानिसहरूले तपाईंलाई के भने? तिनीहरू कहाँबाट आएका थिए?” हिजकियाले भने, “तिनीहरू बेबिलोनको टाढा देशबाट मकहाँ आएका हुन् ।”
依撒意亞先知來到希則克雅王前對他說:「這些人說了什麼﹖他們是從什麼地方到你這裏來的﹖」希則克雅回答說:「他們是從遠方,從巴比倫到我這裏來的。」
4 यशैयाले सोधे, “तिनीहरूले तपाईंको दरवार के कुरा हेरेका छन्?” हिजकियाले जवाफ दिए, “तिनीहरूले मेरो दरवारका हरेक कुरा हेरेका छन् । मेरा बहुमूल्य थोकहरूमस तिनीहरूलाई मैले नदेखाएको कुनै पनि थोक छैन ।”
先知又問說:「他們在你宮裏看見了什麼﹖」希則克雅回答說:「凡我宮裏所有的,他們都看了;凡我府庫內所有的,沒有一樣我不叫他們不看的。」
5 तब यशैयाले हिजकियालाई भने, “सर्वशक्तिमान् परमप्रभुको वचन सुन्नुहोस्,
依撒意亞遂對希則克雅說:「你聽萬軍上主的話罷!
6 ‘हेर्, यस्ता दिनहरू आउँदैछन् जति बेला तेरा दरवारमा भएका हरेक कुरा, आजको दिनसम्म तेरा पुर्खाहरूले भण्डारण गरेका कुराहरू बेबिलोनमा लगिनेछ । परमप्रभु भन्नुहुन्छ, कुनै कुरा पनि छोडिनेछैन ।
看,日子要到,凡你宮中所有的,及你祖先直到今日所積蓄的,都要被帶到巴比倫去,什麼都不會留下:上主說。
7 तँबाट जन्मिएका छोराहरू, जसका बाबु तँ आफैं होस्, तिनीहरूले नै ती लानेछन् र बेबिलोनका राजाको दरबारमा तिनीहरू नपुङ्सकहरू बन्नेछन् ।’”
此外,由你所出,即你所生的子孫中,也有一些要被擄去,在巴比倫王的宮殿裏充當太監。」
8 तब हिजकियाले यशैयालाई भने, “तपाईंले भन्नुभएको परमप्रभुको वचन असल छ ।” किनकि तिनले सोचे, “मेरो जीवनकालभरि शान्ति र स्थिरता हुनेछ ।”
希則克雅便對依撒意亞說:「你所說的上主的話很好。」他想:「只願在我有生之日有平安,有安全!」